nep-20
nep-20
View options
Tags:
Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.
कार्यक्रममा धिंका अध्यक्ष याम तमु , सल्लाहकारहरु ओमप्रकाश तमु , दिनेश तमु , ओम तमु , ईश्वर तमु र ल्होसार कार्यक्रम संयोजक तथा उपाध्यक्ष हर्क तमुले गायक कृष्ण तमुलाइ खादा र मायाको चिनो प्रदान गरी शुभयात्राको कामना गर्दै बिदाई गर्नुभएको थियो । त्यसैगरि नेपाल जापान साँस्कृतिक प्रतिष्ठानको निमन्त्रणामा जापान आउनु भएकी गायिका तुलसी तमुलाइ पनि सोही कार्यक्रममा तमु धिं ले खादा लगाई नगद रु . १० , ००० सहित सम्मान गरेको छ । यसरी बिदाई कार्यक्रममा धिंका सम्पूर्ण सदस्य तथा उपस्थित सम्पूर्ण महानुभावहरुले पनि गायक कृष्ण तमुलाई खादा लगाई बिदाई गर्नु भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुको लागी गायक कृष्ण तमुले लोक भाकाका सांगीतिक कोसेलीहरु प्रस्तुत गर्नुभएको थियो भने उहांलाई प्रतिष्ठानका कलाकारहरू रामकृष्णबम मल्ल , अमर तमु , ऋषि पौडेल र गायिका तुलसी तमुले साथ दिनुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव कुमार तमुले गर्