nep-24
nep-24
View options
Tags:
Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.
साल्ट ट्रेडिङले पनि १० बोरा चिनी किन्दा स्टकमा रहेको २ बोरा चामल खरिद गर्नुपर्ने नियम लगाएकाले व्यापारीहरु चिनी ल्याउन हतोत्साहित भएको उनको दाबी छ । ' उसले नबिकेको र महँगो चामल पनि किन्नैपर्छ भन्छ , ' उनले भने , ' यसले पनि आपूर्तिमा समस्या भएको हो । ' साल्ट र नेसनल ट्रेडिङ तथा खाद्य संस्थानले चिनी बिक्री गर्ने गरेकामा खाद्यको भने मौज्दात सकिएकाले अहिले दुई संस्थानबाट मात्र आपूर्ति भइरहेको छ । ' हाम्रो त स्टक सकिइसकेको छ , ' खाद्यका महाप्रबन्धक हरिनारायण साहले भने , ' आवश्यक परे अरु संस्थानसँग लिएर बेच्न सक्छौ । '
पोखरा , १५ जेठ । युरोपको सबैभन्दा ठूलो क्लबस्तरीय फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले उचालेको छ । लण्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा बार्सिलोनाले म्यानचेष्टर युनाइटेडलाई ३ - १ ले पराजित गर् यो । दुई वर्षअघि इङ्लिस क्लब म्यानचेष्टरलाई २ - ० ले हराउँदै स्पेनिस क्लब बार्साले प्रतियोगिताको उपाधि जितेको थियो । यसपटक पनि आफ्नो घरेलु मैदानमा दुई वर्षअघिको हारको बदला लिने मौका म्यान्यूले चुकायो । खेलको अधिकांश समय बासा्रकै दबदबा रह्यो । मैदानको चारैतर्फ म्यान्यूका खेलाडी कमजोर देखिए । खेलको २७ मिनेटमै जाभी अलन्सोको पासमा पेड्रो रोडि्गेजले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएको थिए । तर डिफेन्सहरु अलमलिएको मौका छोपी पाँच मिनेट मै वायन रोनीले म्यान्यूलाई खेलमा फर्काए । पहिलो हाफ १ - १ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा बार्सा अझै आक्रामक देखियो र ५४ औं मिनेटमा लियोनन मेसीले आकर्षक गोल गर्दै बार्सालाई अगाडि बढाए । उनले व्यक्तिगत प्रयासमा २५ यार्ड टाढाबाट दर्शनीय गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा उनको १२ औं गोल हो । उनले एकै सिजनमा प्रतियोगितामा सर्वाधिक गोल गर्ने रुड भान निस्टलरोयको कीर्तिमान बराबरी गरे । विश्व वर्ष खेलाडी मेस्सीले ५३ औं गोल गर्दै सिजनलाई पूर्णविराम लगाए । त्यसको १३ मिनेटपछि नै डेभिड भियाले अर्को गोल थप्नै बासा्रको जित सुनिश्चित गरे । खेलको अधिकांश समय बासा्रका खेलाडीले म्यान्यूलाई दबाबमा राखेका थिए । मेस्सीले केही उत्कृष्ट मुभ निकालेका थिए । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनले टोलीलाई आपुनो नेतृत्वमा यसअघि दुईपटक च्याम्पियन्स लिग जिताइसकेका थिए । सन् १९९९ र सन् २००८ मा फर्गुसनकै प्रशिक्षणमा म्यान युले च्याम्पियन्स लिग जितेको थियो । तर यसपटक फेरि उपाधि जित्दै च्याम्पियन्स लिगमा ह्याटि्रक गर्ने फर्गुसनको योजना असफल भयो । अर्जेन्टिनी स्ट्राइकर मेस्सी जाभी पेड्रो म्यान्यूका लागि टाउको दुखाइ बने ।
अन्य ठाउँमा भन्दा पृथक किसीमले महोत्सव संचालन गरिएकाले अपेक्षा गरिएअनुसार दर्शकहरू महोत्वस अवलोकन गर्न आएका आयोजकहरूले बताएका छन् । महोत्सव मुल आयोजक समिति म्याग्दी उद्योग बाणिज्य संघका सचिव कविन्द्र जोशीका अनुसार जिल्ल्ाा भित्र र बाहीरका बागलुङ , पर्वत , पोखरा , काठमाडौ , मुस्ताङ , नवलपरासी , रुपन्देही , स्याङ्जा लगायतका ठाउँहरूबाट दर्शकहरू आउने क्रम जारी रहेको छ । लोपोन्मुख नौमती बाजा प्रतियोगीता , हात्तिशयर , र्याप्टीङ , ८० भन्दा बढी प्रकारका जडिवुटी , मगर र छन्त्याल समुदायमाझ लोकप्रिय बनेको ख्याली , सरस्वती , थाली , सोरठी , मारुले , मारुनी र लाखे नाच अवलोकन तर्फदर्शकहरूको आकर्षा पाईएको आयोजक समितिका सदस्य सुविनकुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै यानीमाया , सुनिमाया , झ्याउरे , लोकदोहोरी र राष्ट्रिय स्तरमा ख्याती प्राप्त विभिन्न कलाकारहरूको प्रस्तुतीले महोत्सवलाई झनै आकर्ष बनाएको श्रेष्ठले जानकारी दिनुभयो ।
यतिबेला प्रतिकले राम्रै जागीर भएका दुलही ल्याएका छन । अन्जु पनि काम गर्न जाँदिनन् । उनका दिनहरू छोरा बुहारीको पखाईमै वित्ने गरेका छन भने , छोरा बुहारी पनि आमाको सेवामा कतिपनि चुक्दैनन् । बिहान उठेर घरायसी काम भ्याएर मात्र अफिस जान्छिन दुलही शुशीला भने भान्छाको हरेक काममा सघाउन तल्लिन हुन्छन प्रतिक । पहिले पीडा र दुःखका आँसु झर्ने अन्जुका ती आँखाहरू अहिले खुसीका आँसु झार्न तल्लिन छन । अनेक वहानामा एउटा नारीले अर्की नारी माथी लााछना लगाउँने त्यो समाजले वाह प्रतिक ! भन्न थालेका छन । अनि अरुको माइतीमा आएर रजाई गरिरहेकी माइजू नामक ती दानवीय नारी आज दिदी भन्दै अन्जुकै प्रतिक्षामा बस्न थालेका छन । तर अन्जु अब त्यो माइती र गाउँलाई फर्केर हेर्न चाहन्न । किनकि , खुकुरीको ब्यथा अचानोलाई थाहा हुन्न … … ।
पोखरा , २२ असार । ब्रोडकास्टिङ्ग एसोसियसन अफ नेपाल वान को चौथो राष्ट्रिय महाधिवेशन तथा साधारणसभा यहीं २५ र २६ असारमा पोखरामा हुने भएको छ । महाधिवेसनमा बानसँग आवद्ध ९३ वटा रेडियोका एक सय ९० जना प्रतिनिधिहरु सहभागि हुने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । दुई दिनसम्म चल्ने महाधिवेसनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको समेत जनाइएको छ । बानले आमसाचारमाध्यमहरुप्रति राज्य र सरकारको दृष्टिकोण नीति कानुन र ब्यवहारमा परिवर्तन गर्न विभिन्न मागहरु प्रस्तुत गदेै्र आइरहेको छ । विद्युतीय संचारमाध्यमहरु स्वतन्त्र रेडियो र टेलिभिजनलाई छापामाध्यमसरह लोककल्याणकारी विज्ञापन दिने निर्णय पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने सरकारले विद्युतीय संचारमाध्यमलाई लोडसेडिङ्ग नगर्ने वा इन्धनमा ५० प्रतिशत अनुदान दिनुपर्ने करमा छुट दिनुपर्ने जनशक्ति तालिम टेलिफोन र इन्टरनेटमा सहूलियत दिनुपर्ने लगायतमा माग बानले गर्दैआएको छ । रोयल्टी दर निर्धारण गर्दा भएको सहमतिविपरीत मनोमानी ढंगबाट संशोधन गरिएको नियमावलीलाई संशोधन गरिनुपर्ने राज्यबाट वितरण गरिने अन्य सेवा सुविधा प्रदान गरिनुपर्ने विज्ञापन प्राधिकरण गठन गर्नुपर्ने वानले माग गरेको छ । राज्यका सबै प्रसारण प्रकाशनसम्बन्धी कार्य ब्यवस्थित गरिनुपर्ने स्वतन्त्र रेडियोले प्राप्त गरेको फि्रक्वेन्सी तत्काल आईटीयूमा सूचिकृत गरिनुपर्ने लगायतका सात सूत्रीय माग बानले राख्दै आएको बानका संस्थापक अध्यक्ष शिवलाल मल्लले बताए । तयारी समितिका सह - संयोजक रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तयारी समितिका संयोजक विश्वशंकर पालिखेले पोखरामा हुने वानको महाधिवेशनलाई सफल बनाउन सबैकेा सहयोग आवस्यक भएको बताए । नेपालमा हाल ३ सय १५ वटा रेडियो एफएफहरु संचालनमा छन् ।
काठमाडौं , १२ वैशाख । कुटनीतिक राहदानी बेचेको अभियोगमा पक्राउ परेका सभासदद्वय वीपी यादव र गायत्री शाहलाई पुनः ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला जिल्ला अदालत काठमाण्डौले आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले सभासद्लाई थप सात दिन थुनामा राख्न सोमबार आदेश दिएको हो । यसअघि सोही अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको भएपनि अनुसन्धान पूरा नभएकाले म्याद थपका लागि प्रहरीले जिल्ला अदालतमा म्याद थपको माग गरेको थियो ।
सो अवसरमा उहाँले त्यहाँ विभिन्न क्षेत्रमा सकि्रय नेपाली प्रतिनिधिहरुसँग पनि भेट गर्ने बताइएको छ ।
सात राजनीतिक दलले संविधान संशोधन सम्बन्धमा बनाएको राजनीतिक सहमतिको बिस्तृत बिबरण सात राजनीतिक दलको सहमतिबिस्तृत शान्ति सम्झौतालगायत बिभिन्न समयमा भएका सम्झौता , सहमति र निर्णयहरुलाई आत्मासात गर्दै संविधानसभाबाट तोकिएको समयमा नयाँ संविधान निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउदै सहकार्यकासाथ अघि बढ्न निम्न लिखित सहमति गरिएको छ ।
साथै संघले राष्ट्र निर्माणको एजेण्डा भन्दै पाँच बाट बुँदा समेत सार्वजनिक गरेको छ । जसमा प्रत्येक नागरिकलाई प्रतिदिन १ सय रुपैया अनिवार्य भत्ता दिनु पर्ने , राष्ट्र निर्माणमा प्रत्येक नागरिकले ४ देखि ६ घण्टा काम गर्न पाउनु पर्ने र प्रती घण्टा ३० देखि ५० रुपैया पारिश्रमिक पाउनु पर्ने , कर्मचारी प्रशासनबाट अस्थायी स्थायी भन्ने बर्गिकरण हटाएर क्षमताको आधारमा काम गर्ने अवस्था निर्माण गर्नुपर्ने रहेको छ ।
युएसएडको बाढी पूनर्लाभ कार्यक्रम - [ मोफसल ]
अनि मैले सिंहासनहरू देखें : अनि उनीहरू तीमाथि बसे , र न्याय उनीहरूलाई दिइयो । अनि मैले तिनीहरूका प्राणहरूलाई देखें , जसका शिर येशूको गवाही र परमेश्वरको वचनको कारणले काटिएका थिए , अनि जसले न ता त्यस पशुलाई , न ता त्यसको मूर्तिलाई पूजा गरेका थिए , न ता आफ्ना निधारमा वा आफ्ना हातमा त्यसका निशान लिएका थिए ; अनि तिनीहरू जीवित भए र ख्रीष्टसँग हजार वर्षसम्म राज्य गरे । तर बाँकी मरेकाहरू हजार वर्ष पूरा नहोउन्जेल फेरि जीवित भएनन् । योचाहिँ पहिलो बौरिउठाइ हो । यस पहिलो बौरिउठाइमा जसको भाग हुन्छ , ऊ धन्य र पवित्र हो ; यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन , तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पूजाहारीहरू हुनेछन् , र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन् ( प्रकाश २० : ४ - ६ ) ।
२३८ . प्रादेशिक व्यवस्था स्वायत्त राज्य सम्वन्धी व्यवस्था कानुनद्धारा निर्धारण भए वमोजिम हुनेछ ।
- उनीहरूले यो सुनेको धेरै भइसक्यो । अब त उनीहरू निराश भइसकेका छन् । त्यसकारण अब हामी काम गरेर उनीहरूलाई देखाउनेगरी जानुपर्छ ।
- रमण घिमिरे दुई साताअघिको कुरा हो । यो पंक्तिकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतीक्षालयमा थियो । विमान अवतरण . . .
पश्चिमाञ्चल विकास क्षेत्रको मुलद्घारको रुपमा रहेको नेपालको प्राचीन एवं ऐतिहासिक केन्द्र बुटवल नगर लुम्बिनी अञ्चल , रुपन्देही जिल्लाको उत्तरी सिमानामा अवस्थित छ । यस ठाँउसंग गाँसिएका ऐतिहासिक गौरव गाथाले यस नगरको गरिमालाई अझ बढी महत्वपुर्ण तुल्याएको छ । समुद्री सतहबाट करिव १८३ मीटर उचाईमा अवस्थित यो शहरको तापमान अत्यधिक गर्मीमा ४५ र जाडोमा ८ डीग्री सेल्सीयस सम्म रहेको पाईन्छ । देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्घार्थ राजमार्ग को संगम स्थलका साथै २५ कि . मि . दक्षिणमा रहेको भारतीय नाकाको कारणले गर्दा औधोगिक , ब्यापारिक तथा अन्य विकासहरुका लागि पनि यस बुटवल नगरको राष्ट्रिय स्तरमै महत्वपूर्ण स्थान रहेको छ । बसोवास गर्ने मुख्य जाति ब्राम्हण , क्षेत्री , नेवार , गुरुङ्ग , मगर , ठकुरी , थारु , थकाली आदि । धर्म हिन्दु , बौद्ध , मुस्लिम , शिख , क्रिश्चियन , आदि । महत्पूर्ण धार्मिक स्थल सिद्धबाबा , गणेश मन्दिर , नारायणस्थान , राधाकृष्ण मन्दिर , कालिका मन्दिर , राममन्दिर , भुवनेश्वरी मन्दिर , बौद्ध गुम्बा , पद्यम चैत्य विहार आदि । ऐतिहासिक स्थल रामापिथेकस अवशेष स्थल , जितगढी किल्ला , मणिमुकुन्द सेन दरवार आदि । पर्यटकिय स्थल मणिमुकुन्द सेन पार्क , हिलपार्क आदि । अस्पताल लुम्बिनी अंचल अस्पताल सिद्धार्थ बाल तथा महिला अस्पताल लुम्बिनी अंचल आयुर्वेदिक अस्पताल लायन्स आंखा अस्पताल लुम्बिनी नर्सिङ्ग होम बुटवल हस्पिटल प्रा . लि .
पर्वतजस्ता अग्ला आशिषहरू थापेर भ्रमले कुप्रोकुप्रो भएको यो बूढो जिन्दगीमा भक्तहरूको लस्कर अब विकेन्दि्रत छ , मन्दिरबाहिर । बन्द आँखाको पर्दाभित्र ईश्वरलीला खोज्दाखोज्दै आफैँलाई हराउनेहरू आजको तिम्रो ईश्वर डबलीमा गहिरो चुप्पीको मञ्चनमा औँलाहरू नचाइरहेको फेला पार ।
मनकामनाबाट हिमाल हेर्दाको दृश्य । मनकामना माईसँग जोकिङ केवुलकारबाट ओर्लेर मन्दिर पुग्ने उकालो चढियो । बाटैभरि फूलपाती लैजान अनुरोध गर्नेको ओइरो । एक व्यापारी एक विदेशी नागरिकलाई जबजस्ती फूलपाती थम्याइरहेको देखे । वास्तै नगरीकन अगाडि बढ्दै थिए उनीचाहिँ । मन्दिरमा उक्लिएपछि छेवैको पसलेसँग ' इट इस बेटर देन द राइस , कोकोनट एण्ड अल दिस थिङ्स् ' भन्दै आफ्नै झोलाको साइट खल्तीबाट फुल निकालेर हातमा लिएर हामीभन्दा केही दुरी पछाडि लाइनमा उभिए । लाइनको के कुरा गर्नु र , अस्पताल र मन्दिरको लाइन कहिले पो सुकेको हुन्छ र ? लामो लाइन र साह्रै चिसोको कारणले केहीबेरको लागि जुत्ता - चप्पलसँगै लाइन लागेका थियौँ सबैजना । जुत्ता - चप्पल निषेध गरिने ठाउँनेर पुग्न लागेपछि टुक्रुक्क बसेर तिनले जुत्ता खोले , मोजा पनि खोले , प्यान्ट पट्टाएर माथितिर फर्काए । पछाडि भिरेको झोलाबाट झिल्के पोलिथिन निकालेर जुत्ता चप्पल पोका पारे । पोका पारेको जुत्ता र मोजालाई पछाडि भिरेको झोलाभित्र राखे उनले सुरक्षितसँग । झोला एक छेउमा राखेर मन्दिरको कलाकृतितिर उनको आँखा तानियो । त्यत्तिकैमा हामी मन्दिर भित्र छिर्यौँ । केहीबेरमा मन्दिरको मूल ढोकाबाट बाहिरिदा त्यही ठूलो झोला उनकै ढाडमा थियो । भाईले कानैनेर मुख ल्याउँदै भन्यो - ' क्या जोकिङ् भो दिदी ' , ' कस्तो जोकिङ ? ' ' जुत्ता लगाएर भित्र जानु पो नहुनु त । झोलाभित्र राखेर निस्किनु त हुन्छ नि हैन ? ' मन्दिर भित्र छिर्दा पालन गर्नुपर्ने बुँदागत नियमहरु लेखिएको चारपाटे टिनको प्लेट हाम्रो सामुन्ने टाँगिएको थियो । त्यसमा लेखिएको पहिलो बुँदा थियो - ' मन्दिर भित्र जुत्ता चप्पल लगाएर जान मनाही छ । ' विज्ञापनको बेजोड शैली ' ए हजुर यतातिर आउनुस् , माइतीमा जस्तै पकाएको लोकल कुखुराको मासु , शुद्ध घ्यू , बासमती चामल , बोटैको ताजा सुन्तला खुवाउछौँ ' । थेप्चो नाक , खाइलाग्दो जीउडाल , बाटुलो मुहारधारी एकजना युवक । रेष्टुरेन्टको अघिल्लो भागमा बसेर श्लोक पढेझैँ एउटै गतिमा दर्शनार्थी तथा आगन्तुकहरुको ध्यान खिच्ने प्रयत्नमा मग्न थिए । ' लौ हजुर यतातिर पाल्नुस् , ससुरालीमा जस्तै मिठो खाना , लोकल कुखुराको मासु , . . . . . . . खुवाउछौँ ' आगन्तुकहरुको भीडमा देखिने महिला या पुरुषको बाहूल्यताको आधारमा माइती र ससुराली शब्द फेरबदल गर्दै एकोहोरो सम्बोधन गर्दै थिए उनी । बजार घुम्ने क्रममा थुप्रै पल्ट उही बाटोबाट ओहोरदोहोर गरियो । ती युवक उस्तै भाकामा , उही आसनमा बसेर , उही कुरा , उही रफ्तारमा बारम्बार दोहोर्याइरहेका थिए । मानौ , कुर्सीमा मान्छे हैन एउटा क्यासेट प्लेयर राखिएको छ । र क्यासेटलाई रिवाइन गर्दै प्ले गरिदैछ । खै , रेष्टुरेन्टतिर चियाउँदा मान्छेको चहलपहल चाहि खासै देखिएन । अनि त्यहाँभित्र मान्छे छिरेको पनि देखिएन । सायद आजकाल मान्छेहरुले ससुराली र माइतीको खाना भन्दा अरुतिरकै खाना मन पराउन थालेछन् क्यारे । तैपनि उही कुरा कति मजाले , पटकैपिच्छे स्वाद मानी मानी दोहोर्याउनमै मस्त थिए उनी । जे भए नि विज्ञापन गर्ने उनको त्यो शैली , हाउभाउ , लय पृथक लाग्यो मलाई । थोरै भूमिका लेख्छु गत सोमबारको दिन आफन्तहरुसँग मनकामना दर्शन गर्न गइयो । त्यहाँ जानुको मेरो उद्देश्य मनकामना माईको मन्दिरभन्दा माथि लगभग १ घण्टाको पैदल दुरीमा रहेको लखन थापा गुफा र बक्रेश्वरी मन्दिर पुग्नु पनि रहेको थियो । मेरो त्यो उद्देश्य यो पल्ट पुरा हुन सकेन । त्यसैले तत्काल ब्लगमा हालुँ हालुँ लाग्ने कुरा भेटिन जस्तो लाग्यो । त्यहाँबाट फर्किएपछि कोठामा कुरा चल्यो । त्यही बेला माथि उल्लेख गरेको कुरालाई स - दृश्य स्मरण गरे । तब म मनमनै हाँस्न थाले । र छोटो नोट लेखेर राखे । त्यही साँझ दीलिपजीले मनकामनाको यात्राबारेमा ब्लगद्वारा थाहा पाउने कामना गर्नुभएको थियो । तैपनि मलाई यो टाँसो हालुँ भन्ने लागेन । हिजै बेलुकी लोड सेडिङको फाइदा छोप्दै एकजना साथीसँग मैतीदेवी मन्दिरतिर डुल्दै पुग्यौँ । त्यहाँको दृश्य देख्दा पुन : मलाई मनकामनाको त्यही दृश्यको झझल्को आयो । साथीलाई बेलीबिस्तार लगाए । ऊ मरि मरि हाँस्यो । अनि मनमनै सोचे यही कुरा ब्लगमा ठेल्दिन्छु ।
एचकेनेपाल डट कम सम्वाददाता , अप्रिल १७ - हंगकंग , सुदूर पूर्वी प्रवासी नेपाली संघ ( फियोना ) को ९औं अधिवेशनले सत्य घलेको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ ।
आफ्नो प्रस्तुतिको निचोडको रुपमा डा . खतिवडाले राजनीतिक अस्थिरता एवं विविध प्रतिकुलताका बाबजुद नेपालमा उद्यमशीलता र नेतृत्वक्षमता भएका व्यक्तिहरुका लागि अनन्त सम्भावनाहरु रहेको कुरामा जोड दिनुभएको थियो । डा . खतिवडाको प्रस्तुतिमाथि कार्यक्रममा उपस्थित एहिमे विश्वविद्यालयका सहायक प्राध्यापक डा . नेत्रप्रकाश भण्डारी तथा हाल आगन्तुक अनुसन्धाताको रुपमा टोकियो विश्वविद्यालयमा रहनुभएका त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा . गंगा थापाले संक्षिप्त टिप्पणी गर्नुभएको थियो ।
नखसाउ यि नयनबाट अनमोल यि आँसु नसम्झ ति चोट अब चोखो मायाँ गासुँ , , तरी आउ मायाँको सागर थापी दिन्छु पुल , यति धेरै मायाँ दिन्छु सारा दु : ख भुल , , नबल्झाउ ति छाती अब तिमी हामी हाँसु , नसम्झ ति चोट अब चोखो मायाँ गासुँ , , बिगतलाई कुल्चि आउ बिछ्यार्इ दिन्छु तुल , बजाई दिन्छु प्रेमको धुन सारा अतित भुल , , नदुखाउ ति मुटु अब रमाई हामी बाचुँ , नसम्झ ति चोट अब चोखो मायाँ गासुँ
पार्टीका सदस्यहरुलाईमात्र निमन्त्रणा गरीएको उक्त कार्यक्रमको शुरुवात छोटो पत्रकार सम्मेलनबाट गरीएको थियो । पार्टीबाट निस्काशन भई सकेका केही बितन्डावादी तत्वहरुले मोर्चाको कार्यवाहक अध्यक्ष कृष्णबहादुर लिङ्गखा तथा महासचिव जिमि हाङ्गखिमकाबिरुद्ध समाजमा भ्रम सृजना गराउने ढँगले लान्छना लगाई मोर्चाको अनधिकृत तथा अवैधानिक रुपमा लेटर प्याडको प्रयोग गरी कथित बिज्ञप्ति एभरेष्ट साप्ताहिकमार्फत प्रकाशन गरिएको भन्दै केही सबुतसहित उक्त बिज्ञप्ति आफ्नो गल्ति लुकाउने चालबाजीको रुपमा अरुको मानमर्दन गर्ने काशिस स्वरुप गरिएको प्रष्टिकरण दिईको थियो ।
विकाश धमला ' प्राञ्जल ' एडिलेड , अष्ट्रेलिया वर्षौँ लगाएर तपाईँले घोकेका ती समानताका सुत्रहरु , मानवताका गर्विला तपाईँका ती तर्कहरु अनि मानव सभ्यतामा मरिमेट्ने तपाईँका ती कवित्वहरु आज असमानता र विभेदका हतियार बनेछन् सज्जन र सत्यहरुमाथि प्रहार गर्ने क्षेप्यास्त्र बनेछन् सत्य र धर्मको वकालत गर्ने तिम्रा ती नौला सिर्जनाका आत्माहरु आज मर्ने बेलाको उही " पुरानो क्याँक - क्याँक " सुगा रटाई [ . . . ]
रोल्पा गैरीगाउमा फेरी भिषण आगलागी , आगो अझै नियन्त्रण बाहिर - [ मोफसल ]
लावाहाङ चेम्जोङ , मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्ः पाँचथरलाई मात्रै होइन पूर्वका ९ जिल्लालाई ऐतिहासिकता र जातीयताको आधारमा संघीयता आवश्यक छ । यहाँका स्रोतसाधन आफैंले उपभोग गर्न पाउनुपर्दछ भन्ने हाम्रो माग हो । दिलेन्द्र सुब्बा , अध्यक्ष , लिम्बु भाषा विकास संस्थाः पाँचथर एक्लै स्वायत्त प्रान्त बन्न सक्दैन । अहिले पूर्वाञ्चल भनिएको ९ जिल्लालाई हिजो पल्लो किराँत भनिन्थ्यो । ऐतिहासिकता र जातीय सघनताको आधारमा लिम्बुवान स्वायत्त प्रदेश निर्माण हुनुपर्दछ । सावित्रीदेवी गुरुङ , अध्यक्ष , महिला सशक्तीकरण समूहः पूर्वका ९ जिल्ला वा पूर्वाञ्चललाई एउटा प्रान्त बनाउन सकिन्छ । तर त्यसले यहाँका आदिवासी जनजाति मात्रै होइन दलित , महिला , अल्पसङ्ख्यक , धार्मिक , सांस्कृतिकलगायतका सबै समुदायलाई अधिकारसम्पन्न गराउन सक्नुपर्छ । लोकेन्द्र आले मगर , अध्यक्ष , नेपाल आदिवासी जनजाति महासंघ , जिल्ला समन्वय परिषद्ः पाँचथरलाई मात्रै होइन सिङ्गो देशलाई नै जाति , भाषा र भूगोलको आधारमा संघीयतामा लैजानुपर्दछ । जय रिजालः जातीय आधारमा मात्रै प्रदेशहरू निर्माण गरिनुहुँदैन भन्ने हाम्रो पार्टी ( नेका ) को स्पष्ट अवधारणा छ । स्रोत , साधन र भौगोलिकताको आधारमा प्रदेश बनाउन सकिन्छ । मानदेव केरुङ , अध्यक्ष , राष्ट्रिय प्रजातन्त्र पार्टीः जातीय विशेषले संविधानमा अपनत्व र स्वामित्व महसूस गर्न सक्नुपर्दछ । ठाउँअनुसार जातीय , ऐतिहासिकता र भौगोलिकतालाई प्रदेश निर्माणको आधार बनाइनुपर्दछ । पूर्वाञ्चलको सन्दर्भमा ऐतिहासिकतालाई आधार मानेर जातीय प्रदेश निर्माण गर्नुपर्दछ भन्ने आवाज धेरैले उठाएका छन् । विशाल रसाइली , जिल्ला सदस्य , एनेकपा ( मावादी ) - उत्पीडित र शोषितको हातमा अधिकार पुर्याउनु नै प्रदेश निर्माणको पहिलो प्राथमिकता हुनुपर्दछ । लय बास्कोटा , नेकपा मालेः बहुभाषिक , बहुजातीय मुलुकमा हिमाल , पहाड र तराईलाई मिलाएर प्रदेश बनाउनुपर्दछ । प्रदेशभित्र रहेका सबै जातजाति र भाषाभाषी अधिकारसम्पन्न हुनुपर्दछ । सन्तोष श्रेष्ठ , विद्यार्थी नेताः विगतमा जस्तै अब बन्ने संविधान एउटा पक्षले बनाउने र अर्को पक्षले जलाउने अवस्था आउन दिनुहुँदैन । जाति , साधन , स्रोत र भौगोलिकतालाई सम्बोधन गर्न सके नयाँ संविधान कसैले जलाउनुपर्ने अवस्था सिर्जना हुँदैन । दिलेन्द्र सुब्बा - मैले जुन समस्या एउटा लिम्बु भाषीको रूपमा भोगेको छु त्यो समस्या गैर लिम्बुभाषीहरूले बुझ्न सक्नुभएको छैन । वर्गीय समस्यालाई प्रधान ठान्नेहरूसँग जातीय समस्या समाधान गर्न सक्ने एजेण्डा छैन । भवानी शङ्कर , उपाध्यक्ष , दलित उत्थान जिल्ला समन्वय समितिः प्रदेशहरूको नामकरण ऐतिहासिकता र भौगोलिकताको आधारमा हुनुपर्दछ । त्यसभित्र विभिन्न जाति , लिङ्ग , क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी इकाई र स्वायत्त क्षेत्रहरू बन्नुपर्दछ । विशेषगरी दलित समुदायको प्रतिनिधित्वको लागि आवश्यकताअनुसार गैर - भौगोलिक इकाईहरू समेत बनाइनुपर्दछ । सन्तकुमार राई , सचिव , नेपाल बार एसोसिएसनः विश्व अनुभवलाई हेर्दा तीन अवस्थामा संघीय व्यवस्था लागू गरिएको पाइन्छ । पहिलो ; राष्ट्रियता र सुरक्षाका लागि प्रदेशहरू एकजुट भएर बनेको संघ , दोस्रो ; राष्ट्रभित्र एक जाति वा समुदायले अर्को जाति वा समुदायमाथि गरिने भेदभाव अन्त्य गर्न र तेस्रो ; औपनिवेशबाट मुक्ति पाएपछि अपनाइने संघीयता । नेपालको सन्दर्भमा जातीय र क्षेत्रीय उत्पीडनबाट मुक्ति पाउन संघीय व्यवस्था चाहिएको हो । रुपनारायण जबेगु , अध्यक्ष , शिक्षक युनियनः हरेक प्रान्तका जनताले मेरो देश नेपाल र म नेपाली भन्ने हैसियत पाउनुपर्दछ । यहाँका आदिवासी / जनजातिलगायत सबै जातिको भाषा , लिपि , संस्कृतिको संरक्षण र सम्बर्द्धन हुने गरी प्रान्त बन्नुपर्दछ । तर यसो भनिरहँदा मुलुक विखण्डन नहोस् भन्नेतर्फ सबै पक्ष सचेत हुनै पर्दछ । पाँचथरलाई जातीय र भौगोलिक आधारमा दुवैखाले विचारलाई सम्बोधन गर्न सक्ने खालको संघीयताले मात्रै निकास दिन सक्दछ । गंगादेवी आङदेम्बे , अध्यक्ष , लोकतान्त्रिक महिला सञ्जालः अब जुनसुकै आधारमा प्रान्त बने पनि महिला र बालबालिकाको अधिकार र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने कुरालाई बिर्सनुहुँदैन । राजकुमार भण्डारीः सामाजिक , आर्थिक विभेदमा परेका जनतालाई मुक्ति दिन जातीय संघीयताबाट सम्भव हुँदैन । यद्यपि सम्बन्धित क्षेत्रमा बसेका जाति , त्यहाँ प्रयोग हुने भाषा र संस्कृतिलाई राम्ररी अध्ययन गरिनुपर्दछ । राजनीतिक दलहरू हुँदाहुँदै जातीय मोर्चाहरू किन आवश्यक पर्यो ? कमलराज नेम्वाङः केन्द्रीकृत एकात्मक राज्यसत्ताले नेपालको बहुलवादी चरित्रलाई सम्बोधन गर्न नसकेरै संघीय व्यवस्था आवश्यक परेको हो । अहिले ऐतिहासिकता र जातीय आधारले राज्य पुनर्संरचना हुनुपर्दछ भन्ने लिम्बु , राईहरू विभिन्न संघसङ्गठन बनाएर आन्दोलित छन् । भौगोलिक र प्रशासनिक संघीयताले लिम्बुवान , खम्बुवान , तामसालिङ आदिको मागलाई सम्बोधन गर्नसक्छ कि सक्दैन भन्ने नै अहिलेको प्रमुख प्रश्न हो । वर्गीय समस्या मुलुकको प्रधान समस्या होइन । आर्थिक हिसाबले सम्पन्न लिम्बुवानवासीहरू समेत लिम्बुवान प्राप्तिको आन्दोलनमा लाग्नुले पनि मुलुकको समस्या वर्गीय नभई जातीय नै हो भन्ने प्रस्ट हुन्छ । रुपनारायण जबेगुहरेक प्रान्तका जनताले मेरो देश नेपाल र म नेपाली भन्ने हैसियत पाउनुपर्दछ । यहाँका आदिवासी / जनजातिलगायत सबै जातिको भाषा , लिपि , संस्कृतिको संरक्षण र सम्बर्द्धन हुने गरी प्रान्त बन्नुपर्दछ । तर यसो भनिरहँदा मुलुक विखण्डन नहोस् भन्नेतर्फ सबै पक्ष सचेत हुनै पर्दछ । दिलेन्द्र सुब्बाः नेपालमा जातीय समस्या सँगसँगै वर्गीय समस्या विद्यमान छ । वर्गीय समस्या प्रधान हुन यथास्थितिवादीहरूकै कारणले जातीय राज्यको मागका लागि लिम्बुवान , खम्बुवानवासीहरू विभिन्न मोर्चा बनाएर आन्दोलित हुनुपरेको हो । मैले जुन समस्या एउटा लिम्बु भाषीको रूपमा भोगेको छु त्यो समस्या गैर लिम्बुभाषीहरूले बुझन सक्नुभएको छैन । वर्गीय समस्यालाई प्रधान ठान्नेहरूसँग जातीय समस्या समाधान गर्न सक्ने एजेण्डा छैन । लावाहाङ चेम्जोङः पूँजीवाद र साम्यवादको कुरा गरिरहेका नेपालका ठूला पार्टीहरूले नेपालको वास्तविक समस्यालाई पहिचान गर्न सकेका छैनन् । जातीय समस्या हल भएपछि मात्रै वर्गीयलगायतका अन्य समस्याहरू समाधान गर्न सकिन्छ ।
बिहीबार बिहान ३ बजेको हुँदो हो । म निन्द्रामै छु । फोन भ्यार्रभ्यार्र बज्यो । खासै वास्ता गरिनँ । लगालगत तीनचोटी बजेपछि पक्कै कसैले अभर परेर गरेको हुनुपर्छ भन्ठानेर फोन उठाएँ । ुनरेशजी म अर्जुन बोलेकोु भन्नासाथ फोन काटियो । ुको अर्जुनु ठम्याउन नपाउँदै फेरि फोन बज्यो । ुनरेशजी म अर्जुन यहाँ गाउँमा बाबा बित्नुभयो त्यही खबर गरुँ भनेर फोन गरेकोु उताबाट आवाज आयो । आँखा खुलेपनि अर्धनिन्द्रामै रहेको मेरो दिमागले सोच्यो पंक्तिकारकै पिताजी बित्नुभएछ । त्यसैले पुर्नपुष्टिका लागि फेरि सोधेँ ुको बोल्नुभयो रे ु ुम अर्जुन चिन्नुभएन ु आफू प्रष्ट नभए पनि वक्ताले तीनपटक आफू अर्जुन भएको बताइसकेको थियो । अझै सोचिरहेछु - पिताजी मेरै बित्नुभएको हो । बुढ्यौलीबाहेक बिरामी भएको खबरसमेत नपाएकोले मैले सोधेँ ूबिमार चाहिँ के थियो ू उताबाट उत्तर आयो ूखास केही थिएन । यहाँ तिब्ल्याङमा आएर बित्नुभयो । पूजा लगाउने इच्छा थियो त्यो पनि लगायौँ पाहुनाहरुसित पनि मज्जाले बोल्नुभयो । खाना पनि राम्रै खानुभयो । राति अचानक असजिलो भयो र बित्नुभयो । ू
आचार्य प्रभा मूर्ती पुजेर मान्छेलाई घ्रीणित ब्यवहार गर्नु मानवियता हैन जस्तो लाग्छ त र . . . . . . बाध्यता , जब मान्छेहरु नै मूर्ती भन्दा अन्धो र कठोर बन्छन भने अनी . . . . मान्छेहरु नै अचल बनेर पापको भागीदार बन्छन भने अर्को बिकल्प नै के रह्यो र ? हो कस्ले सुनेको छ ? इश्वरले आशिष फलाकेको ? कस्ले महसुश गरेको छ ढुङ्गाको मूर्तिले शीरमा आशिर्बादको स्पर्षले छोएको ? त र पनि मान्छे , आस्थाको धरोहरमा भुलेर ढुङ्गाको देव पुज्न वाध्य छन मान्छेलाई अनास्थाको खन्डहरमा धकेलेर निर्जिव मूर्तिलाई कोठा र चोटामा सजाउन लालायित छन अनी . . . . यिनै मान्छे , मानवियताको ब्यापारी बनेर इेश्वरलाई बली चढाउने बहनामा निरीह पशुहरुको हत्या गर्न उत्प्रेरित छन । वास्तवमा कस्ले सुनेको छ मूर्तिले रगतको भीख मागेको ? कस्ले देखेको छ ढुङ्गाका देवताहरुले हिंस्रक बनेर बलिको रगत पिएको र चोक्टा लुछेको ? त र . . . . . . पनि मान्छे धर्मको आढ्मा हत्या गर्न अभिप्रेरित छन अनी तिनै प्रशादरूपी चोक्टाहारु राक्षस बनेर प्रशादको बहना गरी लोभि जिब्राहरु लप्लपाएर लुछ्न मग्न छन । अब . . . . सोंचौ , मानव मनमस्तिष्क लाई घच्घच्याएर मान्छेको अपमान मान्छेले किन गरिरहेछन ? मूर्ती पुज्ने निहुमा हत्यारा किन बनी रहेछन ? अनी . . . . . मान्छेलाई विश्वाशको किनाराबाट पंछाएर निर्जिव ढुङ्गा किन ढोगी रहेछन ? हो . . . . मूर्ती पुज्ने मनहरुले नै मान्छेलाई घ्रीणा गरिरहेछन तर फेरी निर्जिव देवताको आस्थाको अभिप्शामा आँफै राक्षस बनिरहेछन त्यसैले मूर्ती पुजेर मानवताको ढोङ पिट्नु र मान्छेबाट नै अमानविय ब्यवहार पाउनु शायद एकार्काको पर्याय बनिरहेछ . . . . . . . . . . /
नेकपा ( माले ) र नेकपा ( माक्र्सवादी ) को एकताबाट गठित एमालेको गत पाँचौँ , छैटौँ र सातौँ महाधिवेशनबाट उहाँ निरन्तर स्थायी समितिमा रहँदै आउनुभएको थियो ।
क्षुद्रग्रहको आकार दुई वटा बस जत्रो - काठमाडौँ , असार १३ ( एजेन्सी ) - दुई वटा बस जत्रो आकारको एउटा क्षुद्रग्रह पृथ्वीबाट १२ हजार किलोमिटर नजिकैबाट आज राति गुज्रने खगोलविद्हरुले बताएका छन् । २०११ एमडी नाम दिइएको यो क्षुद्रग्रह गत सातामात्रै फेला परेको हो ।
६० करोड प्रयोगकर्ता भएको फेसबुकलाई गुगलले कस्तो चुनौति दिने हो , त्यो हेर्न बाँकी छ ।
आर्थिक संपन्नता के आधार पर अतिक्रमणकारियों को तीन वर्गों में रखना जरूरी है . 1 . आर्थिक रूप से संपन्न उच्चवर्गीय अतिक्रमणकारी . 2 . आर्थिक रूप से संपन्न मध्यमवर्गीय अतिक्रमणकारी . 3 . आर्थिक रूप से संपन्न निम्न ( गरीब ) वर्गीय अतिक्रमणकारीण्
उच्चस्तरीय राजनीतिक संयन्त्रमा परराष्ट्रमन्त्रीलाई पनि आमन्त्रित सदस्यका रुपमा राखिनुपर्नेमा जोड दिँदै उहाँले यसो भएमा समन्वय गर्न सजिलो हुने र संयन्त्रलाई सहयोग पनि पुग्नेछ भन्नुभयो ।
हामी जिविकोपार्जनका अवसरहरुको खोजिका क्रममा विदेशमा आएका हौं । बेलायतलगायत विभिन्न देशहरुले दोहोरो नागरिकता नीति अवलम्बन गरिरहेको अवस्थामा हाम्रो देश नेपाल पनि राज्यको पुनर्सरचना र नयाँ संबिधान निर्माण गर्ने अवस्थामा रहेको हुनाले कुनै पनि नेपालीले आफ्नो मुलुकको नागरिकता परित्याग गर्नु पर्ने अवस्था नआवोस् भन्दै नेपाल र नेपालीको सर्वोपरि हितका लागि दोहोरो नागरिकता नीति अवलम्बन गर्न एनआरएन हङकङले सरकारसंग आग्रह गरेको छ । हाल अन्तरिम संबिधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा नेपाली नागरिकता त्यागेका गैर आवासीय नेपालीको नागरिताको व्यवस्था गर्न आवश्यक कानून निर्माण गरिने कुरामात्र उल्लेख भएको जनाउंदै अब बन्ने संबिधानमा दोहोरो नागरिकता ग्रहण गर्न सक्ने प्रावधान राखेको खण्डमा ठूलो संख्यामा हङकङमा रहेका नेपालीले रोजीरोटीको अवसरकै लागि आफ्नो मुलुक त्याग्नु पर्ने र आफ्नो परिवारसंग विच्छेद हुनु पर्ने अवस्था आउने थिएन , ज्ञापन पत्र भनेको छ ।
पहलमानसिंह स्वाँरको जन्मघर अछाम , धरणीधरको दुम्जा पुग्ने नै कति होलान् र ? देवकोटाको जन्मथलो कुन अवस्थामा छ , समको बासस्थान कुन अवस्थामा छ , लेखनाथको घर - ठमे ) अहिले कुन अवस्थामा छ , प्रायः लाई पत्तो नै छैन । अरु त अरु काठमाडौँको मध्यभागमा अवस्थित प्रायः आउजाउ गर्ने बाटो पर्ने भोसिको टोलमा साधक मोतीराम भट्ट जन्मिएका थिए भन्ने हेक्का पनि कमैलाई होला ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुँदै - [ अन्य समाचार ]
अर्को रसियाबारे आर्श्चर्यजनक कुरा , ख्रुश्चेभ बडो इच्छुक थिए हामीसँग मित्रता गर्न । त्यतिबेला मार्शल बोरोसिलोभ सोभियत रसियाको राष्ट्रप्रमुख थिए । उनले नेपालको भ्रमण गरे । पछि खु्रश्चेभ पनि आए । हामीले निम्तो दिएका थियौं र उनी आउन आतुर थिए । मलाई लाग्छ , नेपालमा चीनको प्रभाव नबढोस् भन्नेमा रसिया र्सतर्क थियो । तर जसरी होस् , नेपालमा विदेशीहरूको राजनीतिक अभ्यासको मैदान बन्दै थियो , यो मेरो अनुभव हो ।
उक्त कुरा एनआरएन जापान कान्तो क्षेत्रका अध्यक्ष जोन छन्त्यालद्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीकाअनुसार कान्तो क्षेत्रको अधिवेशन आगामी जुलाई १० तारिखका दिन २ बजेदेखि ओमोरीस्थित सेइयु भवनको पाँचौ तल्लामा रहेको बैन्कर्ट हलमा हुने भएको छ ।
कार्यक्रमलाई अस्ट्रेलियाको नेपाली राजदूताबास , एनआरएन अस्ट्रेलिया तथा नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले आयोजना गर्नेछ्न भने प्रायोजकको रुपमा अस्ट्रेलियाका थुप्रै ब्यबसायीहरुको संलग्नता रहनेछ ।
यसअघि प्रजिअले पहिलोपटक १४ दिन र दोस्रोपटक पाँच दिन म्याद थप गरी धमलालाई हिरासतमा राख्न अनुमति दिएका थिए ।
यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा ? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो , तर अपसोच ! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं , यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन ? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ . . . . . रहिरहनेछ
कवि भण्डारीले वि . सं . २०३७ - २०६५ सम्म निरन्तर साहित्यिक पत्रिका सुगन्धको सम्पादन तथा प्रकाशन गर्नु भयो तर यसलाई निरन्तरता दिन विभिन्न व्यावहारिक कठिनाइहरूले अवरोध पुर्याए पनि ' सुगन्ध ' ले साहित्यिक क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । समय समयमा साहित्यिक व्यक्तित्वहरू युगकवि सिद्धिचरण श्रेष्ठ विशेषाङ्क ( २०४२ ) , मदनकृष्ण , हरिवंश विशेषाङ्क ( २०४२ ) , वासु शशी स्मृति विशेषाङ्क ( २०४९ ) , गोपाल योञ्जन विशेषाङ्क ( २०५४ ) , डा . कुमारबहादुर जोशीद्वारा लिखित ' मृत्यु शय्याबाट बिउँझेर ' ( २०५४ ) जस्ता विशेषाङ्कहरू प्रकाशित गरी अग्रज स्रष्टाहरूप्रतिको आदर र सम्मान गरेको देखिन्छ ।
आर्थिक रूपमा दीनहीन र बेसहाराजस्तै बनेको समाजमा शिक्षा भन्ने कुरा राणा परिवारमा मात्र सीमित पारिएको थियो । उनीहरूको अनुमतिबेगर जनताका छोराछोरीले लेख्नपढ्न पाउँदैनथे । उनीहरूले जे बोले त्यही कानुन बन्थ्यो । उनीहरूका सामुन्ने जनताले ठाडो शिर गरेर मुखमा हेर्नसम्म पनि पाउँदैनथे । यदि कसैले त्यो चुनौती सामना गर्ने हिम्मत गरे भने कि त तिनीहरूले फाँसी पाउँथे कि त जेलमा सड्नुपर्ने हुन्थ्यो अर्थात् प्रवास पलायन हुनुपथ्र्यो । समाजको यस्तो अवस्थालाई चिर्दै शिक्षा , स्वास्थ्य , यातायात , सामाजिक मूल्यमान्यतामा परिवर्तन ल्याउनु कम्ती चुनौतीपूर्ण थिएन । एक प्रकारले भन्ने हो भने आमूल सामाजिक रूपान्तरणको त्यो क्षण अत्यन्तै महत्त्वपूर्ण थियो । त्यसकै बलमा समाजमा प्रजातान्त्रिक मूल्य , मान्यता र संस्थाहरूको विकास गरिनुपर्ने थियो ।
भेलामा सत्ता सञ्चालन , शान्ति प्रक्रिया , नयाँ संविधान र राष्ट्रिय सहमतिका कुराहरुमा विशेष छलफल हुने अध्यक्ष बाँस्कोटाले बताउनुभयो ।
केशु जी तपाइलाई मेरो नमस्कार | गजल सम्बन्धि तपाइको बहस कार्यक्रम अत्यन्त सान्दर्भिक छ | वास्तवमै यो जरुरि छ | गजल सम्बन्धि भ्रम निराकरणका लागि पनि यो आवश्यक छ | सफल रहोस ल |
व्यंग्य : राजु प्रसाद लामिछाने ( जुदने ) माझठाना ६ , कास्की हाल : हप्किन्स , मिन्नेसोटा [ यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । - सपनासंसार ]
तर अब नेपाल सरकारले त्यस क्षेत्र र वरपर विशेस गरी बुद्धिस्ट रास्ट्रहरु लगायतका अन्य देससंग सोझै संपर्क गर्न सक्ने हावाइ यातायात , विश्वस्तरिय सेवा सुबिधा , होटेल , आन्तरिक यातायात , उर्जा , संचार लगायतको ब्यापक बिकास बिस्तार गर्ने , बर्षैपिच्छे बुद्धसम्बन्धी बिभिन्न ठूल्ठूला गतिबिधीहरु गर्ने र सबैभन्दा महत्वपूर्ण कुरा शान्ती सुरक्षामा बिशेष जोड दिइ द्रुतत्तर गतिमा बिकास निर्माण अगाडि बढाउने हो भने चर्चित धार्मिक शहरहरु भ्याटिकन सिटी , मेक्का र मेदिना जस्तै लुम्बिनीले पनि वार्षिक दशौं लाख पर्यटक र अर्बौं डलर नेपाल भित्राउन सफल हुनेछ साथै नेपालका अन्य पर्यटकिय क्षेत्रहरुले पनि फक्रने फुल्ने मौका पाउनेछन जुन नेपालको आर्थिक उन्नतिमा कोशेढुङा साबित हुनेछ ।
माओवादी पार्टी भनेको वैज्ञानिक र विचार बोकेको पार्टी हो , कम्युनिष्ट पार्टी भनेको सर्वहारावर्गीय पार्टी हो । बिचार नै कम्युनिष्ट पार्टीको मुख्य अस्त्र हो । क्रान्तिकारी विचार नै कम्युनिष्ट पार्टीको मूल आधार हो । त्यसकारण जंगली जनावरको दाह्रा , नङ्ग्राको विषयमा कााग्रेसले कुन प्रसंगमा भन्न खोजेको हो त्यो हामीलाई थाहा भएन ।
राजालाई जोगाउन नाङ्गो जुलुस निकालिने एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता , जनवरी २४ - राजालाई जोगाउन विश्व हिन्दु महासंघले आगामी फाल्गुन ४ गते शिवारात्रीको दिन काठमाडौंको खुल्ला सडकमा बाबाहरुको नाङ्गो जुलुस निकालिने भएको छ ।
जर्मनीमा झन्डै ६ वर्ष प्रयोगशालामा दिनरात अनुसन्धान गरेर मैले बल्ल २ वटा शोधपत्र प्रकाशन गर्न सकेँ । त्यसका लागि जर्मन सरकारले लाखौँ डलर बराबरको रकम खर्च गर्यो । त्यस अवधिमा एक सफल साहित्यकारबाट सायद ६ वटा उत्कृष्ट पुस्तक रचना भए होलान् । सिर्जनाका लागि राज्यमाथि कुनै आर्थिक भार पनि पर्दैन । तर यसको अर्थ वैज्ञानिक हुन गार्हो र स्रष्टा हुन सजिलो हुन्छ भन्ने चाहिँ होइन । स्रष्टा हुन सजिलो हुने भएको भए नेपालमा एकजना मात्र होइन सयौं लक्ष्मीप्रसाद र सिद्धिचरण जन्मिने थिए । नोबेल पुरस्कार विजेता स्विस वैज्ञानिक रिचार्ड एन्र्स्टले एकपटक मसँग भनेका थिए ' परिश्रम , समर्पण र तालिमले कसैलाई एउटा राम्रो वैज्ञानिक बनाउन सम्भव छ , तर त्यसले मात्र कसैलाई मोत्सार्ट वा बिथोवन बनाउन सकिँदैन । ' त्यसका लागि व्यक्तिमा जन्मजात प्रतिभा हुनुपर्छ । त्यसैगरी सफल स्रष्टा बन्न जन्मजात प्रतिभा जरुरी हुन्छ । मलाई लाग्छ , राम्रो वैज्ञानिकभन्दा राम्रो स्रष्टा हुन कठिन छ ।
निजी विद्यालयहरूले शिक्षा ऐन , नियमावली र प्रचलित कानुन विपरीत मनपरी ढङ्गले शैक्षिक शुल्क निर्धारण गर्ने र विद्यालयबाटै पुस्तकहरू बिक्री वितरण गर्ने गरेको भन्दै सो कार्य तत्काल रोक्न आदेशको माग गरी रिट दायर भएको थियो ।
धौलागिरिका गाउँहरुमा लोकप्रीय मानिएको यानीमायाँ भाकाको संरक्षणका लागि सोनीया कला मन्दीरका प्रशिक्षक किसान बिकले प्रशिक्षण समेत दिने बताइएको छ ।
घटनालगत्तै एमाले कार्यकर्ताहरुले छानविनको माग गर्दै आन्दोलन पनि गरेका थिए । धेरै दिनको आन्दोलनपछि तत्कालिन सरकारले अनिल आयोग गठन गरेको थियो । सरकारको तर्फबाट गठन गरिएको अनिल आयोगले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रतिवेदन दिएपछि एमालेले फेरी आन्दोलन गरेको थियो । आन्दोलनबाट आत्तिएपछि सरकारले पुन सर्वोच्च अदालतका न्यायाधिस त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को छानविन आयोग बनायो ।
" तपाईंले सोधे पो मैले बताउनु , बोल्न पनि पैसा पर्ला जस्तो गर्नुहुन्छ अनि । " ठुस्किदै पछिपछि आउँछिन् उनी ।
फूलहरू फुल्दै र्झछन् आफ्नै नियममा सधँैभरि फुल्ने शक्ति झन् तिमीसँग ।
यदि क्लिपको नाउँ पनि देखिन्छ , प्लेयरको टाइमर पनि चलिरहेको छ तर आवाज चाहिं सुनिएन भने आफ्नो स्पीकर वा हेडफोन ठिकसँग जोडिएको छ की छैन जांच्नुहोस् । Volume control पनि जांचि हेर्नुहोस् । कतै त्यो बन्द त छैन ?
कांग्रेस महामन्त्री गुरुङको प्रधानमन्त्रीमा दावेदारी प्रस्तुत - [ मुख्य समाचार ]
मुन्चाडटकमकी म्यानेजर प्रमिला श्रेष्ठका अनुसार , खासगरी विदेशबाट स्वदेशमा सामग्री पठाउनेमा मुन्चाडटकम सक्रिय छ । संसारको कुनै पनि देशबाट आएको अर्डर पूरा गरनिे उनी बताउँछिन् । ठमेलडटकमले पनि तिहारको उपहारलाई केन्द्रविन्दु बनाएर काम गररिहेको छ । यी दुई साइटको काममा समानता छ । उपहारका ब्रान्ड र किसिममा पनि उनीहरू भिन्न छैनन् ।
पोखरा , १८ पुस । सोलुखुम्बुका सुदीपकुलुङ राईले शनिबार पोखरामा पाँचौ अन्नपुर्ण १ सय किलोमिटर दौडको उपाधि जितेका छन् । विदेशी सहितका १३ प्रतिश्पर्धिलाई पछि पार्दै राई उपाधि जित्न सफल भएका हुन् । पोखराबाट धम्पुस घान्द्रुक घोरेपानी विरेठाँटी हुँदै पोखरासम्मको उक्त दुरी राईले १२ घण्टा ५ मिनेटमा पार गरेका थिए । पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले नेपाल माउन्टेनियरिङ सर्भिसले प्रतियोगिता आयोजना गरेको थियो । प्रथम भएका राईले ५० हजार रुपैयाँ नगद सहित माउन्टेनबाईक पुरस्कार हात पारे । प्रतियोगितामा १३ घण्टा २ मिनेटमा दुरी पार गर्दै उपेन्द्र सुनुवार द्वितीय र १६ घण्टा २९ मिनेटमा दुरी पुरा गरेका उत्तर राई तृतिय भए । सुनुवारले २५ हजार र राईले १२ हजार ५ सय रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र पाए । १ सय किलोमिटरको उक्त प्रतिश्पर्धामा १ विदेशी महिला सहित १३ पुरुष सहभागि थिए । १ सय ७० र ५० किलोमिटर दुरीको दौडमा महिला तथा पुरुषको ५० ÷ ५० किलोमिटर पुरुष ७० किलोमिटर तथा महिला पुरुषको १ सय किलोमिटर दुरीको दौड आयोजना गरिएको थियो । प्रतिश्पर्धामा १३ देशका १ सय २ धावक सहभागि थिए । पुरुष ७० किलोमिटर दौडमा विकास शाहि प्रथम भए । त्यसैगरि गर्व राई द्वितीय र आईत तामाङ तृतिय भएका छन् । प्रतिश्पर्धामा ४५ जना पुरष सहभागि थिए । त्यस्तै ५० किलोमिटर पुरुष प्रतिश्पर्धामा होमलाल श्रेष्ठ प्रथम महेन्द्र शाहि द्वितीय र पूर्ण तामाङ तृतिय भए । ५० किलोमिटर पुरुष प्रतियोगितामा १५ पुरुष धावक थिए । महिला ५० किलोमिटर प्रतिश्पर्धामा निमायाङ्जी शेर्पा प्रथम मनिकला राई द्वितीय र अनिता राई तृतिय भए । स्पर्धामा ७ जना महिला सहभागि थिए । प्रतियोगिताका विजेतालाई शसस्त्र प्रहरीका पश्चिमान्चल प्रमुख डिआईजी दुर्जकुमार राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल माउन्टेनियरिङ सर्भिसका अध्यक्ष रमेश भट्टचनले पर्यटन प्रवद्र्धन गर्नका लागि दौड आयोजना गरिएको बताए । ' पोखरा र आसपासका ठाँउसहित संगै नेपालको पर्यटन प्रवद्र्धन गर्न दौड आयोजना गरिएको हो ' - उनले भने ' यस्ता प्रतियोगिताले शाहसिक पर्यटक भित्र्याउन मद्दत पुर् याउँने ठानेका छौ । ' साहसिक खेलको माध्यमबाट पोखरामा पर्यटन प्रर्वद्धन गर्न सकिने उनले बताए ।
एस काठमाडौं / एचकेनेपाल डट कम - नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले पहिलो चोटी राष्ट्रको नाममा आज साँझ ६ बजे सम्बोधन गर्नुभएको छ । डा . यादवले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामा जोड दिदैं तराई मधेस , हिमाल जहाँ बसे पनि जुनसुकै भाषा बोले पनि हामी सबभन्दा पहिले नेपाली हौं भन्नुभयो । नेपाल रहे मात्र हामी रहन्छौं । राष्ट्रपति भवन शीतल निवासबाट ८ मिनेट लामो सम्बोधन गर्दै सरकार गठनका लागि दलहरुलाई एकजुट हुन आहृवान गर्नुभएको छ ।
अमेरिकामा रेडक्रस डे मनाईयो - [ विदेशमा नेपाली गतिविधि ]
तारा ग्यासले अर्काको सिलिन्डर जम्मा पारेर बजार अभाव गराएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कालोबजारी ऐन अनुसार कारवाही गरेको छ । कालोबजारी ऐन अनुसार उसलाई पाँच लाख धरौटी मागेको कार्यालयले जनाएको छ ।
कैलाशजी तपाइको लेखन शैलीको बयान गरी नसक्नु छ । तपाइँ लेख पढ्नको अानन्द छुट्टै छ । अन्य यस्तै पढ्न मन लाग्यो । भन्छन नी once more . . . . . . . .
मन मिले पो तपाईँ हाम्रो , हामीहरु तपाईँको मन नमिले तपाईँ के , देउतै पनि अबशेष हुन्छ ।
बीकानेर , 15 दिसम्बर । रथखाना निवासी श्रीमती ईश्वरी देवी के नेत्र मरणोपरान्त उनके परिजनों ने दान किए हैं । उनके परिजनों ने श्री गौड़ ब्राह्मण महासभा बीकानेर व श्री रतन नेत्र योति संस्थान के संयुक्त तत्वावधान में चल रहे जनजागरण अभियान ' मरणोपरान्त नेत्रदान ' से प्रेरणा लेकर यह कार्य किया है । महासभा के अध्यक्ष के . के . शर्मा , [ . . . ] [ . . . more ]
मनोज जि , यहाँलाई पनि थाहा छ गजल वा साहित्यको कुनै पनि विधा अरुले सिकाएको आधारमा रटेर लेखिने बिषय पक्कै पनि होइन । यद्यपी यसको विधागत जानकारी भन्ने निस्चय नै जरुरी हुन्छ । यसको लागि बिभिन्न साहित्यिक वेबसाईटहरु यहाले हेर्न सक्नु हुन्छ , जहा विस्तृत् जानकारि पाउन सक्नु हुनेछ ।
उत्तरी अक्षांस २६०५५ ' देखि २७०२२ ' सम्म पूवी देशान्तर ८५०१५ ' देखि ८६०२५ ' सम्म
त्यस रात छट्पटीमै बित्यो । स्लिपिङ ब्यागभित्र कोल्टे फेरिरहेँ । बिहानको कलिलो घाम स्लिपिङ व्यागभित्र पस्न खोज्दै थियो । रमा आइ र भनी - ' सर चिया लिनुस् । ' उसलाई आँट गरेर बिस्तारै सोधेँ - ' तिमी जान्छ्यौ त माओवादीमा ? ' ' जान मन छैन ' , दबिएको स्वरमा उसले भनी , ' तर , म गइनँ भने बूढा बुबालाई लैजान्छन् सैतानले । ' उसको अनुहार फुङ्ग उडेको थियो । कुनै खाले चमक देखिनँ । बिस्तारै थाहा भयो , उसको बिहे भइसकेको रहेछ र श्रीमान् माओवादीको गोलीको निसाना भएको रहेछ । म छाँगाबाट खसेजस्तो भएँ । मन अमिलो भएर आयो । मेरो अघि सुन्दरी बिधवा उभिएकी छे मदमत्त बैंस लिएर । उसको श्रीमान् सेनाको जागिरे रहेछ र पाण्डुसेन बाजुरामा माओवादीसँगको भिडन्तमा मारिएछ । कल्कलाउँदो बैंस भएकी विधवा । बिहे भएको वर्ष दिनमै सिन्दुर पखालिएछ विचरीको । तर मलाई के भइरहेछ ? म यो केटीप्रति अलिकति पनि संवेदित भएको छैन । उसको रूपले तानिरहेछ । यो सबै घटना सुनेपछि त्यो केटीप्रतिको मेरो हिजो साँझ पलाएको प्रेम त्यसै हराएर गयो । मैले प्रेम गरेको रहेनछु । मात्र आकषिर्त भएछु , उसको बैंससँग ।
यायोक्खाको स्थापना साहै विषम परिस्थितिमा भएको हो । श्रद्धेय दाजु गंगाराज राईले यायोक्खालाई आफ्नै कोठामा राखेर हुर्काउनु भयो । दोस्रो सम्मेलनबाट कुलबहादुर राई एमबीईज्यूको अध्यक्षतामा नेतृत्व हस्तान्तरण भयो । उहाँले दुई कार्यकालसम्म आफ्नो घर निःशुल्क रूपमा दिएर यायोक्खाको कार्यालय सञ्चालन गर्न सहयोग गर्नु भयो । पन्ध्र जिल्लामा कार्यसमिति बन्यो । छैटौ राष्टिय सम्मलेनबाट नयाँ कार्यसमिति बन्यो । उत्ति नै खेर हामी ( यायोक्खा ) ले संविधानसभा सचेतना अभिवृद्धि तालिम सञ्चालन गर्नु पर्ने अवस्था आयो । सहयोगदाताबाट छुट्टै कार्यालय हुनुपर्ने शर्त आयो । जसले गर्दा हामी बाध्य भएर महालक्ष्मीस्थान , ललितपुरमा यायोक्खाको कार्यालय सार्žयौं । यो जातीय संस्थाको लागि मासिक सात हजार रुपैयाँ तिरेर बस्नु भनेको बोझै थियो । जे जस्तो भएपनि यायोक्खाको एउटा घर हुनै पर्छ भन्ने भयो । आफ्नो अस्तित्वबोध , कार्यालय सञ्चालनको लागि पनि चाहिने हाम्रो भौतिक पूर्वाधार हुनै पर्ने भएकोले यायोक्खाका उपाध्यक्ष यशोदा राईको संयोजकत्वमा सम्पूर्ण राईहरू लागेर हामीले जग्गासहितको घर किन्न सफल भएका छौं । रकम कसरी जुटाउनु भयो ? सबै किरात राईहरूको सहयोगबाट हो । समाधिस्थल व्यवस्थापन समिति र किरात राई यायोक्खा केन्द्रले संयुक्त रुपमा सानोहात्तीवनमा ४ रोपनी ९ आना जग्गा पुरानो कमिटीले किनेर राखेको थियो । त्यो ठाउँ अलिक टाढा र जग्गा भिरालो ठाउँमा भएकोले त्यसलाई बेचेर उपत्यकाको तीनैवटा जिल्लालाई पायक पर्ने गरी कोटेश्वर महादेवस्थानमा घर खरिद गरिएको हो ।
मेरो मसाजमा , रेस्टुराँमा काम गर्ने केटी भड्काउँछेस् , तूलाई सिध्याइदिऊँ ? भन्ने धम्की आउँछ । . . . ( Continue reading )
जलेश्वरस्थित नेकाको जिल्ला कार्यालयबाट हिजो मध्यान्हतिर बाहिर निस्कन लाग्नुभएका कोइरालालाई तराई मधेस लोकतान्त्रिक पार्टी , नेपाल भूमिहीन संस्थाका कार्यकर्ताहरूले बाटो अवरोध गर्दा भएको झडपमा परी नेकाका जिल्ला सचिव बजरङ्ग नेपाली , नेपाल किसान सङ्घ महोत्तरीका सभापति रामसितेश राय र अवरोध कार्यमा सरिक रहेका जिल्लाको सोनमा - १ का मिथिलेशकुमार यादव तथा गौशाला बजारकी गीतादेवी घाइते भएका छन् ।
" बाबु सरोज Û अनि तिमी यहाँ के गर्दै छौ त । यो रेष्टुरेण्टमा काम गरी बसेको हो त ? " " म त आण्टी , यहाँ पढ्न भनेर आएको । यहाँ आए पछि त कमाउनै पर्छ । आˆनो खर्च आफैँ उठाउनुपर्छ । त्यसकारण बेलुका कलेजमा पढ्छु बिहानदेखि दिनभरी यसैमा काम गर्छु । "
उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी , कर्साङ लामा , विनोद डि . सी . , देव गुरुंग , नरेश गुरुंग , नोनो फुर्बासोनाम शेर्पा , राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।
म्याद थप्न हुँदैन भनेको अरु कारण होईन , संविधान लेख्दैनन् भनेर नै हो । यसबीचमा संविधान लेख्ने नियत नै देखिएन । थपिएको म्यादसम्म त संविधान लेखिनुपथ्र्यो , तर लेखिएन । फेरि पनि थपिएको म्यादमा उनीहरुले संबिधान बनाउँदैनन , त्यसैले थप्न हुँदैन भनेको हो । म्याद नथप्दा राज्य नै रिक्ततामा जान्छ भन्ने कुरा होईन । संविधानसभाको विकल्पमा राजनीतिक दलहरुले एउटा संयन्त्र बनाउन सक्छन् , सहमतिको आधारमा । त्यसबाट विशेषज्ञहरु सहितको एउटा आयोग गठन गरेर संविधानको मस्यौदा बनाउन सकिन्छ । जसले संविधानसभाले नै काम गरेको प्रतिवेदनको आधारमा मस्यौदा तयार गर्छ ।
केन्द्रीय समितिको जारी बैठकमा वैद्यले जनविद्रोहलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका छन् । पाँच पृष्ठ लामो फरक प्रस्तावमा उनले शान्ति र संविधानलाई पूरा हुन नदिने षड्यन्त्र भइरहेको फरक प्रस्तावमा लेखेका छन् ।
- गैर आवासीय नेपालीले लगानीवाट प्राप्त लाभ बराबरको रकम मात्र परिवर्त्य विदेशी मुद्रामा विदेश फिर्ता लैजान पाउने र उनीहरुले आफ्नो जीवनकालसम्म आफ्नै स्वामित्वमा रहने गरी नेपालमा तोकिए बमोजिमको क्षेत्रफलमा जग्गा खरिद गरी आवास गृह निर्माण गर्न र त्यसको उपभोग गर्न पाउनेछन् ।
भूपेन्द्र महत आधारमा धार थ्यो कि माया आरो भो रेटी रैछ मुटु मेरो बांच्न गारो भो छुन्छु भनी भनी यो मन भत्कायौ बिझिँ बाँचा आज त्यो आँखाको छारो भो दया माया शिकारीको कहाँ हुदो रैछ ताकी ताकी हान्यौ तिर छाती तारो भो सतहमा भेट्या माया मुटुमा राख्न नि निल्नै नपाई जालमा पार्ने चारो भो मन नपर्नेको श्वाससै गनायो कि फन्की फन्की रन्किने रिसको पारो भो प्यासी जिबन प्यासमै सिमित भा छ पिउन पनि बिना पानीको धारो भो
अफ्गानिस्तानको गृह मन्त्रालयलाई उदृत गर्दै एएफपीले जनाए अनुसार एक अपराधिक गिरोहले २ साता अघि उनीहरुको अपहरण गरेका थिए ।
धनकुटा पुष १४ । शान्ति तथा पुनर्निमाण मन्त्री रकम चेम्जोङ्गले यही पुस ३० गते अनमिन फर्किने वताउनु भएको छ । प्रेस चौतारी नेपाल धनकुटा शाखाले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा शान्तिमन्त्री चेम्जोङ्गले एकिृकत माओवादीसहितको सहमतिमा अनमिनको अन्तिम पटक म्याद थपिएकोले पुस ३० गतेदेखि नेपालमा अनमिन नरहने वताउनुभयो । उहाँले अनमिन रहँदैमा माओवादी लडाकुहरु विस्तृत शान्ति समितिले व्यवस्था गरेको विशेष समिति अन्तर्गत पुस ३० भित्रमा आउँनु पर्ने वताउँनुभयो । मन्त्री चेम्जोङ्गले अनमिन फर्कने समय आएकोले त्यो भन्दा अघिनै शान्ती प्रकृयाको मुख्य जडको रुपमा रहेको सेना ब्यावस्थापनको काम पुरा हुनेमा बिस्वास ब्याक्त गर्नुभयो । सत्ता साझेदारीका लागि धेरै विकल्पहरु सारिएको वताउँनु हुदै मन्त्री चेम्जोङ्ग साता दश दिनभित्रमा लागी एकहप्ता भित्रमा राष्टिय सहमती हुनॆ बताउँनुभयो । देशमा संक्रमणकालीन अवस्था लम्विरहेको वताउँनु हुदै मन्त्री चेम्जोङ्गले जुन सहमति र सहकार्यका साथ अगाडी वढ्न नसकेको वताउँनु भयो । उहाँले दिगो शान्ति स्थापना र संविधान निर्माणका लागि सहमति र सहकार्य वाहेक अरु कुनै विकल्प नभएको वताउँनु भयो ।
पा . डा . फिलेमोन क्षेत्रीले वचनको लागि प्रार्थाना गर्नुभएपछि पास्टर रोवर्ट कार्थकले बचनबाट महासभामा सहभागीहरूलाई उत्साहित बनाउनुभएको थियो । पास्टर कार्थकले परमेश्वरबाट जबसम्म उद्धार आउँदैन तबसम्म सुधार आउँदैन पहिला उद्धार अनिमात्र सुधार आउने बताउनुभएको थियो । एकताको बारेमा बताउँदै एकता त ख्रीष्टन येशूले दिइसक्नुभएको छ अब हामीले एकता कायम राख्नुआपर्ने कुरामा जोड दिंदै एफिसी ४ : १ - ६बाट बचनबाट बाचन गर्नुभएको थियो ।
कल्पना नगरेको चिसोसँग हातेमालो गर्दै दिनको चार बजे पशुपति क्षेत्र ( गौशाला ) मा बसबाट उत्रन्छ हाम्रो समूह । रोल्पाबाट काठमाण्डौ पहिलो पटक भित्रेकी हुँ म । जाडोसँग त्यति मुकाविला गरिहाल्नु पनि परेको छैन , सायद आकाशमा घामको झल्याक झुलुक दर्शन गर्न पाएर पो हो कि , रमाइलो असाध्यै लागेको छ ।
राजा अनि राजसंस्थालाई दिनुसम्मका शेष गाली शुद्धरूपमा गणतन्त्रको शान्ति गीत गाउछौ हामी ।
हामी अहिले भर्खर जन्मिएका छौं । भर्खर जन्मिएको शिशुलाई हुर्काउने जिम्मा तपाई पाठकहरुको हातमा पनि छ । अमेरिकाको न्युयोर्कमा रहेको प्रधान कार्यालय र नेपालको काठमाडौंमा रहेको ब्यूरो कार्यालयबाट हामीले चौबीसै घण्टा , सातै दिन समाचार अपडेट गरिरहनेछौं । विश्वभर नै हाम्रा तीब्र गतिका संवाददताहरु छरिएर रहेका छन् । त्यो बाहेक यो शिशुलाई हुर्काउनका लागि हामीले छुट्टै टास्क फोर्स पनि बनाएका छौं ।
एनआरएन यूकेद्वारा प्रकाशित सूचनाअनुसार साधारण सदस्य बन्न चाहनेले सदस्यता शुल्कका साथै १ सय ८२ दिनभन्दा बढी यूकेमा बसोबास गरेको नेपाली भएको प्रमाणित गर्नुपर्ने छ । सदस्य पाउन अनिवार्य आफू बसेको ठेगाना प्रमाणित हुने कागकाज पेश गर्नुपर्ने बाध्यता छ । जुन बिद्यार्थी र सर्वसाधारणका लागि असम्भव छ । सदस्यता फारमसँग कम्तीमा चार पेज फोटोकपी , फोटो र शुल्क बुझाउनु पर्ने झनझटिलो र अब्यवहारिक नियमको सर्बसाधारणले चर्को आलोचना गरेका छन् । गैरअवासीय नेपाली संघ यूरोपका पूर्वसंयोजक चिरञ्जीवी ढकालले अहिले ल्याएको सदस्यतासम्बधी नियमले सबै नेपालीलाई नसमेटने दावी गरे । ' यो अत्यन्त अव्यवहारिक छ । यो नियमले सबै एनआरएनलाई समेट्दैन , बिद्यार्थी र सर्वसाधारणले त्यत्ति ठूलो मूल्य चुकाउन सक्दैनन । बेलायतको ब्यस्त दैनिक जीवनमा यस्ता झनझटिलो नियम राख्नु हँदैन , ' ढकालले भने , ' तोकिएको शुल्क नै काफी छ त्यहीमाथि चाहिने नचाहिने कागजपत्र मागेर सदस्यतासम्बन्धी व्यवस्थालाई फितलो पारिएको छ । यसलाई सबै गैरअवासीय नेपालीहरुको पहुँच पुग्ने गरी सरलरुपमा वितरण गरिनु पर्छ । '
' बन्न लागेका आयोजनालाई कुनै पनि अवरोध भने हुनुहुँदैन , ' मन्त्री महतको सर्त छ । सरकारको यो सर्तलाई निजी जलविद्युत उत्पादकहरूले छाता बेच्ने व्यापारी र ग्राहकको कुराकानी जस्तो रूपमा लिएका छन् । छाता किन्न गएको ग्राहकले व्यापारीसँग भनेछ , ' मलाई धेरै वर्ष टिक्ने छाता दिनुस् ताकि हरेक वर्ष किनिरहनु नपरोस् । '
बाह्र वर्षअघि म काठमान्डु आउँदा माल्दाइ स्टेसनरीकै थोक व्यापार गर्न थालिसकेका थिए । श्रीमती र छोराहरू आएपछि नै लिएको बानेश्वरका दुइटा साँघुरा कोठा भने माल्दाइले घर फर्कन्जेलसम्मै छाडेनन् ।
तर , अदित भने अर्कै भएछ । हिजोको अदित आज रहेन । उसका आँखाहरू रसाएका रसायै छन् तर आँसु सुकिसकेका छन् । उसको अनुहारमा खुसीका रङहरू धूमिल हुन थालेको वर्षौं भइसकेछ । आज पनि अदितले विगतको झझल्को बिर्सेको छैन । उसले मनभर िअदिताका सम्झनाहरू र कोठाभर िअदिताका तस्बिरहरू सजाएरै राखेको छ । तस्बिर र सम्झनाहरूको बीचमा स्वागतमले सजिएको एउटा शैय्या छ , जसमा अदिताको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै मृत्युलाई कुरेर अचेत अवस्थामा अदित पल्टिरहेको छ , पल्टिरहेको छ ।
बिराटनगर १६ पुस । नेपाल बिज्ञान प्रज्ञ प्रतिष्ठान नाष्टले आयोजना गरेकेा जलवायु परिवर्तन सम्बन्धी मेचिकाली सचेतना यात्रा अन्र्तगतको टोली आज बिराटनगर आई पुगेको छ । नाष्टले महेन्द्र नगरबाट सुरु गरेको अभियान नेपालगाज बुटबल पोखरा काठमाण्डौ जनकपुर हुदै बिराटनगर आई पुगेको हो । नाष्टका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा रहेको टोलिले आज बिराटनगरको आर्दश उच्च माबिमा कार्यक्रम गरेको छ । नाष्टले जलवायु परिवर्तन सम्बन्धी पुस्तक पर्चा प्रदस्रनी र बिराटनगरमा १० बिद्यालयका बिद्यार्थी बिच हाजीरीजवाफ प्रतियोगिता जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम भइरहेकेा आदर्श उच्च माबिका प्रचार्य तथा स्थानिय कार्यक्रम संयोजक रमानाथ भट्टराईले जानकारी दिनुभयो ।
कर्जाको ब्याज बढेपछि उद्योगको उत्पादन लागत बढेको छ । उसै पनि लोडसेडिङले लागत बढाएको अवस्थामा चर्को ब्याजले स्वदेशमा उत्पादनभन्दा आयात बढाउन प्रोत्साहित गरेको उद्योगीले बताए । ब्याजसँगै कर्जाको नवीकरण गर्दा उद्योगले बैंकलाई हरेक वर्ष एक प्रतिशत प्रतिबद्वता शुल्क बुझाउने गरेका छन् । ' ब्याज र अन्य शुल्क घटाउन राष्ट्रबैंकका गभर्नरसँग अनुरोध गरेका छौं , ' जोशीले भने , ' लागत नघटाई उद्योग चलाउन सकिँदैन । '
बिपनामा तस्बिर कोर्छु एकान्तमा टोलाउँदै दुनियाँको नजरलाई छेक्छु म त हिजो आज
बिजय गच्छदारले पार्टी विभानज गरेको बखत कुनै सैद्धान्तिक र नीतिगत विवाद थिएन । विवादका मुख्य दूई कारण थियो ः १ ) उपेन्द्र यादवको अडान थियो कि माओवादीको नेतृत्वमा बहुमतको सरकार बनाउने । बिजय गच्छदारको अडान थियो माधव कुमार नेपाल नेपालको नेतृत्वमा बहुमतको सरकार बनाउने । र , २ ) उपेन्द्र यादवको अडान थियो कि म उपप्रधान मंत्रीको रूमा सरकारमा फोरमको नेतृत्व गरूँ , बिजय गच्छदारको अडान थियो कि म उपप्रधान मंत्रीको रूमा सरकारमा फोरमको नेतृत्व गरूँ । यसमा पार्टी अध्यक्षले सामञ्यजस्यता मिलाउन नसकेकै कारणले पार्टीमा विभाजन भयो ।
प्रहरीको संयमताका कारण अप्रिय घटना नघटेपनि स्थिति तनावपूर्ण बनेका थिए । नशाले उदण्ड बनेका क्या . राणाले आफूहरुमाथि कुटपिट गर्ने प्रहरी आफूहरुलाई जिम्मा नदिए सबैलाई गोली हान्ने धम्की दिएपछि वाध्य भएर प्रहरी इन्सपेक्टर रामबहादुर के . सी , असइ धर्मेन्द्र राय र घटनाका प्रत्यक्षदर्शी राजन तामाङलाई प्रहरीले सेनाको जिम्मा दिएका थिए ।
खेलमैदान निर्माण गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर शेरपुजाले ६० हजार रुपैया मूल्य बराबरको जग्गा सहयोग गर्नुभएको थियो । खेलमैदान निर्माण भएपछि खेलकुद गतिबिधिले त्रि्रता पाउने न्यु मालिका युवा क्लव दुखुका अध्यक्ष निकेश रोकाले बताउनुभयो ।
डरैडरमा सास बढ्यो देखेभने गालपर्ला लुकी - चोरी जवानीमा हुम्दा मज्जा भयो ।
देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय झण्डा संसारमा नौलो र सुन्दर भए पनि विशेषत विदेशी पुस्तकहरुमा र स्वदेशी पुस्तकहरुमा लेखिएको झण्डाको परिभाषाले सूर्यवंशी र चन्द्रवंशीलाई मात्र समेट्ने र समग्र नेपालीलाई नसमेट्ने भएकोले अनिवार्य सुधार वा परिवर्तन गर्नुपर्दछ । नेपाललाई मुख्य तीन कारणबाट विश्वले चिन्दछ । पहिलो - विश्वको सर्वोच्च शिखर सगरमाथाको देश , दोस्रो - भगवान बुद्धको जन्मथलो देश र तेस्रो - वीर गोर्खालीहरुको देश भनेर । यसर्थ हाम्रो देशको झण्डामा पनि सर्वोच्च शिखर सगरमाथा राख्नु सबैभन्दा उपयुक्त हुन्छ । यसले कुनै पनि सम्प्रदाय वा धर्मलाई असर गर्दैन । सबैलाई सर्वस्वीकार्य हुन सक्दछ ।
पाकिस्तानमा अमेरिकाले बिन लादेन भन्ने अन्तर्राष्ट्रिय आतंककारी मार्यो । नेपालमा बिन लादेनहरु सुशासनलाई समाप्त पार्दैछन् । जता हेरे पनि कूशासनमात्र देखिन्छ । सडकदेखि संसदसम्म , प्रशासनदेखि शासनसम्म जताततै बिन लादेनका त्रासदीपूर्ण छायाँछवी देखिन्छ । छोटे र बडे बिन लादेनहरुको आतंक सर्वत्र कायम छ । तैपनि राजनीतिक दलहरु जनतालाई शान्ति र संविधान दिन्छु भनेर झुक्याइरहेका छन् । जनता झुक्किरहेका छन् । जनताको सहनशीलताको सीमा कति हो ? राजनीतिक दलहरु अत्याचार गरिरहेका छन् । जनताका लागि सधैं अप्रिल फूल , जनताको घाँटीमा सधैं राजनीतिक ऐंठन ।
आशूरा के दिन लोगों के सुर्मा लगाने , स्नान करने , मेंहदी लगाने , हाथ मिलाने , अनाज पकाने , हर्ष व उल्लास का प्रदर्शन करने इत्यादि का क्या हुक्म है . .
विनोद पाण्डे , सिलेट , बंगलादेश , माघ १५ - नेपालले बंगलादेशविरुद्धको एकमात्र ट्वान्टी २० खेलमा ६८ रनको पराजय भोगेको छ । १ सय ५१ रनको लक्ष्य लिएर आएको नेपालले ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।
यहूदीहरूको जिम्मामा परमेश्वरको वचन सुम्पिएको थियो । उनीहरूले परमेश्वरको वचनको भण्डारी हुने सौभाग्य पाए ( हेर्नू : व्यवस्था ४ : ७ - ८ र भजनसङ्ग्रह १४७ : १९ - २० ) ।
कोही धम्क्याएर रकम असुल्न सक्रिय बने , कोही निर्माण सामग्रीको ठेक्काका लागि बार्गेनिङ गर्न थाले त कोही सिधै बिनालगानी सेयर माग्न थाले । व्यवसायीहरू गुन्डाको हैसियत हेरेर माग पुरा गर्न बाध्य भए ।
जाँचबुझ प्रतिवेदनबारे आयोगले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आइकाओ ) , अमेरिकाको नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्ड र जर्मनीस्थित डोर्नियर जहाज निर्मातालाई जानकारी गराएको थियो ।
प्रवासमा आफ्नै प्रयासमा साहित्य लेख्दै आएका सर्जकहरुलाई समेटेर साहित्य लेखनमा टेवा पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बिचार व्यक्त गर्दै बक्ताहरु दिलिप सागर राई , गणेश खड्का प्रतिक्षा , टीकाराम अधिकारी लगायतले प्रवासी नेपाली साहित्यिक मञ्चको प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भयो ।
नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको नेपाली तारा - २ मा उत्कृष्ट ४ मा पर्न सफल तारा लक्समलाई विजयी गराउन झापाली तन्नेरीहरु कम्मर कसेर लागेका छन् । नेपाली तारा - १ मा उत्कृष्ट २० मा परेर फर्किएका तारालाई यसपालीको नेपाली तारा बनाउन यहाँका कलेज , चौक , बजार , साइबर क्याफे लगायतका र्सार्वजनिक स्थलहरुमा लक्समका पोष्टरहरु टाँगीन थालिएको छ । झापा सीवगंज २ घर भएका ताराका गाउँले साथीहरु एसएमएस गर्न आर्थिक सङ्कलनमा समेत जुटेका छन् । स्थानिय शान्ति सेवा समाज शिवगंज नामक संस्थाले त आफ्नो सदस्यलाई नेपाली तारा बनाउन स्थानिय एफएम र पत्रपत्रिकाहरुबाट अपील समेत प्रकाश / प्रशारण गरीरहेको छ । केही समय अघि नेपाली मूलका दार्जीलीङे युवा प्रशान्त तामाङलाई इन्डीयन आइडल बनाउन झैँ झापाका यूवाहरु अहीले लक्समलाई नेपाली तारा बनाउन लागीपरेका छन् । टपटेनमा छनौट भएपछि समेत पटक पटक घरेलु मैदानका कर्न्र्सटमा शुभेच्छुक उराल्दै आएका लक्समका भाई शरण भन्छन् " दाजु सानै देखी खेतबारीमा काम गर्न जाँदा समेत रेडयो बोकेर जान्थ्यो र रेडीयोमा बजेको गीतसँगै उ पनि गाउँथ्यो । " लक्सम सदस्य रहेको शान्ति सेवा समाजका सदस्यहरुलाई अहिले सहयोग सङ्कलन गर्न र उनलाई एसएमएस गर्न भ्याइ नभ्याइ छ । हामी हाम्रो संस्थाका सदस्यलाई नेपाली तारा बनाएरै छोड्छौँ । संस्थाका उपाध्यक्ष श्रीप्रसाद सुब्बा भन्छन् " एसएमएसका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग समेत भैरहेको छ । " शान्ति सेवा समाज जस्तै झापाका सुर्योदय स्पोर्टिङ्ग युवा क्लब , फुलबारी यूवा क्लबले पनि लक्समलाई नेपाली तारा बनाउने अभियान नै थालेका छन् । ११ हजार भन्दा बढी प्रतिश्पर्धीलाई उछिन्दै उत्कृष्ट ४ मा पुगेका तारा नेपाली तारा हुन्छन की हुदैनन् त्यो त हेर्न बाकीनै छ ।
पहिलो पटक सहभागिता जनाएको डेन्जोङ क्लबले ३२ मिनेटको अन्तरालमा दुइ गोलको सामना गरेपछि सेमिफाइनलको यात्रा विट् पारेको थियो । पहिलो हाफको २२ औ मिनेटमा उत्तम गुरुङले पहिलो गोल गदै सहाराको खाता खोलेका थिए । सहाराका विदेशी खेलाडि इजि रोहीमलाई डेन्जोङका खेलाडि सोमो फोरोकपाले डिएरिया नजिकै लडाएपछि पाएको फ्रिकिकलाई सिधै गोल पोष्टको दिशा दिएका थिए । खेलको म्यान अफदी म्याच उत्तम गुरुङ भए । सहाराका लागी खेलको ३२ औ मिनेटमा सुभाष गुरुङले दोस्रो गोल गदै सेमिफाइलनको यात्रा सहज बनाए । सुमन गुरुङले दिएको पासलाई गल्ती नगरि १८ याड टाढा बाट प्रहार गरेका सुभाष गुरुङले पोष्टको दिशा देखाएका थिए ।
काठमाडौ , अषाढ १ - इन्टरनेट सेवा लिए पनि लामो प्राविधिक वा अन्य कारण देखाउँदै सेवा प्रयोग नगरे पनि पैसा बुझाउने गर्नुभएको छ ? अझ सेवा नदिई पैसा बुझाउन बाध्य हुनुभएको छ ? धेरै ग्राहकबाट सेवा नचलाएको अवधिमा पनि पैसा बुझाउनुपर्ने व्यवस्था गरेको गुनासो आइरहेका बेला सरकारले सेवा नपाए पैसा दिनु नपर्ने व्यवस्था गरेको छ ।
सञ्चालन गर्न सकेको छैन । हाल जयनगर - जनकपुरको २९ किमि दूरीमा दैनिक तीन सेवा मात्र सञ्चालनमा छ ।
जताततै हर्ष हर्ष दशै आउँदैछ प्रकृतिले मानव संग प्रीत लगाउँदैछ न छ जाडो न छ गर्मि सुख छाउँदैछ घर दैलोमा सिगारीदै दशै आउदैछ आकाशको टहटह जूनमा छायाँ हेर्दै बाडी पैरो बाटो लाग्यो नयाँ रेखा कोर्दै सुख शान्ति उल्लासमय बोकी दशै आयो प्रदेशीले घरमा जाने बल्ल छुटी पायो संस्कृतिलाई जोगाउँ हामी शान्ति दियो बाली बाटो हेर्दै होलान घरमा लगाई हातको पाली छाती भरी पोको पारी गाउँघरको माया उफ्रीउफ्री आउँछु आमा टेक्दै आफनै छायाँ निधारमा लगाइ टीका , आशिष शिरै भरी दुख पिर बाधा अड्चन हटाइ खुशी सरी जान्न अब झोला बोकी प्रदेशको बाटो आमा तिम्रै आशिष लीइ सजाउँछु यो माटो
निर्धो छ है हाम्रा देश बिदेशीले नेपाल नै माछाजस्तै जन्जीरको जालभीत्र पराउला
प्रेस विज्ञप्ति : - सूचना आयोग नै सूचनाको बाधक सूचनाको हक प्रचलन गराउने दायित्व भएको राष्ट्रिय सूचना आयोगसमक्ष परेको पहिलो ुअपिलु खारेज गरेर आयोगले सूचना लुकाउने सरकारी प्रयासलाई नै बचाउ गरेको छ । यो आश्चर्यपूर्ण निर्णयबाट नेपालमा सूचनाको हकसम्बन्धी ऐनको धज्जी उडाइएको छ । र यो ुअपराधु सूचना आयोग स्वयम्बाट हुनु पुगेको छ । सूचनाको संस्कृतिलाई प्रवद्र्धन गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन - २०६४ बमोजिम सूचना माग्ने अभियानअन्तर्गत पि्रुडम फोरमले संविधानसभाको निर्वाचनका क्रममा दाङ्ग र सुर्खेत जिल्लामा घटेका दुईवटा चर्चित िहंसात्मक घटनाको जाँच गर्न गठित न्यायिक आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न र सो प्रतिवेदनको प्रतिलिपी उपलब्ध गराउन प्रधानमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालयसमक्ष माग गरिएको थियो । सो माग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसँग गरिएकोमा उक्त कार्यालयले माग गरिएको प्रतिवेदन गृह मन्त्रालयमा रहेकोले सोही मन्त्रालयबाट लिनु र सो मन्त्रालयलाई पनि सो सूचना दिनु भनी निवेदन गृह मन्त्रालयमा पठाइएको थियो । तर गृह मन्त्रालयले सो सूचना नदिएपछि फोरमका कानुन व्यवसायीद्वय कृष्ण पोख्रेल र ऋषिराम घिमिरेले राष्ट्रिय सूचना आयोगसमक्ष ऐनको दफा १० बमोजिम सूचना दिलाई पाउन र सूचना नदिने गृह मन्त्रालयक प्रमुख तथा सूचना अधिकारीलाई कारवाही गर्न माग गर्दै निवेदन गर्नुभएको थियो । सूचना आयोगले निवेदनकर्तासँग कुनै सोधपुछ र सम्पर्क नै नगरी एकाएक सूचना नदिने गृह मन्त्रालयकै पक्षमा गएर अपील निवेदन खारेज गरेको फैसला गरेको जानकारी दिएको छ । उक्त अपीलमाथि ऐनबमोजिम सुनुवाईको कुनै पनि प्रकि्रया नै नअपनाई ठाडै सूचना मागकर्ताकै निवेदन खारेज गरेर राष्ट्रिय सूचना आयोगले ऐनले तोकेको कर्तव्य र दायित्व ठाडै उल्लंघन मात्र गरेको छैन सूचना लुकाउने निरंकुशताको मतियारका रुपमा प्रस्तुत भएर गम्भीर अपराधसमेत गरेको छ । पि्रुडम फोरम सूचना आयोगको यो ऐतिहासिक गल्तीप्रति क्षोभ एवं दुःख प्रकट गर्दछ । र सूचनाको हकको अभियानमा निरर्थक र बाधक बनेको आयोगका असक्षम एवं अयोग्य पदाधिकारीलाई तत्काल कारवाही गर्न संसद्समक्ष गुहार गर्दछ । अध्यक्ष स्वतन्त्रता माच पि्रुडम फोरम
कांग्रेस बल्ल लोकतन्त्रमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल संसदीय दलको नेतामा निर्वाचित भएपछि संपूर्ण पार्टीपंतिमा नवरक्तसंचार भएको छ । साथै देशका लोकतन्त्रवादीहरु समेत प्रफुल्लित बनेका छन् । नेपालीको औसत आयुभन्दा पाकै सही , पौडेल कांग्रेसको भावी नेतृत्वकर्ताको रुपमा स्थापित हुन सफल भएका छन् , धन्न ! देशको सबैभन्दा लामो राजनीति इतिहास बोकेको पार्टर्ीीयक्त र परिवारवादबाट उन्मुक्त हुनु निश्चयनै खुसिको कुरा हो । रामचन्द्र पौडेलको जितले राष्ट्रिय राजनीतिमा तत्काल खासै प्रभाव पार्ने त देखिन्न । तर पनि नेतृत्व छनोटको यो अभ्यासबाट सबै पार्टीमा सकरात्मक सन्देश भने गएको छ । नेतृत्वको नाममा पार्टीको सर्वोच्च पदमा टासिरहने प्रवृति इतिहासमा कलङ्कति हँदो रहेछ भन्ने बुझाई बढेको छ । संविधानसभाको दोसा्रे ठूलो दलको संविधान लेखन लगाएतका अन्य कार्यमा सकरात्मक बल दिनेछ । डेढ वर्षम्म संसदिय नेतृत्वविहिन भई बस्दा खेप्नुपरेका आरोप , चोग्नुपरेका खिचातानीको पनि अब अन्त्य भएको छ । कांग्रेसका लागि भने संसदीय दलको निर्वाचनले ठूलो महत्व बोकेको छ । यसबाट कांग्रेसको अंतर पार्टी बिच , संरचना , एकता , सम्बन्ध , भूमिका र भावी कार्यदिशामा पक्कै पनि परिवर्तन आउनेछ । व्यक्तिको आदेश नै सर्वोपरि हुने परम्पराको अन्त्य भएको छ , जसबाट कांग्रेसले स्वतन्त्र पार्टीको रुपमा पुनर्जीव पाएको छ । देशमा लोकतन्त्र हुँदै गणतन्त्र आइसकेको यति लामो समयपछि बल्ल कांग्रेसले पार्टीको लोकतान्त्रिक अभ्यास गर्न पाएको छ । व्यक्तिको निर्वाचित भयो भन्नेभन्दा पनि कांग्रेसले नेतृत्व दोसा्रे पुस्तामा हस्तान्तरण हुनु यो निर्वाचन सबैभन्दा ठूलो उपलब्धि हो । पुस्ता मात्र दोसा्रे होइन , सोच र संस्कारको सर्न्दर्भमा पनि अहिलेको नेतृत्व र र्समर्थन सदस्यहरु परिवर्तनकारी देखिन्छन् । नरहरि आचार्यलगायत फरक विचारधार भएका कांग्रेसीहरुको निर्णायक मतले विजयी पौडेलले यो यथार्थ मनन गर्नु जरुरी छ । र्वर्तमान सत्ता समिकरणको हकमा पनि पौडेलको यो जित र ' अर्थ पूर्ण ' विश्लेशणको विषय बनेको छ । सुजताको नेतृत्वमा सरकारमा सामेल हुने निर्णयपरती पूर्णत : असहमत पौडेल संसदीय दलको नेतामा विजयी हुनु सुजाता सत्तागमन्को स्पष्ट अस्वीकृत हो । यसबाट कांग्रेसी मन्त्रीहरु खासगरी सुजतालाई नैतिक दबाब परेको हुनर्ुपर्छ , नैतिकता छ भने । कारण जेसुकै भए पनि दलको नेता बन्न अनिच्छा प्रकट गरेकोमा गिरिजाबाबुलाई धन्यवाद ! ढिलै भए पनि पार्टीको आन्तरिक लोकतन्त्रको सुरुवाती अभ्यास गर्न पाएकामा कांग्रसलाई बधाई ! वंशवाद , परिवारवाद र व्यक्तिवादको विधिवत समाप्ति भएको यो समयबाट कांग्रेस देशको सच्चा लोकतान्त्रिक पार्टी बन्सकोस शुभकामना !
थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनि पीरतिमा त अहो Û चिप्लेर लडदा पनि
कार्यक्रममा महासंघका उपाध्यक्ष यशोधा तिम्सिनाले जनआन्दोलनका बेला आठौं दल भनिएका पत्रकारहरु असुरक्षित भइरहेको बेला राजनीतिक दलहरुको मौनताले आश्चर्यमा पारेका बताइन् । उनले बढ्दो दण्डहीनता र राज्यको निरिहताले प्रेसमाथि आक्रमण बढिरहेको भन्दै महासंघ प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि निरन्तर लडिरहने जनाइन् । महासचिव ओम शर्माले पत्रकारमाथि बढीरहेको आक्रमणका कारण जिल्ला - जिल्लामा स्वतन्त्र ढंगले समाचार लेख्ने अवस्था नरहेको बताए । प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि माहासंघले गर्ने आन्दोलनमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे । जनकपुरका पत्रकार सुरेश यादव र महेन्द्रनगरका राजेन्द्र अवस्थीमाथि भएको आक्रमणका दोषीलाई पनि कारवाही गरिनुपर्ने शर्माले माग गरे ।
२३ . धुम्रपान र नसालु पदार्थको प्रयोगबाट स्वास्थ्यमा देखिएको खराव असर यस अध्ययन समुहले अध्ययन क्षेत्रका मानिसहरुकमा धुम्रपान र नसालु पदर्थको सेवन बाट देखा परेको असर वारे सर्वेक्षण गर्दा निम्न असर देखा परेको पाइयो यसलाइ तलको तालीकामा देखाइएको छ । क्र . सं . रोगको विवरण संख्या प्रतिशत १ जन्डिस ५ २२ . ७२ २ क्षयरोग २ ९ . ०२ ३ दम १ ४ . ५५ ४ खोकी १० ४५ . ४५ ५ पागलपन २ ९ . ०९ ६ पक्षघात १ ४ . ५५ ७ क्यान्सर १ ४ . ५५ ८ जम्मा २२ १००
केशब आचार्य केही पल बिताएथे तिमीसँग बात लाग्यो आज एक्लै एकान्तमा सुन्य मात्र हात लाग्यो । के पो रैछ जिन्दगी कहिले कहाँ , कहिले कहाँ ? सम्झनाको सागरमा डुब्दा आज किन मात लाग्यो । सुकी सक्यो सम्झनाको कुलो , साँचै आज सुकी सक्यो जिन्दगी नै कल्पनामा बाच्नु रैछ घात लाग्यो । रमाएरै काटौँ भन्थें जिन्दगीका पलहरु मैले " केशु " मात्र साथी रैछ आज त्यही साथ लाग्यो ।
१४ . ४ क्षेत्रीय समितिको अधिवेशन राष्ट्रिय समन्वय परिषद जापानले तोके बमोजिम हुनेछ ।
[ 1 ] भर्जिन मोबाईल विग आईकन को तेस्रो दिनको अडिसनमा २९ जना छनौट , पोखरा भर्जिन मोबाईल बिग आईकन २०११ अन्तर्गत आज तेश्रो दिनको अडिसनबाट २९ जना प्रतिस्पर्धीहरु अघिल्लो चरणका लागी छनौट भएका छन् ।
मादल र तालीबाट सालैजो भाकाको शुरुवात हुन्थ्यो । केहीबेर भए पनि वातावरणमा रौनकता आउँथ्यो । वैशमा छँदा स्याल पनि घोर्ले भने झैं जिन्दगीमा एक पटक आउने चन्चले क्षणहरु जो कोहीलाई अविस्मरणीय हुन्छ , अनि सम्झना राख्छ अनन्त काल सम्म कन्जुस्याई गरेर । कुल्फीमा बुट्टा भर्थ्यो लालुले , तरुनीहरुलाई सम्झनाको चिनो दिन्थ्यो र चिनो लिन्थ्यो पनि । कहिले काही छुट्टी आउने लाहुरेहरुको तडक भडकले लालु पनि लाहुरे हुने सँकल्प गर्थ्यो । उसो त लालु जस्तै हजारौ युवाहरु लाहुरे बन्नु सिवाय अरु के विकल्प नै के थियो र ? बाउ पल्टने , छोरा नाति सबै पल्टने । यस्तै लहड चलेको थियो गाँउघरमा ।
बर्दिया स्थायी घर भएकी सुष्माले पहिला त्यहीका एक युवकसंग धार्मिक विधिअनुसार विवाह गरेकी थिइन
कार्यक्रममा अधिबक्ता शर्माले बिद्यार्थीहरुको उज्वल भबिष्य निमार्णको लागि यस्ता पुरस्कारले थप हौसला पुर्याउने हुदा बिधार्थी स्वयं जागरुक हुनुपर्ने बताउनुभएको थियो । शर्माले बिद्यार्थीको धन भनेको बिद्या नै भएकोले आफनो भबिष्यको लागि अनुशासन सहित बिद्या आर्जनमा लाग्नुपर्ने बताउनुभयो ।
ताप्लेजुङमा ११ औँ राष्ट्रिय जनगणनाको तथ्याङ्क संकलन सुरु - [ मोफसल ]
१२ जुलाई , ०११ - तमू धीं टोकियो जापानले जुलाइ २ तारिख देखि ८ तारिखसम्म जापानको शिजुओका शहरमा भएको ' ' वर्ल्ड करांते बुदो वर्कसप ' ' मा नेपालको प्रतिनिधि गर्दै सहभागी भएका खेलाडीहरुलाई तमू धिं टोकियो जापानका अध्यक्ष याम तमुको सभापतित्वमा टोकियो ओमोरी स्थित नमस्ते रेष्टुरेन्टमा एक कार्यक्रमका बिच जुलाई ९ तारिख शनिबार बेलुका सम्मान गरिएको थियो । सम्मान हुने खेलाडीहरुमा करांते महासंघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङ , सुष्म गुरुङ , संगीता लामा ( तामांग ) र नवराज थोकर थिए । सम्मान गर्नेहरुमा तमू धी टोकियो जापानका उपाध्यक्ष भिम तमु , सल्लाहकार ओम तमु , सल्लाहकार ओमप्रकाश तमु , कोषाध्यक्ष खड्क तमु , पश्चिमान्चल क्षेत्रीय भलिबल संघका पूर्व अध्यक्ष श्रीभक्त तमु र धिं का अन्य पदाधिकारीहरुले खाता लगाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सल्लाहकार ओमप्रकाश तमुले गर्नुभएको थियो भने श्रीभक्त तमुबाट खेलाडीहरुले अन्तरराष्ट्रिय स्तरमा आफ्नो व्यक्तिगत परिचय भन्दा राष्ट्रको परिचय दिने भएकोले खेलाडीहरु राष्ट्रका गहना हुन् त्यसैले खेलाडीहरुलाई सम्मान गर्न सिक्नुपर्छ भन्दै आफ्नो छोटो भनाई ब्यक्त राखेका थिए । साथै , उक्त अवसरमा आउंदो शनिबार पोखरामा गुरुङ चलचित्र संघद्वारा तमू धी टोकियो जापानका सल्लाहकार ओमप्रकाश तमुलाई सम्मान गर्न गईरहेको हुदाँ तमु धी टोकियो जापानका अध्यक्ष याम तमुबाट खाता लगाई सम्मान गरिएको थियो । * * *
( १ ) नेपालमा एक संघीय महिला आयोग हुनेछ जसमा समानुपातिक प्रतिनिधित्व र समावेशीताको आधारमा एकजना अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् । ( २ ) राष्ट्रपतिले स्थायी समितिको सिफारिशमा संघीय महिला आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्ति गर्नेछन् । ( ३ ) संघीय महिला आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्ति हुन देहाय बमोजिमको योग्यता हुनुपर्नेछ : - ( क ) कम्तीमा दश वर्ष महिलाको हक , हित वा लैङ्गिक न्याय वा महिला विकास वा मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको महिला , ( ख ) अध्यक्षको हकमा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधी हासिल गरेको , ( ग ) कम्तीमा चालिस वर्ष उमेर पुरा गरेको , ( घ ) नियुक्ति हुँदाको बखत कुनै राजनैतिक दलको सदस्य नरहेको , ( ङ ) उच्च नैतिक चरित्र एवं सामाजिक प्रतिष्ठा कायम भएको । ( ४ ) संघीय महिला आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ । निजहरूको एक कार्यकालका लागि पुर्ननियुक्ति हुन सक्नेछ । तर , ( क ) सो अवधि पूरा हुनु अगावै संघीय महिला आयोगका अध्यक्ष र सदस्यको उमेर ६५ वर्ष पूरा भएमा निज आफ्नो पदमा बहाल रहने छैन । ( ख ) संघीय महिला आयोगको अध्यक्ष र सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले सो पदबाट हटाउन सकिनेछ । ( ५ ) देहायको अवस्थामा संघीय महिला आयोगका अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछ : - ( क ) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा , ( ख ) उपधारा ( ४ ) बमोजिम निजको पदावधि पूरा भएमा , ( ग ) निजको मृत्यु भएमा । ( ६ ) संघीय महिला आयोगको अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवाका शर्तहरू कानुनद्वारा निर्धारण भए बमोजिम हुनेछन् । ( ७ ) संघीय महिला आयोगका अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्त हुनको लागि ग्राह्य हुने छैन । तर , ( क ) महिला आयोगको सदस्यलाई अध्यक्षमा नियुक्त गर्न यस उपधाराले वाधा पुर्याएको मानिने छैन र सो बमोजिम कुनै सदस्य अध्यक्षको पदमा नियुक्त भएमा निजको पदावधिको गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ । ( ख ) कुनै राजनैतिक पदमा वा कुनै विषयको अनुसन्धान , जाँचबुझ वा छानबिन गर्ने वा त्यस्तो विषयको अध्ययन वा अन्वेषण गरी राय , मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले वाधा पुर्याएको मानिने छैन ।
' सर ! म अहिले बिहा गर्दिनँ , पढ्छु् म आफ्नो खुट्टामा आफैँ उभिन्छु सर ' घरमा केटाहरू उसलाई हेर्न आएपछि रुँदै गुहार माग्न आएकी थिई कलावती उनीसँग , र एउटा विद्रोह गरेकी थिई उसले बालविवाह विरूद्ध । त्यतिबेलाको ऊभित्रको आँट शिशिर सर थिए र यही विषयलाई लिएर गाउँमा पञ्चायती बसेको थियो । जसको वकिल थिए उनी । यो गम्भीर मुद्दामा कलावतीले जितेकी थिई । त्यसपछि कलावतीको साहस गाउँभरि एउटा नजिर बन्यो । त्यस दिनदेखि गाउँमा उमेर नपुगी छोरीको विवाह गर्ने साहस कसैले गरेनन् । अहिले कलावती आइ . एड . पढ्दैछे र एउटा सरकारी प्राथमिक स्कुलमा पढाउँछे , यो श्रेय ऊ शिशिर सरलाई दिन्छे , अरूको दृष्टिमा जातीय शत्रु भए पनि शिशिर सर कलावतीका लागि एउटा आदर्श गुरु हुन् , भगवान् हुन् । उसलाई यहाँसम्म पुर्याउन सरको ठूलो हात छ ।
आगामी आइतबार साँझ आयोजना हुने मिस्टर हङकङ नेपालमा दर्शकहरूलाई युवाहरूको सुगठित शरीरले मात्र होइन , युवतीहरूका बिरालो चालले समेत लोभ्याउनेछ . . .
नब्बेको दशकमा नेपालको मण्डलीको तीब्र वृद्धिसँगै धेरै किसिमका बाइबल तालिम केन्द्रहरू , बाइबल स्कूल / कलेजहरू सुरु भए । कयौले मण्डलीलाई सकारात्मक टेवा नै पुर्याएका छन् । तर यस्ता तालिम केन्द्र र स्कूल / कलेजमा बसेर अध्ययन गर्न नसक्ने हजारौं ख्रीष्टियनहरुलाई लक्षित गरी " घर घरै बाइबल कलेज " भन्ने नारा लिएर आज भन्दा १४ वर्षअघि सुरु भएको आइटीनले आफ्नो छुट्टै पहिचान स्थापित गरी नेपालको मण्डलीलाई विशेष योगदान दिन सक्षम भएको छ । आज चौधौं वर्ष सफल र प्रभावकारी सेवा पूरा गरी पन्ध्रौ वर्षमा प्रवेश गरेकोमा हामी हाम्रा समस्त विद्यार्थीहरू , प्रार्थनामा साथ दिने आदरणीय पास्टर / अगुवाजनहरू प्रार्थना सहयोगीहरू , शुभेच्छुकहरूलाई आइटीन बोर्ड र स्टाफहरूको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं ।
आधी बाटो सगै हिडि बाटो मोड्यौ किन बाचा कसम खाइकन चोखो दिल तोड्यौ किन
नमस्कार maximshk ( ghandruke ) ज्यु ! लेख्दिन भन्दा भन्दा पनि अहिले मैले यहाँ यो कुरा हरु लेख्न गैइ रहेको छु । एउटा " हङ कङ बासी तमुहरु बाट छुट्टा छुट्टै ल्होसार् " भन्ने शिर्षक मा लेखिएको समाचार मा यतिको धेरै कमेन्ट हरु देख्दा कतै कतै दु : ख पनि लाग्यो भने कतै खुशी पनि । खुशी यो अर्थमा कि हामी गुरुङ हरु सबै एउटै हो समान हिसाबमा ल्होसार मनाउनु पर्छ । र दु : ख तमु तमु बिच यसरी ईख नै राख्ने गरी लेख्दा । शायद मैले यहाँ यो कुरा लेख्दा तपाईंले मलाई पनि तपाईंको प्रतिपक्षमा राख्नु हुन्छ होला । तर म निस्पक्ष भएर यो लेख्दै छु कि ना त मैले कसैको काँध बोक्छु , ना त कसैको खुट्टा तान्छु । तर कमेन्ट अनुसार लेख्नु पर्दा कसैलाई बढी भने जस्तो हुन जाला , त्यसमा गलत नसम्झनु होला । maximshk ज्यु ! यहाँ कमेन्ट लेख्ने हरु कोही तमु बारेमा बहुत बुझ्ने हरु पनि छन भने कोही केही नबुझ्ने पनि । कोही तमु टोह ह्युला को समर्थक छन भने कोही तमु प्य ल्हु संघ को समर्थक पनि । कसैले राम्रो लेखेको छन भने कसैले झन बिबाद ल्याउने खालको कमेन्ट लेखेकोछ । जसले जे लेख्यो उनिहरुको आफ्नो दिमागले भ्याएको लेखेको छ । तर यथार्थ नबुझ्नेहरु तथा लेख्न नजान्ने हरुले त धेरै र बढी नलेखेको उचित हुने थियो । तर ठिकै छ लेखेको कमेन्ट मा कसैले कमेन्ट लेखी दियो भने चुपचाप बसी दियो । यो एउटा राम्रो पक्ष हो । maximshk ज्यु ! कमेन्ट लेख्दा के लेख्दैछु भन्ने कुरा आफुलाई थाहा हुन अति जरुरी हुन्छ । साथै यस्तो कमेन्ट हरु सके सम्मा छोटो मिठो राम्रो हुन्छ । यहाँ मैले बिशेष गरेर तपाइ को कमेन्ट हरुकै बारेमा र तपाईंलाई नै लेख्न गैइ रहेकोछु । यो भन्दा अगाडि ७८ मा पनि मैले कमेन्ट लेखेकोछु , त्यो तपाईंलाई नै लेखेकोछु । त्यो कमेन्ट राम्ररी पढ्नु भयो या भएन , तर त्यो कमेन्ट प्रती सहमत भएको मैले बुझेकोछु । तपाईंले तमुहरुमा बढी बिखान्डन ल्याउने खालको ४ र १६ को गत न पतको ईतिहास् कोट्ट्याएकोले मैले त्यो कमेन्ट लेखेको हो , जुन तपाईंले बुझोस् र म कुन बाटो मा रहेछु त भन्ने महशुस् होस् भनेर लेखेको हो । तर अहिले आएर तपाईंले त्यो बुझ पचाएर लेख्नु भएको ४ र १६ को कुरालाई पनि छोडेर ब्यक्तिगत राग तिर लाग्नु भएकोछ । ना त्यो ४ र १६ को प्रसँगसँग सम्बन्धित छ , ना त छापिएको समाचार सँग नै सम्बन्धित छ । अहिले आएर तपाईं को कमेन्ट हरु हेर्दा तपाईं मुख पनि बोल्नु भएकोछ भने चाक पनि बोल्नु भएकोछ । पागल सारी कमेन्ट हरु बुझेर हो कि नबुझेर हो कोही लाई स्विकार पनि गर्नु भएको छ भने कोही कमेन्ट लाई रिसै नमर्ने गरी लेख्नु भएकोछ । पहिला कमेन्ट राम्रो सँग बुझ्ने गर्नु र लेख्ने गर्नु । किन कि तपाईंले बि बि तमु को कमेन्ट लाई ४ जातेको एउटा उदाहरण भनेर लेख्नु भएकोछ भने त्यो बि बि तमुले तपाईंकै बढी घिन लाग्दो कुरालाई चुनौती दिएर लेखेकोछ । हो उसले आफु ४ जाते भएको र तपाईंको जस्तो ४ जाते को व्यबहार नगरेको र त्यस्तो व्यबहार गर्नेलाई मन नपर्ने र आफ्नो समाज मा पनि त्यस्तो नभएको कुरा लेखेकोछ भने तमु टोह ह्युला को कार्यक्रम मा आएर ४ र १६ को स्पष्टिकरण पनि दिनु पर्ने भनेकोछ । तर तपाईंले के बुझ्नु भएकोछ ? यस्तो कुरा हरु मा आफुलाई जानकारी छैन भने अब तपाईंको कमेन्ट लेख्न बिर्को लगाए हुन्छ । होइन भने तपाईंले तमु समाज प्रती बिचार भएका र तमु धर्म् , भाषा , भेषभुषा , लिपि , संकृति एवं संकार प्रती समबर्धन् , जगेर्ना र बिकास का भावना भएका हरु प्रती बिबाद ल्याउनेछ । जुनै पनि चिज मा एक किसिम को बैगुन हुन्छ । सबै मान्छे राम्रो आचराण को हुँदैन । त्यो बैगुन तपाईंमा छ , त्यो मान्छे तपाईं भन्ने तपाईंको हरेक कमेन्ट ले प्रमाणित गरेकोछ । त्यसैले ब्याक्तिगत रिस् राग भन्दा पनि एउटा स्वाभिमानी तमु को हैशियत ले कमेन्ट लेख्ने प्रयास गर्नु । हङ कङ मा भएका यि दुई संस्था कुन संस्था हो , के गर्छ , उदेश्य के हो , बिचार धारा के हो , र औचित्या के हो आदी ईत्यदि कुरा बुझ्नु । अन्यथा तपाईं मुल्यहिन मान्याताबिहिन हुनेछ । जुन तपाईंले लेख्नु भएको कमेन्ट ले तपाईंको इज्जत तथा प्रसिद्धी होइन दुर्गान्धको खडल मा फालिदिएकोछ । होइन भने एक पटक फर्केर हेर्नु त !
उनका अनुसार पहिलो चरणमा २४ कोठाको दुईतले भवन , पार्किङस्थल र प्रशिक्षण हल बनाइने छ ।
बागलुङमा बाढीले ७ को मृत्यु एचकेनेपाल डट कम सम्वाददाता , काठमाडौं - बागलुङको अधिकारीचौर गाविस - ८ स्थित एउटा होटल बाढीले बगाउंदा शनिबार दिउंसो ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका ४ जना र २ बालबालिका छन् । दिंउसो २ बजेपछि आएको भीषण बर्षाका कारण स्थानीय बडीगाड खोलामा आएको बाढीले शेरबहादुर पौडेलको होटल बगाएको हो । घटनामा होटल मालिक पौडेल , उनकी श्रीमती , ८ बर्षीय छोरी र ५ बर्षीय छोराका साथै ५५ बर्षीय रामबहादुर कुंवर , ४० बर्षीय कृष्ण पुन र सनाखत हुन नसकेका खच्चड गोठालोको मृत्यु भएको छ ।
केही अघि मात्र माओवादी पार्टीको केन्द्रीय समितिले पारित गरेको जनविद्रोहको कार्यनीति अनुसार " विद्रोहलाई मूलतः मधेसमा केन्द्रीत गराउने " कुरालाई फोरम नेपालले विरोध गरेको विदीतै छ । यस सन्दर्भमा फोरम नेपालले भनेको थियो ः " मधेसलाई माओवादी सैन्य चिन्तनबाट मुक्त गराउने " फोरमको एक मुख्य अभिभारा हुनुपर्दछ । तर उपेन्द्र यादव सरकारमा गएपछि माओवादीको सैन्य चिन्तनलाई ठप्पा लगाउने कयौं कार्य गरेको प्रमाण छ । प्रचण्ड , झलनाथ र उपेन्द्र यादवले वालुवाटारमा हस्ताक्षर गरी १० हजार माओवादी सेनालाई समायोजन गर्नु पर्ने कुरामा सहमत हुनु यसको अकाट्य उदाहरण हो ।
' म बिना कसै - कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा ' - गायक प्रमोद शितल गिरीको शब्द र महेश खड्काको संगीतमा सजिएको यो गजलका गायक प्रमोद खरेल हुन् । ओठओठमा झुण्डिएको यो गजल पोखरा र आफ्नी मायालुलाई ' मिस ' गर्ने जो कोहीलाईको पनि मन छुने गजल हो । पोखरालाई सम्बोधन गरिएको यो गजललाई चर्चित बनाउन शब्द संगीत र गायनको मिश्रण सर्वोत्कृष्ट छ । प्रणय प्राप्ति र सेन्टिमेन्स गरी ३ एल्बममार्फत् चिनारी थपिसकेका रसायनशास्त्रका प्राध्यापकसमेत रहेका गायक प्रमोदसँग पोखरामा आउँदा पत्रकार फडिन्द्र अँकिचन / गणेश पौडेलको सहयोगमा गरिएको कुराकानीका केही अंश : - संगीतमा मेरो बाल्यकालदेखि नै रुचि थियो । फेरि यो इन्जिनियर डाक्टरहरु जंगल पस्ने देशमा एउटा विज्ञानको विद्यार्थी संगीतमा लाग्नु कुन अनौठो कुरा भयो र ! ( हिउँ नभएको माछापुच्छ्रे उत्तरमा टल्किरहेको थियो ) - पहिलो पटक पोखरा आउँदा नै पोखराको बारेमा गीत गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यो प्रसंग मैले पोखराको एक एफएमसँग अन्र्तर्वार्तामा पनि खोलेको थिएँ । पोखरा र इलाम मेरा मनपर्ने स्थान हुन् । यो गजलपछि मलाई कत्तिले त पोखरेली नै भन्छन् । अहिले त मलाई यस्तो लाग्छ यो जन्ममा होइन अघिल्लो जन्ममा म पोखरेली नै थिए ' कि ? ' ( बाल्यकालको स्मरण गर्दै ) झापाको बनियानी भन्ने तराईको पनि दुर्गम स्थानको साधारण परिवारमा म जन्मिएको हु ' ' । पहाड त काठमाडौं आउँदा देखेको पहिलोपटक । जीवन साँच्चिकै प्रकृतिको देन । ( कुराकानीका क्रममा गायक भावुक हुन खोजे ) - तपाई नै भन्नोस् न सामान्य परिवारको एउटा बालकले कसरी यस्तो सोच्न सक्छ , कल्पना नै गरेको थिइनँ । रेडियोमा आउने गीत गाउँनेजस्तो मान्छे बन्ने सपना नै कल्पनाबाहिर थियो मेरो लागि । - शिखर चढ्नुभन्दा अडिन गाह्रो हुन्छ । म आफ्नोतर्फबाट पूर्णरुपले तयार छु । मविना कसैकसैलाई भन्ने गजललाई बिर्साउने गरी अहिले तयारी गरिरहेको छु । शायद फागुनमा मेरो एकल एल्बम आउँदैछ । नाम चलेको गायक नभएको भए म यहाँ आउँदा अन्र्तर्वार्ता लिन शायद तपाईले पालो कुनुपर्ने थिएन । अहिले वरिष्ठ गीतकार संगीतकारहरु आफ्ना गीत गाईदिन मलाई अनुरोध गर्छन् । कुनै बेला पटक - पटक गीत मग्न जाँदा म निराश भएर रिक्तै तीनैकहाँबाट फर्केको थिएँ । कत्तिले त अहिले मलाई ऊ बेला गएको मान्छे भन्ने चिन्दैनन् । म कहिल्यै भन्दिनँ । - अब दोबाटो आईपुग्यो एउटा रोज्नैपर्छ । अब चाहेर पनि अध्यापनलाई अगाडि बढाउन सकिने अवस्था छैन । अहिलेसम्म ज्यादै कठिन तरिकाले समय मिलाएको छु । अहिले यहाँ छु । देश - विदेशमा कार्यक्रमको लागि निम्ता आईरहन्छ । ( कुराकानीका क्रममा राजधानीको एक टेलिभिजनका लागि अन्तर्वार्ताको समय फोनबाटै मिलाउँदै उनले थपे ) - समय परिस्थिति र भाग्यको कुरा पनि हुन्छ । गीत सबै राम्रा नै हुन्छन् । चर्चा सबैले पाउँदैनन् । संगीतका पुराना पुस्ताले नयाँलाई कत्तिको अभिभावकत्व प्रदान गरिरहेका छन् ज्यादै कम छ । म अभिभावकत्वविना आफ्नै खुट्टामा उभिएँ । मिडियाले ठाउँ दिए श्रोताहरुको माया र साथ रह्यो । कतिपय सिनियर कलाकारसँग मेरो परिचय नै छैन । पुरानो पुस्तामा अनुभव र ज्ञान हस्तान्तरण गर्नुपर्छ भन्ने चेतनाको अभाव छ । पछिल्लो पुस्तामा पनि ठूलाकहाँ गएर सिक्ने परिपाटी छैन । संगीतमा यहाँ जेनेरेसन ग्याप छ । - देश ओराली लागिरहेछ । रामकृष्ण ढकालको ' ओराली लागेको हरिणको चाल भो … ' झै ओरालो लागेको देशलाई बचाउँन युवाहरुले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ । - धेरै बुझेर अध्ययन गरेर यो क्षेत्रमा आउदा श्रेयस्कर हुन्छ । रातारात नाम र दाम कमाउने सपना देखेर आउँदा जीवन दुखान्त गीत जस्तो पनि बन्न सक्छ । - प्रेम जीवनको अवश्यकता हो । - बुझ्न बाँकी छ । ' ( १२ बर्षदेखि संगीत सिकिरहेका खरेलले नबुझेको संगीतको शक्ति जसतसले कहाँ बुझ्न सक्थ्यो र ) हो । ( सटिक जवाफमा उनी उम्किए ) - छ । तर मेरो भगवानको परिभाषा फरक छ । मलाई लाग्छ आमा - बाबुभन्दा ठूला कोही भगवान हुदैनन् । गीतलाई व्यापारिकरणको बलमा प्रचार गरेर २ ÷ ४ महिना चलाए पनि राम्रा गीतहरु मात्र कालाजयी हुन्छन् । - एसएलसीमा विद्यालयमा प्रथम हुँदा । - म अति दुःखी कहिल्यै भएको छैन । मान्छेको त हत्तपत्त आँसु नझर्नुपर्ने हो । धेरै आँसु झर्छ । तर चिन्तालाई चिन्तनले सम्हाल्छ । - ( अनपेक्षित प्रश्नको सामना गर्नुपर्दा एकछिनको मौनता छायो , प्रमोदबिना मुश्किल हुने पोखरामा घाम लाग्न लाग्न थालिसकेको थियो ) बिधातालाई । ( जवाफमा रंग भर्दै उनले थपे ) अर्का जन्म छ छैन , कसलाई के थाहा पोखराको विश्वशान्ति स्तुपमा फेवाताललाई तल पारेर माछापुच्छे्रको मनोरम दृश्य लुट्दै गर्दा अन्तर्वार्ताका क्रममा कतैबाट गीतको टुक्का बज्यो - ' याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ । कुनै मोडमा साथी पाइँदो रहेछ कुनै मोडमा गुमाइँदो रहेछ । '
25 . लैनचौरबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ
नेपालको बीओपी घाटा अझै ५ अरव - [ अर्थ ]
जिले में संचालित विकास व कल्याणकारी योजनाओं की प्रगति से जनप्रतिनिधियों को अवगत कराने हेतु प्रभारी मन्त्री ने समीक्षा बैठक के दौरान अधिकारियों को सूची उपलब्ध कराने के निर्देश दिये थे , लेकिन कुछ विभागों ने यह सूची आज तक उपलब्ध नहीं करायी । इस मामले पर जिलाधिकारी ने कड़ा असन्तोष व्यक्त कर चार विभागाध्यक्षों का वेतन रोकने तथा शासन को पत्र लिखने के निर्देश दिये है ।
२०६३ सालको हर्दीक मङगलमय सुभकामना देसमा सानत होस अब सबै नेपालीले सान्त र खुसीको महसुस गर्न पाउन देसमा कोहीकसैको अकालमा मीर्तु नहोस अब सुन्दर सान्त नेपालको नीर्माणमा अगी बडोस यही सुभकामना
" सायद युग फेरिनु पनि मस्तिष्ककै उपज हो , " कौतूहल बोल्यो । यसबेलासम्म उसले मरेका , बाँचेका सबै मस्तिष्कका चर्चित विचारलाई विश्लेषणको तराजुमा जोखिसकेको थियो ।
त्यो कुरा आफ्नै हो , तर आफूले भन्दा अरुले बढी प्रयोग गर्छन् ।
प्रतिकारमा चौकीमा रहेका नौ जना प्रहरीले पनि ४० राउण्ड गोली चलाएको बताइएको छ । प्रहरीले प्रत्याक्रमण गर्न रोके पछि चौकीमा रहेका चार थान राइफल ( थ्रिनट थ्रि ) त्यसको गोली दुई सय थान , एक थान पेस्तोल र त्यसको १४ थान गोली लुटेका थिए ।
एक दशकअघि सांगीतिक क्षेत्रमा पाइला टेकेका सिक्किमे नायक रवि क्षेत्री - ३० ) सिक्किमका दुई नायकमध्ये एक हुन् . . .
चिरन शर्मा , लण्डन - नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले मङ्गलबार नेपाली दूतावास लण्डनमा एक विरोधपत्र बुझाई विराटनगरस्थित नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणप्रति विरोध जनाएको छ । वेलायतका लागि नेपाली राजदूत डा . सुरेशचन्द्र चालिसेसमक्ष पत्र बुझाइएको हो ।
सीएमओ सबसे पहले अतिरिक्त प्राथमिक स्वास्थ्य केन्द्र भैसा बाजार पहुंचे । यहां तैनात डा . नीरज मिश्रा अनुपस्थित पाए गये । इसके बाद अतिरिक्त प्राथमिक स्वास्थ्य केन्द्र ढेबरा के निरीक्षण के समय डा . कृष्ण मुरारी पाण्डेय तथा अतिरिक्त प्राथमिक स्वास्थ्य केन्द्र बारीगांव में डा . प्रदीप त्रिपाठी गैर मौजूद पाए गये । पिपरसंडी अतिरिक्त स्वास्थ्य केन्द्र के निरीक्षण में में डा . आशुतोष राय तथा बेलघाट प्राथमिक स्वास्थ्य केन्द्र में डा . रीता सिंह अनुपस्थित मिली ।
काठमाडौं , २० जेठ । प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहले सरकारले गरेको कामकारवाहीप्रति कुनै पनि किसिमको नकारात्मक टिकाटिप्पणी नगर्न मातहतलाई सचेत गराउनुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज आयोजीत कार्यक्रममा महानिरीक्षक शाहले प्रहरीमा नयाँ नेतृत्व परिवर्तन गर्नु सरकारको अधिकार रहेको भन्दै सरकारी निर्णयको बिरोध गरे कारबाही हुने चेतावनी दिनुभएको छ । उहाँले संगठित फोर्समा अनुशासन अपरिहार्य रहेको भन्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुशासित गोपनीयताप्रति सदैव संबेदनशील रहन निर्देशन दिनुभएको छ । देश र जनताप्रति केन्द्रित भई आफ्ना कि्याकलाप सुचारु राख्नुपर्ने शाहले बताउनुभयो । महानिरीक्षक शाहले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको बिकास गरी प्रहरी सेवालाई प्रभावकारी रुपमा नागरिक समक्ष पुर् याउनुपर्ने बताउनुभएको छ । प्रहरीको राशनमा देखिएको भिन्नतालाई सरकारले गम्भीरतापूर्वक सोचीरहेको बताउनुभएका शाहले निकट भविष्यमा यस्तो भिन्नता अन्त्य हुने शाहले जनाउनुभयो । सरकारले महानिरीक्षक रमेशचन्द ठकुरीलाई हटाएर शाहलाई दुई दिन अघि आइजिपी बनाएको ।
काठमाडौ , २४ साउन - अखिल नेपाल फुटवल संघ एन्फाको अध्यक्षमा गणेश थापा पुनः निर्वाचित भएका छन् । थापा चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । अन्य नयाँ नेतृत्वमा ८ उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने हरुमा विजयनारायण मानन्धर , ललितकृष्ण श्रेष्ठ , नरेन्द्र श्रेष्ठ , महेश विष्ट , कर्माछिरिङ्ग शेर्पा , कुमारजङ्ग थापा , सुनिल कपाली , किशोर राई छन् ।
निर्मला जी हजुर प्रयास त गरेकै छु अझपनि हजुरले भनेजस्तो सम्योजन पक्ष लाइ कसिलो बनाउने कोसिस गर्नेछु मेरा कमी कमजोरी हरुलाई नियालेर मलाइ हमेशा अगी बढ्ने प्रोत्शाहान दिनुहोला धन्याबाद
अनमिन फिर्ता हुने अघिल्लो दिन शुक्रबार सन्देश जारी गर्दै महासचिव मुनले शान्ति प्रक्रियाको सबै पाटोमा प्रगति सुनिश्चत गर्ने खालको विश्वासको वातावरण सिर्जना गर्न आफ्ना प्रयास दोब्बर पार्न आहृवान गरेका छन् । उनले अनमिनको विदाई भने पूर्वसहमति अनुसार नै भएको टिप्पणी गरेका छन् । ' सुरक्षा परिषद्ले गरेको अन्मिन बन्द गर्ने निर्णय सन् २०१० सेप्टेम्बरमा नेपाल सरकार र माओवादीबीच जनवरी १५ भीत्रमा शान्ति प्रक्रियाका बाँकी काम मूलत पूरा गर्ने भनी गरेको सम्झौता अनुरूप नै , ' महासचिव मुनले भनेका छन् , ' तर यसमा पर्याप्त प्रगति नहुनु दुःखत कुरा हो । नेपालको शान्ति प्रक्रियाको सबै पाटोमा प्रगति सुनिश्चत गर्ने खालको विश्वासको वातावरण सिर्जना गर्नका लागि आफ्ना प्रयास दोब्बर गर्न म पक्षहरूलाई प्रोत्साहित गर्छु । '
निश्चित रुपमा भविश्य अनलाइन माध्यमको छ । पत्रपत्रिका र पुस्तक क्रमशः टि्रलेस एडिसन रुखविहीन संस्करणमा गइरहेका छन् । र हाम्रो भविश्यको अध्ययनविधि यही नै हो । भलै किन्डलजस्ता अध्ययन सामग्रीमा अरु सुधार र विस्तार हुँदै जानेछ । हामीले यस्तै यन्त्रकै माध्यमबाट आफ्नो अध्ययन बढाउन सक्नेछौं । अहिलेलाई यसको मूल्य १ सय ३९ अमेरिकी डलर छ ।
- बबिता बस्नेत निजी स्कुलको विरोध गर्दै आएको माओवादीसम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले आफैंबाट परिवर्तन सुरु गर्नका लागि भनेर आफ्ना छोरा सरललाई चीनबाट फर्काएको खबर सार्वजनिक भएको छ । समाचारअनुसार आफ्नै पार्टीका नेताहरूमाथि दबाब सिर्जना गर्न सरललाई फर्काइएको हो । अहिले हठात् नफर्काइएको भए केही वर्षपछि उनी डा . सरल शर्मा बनेर त्रिभुवन विमानस्थलमा उत्रने थिए या पढ्दापढ्दै अवसर पाएर चीन वा अरू नै मुलुकमा एउटा नेपाली युवक कुनै पेसा , व्यवसाय गरिरहेको हुने थियो । हिमालले अन्तर्राष्ट्रियस्तरको कलेजमा शिक्षा लिइरहेको आफ्नो छोरो फिर्ता ल्याएको प्रसङ्गलाई मूलत : दुई कोणबाट विश्लेषण गरिएको छ , नेताहरूको भनाइ र गराइबीचको भिन्नता ( हेपोक्र्यासी ) लाई उजागर गर्दै एउटै प्रवृत्तिमा ढाल्ने पहल गरिएको अर्थमा यसलाई सकारात्मक रूपमा लिइएको छ भने आफ्नै छोराको भविष्यमाथि त वास्ता नगर्नेले अरूका छोराछोरी जेसुकै हुन् के मतलब भनेर अब आफ्ना छोराछोरीले लिइरहेको शिक्षाबाट वञ्चित पो हुनुपर्ने हो कि भनी अभिभावकमा फैलिएको त्रास अर्को पाटो हो । हामीअघि र हाम्रो पुस्ताका धेरै मानिस जो राजधानी काठमाडौंमा बसेर विभिन्न पेसा र व्यवसायमा संलग्न छन् , ती अहिले आफ्ना छोराछोरीले झैं अङ्ग्रेजी स्कुलको पृष्ठभूमिबाट आएका होइनन् । आफूले सरकारी स्कुलमा चार कक्षामा एबीसीडी सिकेर एसएलसीमा जेनतेन पासमार्क ल्याई पढाइको क्रममा राजधानी भित्रिएपछि सेन्ट जेभियर्स र मेरिज पढ्नेहरूसँग प्रतिस्पर्धा गर्नुपर्दाको पीडा धेरैसँग छ । मन लागेको खानेकुरामा गाँस काटेर भए पनि रात या दिन के हो नछुटि्टनेगरी दु : ख गरेर या थकाइ वा प्यासको ख्यालै नगरी दुई - चार पैसा जम्मा गरेर मानिसले छोराछोरीलाई सकेसम्म अङ्ग्रेजी स्कुलमा राख्नुको कारण पनि आफूले भोगेको विगत र बाँचिरहेको वर्तमान नै हो । मुलुकका विभिन्न क्षेत्रमा नेतृत्व लिनेहरू प्राय : राजधानीबाहिरकै छन् , राजनीतिदेखि मिडियासम्म , स्वास्थ्य , कानुन , अर्थ हुँदै सुरक्षासम्म । जुनसुकै क्षेत्रमा भए पनि आ - आफ्नो क्षेत्रमा स्थापित हुन तिनले धेरै नै सङ्घर्ष गर्नुपरेको छ । त्यसो त राजधानीमै शिक्षा लिनेहरूको पनि सबैको शैक्षिक स्तर उस्तै छैन । भाषा सबै कुरा होइन , हुँदो हो त खै जापानिजहरूले अङ्ग्रेजी नबोले पनि भएको छ त भन्ने तर्क पनि दिन सकिन्छ । तर , मानिसको जीवनमा भाषा र शिक्षा केही हो त्यसैले जापान , थाइल्यान्ड , चीनलगायतका मुलुकमा पनि अहिले अङ्ग्रेजीलाई महत्त्व दिन थालिएको छ । माओवादी नेता प्रचण्डले भारतको नयाँदिल्लीमा हिन्दुस्तान टाइम्सले गरेको जमघटमा पहिलोपल्ट अन्तर्राष्ट्रिय जगत्मा मन्तव्य दिँदा अङ्ग्रेजीमा के - के भन्नु भो के - के , उहाँले के बोल्ने भन्ने नजानेर होइन भाषाको कारणले आफूलाई ' एक्स्प्रेस ' गर्न नसकेर । भाषा र प्रविधिले विश्व साँघुरो भइरहेको बेला त्यस्तो अवस्था भोग्नेहरू यहाँ धेरै छन् , त्यसमा उहाँको दोष थिएन , उहाँको शैक्षिक पृष्ठभूमि हामी धेरै पेसागत मानिसझैं चार कक्षामा एबीसीडीकै थियो , त्यस्तै केही समय अगाडि मात्र स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंले संयुक्त राष्ट्र सङ्घमा गर्नुभएको भाषण पनि सम्बन्धित क्षेत्रका मानिसबीच चर्चामा छ । त्यस्तो बेलामा हामीले अङ्ग्रेजीमै बोल्नुपर्छ भन्ने छैन , नेपालीमा बोले पनि हुन्छ , बुझ्न चाहनेले अनुवाद गरेर बुझ्छन् , अङ्ग्रेजी हाम्रो मातृभाषा होइन अलिअलि तलमाथि भएर , उच्चारण नमिलेर खासै फरक पनि पर्दैन तर अर्थै अर्को लाग्ने गरेर बोल्न भने हुँदैन । विद्यालय विद्यार्थीको जग हो , स्कुल तहबाटै उनीहरूले धेरै कुरा सिक्ने हुन् भाषा , ज्ञान सबै नै । हामीकहाँ मात्रै होइन , विश्वका अनेक मुलुकमा सरकारी र गैरसरकारी विद्यालय छन् , आफ्ना सन्तानलाई आफूभन्दा राम्रो शिक्षा दिलाउने चाहना राख्नु बाबुआमाको ' लक्जरी ' होइन । अर्काको भाँडा माझेर , सडकमा कूचो लगाएर पनि मानिस आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छन् । हिमालजीले नेपालको शैक्षिक सुधारका लागि चीनमा पढिरहेको छोरो फर्काउनु , अन्य नेताका छोराछोरीलाई पनि फर्काइहाल भन्नु र नेपालका निजीक्षेत्रमा बच्चा पढाइरहेकाहरूलाई किन पढायौ सरकारी स्कुलमा राख भन्नुभन्दा पहिला यहाँको सरकारी शिक्षामा व्यापक सुधारतर्फ अघि बढ्नु आवश्यक छ । जुन मुलुकमा बालबालिकाले परीक्षा सकिन लाग्दासम्म पाठ्यपुस्तक पढ्न पाउँदैनन् तर तिनै पाठ्यपुस्तक छपाइका नाममा करोडाँै - करोडको भ्रष्टाचार हुन्छ त्यस्तो मुलुकमा अभिभावकलाई आफ्ना छोराछोरीलाई निजी स्कुलबाट निकालेर सरकारी स्कुलमा राख भनेर भन्न मिल्दैन । केही समयअघि माओवादी नेता प्रचण्डले आफ्नी नातिनीलाई सेन्टजेभियर्स स्कुलमा भर्ना गरेको कुराले निकै चर्चा पायो । नेताकी नातिनी हुँदैमा राम्रो स्कुल पढ्न नपाउने भन्ने हुँदैन , भनाइ र गराइमा फरक आएका कारणले मात्रै सो घटनाले चर्चा पाएको हो । आहिलेको जमानामा राम्रो अङ्ग्रेजी स्कुल पढ्न पाउनु उनको अधिकारकै कुरा हो । निजी स्कुलको विरोध गर्नुभन्दा पनि सरकारी स्कुलहरूको स्तर बढाउनु अहिलेको आवश्यकता हो तर हाम्रोजस्तो देशमा यो कुरा चाँडै सम्भव हुन्छ जस्तो लाग्दैन । सरकारी स्कुलको स्तर राम्रो भइदिए सकी - नसकी रातदिनको दु : ख र पसिनाको कमाइ बच्चाको पढाइमा मात्रै लगानी गर्ने इच्छा कुनै पनि बाबुआमाको हुँदैन । पैसा धेरै भएर वा खर्च गर्ने ठाउँ नभएर मानिसले आफ्ना छोराछोरी निजी स्कुलमा पढाइरहेका छैनन् । हिजोआज धेरै कुरामा हामी बढी नै नकारात्मक हुँदै गएको भान हुन्छ । एकपटक कतै जाँदै गर्दा अन्तर्राष्ट्रिय एयरपोर्टमा भेटिएका पश्चिमा मुलुकका नागरिकले नेपालको बारेमा भनेका थिए - मलाई यहाँको धेरै कुरा राम्रो लाग्यो तर हामीकहाँ र यहाँको फरकचाहिँ के हो भने हामीकहाँ छिमेकीले राम्रो घर बनायो भने हामी आफू पनि कसरी त्यस्तै घर बनाउने हैसियतमा पुग्ने भनेर सोच्छौँ तर यहाँ भने त्यो छिमेकीलाई कसरी आफूजस्तै झुपडीमा बस्ने बनाउने भनेर त्यसलाई तल झार्ने अभ्यासमा जुट्ने काम हुँदोरहेछ । यो कुरा भने मलाई अचम्मै लाग्यो । हुन पनि हामी कहाँ धेरै कुरामा त्यस्तै भइरहेको छ । कुनै पनि क्षेत्रमा आफू राम्रो बन्नेभन्दा पनि अरूलाई नराम्रो बनाउने खेलले बढी प्रश्रय पाउँदै गएको छ । सैद्धान्तिक र व्यावहारिक कुरा फरक छन् , झापा आन्दोलनताका पनि महान् सर्वहारा कम्युनिस्ट हुनका लागि लहडमा धेरैले पढाइ छोडेका , छोडाएका थिए तर परिणाम के भयो ? हिमालजीलाई लाग्यो होला मेरै कारणले छोराले पाएको ' स्कलरसिप ' हो फिर्ता बोलाएर के भयो ? उहाँलाई जेसुकै लागेको भए पनि सरलको विदेशमा अध्ययन गर्ने अधिकार खोसिएको छ । पढिरहेको आफ्नो छोरालाई फिर्ता बोलाउनुभन्दा अरूका छोराछोरीलाई पनि त्यस्तै स्कलरसिप दिलाउने भूमिका निर्वाह गर्न सकेको भए राम्रो हुने थियो ।
संयुक्त संघर्ष समितिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान र राज्य परिषद , तामाङसालीङ स्वायत्त राज्य परिषद , खम्बुवान स्वायत्त राज्य परिषद् तथा थरुहट संयुक्त संघर्ष समिति , संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समिति , थारु कल्याणकारिणी सभा र मगरहाङ परिषद रहेका छन् ।
४ , आशाका दियो ओझिलिएका कबि मात्र आँकाला ।
नेपाली भाषा , साहित्य र संस्कृति नै आफ्ना सक्कलि पहिचानहरु हुन् । नेपाली भाषा , साहित्य र संस्कृतिको जगेर्ना नै आफ्नै जगेर्ना हो भन्दै भानुजयन्ती विशेषरुपमा मनाइएको थियो । भानुजयन्तीमा भानुभक्त तथा नेपाली भाषालाई सम्बोधन हुने खालका विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएका थिए । हङकङ नेपलिज फाउण्डेशनको संयोजन तथा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत नेपाली विधार्थी एवं शिक्षकहरूको व्यापक सक्रियता थियो । सुन्दर साजसज्जा भएको कार्यक्रममा भानुभक्तको जीवनी तथा नेपाली भाषाकै सेरोफेरोमा रहेर बालबालिकाहरुले आफ्ना मौलिक गीत , कविताहरु वाचन गरेका थिए । टिके प्राथमिक विद्यालय , पीएच केन्द्रीय प्राथमिक विद्यालय , बेथल हाईस्कुल , पिके कलेज , सर एलिस कादुरी माध्यमिक विद्यालय , आईकेटी माध्यमिक विद्यालय चाईवानका नेपाली विधार्थीहरुले कविता , जीवनी र नृत्यहरु प्रस्तुत गरेका थिए । भानुभक्तद्वारा लिखित भानुभक्तिय प्रश्नोत्तरी , भक्तमालाको केही अंशहरुसमेत पाठ गरिएको थियो । कार्यक्रममा भानुभक्तको देन तथा नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएका थिए । हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज राईले कार्यक्रमको आयोजनाबारे जानकारी मन्तव्य दिएपछि सुरू भएको कार्यक्रममा नेपालबाहिर नेपाली भाषाको महत्व , हङकङमा नेपाली भाषाको विकासक्रमबारे विभिन्न विद्यालयका नेपाली शिक्षकहरुले आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय सरकारी विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रधानाध्यापक चोङ का लेउङले भानुभक्तको तस्बीरमा माल्यर्पण गरी सम्मान व्यक्त गरेका थिए । विभिन्न विद्यालयहरुले भानुजयन्तीलाई आफ्नो वार्षिक कार्यक्रम पुस्तिकामा प्रकाशित गरेका छन् । नेपाली भाषालाई स्थापना गर्नका लागि वातावरण तयार भैरहेको अवस्थामा सम्बन्धित विद्यालयका चिनिया मूलका शिक्षक , विदेशी मूलका शिक्षकहरुले कार्यक्रम सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गरेका थिए ।
युरोपका विभिन्न मुलुकमा रहेर अनलाइन तथा प्रिन्ट मिडिया सञ्चालन गरिहनु भएका पत्रकारहरुले भोग्नु परेका समस्या र समाधानका लागि गर्न सकिने पहलहरुका विषयमा अध्ययन गरी प्रवासी नेपाली पत्रकार सञ्जाल र अनलाइन मिडिया एसोसिएसनमार्फत नेपालको नीति निर्माण तहमा दबाव दिने उद्देश्यले नेपाल युरोपका विभिन्न मुलुकका सञ्चारकर्मीहरुसँग आवश्यक छलफल र परामर्शका लागि त्यसतर्फ लाग्नु भएको हो ।
जनजाति महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप अध्यक्ष माथी प्रहरीद्धारा हातपात
आज मलाई तिम्रो याद , साह्रै नै आ ' को छ ! आज मलाई गीत पनि , गाउँ झै ला ' को छ ! ! डाँडा , पाखा रंगीचंगी , फुल डपक्कै ढाक्दा , आज मलाई हर्ष खुशी , अत्यन्तै छा ' को छ ! प्रतिप्रश्न आफैं गर्छु , अनी उफ्रन्छु किन ? आज मलाई मायालुले बोलाई रा ' को छ ! हतारमा लड्दै म त , आँए चौतारीमा , आज मलाई उन्ले भेट्ने , बाचा भा ' को छ ! प्रतिक्षामै बसें , उनी आउने बाटो हेरी , आज मलाई पलपलले मुटु खा ' को छ ! !
टिर्र टिर्र टिर्र शून्य कोठामा मच्चिएको एकोहोरो धुन । वास्ता गर्दैन उसले । अभियान समय र क्यालन्डरसित एक्लो बहसले जुधिरहन्छ । समय , क्यालेन्डर र जीवनका वास्तविकता पहिल्याउन वकालत गरिरहेछ तर असफलताको चुलीमा उक्लिएको अभियान पलपल त्रसित समयमा बन्दी बनिरहेछ ।
न मचिने पिङ को सय झट्का हङकङको नेपालीहरु
लिम्बुवानले प्रहरीको गोलीबाट मारिएका तामाङलाई शहीद घोषणाका साथै परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वाञ्चल बन्द गराएका हुन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने लिम्बुवानले जनाएको छ ।
उमाकान्त चौधरी नेपाली कांग्रेस , केन्द्रीय कार्यसमितिका सदस्य उमाकान्त चौधरी बारा क्षेत्र नं . ५ बाट निर्वाचित सभासद हुनुहुन्छ । ४१ वर्षीय चौधरी २०५६ सालको संसदीय निर्वाचनमा बारा क्षेत्र नं १ बाट चुनिनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट बोटानीमा स्नातकोत्तर चौधरीको रुचि अध्ययनमा छ र उहाँका थुप्रै लेख - रचना विभिन्न पत्रत्रिकामा प्रकाशित हुँदै आएका छन् । उहाँ तीन छोरी र एक छोराका पिता हुनुहुन्छ । उमाकान्त चौधरीको राजनीतिक जीवन २०३६ सालमा विद्यार्थी आन्दोलनबाट शुरु भएको हो । पंचायत विरोधी आन्दोलन र लोकतन्त्र स्थापनाको आन्दोलनमा लाग्दा उहाँले पटक - पटक गरी १५ महिना जेल - जीवन बिताउनुभएको छ । ने . वि . संघको केन्द्रीय सदस्य , तरुण दलको केन्द्रीय सदस्य र त्रिविवि स्ववियुको उपाध्यक्ष रहिसकेका चौधरीले कृषि तथा सहकारी सहायक मन्त्रीको जिम्मेदारी समेत वहन गरिसक्नुभएको छ । उहाँ जनतासँगको निकट सम्बन्ध र मधेश आन्दोलनका वेला मधेशी जनतालाई अधिकार दिलाउन खेलेको भूमिकाको कारण आफू संविधानसभामा चुनिएको ठान्नुहुन्छ । संघीय गणतान्त्रिक लोकतन्त्र र समावेशी लोकतन्त्रको मुद्दालाई संविधानसभामा प्रमुखता साथ उठाउने उहाँको अठोट छ ।
काठमाण्डौ , पुष १६ । नेपाली काँग्रेसले आफ्नो मेलमिलाप दिवस मुलुकभरी आज बिभिन्न कार्यक्रम गरेर मनाउदै छ । २०३३ साल पुष १६ आजका दिन काँग्रेसका संस्थापक नेता बिपि कोइरालाले प्रबासको जिवन त्यागरेमेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो । नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डतामा आँचा आउने देखेर ज्यानको प्रबाह नगरेर बिपि आजका दिन मेलमिलापने नीति सहित स्वदेश फर्किएको दिनको स्मरणमा काँग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउदै आएको छ । यसै सन्र्दभमा काँग्रेसले पार्टी कार्यालय सानेपामा बिषेश कार्यक्रम राख्नुका साथै मुलुकभरि बिविध कार्यक्रम गरेर मनाउदै छ । मेलमिलापको नीति लिएर आएलगत्तै तत्कालिन शासनले बिपि सहितका नेताहरुलाई त्रिभुवन बिमान स्थलबाट पक्राउ गरेर लामो कारावास जिवन दिएको थियो । काँग्रेसले अहिले पनि बिपिको मेलमिलापको नीति सान्दर्भिक रहेको भन्दै त्यसलाई अंगालेर आज यहा सम्म आएको बताउने गरिन्छ ।
जसका लागि म भित्र भएको त्यो अमूल्य चीज
त्यसैले केही समय पहिले मैले सोंच्दै थिएं । सबै नेपाली ब्लग साइटका हेडलाइनहरु एक मुष्ठ एउटै पृष्ठमा राख्नु पर्ला । आज अलिक फुर्सद मिल्यो र बनाएं । तपाईहरु पनि नेपाली ब्लग साइटहरुमा प्रकाशित ताजा नेपाली समाचार प्रति अभिरुचि राख्नु हुन्छ भने यहां क्लिक गर्नुहोस् । र तपाईहरुका आफ्नै वेवसाइट छ भने यो http : / / www . hknepal . com / Blogall . htm लिन्कलाई पनि राख्न नभुल्न होला । यदि तपाईसंग समयको अभाव छ भने यसले केही मात्रामा तपाईको समयलाई बचत गर्छ । अर्को कुरा यहां समावेश नभएका तर स्तरीय ब्लग साइट तपाईको जानकारीमा भए तल Leave a Comment मा समावेश गर्नु होला । यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।
अभिभावक पूर्णबहादुर पुनले हरेक महिना स्कुलमै बोलाएर छोराछोरीको कमजोरी भन्दिँदा सुधार गर्न सजिलो भएको बताए । ' स्कुलले दिएको जिम्मेवारी पनि पूरा गछौँ , ' उनले भने ।
( कृष्ण पौडेल ) , यतिखेर लेखक कृष्णप्रसाद सिग्द्यालको साना कुरा भन्ने कृति यस पंक्तिकारको हातमा छ । उद्योगी पत्रकार र राजनीतिकर्मी लगायत बहुआयामिक व्यक्तित्व बनाएका सिग्द्यालले एउटै कृतिमा खास गरी नेपाली समाजका विविध विषयवस्तुलाई एकसाथ प्रस्तुत गरी हाम्रा वास्तविकतालाई सरल भाषामा गम्भीरताका साथ प्रस्तुत गरेका छन् । समसामयिक र समाजका विभिन्न पक्षहरुका सन्दर्भमा गरिएको रेडियो कुराकानीमा आधारित करीब ६ सय पृष्ठको यो पुस्तक राजनीति अर्थ व्यवसाय वातावरण राज्य समाज अन्तर्राष्ट्रिय सम्बन्ध र विकासवारे चासो राख्ने जोकोही व्यक्तिका लागि उपयोगी छ । कुरा ठूला गर्ने तर काम सानो पनि नगर्ने सर्वव्यापी बनेको परिवेशमा यसले सबै तहतप्काका नागरिकहरुलाई केही गर्न घच्घच्याएको छ । अनुभव अनुभूति र हाम्रा कार्यभारका सन्दर्भमा केन्द्रित साना कुराका भावनालाई आत्मसात् गर्ने हो भने नेपाली समाजको बहुआयमिक रुपान्तरणका लागि ठूलो खुराक साबित हुने देखिन्छ । विविध विधामा रहेर पनि सबै क्षेत्रमा चासो राख्ने विशेषज्ञता हासिल गर्ने र मुलुक निर्माणका लागि नयाँ भिजन दिन सफल सिग्द्याल आफैमा एक उत्प्रेरक बन्न सफल छन् । जीवनको उतराद्र्धमा पनि पूर्वाद्र्धझै क्रियाशील सिग्द्यालको चिन्तन र उद्यमशीलतालाई अनुसरण गर्ने हो भने हामी आफू समाज अनि मुलुकलाई नयाँ कार्यदिशा दिन सक्छौं । समाजको विकासलाई अघि बढाउन ठूल - ठूला भाषण बजेट र परियोजनाको आवश्यकता पर्दैन । साना कुरा पढ्दा लाग्दछ कि स - साना प्रयासबाट पनि धेरै कुरा गर्न सकिन्छ । नेपाली राजनीति र अन्य अवस्था हेर्दा दिक्दार लाग्दछ । राजनीतिक दलका नेताहरुको मति किन नफिरेको होला विभिन्न कालखण्डमा सचेत नागरिकहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरुलाई तत्तत् समयका नेताहरुले व्यवस्थापन गर्न नसक्दा गुमेको इतिहास साक्षी छ । चाहे त्यो २००७ पछिको कालखण्ड होस चाहे त्यो २०४६ पछिको कालखण्ड होस् । राजनीतिक परिवर्तनलाई संस्थागत गरेर आर्थिक सामाजिक रुपान्तरणमा मुलुकलाई अघि बढाउन सकिएन । दलहरुबीच र दलभित्र पनि नेताहरुबीचको अन्तरकलहका कारण राजनीतिक स्थिरता कायम हुन सकेन । दुई तिहाई र सुविधाजनक बहुमतसहित शासनमा पुगेर पनि मुलुकको अग्रगति र आमनागरिकको आर्थिक सामाजिक विकासका लागि ठोस योगदान सत्तारुढहरुबाट हुन सकेन । आमनागरिकलाई बलियो बनाउने र विकासको प्रवाहमा अघि बढाउनेभन्दा पनि जसरी पनि चुनाव जित्ने र जितिसकेपछि तिनै नागरिकहरुलाई बिस्रने परिपाटी मौलाउँदै गयो । परिवर्तनका लागि केही गर्नेभन्दा पनि निजी र दलगत स्वार्थमा अल्झिएको कारण मुलुकको समग्र स्थिति अझ बिग्रँदै गयो । परिणामतः मुलुक प्रतिगमन निरंकुशता अशान्ति र अस्थिरताको दलदलमा भासियो । २०६२ / ०६३ को राजनीतिक परिवर्तनपछि अहिलेसम्मको अवस्था हेर्दा विगतभन्दा अझ डरलाग्दो स्थिति चित्रित छ । २०४६ / ०४७ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिनु आमनागरिकको आर्थिक स्तरमा कुनै परिवर्तन नआउनु अनि शान्तिपूर्ण आवाज र आन्दोलनको उपेक्षाको कारण हिंसात्मक विद्रोहको बिजारोपण भयो । कुशासन भ्रष्टाचार र सशस्त्र विद्रोह समानान्तर रुपमा तीव्र गतिमा अघि बढ्यो । आर्थिक एवम् सामाजिक विकास ठप्पप्रायः भए । संवैधानिक रुपमा सीमित तर विशेषाधिकार लिएर बसेको राजतन्त्रको प्रतिनिधि सोच र वातावरणमा परिवर्तन भयो । दलहरुको अकर्मण्यता हिंसात्मक विद्रोह र आमजनताको असन्तोषको फाइदा उठाउँदै राजतन्त्रले निरंकुशताको प्रतिगामी अभ्यास प्रारम्भ गर्यो । जनस्तरमा अत्यन्त कमजोर रहेका दलहरुमा बल्ल चेत फिर्यो । उता हिंसात्मक विद्रोहबाट सत्ता कब्जा गर्ने सोचमा रहेको एकीकृत माओवादीको पनि घैंटोमा घाम लाग्यो । शान्तिवादी र विद्रोही दुवै प्रकृतिका दलहरु मिले र आमजनतामाझ आ - आफ्ना गल्तीहरुप्रति प्रायश्चित गर्दै मति र गति सुधार्ने प्रतिबद्धता व्यक्त गरेपछि आमनागरिकले पत्याए । उनीहरुकै अगुवाइमा भएको आन्दोलनमा आमनागरिकको सहभागिताले विश्वलाई नै चकित पार्ने गरी जनक्रान्ति सम्भव भयो । निरंकुश राजतन्त्र घुंडा टेक्न बाध्य भयो । जनक्रान्ति सम्पन्न भएको ५ वर्ष पुग्न थालेको छ । यसबीचमा निरंकुश राजतन्त्र र एकात्मक शासन प्रणालीको अन्त्य भएको छ । आमनागरिकमा राजनीतिक एवम् सामाजिक चेतनास्तरमा ठूलो परिवर्तन आएको छ । संघीय शासन प्रणालीमा जाने भनिए पनि कुन र कस्तो स्वरुप अझै तय हुन सकेको छैन । करीब ६० वर्षदेखि नेपाली जनताले आफ्नो संविधान आफै लेख्न पाउने कुराको प्रत्याभूतिस्वरुप संविधानसभा बनेको छ । तर संविधानसभाले संविधान बनाउने सम्भावना न्यून छ । २ वर्षका लागि तोकिएको पहिलो समयावधिभित्र संविधान लेखनमा उल्लेखनीय प्रगति हासिल हुन नसकेको मात्रै होइन थपिएको एक वर्षमध्ये सात महिनामा पनि केही हुन सकेको छैन । मुलुकमा प्रधानमन्त्रीले राजीनामा दिएर सिंगो सरकार र प्रशासनयन्त्र कामचलाउ भएको छ महिना बित्दा पनि नयाँ व्यवस्था हुन सकेको छैन । बहुमतसिद्ध सरकार राजीनामा नदिँदाको अवस्थासम्म अत्यन्त अस्थिर र कुन बेला ढल्छ भन्ने स्थिति थियो । तर राजीनामा दिएर अर्को व्यवस्था नभएसम्मका लागि कामचलाउ सरकार बलियो र दीर्घायु साबित भएको छ । व्यवस्थापिका - संसद्मा झन्डै डेढ दर्जन पटक निर्वाचन भयो । तर दलहरुले प्रधानमन्त्री छान्न सकेनन् । यस्ता दलहरुले संविधान देलान् शान्ति देलान् अनि मुलुकमा आर्थिक सामाजिक परिवर्तन गर्न सक्लान् भनेर कसरी विश्वास गर्ने ? हाम्रो मुलुकको आर्थिक सामाजिक विकास राजनीतिसँग यसरी गांसिएको छ कि राजनीतिले सही बाटो नलिएसम्म अरु सम्भव छैन । हाम्रा सामु तीनै दलहरु अनि बहुदलीयताको विकल्प पनि छैन । श्रीलंका त्यति लामो समय गृहयुद्धमा फसे पनि विकासको प्रक्रिया रोकिएन । केही समयअघि पंक्तिकार थाइल्यान्ड मलेशिया र सिंगापुर पुगेको थियो । थाइल्यान्डमा राजनीतिक अस्थिरता छ तर विकासको प्रक्रिया सुचारु छ । मलेशियामा विकासको प्रकि्रया यति तीव्र छ कि १५ वर्षको बीचमा निकै चमत्कार गरिसकेको छ । राजनेता पूर्वप्रधानमन्त्री डा . माथिर महम्मदको परिकल्पनामा मलेशियाले विकासमा ठूलो फड्को मारिसकेको छ । सीमित राजनीतिक अधिकार पाएका नागरिकहरुले सामाजिक विकास यति धेरै हासिल गरेका छन् कि राज्य र राजनीतिसँग उनीहरुलाई कुनै गुनासो छैन । चिनियाँ तमिल र मुश्लिम समुदायको बाहुल्य रहेको मलेशियामा सत्ता सहकार्य र साम्प्रदायिक सदभाव सुखद र अनुपम छ । यसैको परिणामस्वरुप मलेशियाले स्थिरता शान्ति र तीव्र विकास प्राप्त गरेको छ । कृषि क्रान्ति र औद्योगिक विकासका कारण मलेशियाले विश्वमै लोभलाग्दो विकासयात्रालाई अगाडि बढाउन सफल भई रहेको छ । मुलुक बनाउन धेरै नेता र दल चाहिँदैन भन्ने कुरा पनि मलेशियाले शिद्ध गरेको छ । डा . माथिरले नयाँ र समृद्ध मलेशिया दिन सके । आज माथिर सत्तामा नरहे पनि मलेशियामा सबैभन्दा व्यस्त नेता राजनेता र जनजिब्रोमा उनकै नाम र प्रशंसा सुनिन्छ । सिंगापुरको विकास अदभूत् छ । समुद्रतटमा रहेको सानो देश सिंगापुरको सुन्दरता विश्वमै अनुपम छ । दिउँसो चम्किन्छ अनि रातमा धपक्कै बल्दछ सिंगापुर । के हेर्छन् हाम्रा नेताहरुले मलाई प्रश्न गर्न मन लाग्छ बाक्लै धाउछन् बैंकक सिंगापुर र क्वालालम्पुर । उपचार भेटघाट र अनेकौं बहानामा नेताहरु विदेश धाउँछन् । यो र यति देश घुमेको घमण्ड गर्छन् र आत्मरति लिन्छन् । त्यहाँ भएको विकास प्रयासलाई किन आफ्नो देशमा लागु गर्ने सवालमा गम्भीर हुँदैनन् ? हाम्रो मुलुकमा कुशल राजनेता जन्मिएका रहेनछन् । आफ्नो निजी स्वार्थसिद्धी र सत्ताप्राप्तिका लागि मुलुकलाई बन्दी बनाई रहेका छन् । खास गरी मुलुकका तीन प्रमुख राजनीतिक दल एकीकृत माओवादी नेपाली कांग्रेस र नेकपा एमालेबीच र ती पार्टीहरुभित्र विभिन्न नेता र गुटहरुबीचको अन्तरविरोधका कारण मुलुकले राजनीतिक डेडलक खेपिरहनु परेको छ । एकले अर्कोलाई नेता स्वीकार नगर्ने एउटाले पाएको अवसरलाई अर्कोले देखी नसहने र एकले अर्कोलाई ताछ्न वा पखाल्न मात्रै तम्सिने प्रवृत्तिले सबै दल र नेतालाई गाँजेको छ । सबै पार्टी मोर्चाजस्तो भएका छन् । कुन कतिखेर फुट्छ कुनै ठेगान छैन । आफ्नो पार्टीका सहकर्मीलाई भन्दा अर्कोलाई मित्र देख्ने अनि सबै चिजमा राजनीति मिसाएर गाँजेमाजे बनाउने प्रवृत्ति हावी छ । आफ्नो आन्तरिक एकतालाई सुदृढ बनाउन नसक्ने यो स्थितिमा सुधार नआएसम्म राजनीतिले सही मार्ग हासिल गर्न सक्दैन । आफ्नो हित अनुकूल विदेशी शक्तिलाई प्रयोग गर्ने र अनुकूल भए प्रशंसा र प्रोत्साहन गर्ने अनि नभए सत्तोसराप र युद्धको घोषणा गर्ने अवसरवादी चरित्र र तिनै शक्तिको स्वार्थका कारण मुलुक परहस्तक्षेपको चपेटामा परेको छ । स्पष्ट विदेश नीति छैन कूटनीतिक मर्यादा छैन र मजबुत संवाद शक्ति छैन । आफ्नो हैसियतलाई ऊँचो राख्ने गरी कुनै काम कारबाही छैन र विदेशीहरुको स्वार्थको सही विश्लेषण छैन र उनीहरुले गरेको सहयोगको सदुपयोग छैन । परिणामतः राष्ट्रियता र स्वाधीनता धरापमा छ । मुलुकमा अथाह सम्पदाहरु छन् । जल जंगल जमिन र पर्यटनको योजनाबद्ध उपयोग गर्न सके मुलुकलाई सम्पन्न र वैभवशाली बनाउन सकिन्छ । विश्वमै जलस्रोतको दोस्रो धनी मुलुक आधा समय लोडसेडिङको मारमा छ । कृषिप्रधान मुलुकमा जहाँ तीन चौथाइ मानिसहरु कृषिमा आश्रित छन् । प्रभावकारी कृषि नीतिको अभावका कारण यो केवल निर्वाहमुखी छ । कृषिमै मुलुक आत्मनिर्भर नरहेको अवस्थामा अरु के अपेक्षा गर्न सकिन्छ र अर्को अथाह ऊर्जाको रुपमा रहेको जंगल विनाश तीव्र गतिमा भइरहेको छ । स्रोतसाधनको उपयोग र जनशक्तिबीच तालमेल हुन र उपयुक्त वातावरण बन्न नसक्दा एकातिर तीव्र गतिमा स्रोतसाधन खेर गइरहेको छ भने अर्कोतिर जनशक्तिको पलायन भइरहेको छ । मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन धेरै गार्हो छैन । साना विकास र सुधारका अभ्यासले मुलुकलाई नयाँ गति दिन सकिन्छ । छिमेकी बिहारको विकास प्रयासलाई हेर्दा पनि काफी हुन्छ । त्यसैले विलम्ब नगरी मुलुकको राजनीतिक कार्यदिशालाई व्यवस्थित गरी विकासको गतिलाई तीव्र बनाउन ध्यान दिनुको अर्को विकल्प छैन । साना कुराले पनि यही कुरालाई महसुस गरेको छ ।
शान्ति समिति मोरङका सचिव चुडामणी आपागाईले द्वन्द्व कालमा २ सय ३८ जनाको मृत्यु भएको , २३ जना बेपत्ता , २ सय १० जनाले हिरासत , कैद तथा अपहरणको घट्ना भएको जानकारी दिनुभयो । जस मध्ये मृतक सबै परिवार र बेपत्ता १९ परिवारले एक लाखको दरले राहत पाएको , हिरासत , कैद र अपहरणमा परेका मध्ये १ सयको निर्णय गरी शिफारिस गरी पठाएको सचिव आपागाईले बताउनुभयो ।
प्रहरीले यातायात कार्यालयको अभिलेख दर्ता किताबसमेत नियन्त्रणमा लिएको छ । श्रेष्ठ र आचार्यले योग्यता नपुगेका व्यक्तिलाई प्रकि्रया नै पूरा नगरी लाइसेन्स बनाइदिने गरेको महाशाखाका प्रमुख एसएसपी रणबहादुर चन्दले बताए । उनीहरुले २० हजार रुपैयाँ लिएर हेवी सवारी साधनको लाइसेन्स दिने गरेको देखियो । चन्दका अनुसार रकम लिएर लाइसेन्स बनाइदिने उनीहरुको समूहमा दलाल र महानगरीय ट्राफिक प्रहरी कार्यालयका केही प्रहरीसमेत संलग्न छन् ।
आँधी बेहरी र भारी बर्षाका कारण हङकङ अस्तव्यस्त एस , हङकङ / एचकेनेपाल डट कम , अगष्ट ६ - आज बिहान सबेरैदेखि टाइफुन ( आँधी बेहरी ) र भारी बर्षाका कारण हङकङको जनजीवन अस्त व्यस्त बनेको छ । बिहानैदेखि सुरु भएको ताइफुन नं . ८ का कारण विद्यालय , कलेज , सरकारी कार्यालय , व्यापरिक प्रतिष्ठान र किनमेलका बजारहरु बन्द भएका छन् । अधिकांश यातायातका साधनहरु गुडेनन् । ताइफुनले कतिपय ठाउंहरुमा रुखहरु र स्काईफोल्डिङ ढालेका छन् । टाइफुनले केही गगनचुम्बी भवनका झ्यालहरु फुटाले पनि मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।
द्याना गाविसकी आईत माया तामाङले ढकायाको गुन्द्रुक बेचेर राम्रो आम्दानी गर्न थालेपछि अहिले त्यसक्षेत्रका महिलाहरुबीच गुन्द्रुक बनाउने प्रतिस्पर्धा चलेको छ । गत वर्ष गुन्दु्रक बेचेर ४० हजार बचत गर्न सफल भएको तामाङले बताएकी छिन् ।
कार्यक्रममा उर्जा मन्त्रालयको विद्युत विकास परियोजनाबाट आएका हाइड्रो इन्जिनियर दिपक सिंहले गुल्मी जिल्लामा ३ देखि २५ मेगावाट सम्मका विद्युत उत्पादनको सम्भाव्यता प्रसस्तै रहेको भन्दै त्यसमा स्थानीयले नै लगानी गर्न सके परियोजनाहरु दिगो र प्रभावकारी हुने बताउनु भएको थियो । इन्जिनियर सिंहले जनताको जल विद्युत परियोजना यसै बर्ष देखि उर्जा मन्त्री गोकर्ण विष्टले शुरु गर्नु भएको र यसले स्थानीय स्तरमा साना योजनाहरु स्थानीय साधन स्रोतको उपयोग गरेर स्थानीयकै लगानीमा निर्माण गर्न सकिने भएकाले ग्रामिण क्षेत्रमा यसको प्रभावकारीता बढी भएको बताउनु भएको थियो । त्यस्ता परियोजनाहरु स्थानीयले संचालन गर्न अग्रसरता देखाएमा सरकारले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
बैठकले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्रीमा नियुक्त हुनु भएकामा बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गरेको छ ।
अस्ति काठमाडौं आउँदा उनलाई अतितका मिठा दृश्यहरूको झझल्को आयो । जस्तै , खेतैखेतको बीचमा भएको म्हैपीको डेरामा अर्जुन श्रेष्ठ , हिउँबाला गौतम र दिग्विजय जस्ता कलाकारहरू उनीसँग अभिनय सिकेको । ' भीष्मप्रतिज्ञा ' पछि उनले फिल्म बनाएनन् । कलाकार जन्माउनु पर्छ भनेर थापाथलीमा इन्स्टिच्युट खोले , जहाँ जन्मिए आज नाम चलेका कलाकारहरू ।
भारती खरेल ( १९९५ - २०४९ ) भारती खरेलको भाइटीका ( २०४९ ) मा ' भाइटीका ' र ' घमण्ड ' शीर्षकका दुई नाटकहरू समेटिएका छन् । पुरुषको स्वेच्छाचारी प्रवृत्तिलाई प्रस्तुत गर्दै नारीलाई शिक्षा दिएर सबल बनाउनु पर्ने भाव अभिव्यञ्जित यिनका नाटकमा बालमनोविज्ञानको पनि प्रस्तुति पाइन्छ । विविध प्रकारका सामाजिक विकृति , विसङ्गति आदिको प्रस्तुतिका साथ विभिन्न सामाजिक समस्यालाई देखाइएका यिनका नाटकमा समस्याको समाधान आदर्शवादी ढङ्गले गरिएको पाइन्छ । पात्रको स्तरअनुरूपको भाषिक प्रयोग पाइने यिनका नाटकमा प्रयुक्त भाषा सरल र सहज छ ।
बिमस्टेक व्यापार वार्ता समितिले हालसम्म स्वतन्त्र वस्तु व्यापार संरचनाको विवाद समाधान आयोग गठनसम्बन्धी विषयमा सहमति गरिसकेको छ भने अन्य विषयमा छलफल जारी छ । यसको अर्को बैठक अपि्रल महिनामा बस्दैछ ।
साझा प्रतिबद्धता : वर्तमान परिस्थितिमा सबैको सहअस्तित्वलाई स्वीकार्दै सहकार्य र सद्भावका साथ अगाडि बढ्नु अत्यन्तै जरुरी छ । हामी - किरातीहरू ) बीचमा विविध कारणले मनमुटाव र तिरस्कारको बिजारोपण भइरहेको अवस्था छ । यस्तो अवस्थाबाट माथि उठ्दै यो ' किरात येले संवत् ' को मुद्दालाई हामी सबैले साझा मुद्दाको रूपमा लिन सक्नु यो यात्राको अर्को आवश्यकता हो । यदि हामीले यो विषयलाई यसरी साझा रूपमा लान सकेनौँ भने यो फेरि इतिहासको गर्भभित्र नै विलुप्त हुनेछ र हामी सधैँ मिथकीय सीमामामात्र बाँच्न बाध्य हुने छौँ । त्यसैले एक अर्काप्रति अपनत्व भाव सिर्जना गर्दै सामुहिक रूपमा अगाडि बढ्नको लागि साझा प्रतिवद्धता जनाउन हार्दिक आग्रह गर्दछौँ ।
जोसेफ कमल बाड़ाअहमदाबाद , 29 अप्रैल , 2011 ( एशिया न्यूज , सीबीसीआई ) गुजरात राज्य के अहमदाबाद में स्थित प्रशांत केन्द्र के निदेशक येसुसमाजी पुरोहित फादर सेद्रिक प्रकाश ने भारत और भारतीय कलीसिया के लिए पोप जोन पौल द्वितीय की विरासत विषय पर एशिया न्यूज को भेजी गयी एक टिप्पणी में कहा कि गरीबों , वंचित तबके के लोगों , महिलाओं औरजीवन के समर्थन में संत पापा जोन पौल द्वितीय की प्रतिबद्धता आज के भारत में पहले से कहीं अधिक सार्थक है । कलीसिया को पाप की संरचनाओं के विरूद्ध संघर्ष करनी चाहिए ।
यसअघि विश्वकप छनोटको इतिहासमा नेपालले मकाउलाई मात्र हराएको थियो । अब जुलाईको अन्तिम साता नेपालले तेस्रो चरण प्रवेशका लागि जोर्डनसँग सामना गर्नेछ । गत डिसेम्बरमा सम्पन्न एसियन फुटबल च्याम्पियनसिपमा जोर्डनले सहभागिता जनाएको थियो । अवे प्रतिस्पर्धामा टिमोरले नेपाललाई १ - ० ले हराउँदा पनि सो टोलीको छनोट हुने बलियो सम्भावना थियो ।
संयोगवश यसपाली खोटाङको कलाकारहरु आएर भोजपुरमा कार्यक्रम गर्नेरहेछन् माओवादीको संयोजन र आयोजनमा । त्यस्मा पनि वाइसिएलको रहेछ । मलाई सानोमा खेलाउने सुमित्रा तामाङ दिदीको जिम्मामा भात खुवाउनेरहेछ । केहि भाईको जिम्मामा सुरक्षा रहेछ , कोहिको केहि न केहि जिम्मा रहेछ । धेरै जसो के के को अध्यक्ष के के को अध्यक्ष ? मलाई सबैको हेक्का भएन तर हिजो आफ्ना काम गरेर खानेहरु अहिले क्रान्ति र परिवर्तनका कुरा गर्दारहेछन् । अब त्यहाँ हात र मुख जोडन दिनभरी खटिनुपर्ने वाध्यता भएकाहरु पनि फुर्सदमा क्रान्ति मुक्ति र पार्टी कुरा गर्दारहेछ । माओबादी इतरका अब त्यहाँ कोहि पनि रहेनछ । सबै माओबादी ।
फैसलामा शान्ति सुरक्षा कायम राख्न सचेत नागरिकको दायित्व हुने उल्लेख छ । यस बीचमा साप्ताहिक तथा दैनिक पेशी सूचिमा चढाउँदा मुद्धा किनार हुने देखिएको उल्लेख छ । फैसलासँगै ४ महिना चलेको मुद्धा सकिएको छ ।
तिम्रो यादमा मैले भए जति आँसु पिएको छु नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु उजाड उराठ हृदयमा आशाको मुना भाँची बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु
प्रतिउत्तरमा विरुपेले भन्यो - ' मैले पनि तिमीलाई डान्स बारमा देखेदेखि हुरुक्क भएको मनलाई सम्हाल्न सकेको छैन । तिम्रो रुपरंग देखेर म त्यतीवेलै दंग परेको हुँ । झन् क्याविन रेष्टुरेण्टमा तिमीलाई देखेपछि त मैले मास्तिरकी सुन्तली , तल्तिरकी मनमाया , वर्तिरकी पातली र पर्तिरकी जूनठुलीलाई त हेर्नै छोडेको छु । त्यती मात्र कहाँ हो र ! भट्टीवालनीहरू उँभोकी साइँली , उँधोकी काइँली , तलकी कान्छी र माथिकी ठूलीकान्छीलाई त भर्खरै विर्सिसकेँ । त्यसमाथि पनि पल्लो गाऊँकी पार्वती , वल्लो गाऊँकी ऐँशेलु , डाँडागाऊँकी जुनेली र गैरागाऊँकी गायत्रीलाई त म चिन्दा पनि चिन्दिन । सुन्छ्यौ , दोबाटोकी दिलमाया , तिनबाटोकी टिकुली , चौबाटोकी चाँदनी र मुलबाटोकी मारुनी त झन् को हुन् को हुन् ? धरोधर्म म तिनलाई देखे पनि चिन्दिन । बोले पनि बोल्दिन । '
जाडोमा घाम प्यारो हुन्छ । त्यसैले घाम ताप्दा शरीरमा जीवनशक्ति बढ्छ । यसबाट अन्य शारीरिक लाभ पनि प्राप्त गर्न सकिन्छ । त्यस्तै तेल मालिस गर्नु कपाल , छालाका लागि लाभदायक हुन्छ । यसले छाला मुलायम बनाई सर्दी घुस्नबाट बचाउनुका साथै खस्रो र फुट्नबाट रोक्ने काम गर्छ । मालिस र व्यायाम गर्नाले रक्तसञ्चालन राम्रोसँग हुन पाउँछ ।
२०६४ साल वैशाखदेखि शर्माले सञ्चालन गरेको कृषि फार्मको अध्ययन - अवलोकन गर्न हालसम्म नेपालका ९८ कृषक समूह र २५ देशका २८० जना कृषिका विद्यार्थी आएका छन् । अहिले पनि अमेरिकाकी इभा क्यापजोला एकवर्षे अध्ययनका लागि हसेरामै छिन् । उनको फार्ममा एक पटकमा २० जनासम्मले बस्ने - खाने सुविधासहित तालिम लिन सक्छन् । नेपालीहरूले सन् १९५० को दशकदेखि तालिम लिन थालेका र हालसम्म कृषिसम्बन्धी स्नातक जनशक्ति नै पाँच हजारभन्दा बढी भइसकेकाले अब जाँगर देखाउने वेला आएको शर्माको भनाइ छ ।
न तो मिला तुम्हे वनवास ना ही हो तुम श्री राम मिली हैं सारी खुशीयां मिले हैं ऐश - ओ - आराम फ़िर भला क्यूं उनको दशरथ की गति है पानी जो करीब नहीं हैं उनकी जरा याद करो कुरबानी
काठमाडौं असोज १५ / एकीकृत नेकपा माओवादीको मागलाई सम्बोधन हुने गरी व्यवस्थापिका संसदमा साझा सङ्कल्प प्रस्ताव लैजाने विषयमा प्रमुख तीन दल सहमत भएका छन् । राजनीतिक गतिरोध अन्त्यका लागि आज बसेको प्रमुख तीन दल एकीकृत नेकपा माओवादी , नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच यस्तो सहमति बनेको हो । भोलि पाँच बजे तीन दलको फेरि बैठक बस्ने र नेपाली काङ्ग्रेस र एमालेले साझा संकल्प प्रस्तावको मस्यौदा तयार गर्ने सहमति पनि नेताहरुबीच बनेको छ । एकीकृत नेकपा माओवादीको सँविधानसभा दलको कार्यालय सिँहदरबारमा भएको छलफलमा एकीकृत माओवादीका डा . बाबुराम भट्टर्राई , नाराययणकाजी श्रेष्ठ , नेतविक्रम चन्द , काङ्ग्रेसका रामचन्द्र पौडेल , विमलेन्द्र निधि , अर्जुन नरसिंह केसी र एमालेका युवराज ज्ञवाली , केशव बडाल र प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो । नागरिक सर्वोच्चता र सेनापति प्रकरणमा राष्ट्रपतिको कदम खारेज गर्नुपर्ने आफ्नो अडानलाई सम्बोधन हुने साझा सङ्कल्प बनेमा आफूलाई मान्य हुने एकीकृत माओवादीले बताउँदै आएको छ । यसैबीच राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच आज छलफल भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच चाँडोभन्दा चाँडो सहमति बन्नुपर्ने विषयमा छलफल भएको थियो ।
खाने सोडा दिइएको बिरामिहरुमा नखाने बिरामीहरुको तुलना मा मिर्गौलाले राम्रो काम गरेको निर्क्योल उक्त अध्ययन प्रतिबेदनले देखाएको छ ।
आफ्नो वर्गको लागि विभिन्न पेशागत माध्यमबाट नाम दिलाएको भन्दै समाजले झण्डै १ दर्जन व्यक्तित्वहरुलाई समेत प्रंशसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सभामा समाजका अध्यक्ष रामकाजी अवालेले प्रमुख अतिथि सभामुख नेम्वाङलाई प्रेमको चिनो हस्तान्तरण गर्नुभएको थियो । सभामुख नेम्वाङलाई बाजागाजाको धुनसहित कार्यक्रमस्थल लगिएको थियो भने सभामुखलाई पैदल यात्रामा हाकुपटासीले सजिएका महिलाहरुले फूलका गुच्छाले स्वागत गरेको थियो ।
शहर में जगह - जगह पोस्टर - पर्चों के जरिये किया मालिक - प्रशासन के झूठ का पर्दाफाश नई दिल्ली , 23 मई । 3 मई को मज़दूरों पर चली . . .
१९ ) . स्कूले जीवनमा तपाईको लक्ष्य राजनीति नै थियो या अरु केही ?
अक्टोबर ४ ( भुटान समाचार ) । खोलामा माछा मार्ने क्रममा एक जना भुटानी शरणार्थीको मृत्यु भएको छ । शनिबारका दिन भुटानी शरणार्थी शिविर बेलडाँगी १ , सेक्टर जी १ , छाप्रो नं . ७ का ४८ वर्षीय लाक बहादुर राईको चुलाचुली ८ , हाक्पार स्थित रतुवा खोलामा माछा मार्ने क्रममा रुखको हाँगाले लागेर उनको मृत्यु भएको हो । उनले खोलमा माछा मार्दै गर्दा अचानक रुखको हाँगा भाचिएर उनको टाउको बजारिएको थियो । उनको शव पोष्टमर्टका लागि लगिने प्रहरी जानकारी दिएको छ ।
समुद्र सतहदेखि ५५२ मिटर उचाईमा र हङकङ आइल्याण्डको सबैभन्दा अग्लो ठाउंमा अवस्थित पिक टावर १९ औं शताव्दीमा कार्गो पानी जहाजहरुलाई सिग्नल दिने कामको रुपमा प्रयोग गरिने गर्थ्यो । आज त्यही पिक टावर पर्यटकहरुको लागि आकर्षणको केन्द्र बिन्दु बन्न पुगेको छ । जहाँबाट हङकङ , काउलुन र त्यससंग जोडिएका समुद्र र डांडाकांडाहरुका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
संस्थापक अध्यक्ष फगामीलाई शुभकामना दिने क्रममा सल्लाहकार गो . मे . गमबहादुर बुदुजाले एक प्रसंगमा आधिकारिकरुपमा वेलायत जान मिल्नेहरु नगए ठूलो भूलहुने व्यक्त गरेका थिए भने सल्लाहकार रुपप्रसाद पुनले हङकङ आउनु भन्दा पहिले म्याग्दीमा रहदा उहाँले गरेका समाज सेवाहरु बारे प्रकाश पारेका थिए । यसै गरी , मोना अन्तर्राष्ट्रिय तदर्थ समितिका सदस्य तुल्मराज रामजालीले संस्थालाई दिनुभएको योगदान बारे चर्चा गर्दै भविष्यमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको थियो भने संस्थापक अध्यक्ष फगामीले मन्तव्यको क्रममा आयोजक तथा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै संस्थाको लागि यसरी नै होस्टेमा हैसे गर्दै अगाडि बढिरहनु हुनेछ भन्ने विश्वास गर्दै आफ्नो तर्फबाट सहयोग , सुझाव तथा सल्लाह भै रहने कुरा व्यक्त गर्नुभएको थियो । उक्त औपचारिक कार्यक्रमलाई समापन गर्दै का . वा . अध्यक्ष लोकेश वोगटीले संस्था र आफ्नो तर्फबाट सफलताको शुभकामना दिनुभएको थियो । मोना , हङकङका अध्यक्ष तथा उपाध्यक्ष दुवै अहिले आफ्नो निजी कामले नेपाल जानुभएको छ ।
दुखेँ घाउसितै खाटाहरु बल्झिए आज जिन्दगीका पाटाहरु बल्झिए
जङ्गली च्याउ खादा २ को मृत्यू / ३ विरामी - [ अन्य समाचार ]
के गर्छन् यी डटकमहरू ? एक हरफमा जवाफ हुन्छ , भनेका ठाउँमा सामग्री पुर्याइदिन्छन् । जस्तो ः घरमा बसेर रोजेका उपहार यी साइटहरूले भनिएको स्थान वा घरमा लगिदिन्छन् । अझ यी साइटहरूले तिहारलाई विचार गरेर पनि भिन्न प्रकारका उपहार प्याकेज तयार गरेका छन् ।
एनएमखबर समाचारदाता काठमाडौ ९ असार । एकीकृत नेकपा माओवादी नेताहरू केन्द्रीय समिति बैठकको तयारीमा लागेका छन् । भोलिदेखि बस्ने बैठकको तयारीका लागि नेताहरू समूहगत रुपमा आन्तरिक छलफल जुटेका छन् । माओवादी सचिव सीपी गजुरेलले पार्टीको आन्तरिक विवादका विषय मिलाउन आन्तरिक छलफल हुने बताउनुभयो । वैद्य पक्षका मानिनुहुने सचिव गजुरेलले स्थायी समितिको बैठक बस्ने तयारी पनि रहेको र आˆनो समूह सेना समायोजन , संविधान निर्माणका विषयमा छुट्टै प्रस्ताव लैजाने तयारीमा रहेको बताउनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आन्तरिक गृहकार्यमा लाग्नु भएको छ । प्रचण्डका स्वकिय सचिव शिव खकुरेलले अध्यक्ष पार्टीका नेताहरूसागको आन्तरिक छलफलमा रहनुभएको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड सबै पक्षलाई समेट्ने गरि प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा रहनुभएको छ । एकीकृत माओवादीभित्र तल्लो तहसम्म गुटगत विभाजन देखिएको छ ।
रोबोट निर्माणका लागि २० जना विद्यार्थी सहभागी भएका थिए ।
कर्पोरेट कुराकानी हाल २२ दशमलव १ मेगावाट विद्युत् ऊर्जा उत्पादन गरिरहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सन् २०२० सम्म पाँच सय मेगावाट उत्पादन लक्ष्यसहित विभिन्न परियोजना अगाडि बढाएको छ । प्रस्तुत छ , कम्पनीका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग गरिएको कुराकानी : हाम्रो ऊर्जा क्षेत्र किन अघि बढ्न नसकेको जस्तो लाग्छ ? ऊर्जा क्षेत्रमा विशेष गरेर जुन किसिमले प्लानिङ् हुनुपथ्र्यो , त्यो छैन । ऊर्जा सुरक्षाको योजना पनि छैन । पेट्रोलियम पदार्थको कुरा वाणिज्य तथा उद्योग मन्त्रालयहरूमार्फत भइरहेको छ । बिजुली पनि जल , ताप र आणविक हुनसक्छ । ऊर्जाको क्षेत्रमा नेपालमा पेट्रोलियमको खपत धेरै भएको छ । यही गतिमा जाने हो भने सन् २०१५ सम्ममा हाम्रो निर्यातको दुई सय प्रतिशत रकम पेट्रोलियम आयातमा खपत हुनेछ । यस्तो अवस्थामा हामीले ऊर्जाको दीर्घकालीन योजना तर्जुमा गरेनौँ भने समस्यामा पर्नेछौँ । पेट्रोलको खपतलाई विस्थापन गर्नका निम्ति के गर्ने भन्नेमा चनाखो हुनु जरुरी छ । त्यसका निम्ति जलविद्युत् प्रमुख विकल्प हो । तर , विडम्बना नै भन्नुपर्छ , हामीले जलस्रोतबाट सिंगो मागको दुई प्रतिशत पनि ऊर्जा लिएका छैनौँ । पेट्रोलियम पदार्थबाट एक प्रतिशत मात्रै योगदान पुगेको छ । ८० प्रतिशतभन्दा बढी ऊर्जा त हामीले परम्परागत स्रोतबाट लिएका छौँ । तर , एक प्रतिशत पेट्रोलियम ऊर्जाका निम्ति हामीले ६४ प्रतिशत खर्च गरेका छौँ र दुई प्रतिशत विद्युतीय ऊर्जाका निम्ति योजना तय गरेका छैनौँ । समस्या आपूर्तिमा हो कि व्यवस्थापनमा ? हाम्रो आपूर्ति र खपतको पद्धति नै उल्टो छ । जब माग बढ्दै जान्छ , तब आपूर्ति घट्दै जान्छ । जब माग घट्दै जान्छ , तब आपूर्ति बढ्दै जान्छ । हिउँदमा आपूर्तिर् घट्छ र माग बढ्छ । बेलुकी दुईदेखि तीन घन्टा मात्रै विद्युत्को ' पिक आवर ' हो । तर , राती र दिउँसो विद्युत् ऊर्जाको खपत उच्च रहँदैन । माग र वितरणको योजना हामीले तर्जुमा गर्नु जरुरी छ । आन्तरकि खपत र आपूर्तिको स्थिति मिलाउनुपर्ने अवस्था छ । दीर्घकालीन ऊर्जा संकट टार्नका निम्ति जलाशययुक्त विद्युत् उत्पादन प्रणाली चाहिन्छ । यस्तो प्रणाली करबि ४० प्रतिशत बराबरको चाहिन्छ । विद्युत् ऊर्जा उत्पादनमा हामी कहाँ चुक्यौँ त ? विसं ०४६ पछि सुरु भएको निजीकरणको यात्रामा स्कुल - कलेजजस्तो विद्युत्मा पनि निजी क्षेत्रले लगानी गर्छ भन्ने अपेक्षासहितको नीति - योजना बन्यो । तर , खिम्ती र भोटेकोसीमा जसरी लगानी आउँदैन । निजी बैँकहरू पनि ३० मेगावाटभन्दा बढीमा लगानी गर्न सक्ने अवस्थामा छैनन् । यसका निम्ति चाहिने ठूलो लगानीका निम्ति सरकारले नै तारतम्य मिलाउनुपथ्र्यो , जो हुन सकेन । दसौँ योजनामा ३ सय १५ मेगावाट उत्पादन गर्ने भन्ने थियो । त्यसमा निजी क्षेत्रले दुई सय मेगावाट र सरकारले सय मेगावाट उत्पादन गर्ने भन्ने थियो । तर , अन्तत : निजी क्षेत्रले १० मेगावाट पनि उत्पादन गरेन । यसमा त निजी क्षेत्र फेल नै भयो भन्दा पनि हुन्छ । चिलिमेले पनि महँगो मूल्यमा बिजुली बेचेको आरोप लाग्ने गरेको छ नि ? चिलिमेले बढी पैसा लिएको छैन । आज चिलिमेले ६ रुपियाँ ४७ पैसा लिएको छ । खिम्ती , भोटेकोसीको तुलना चिलिमेसँग गर्न मिल्दैन । यी दुवैको ८ देखि १० रुपियाँ प्रतियुनिट लगानी छ । तर , चिलिमले ५ देखि ६ अर्ब रुपियाँ कमाएको छ र यसको आधा पैसा सरकारलाई तिरेको छ अर्थात् ४९ प्रतिशत नाफा त जनतामै गएको छ । वास्तवमा चिलिमेबाट नेपालीले सस्तोमा बिजुली पाएका छन् । कसरी भोटेकोसी र खिम्तीजस्तै होइन भन्नुहुन्छ ? यो भोटेकोसी र खिम्तीजस्तो निजी कम्पनी होइन । यो पब्लिक कम्पनी हो । यसमा निजी लगानी छैन , सार्वजनिक लगानी छ । नेपालका लागि विद्युत ऊर्जा उत्पादनका लागि उत्तम मोडल कुनचाहिँ होला ? विदेशका निजी कम्पनीलाई लगानी गर्नका लागि आग्रह गरेर विश्वसनीयताको जोखिम मोल्नुभन्दा स्थानीयको लगानीबाटै परयिोजना निर्माण गर्नु उत्तम हुन्छ । अहिले बिमा संस्थान , नागरकि लगानी कोष , टेलिकम , सैनिक कोष आदिजस्ता संस्थाहरूले पनि यस्त्ाा परयिोजनाहरूमा लगानी गर्ने उत्सुकता देखाएका छन् । यी संस्थाहरूसँग कम्तीमा दुई खर्ब रुपियाँभन्दा बढी रहेको छ । यसलाई परचिालन गर्न सकेको खण्डमा हामीले ऊर्जा संकटको अवस्थाबाट सहजै उन्मुक्ति पाउन सक्छौँ । सेयर बजार उतारचढाव र कारोबार रकममा वृद्धि गत साता पनि नेपालको एक मात्र पुँजी बजार नेपाल स्टक एक्सचेन्ज - नेप्से ) का विभिन्न सूचकांकमा निकै उतारचढाव देखियो । साताको पहिलो दिन १९ असारमा ३ सय ३३ दशमलव २४ विन्दुमा रहेको समग्र परिसूचक नेप्से २१ असारमा एकै दिन ६ दशमलव ८५ विन्दुले बढ्दै ३ सय ४० दशमलव ८२ विन्दुमा आइपुग्यो । त्यसको भोलिपल्ट पनि बजारमा ३ दशमलव ६५ ले वृद्धि देखियो । तर , त्यो वृद्धि धेरै दिन टिक्न सकेन । साताको अन्तिम दिन २३ असारमा बजार फेरि ओरालो लाग्दै ३ सय ४० दशमलव ९६ मा बन्द भयो । करिब त्यस्तै अवस्था ' क ' वर्गका कम्पनीहरूको परिसूचक सेन्सेटिभ इन्डेक्सको पनि रह्यो । सेन्सेटिभ इन्डेक्स १९ असारमा ८१ दशमलव ३८ मा रहेकामा साताभर विभिन्न उतारचढावबीच अन्तिम दिन १ दशमलव १ अकंले घट्दै ८३ दशमलव ३२ मा आइपुग्यो । कारोबार रकमका हिसाबले भने गत साता उत्साहप्रद रह्यो । अन्तिम दिन केही कमी देखिए पनि क्रमश : १९ असारमा २ करोड ८२ लाख , २० असारमा ५ करोड ३१ लाख , २१ असारमा ५ करोड ७२ लाख र २२ असारमा ३ करोड ६३ लाख रुपियाँको कारोबार भयो । त्यसैगरी १९ असारमा एकैदिन ८ लाख ७७ हजार ३ सय २९ कित्ता सेयर किनबेच भए भने २२ असारमा सबैभन्दा बढी १ हजार १ सय ९४ कारोबार भए । बजारमा सूचीकृत कम्पनीको कुरा गर्दा युनिलिभरको सेयर सबैभन्दा बढी अस्थिर रह्यो । १९ असारमा ९६ अंकले बढेको उक्त कम्पनीको सेयर २० , २१ , २२ र २३ असारमा क्रमश : १ सय ९५ , १ सय १ , ९८ र ९५ ले घट्यो । नागरिक लगानी कोषको सेयर पनि २३ असारमा १ सय २३ विन्दुले घटेको थियो । सुनचाँदी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि र अमेरिकी डलर क्रमश : कमजोर हुँदै गएका कारण सुनको भाउ पनि निरन्तर उकालो लागिरहेको छ । १९ असारमा नेपाली बजारमा छापावाल सुन प्रतितोला ४१ हजार ५ सय रुपियाँ रहेकामा २१ असारमा ४१ हजार ६ सय , २२ असारमा ४२ हजार र २३ असारमा ४२ हजार ५ सय रुपियाँ कायम भयो । चाँदीको मूल्यमा पनि वृद्धि नै कायम रह्यो । १९ असारमा प्रतितोला ९ सय ८० रुपियाँ रहेको चाँदी २३ असारमा आइपुग्दा १ हजार २५ रुपियाँमा कारोबार भयो । मूल्य लगातार बढ्दै गएपछि नेपालको सुनचाँदी बजारमा अपेक्षाविपरीत थप सुस्त बन्दै गएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । गत वर्षको तुलनामा यस वर्ष असार महिनामा सुनचाँदीको बजार करिब २५ प्रतिशतले खस्केको शाक्यको दाबी छ । शाक्य भन्छन् , " नयाँ सुन किन्ने भन्दा पनि पुरानोबाटै नयाँ गहना बनाउने क्रम बढेको छ । " अर्थ / बजार बोस्टनमा प्रभु मनी ट्रान्सफर विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको प्रभु मनी ट्रान्सफरले अमेरिकाको बोस्टनबाट पनि सेवा सुरु गरेको छ । प्रभु ग्रुप मनी ट्रान्सफरले यसअघि न्युयोर्क राज्यका विभिन्न स्थानमा आफ्नै कार्यालय खोली रेमिट्यान्स कारोबार गर्दै आएको थियो । अमेरिकाकै शैक्षिक केन्द्रका रूपमा चिनिने म्यासाचुसेट्स राज्यको बोस्टनमा हजारौँ नेपाली बसोबास गर्छन् । त्यहाँ मनी ट्रान्सफर सुविधा उपलब्ध भएपछि नेपालीसहितका आप्रवासीहरूले सरल र सहज सेवा प्राप्त गर्ने कम्पनीको विश्वास छ । चेरीको सोरुम कलंकीमा चेरी गाडीहरूको अधिकृत बिक्रेता बामा मोटर्स प्रालिले काठमाडौँको कलंकीमा सोरुम खोलेको छ । सोरुममा चेरीका टिग्गो , ए - वान तथा क्यु - क्यु ३ गाडीहरू उपलब्ध रहने कम्पनीले जनाएको छ । विश्वका ८२ भन्दा बढी देशहरूमा बिक्री हुँदै आएका चेरी गाडीका सर्भिसका लागि राजधानीको बालाजुमा सुविधासम्पन्न वर्कसपको व्यवस्था गरी उल्लेख्य परमिाणमा स्पेयर पाटर््सको पनि व्यवस्था गरेको छ । खेमराजलाई दस लाखको बम्पर इटहरीका खेमराज घिमिरेले एचएच बजाजले नयाँ वर्ष ०६८ को उपलक्ष्यमा सञ्चालन गरेको ' जे मन लाग्यो त्यही ' उपहार योजनाको बम्पर उपहार जितेका छन् । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारकि वितरक एचएच बजाजले लक्की ड्रद्वारा पुरस्कार घोषणा गरेको हो । बिजेताले १० लाख रुपियाँ बराबरका सामसुङ्का कुनै पनि उत्पादनहरू लिन सक्नेछन् । २१ चैत ०६७ देखि ३१ जेठ ०६८ सम्म बजाज मोटरसाइकल खरदि गर्ने सात हजार खरदिकर्तामध्येबाट लक्की ड्र गरी विजेताको घोषणा गरिएको कम्पनीले जनाएको छ । धादिङमा सिभिल बैँक सिभिल बैँक लिमिटेडले धादिङको धादिङबेसीमा शाखा विस्तार गरेको छ । कृषि उब्जनीका लागि कहलिएको धादिङ क्षेत्रमा कृषिमा आधुनिकीकरण र जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यका साथ धादिङ शाखा स्थापना गरिएको बैँकले जनाएको छ । बैँकले ज्येष्ठ नागरकिलाई लक्षित गरी सिभिल बैँक आमाबुबा मुद्धती खाता र सबै ग्राहकका लागि अग्रीम त्रैमासिक ब्याज भुक्तानी गर्ने ' सिभिल बैँक बोनान्जा मुद्धती खाता ' सुरु गरेको छ । सेयर निष्कासन सम्झौता नेपाल राष्ट्र बैँकबाट ' ख ' वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको विकास बैँक इन्टरनेसनल डेभलपमेन्ट बैँकले १९ करोड २० लाख रुपियाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । बैँकले सेयर निष्कासन गर्न नागरकि लगानी कोष र एनसीएम मर्चेन्ट बैँकिङ् लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । ०६७ चैत मसान्तसम्म १४ वटा शाखा सञ्चालनमा रहेको यस बैँकले ३ अर्ब ८१ करोड निक्षेप संकलन गरी ३ अर्ब ३६ करोड रुपियाँ कर्जा लगानी गरेको छ । छाला जुत्तामा उपाध्याय नेपाल छाला जुत्ता तथा वस्तु उत्पादन संघको हालै सम्पन्न १०औँ साधारणसभाले होमनाथ उपाध्यायलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अध्यक्ष उपाध्यायका अतिरक्त अन्य नौ सदस्यीय कार्यसमिति पनि निर्विरोध निर्वाचित भएको छ ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएका बेला ईश्वरवल्लभको सम्पादनमा ' प्रज्ञा ' त्रैमासिक प्रकाशित हुन्थ्यो । साथै यिनले दार्जीलिङ बस्तै तेस्रो आयामको ' फूलपातपत्कर ' पनि सम्पादन गरेका थिए । साथै तेस्रो आयामका तर्फबाट इन्द्रबहादुर राई , वैरागी काइँला ईश्वरवल्लभहरूले ' तेस्रो आयाम ' नाउँको पत्रिका पनि चलाए । साथै ईश्वरवल्लभले ' नेपाली चलचित्र निर्माण ' नामक कृतिको पनि सम्पादन गरे ।
वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन एमाले दौडधुपमा - [ मुख्य समाचार ]
संसदीय प्रजातान्त्रिक व्यवस्थालाई दलको आधारभूत सिद्धान्त स्वीकार गरेको नेपाली कांग्रेस लगायत नेपालका प्रजातान्त्रिक राजनीतिक दलहरूले किन अध्यक्षात्मक शासन प्रणालीप्रति झुकाव देखाउँदैछन् भन्ने प्रश्न उठेको छ । संविधान निर्माताको अगाडि सरकारको स्थायित्वको प्रश्न उठ्नु अस्वाभाविक मानिँदैन । स्थायी सरकारको लागि कार्यकारिणी शक्ति जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा रहनुपर्छ भन्ने र जनताप्रति उत्तरदायी कार्यकारिणी रहनुपर्छ भन्ने दुई विपरीत अवधारणामध्ये कुनचाहिँ उपयुक्त हुन्छ , यही छुट्याउन सक्नु संविधानसभामा रहेका दलहरूको बुद्धिमत्ताको परिचायक हुन्छ । राजनीतिक सौदाबाजीले मुलुकको भविष्य बिग्रन्छ भन्नेतर्फ राजनेताहरू बढी चिन्तित छन् भन्न सकिने उदाहरण प्रस्तुत हुनसकेको छैन । भारतीय संविधान निर्माताको अगाडि पनि आजभन्दा करिब ६० वर्ष पहिले यही प्रश्न खडा भएको थियो । तर डा . भिराव अम्बेडकरले बढो सुझबुझका साथ उत्तरदायी कार्यपालिकाले नै स्थायित्व दिन्छ भन्ने निष्कर्ष निकालेका थिए । यसको अतिरिक्त भारतीय संविधानसभामा जवाहरलाल नेहरुले अझ स्पस्ट शब्दमा भने , ' हामी चाहन्छौं , वास्तविक शक्ति मन्त्रीमण्डल र संसदमा होस् नकि राष्ट्रपतिमा , राष्ट्रपति महत्त्वपूर्ण र सेरेमुनियलमात्र होस । ' जुन कुरा भारतीय संविधानसभामा सर्वसम्मत निर्णय भयो , तर हाम्रो संविधानसभामा सुझबुझ भएका राजनीतिज्ञको अभावका कारणले हो वा बढी सुझबुझ भएका सदस्यहरू भएका कारणले हो , अनिश्चित भविष्यतर्फ मुलुकलाई डोर्याउने खेल भइरहेको जस्तो लाग्छ ।
आरी भन्छन् - हाम्रो सहकार्यमा सहयोग गर्न हामीले हाम्रा सरकारलाई दबाब दिन सक्नुपर्छ । '
हिरालाल श्रेष्ठ , बिराज शर्मा समयको अविरल प्रर्वाहसँगै तितामिठा अनुभवहरु बटुल्दै सुटुक्क गुज्रिएको एउटा कालखण्डको सम्झना एवम् नौलो परिवेश , नयाँ जोस , जाँगर र ऊर्जासहित उदाउदै गरेको अर्को कालखण्डको शुभता र नविनताको आशा गर्दै नयाँवर्ष मनाउने गरिन्छ । यसैअनुरुप , सुनौलो प्रभातसहित हामीहरुमाझ उदय भएको नव वर्ष २०६६ सालको अवसरमा एकआपसमा भेटघाट गर्ने , शुभकामना आदानप्रदान गर्ने उद्देश्यले एक कार्यक्रमको आयोजना गर्न लागिएको छ ।
पञ्चायत कालमा सीडीओ , अञ्चलाधीशलाई कुनै व्यक्ति मन परेन भने व्यवस्था र राजा विरोधीको अभियोग लगाएर कारबाही गर्थे । अर्थात् , राजा र व्यवस्थाको नाममा मन्डलेको राज थियो । अहिले लोकतन्त्रका नाममा नेता र उनका अपराधी कार्यकर्ताले शासन गरिरहेका छन्् । अर्थात् देशमा कानुन व्यवस्था छैन र भए पनि त्यो बाहुबलीको चाकडीमा व्यस्त छ ।
यसरी माडी , जगपुर , मेघौली , पटिहानीलगायत गाउँका महिला बढी पीडित बनेका छन् । दुईवर्षको सङ्घर्षपछि श्रीमान् फेलापार्न सफल अनिता चेपाङको नेतृत्वमा महिलाहरूले निकुञ्ज सेना पीडित महिला सङ्घर्ष समिति गठन गरेका छन् । पीडित महिलाहरूको समस्यासँग जुध्नका लागि एकता आवश्यक भएकाले सङ्घर्ष समिति बनाएर श्रीमान्को खोजी सुरु गरिएको चेपाङले बताइन् ।
Download XML • Download text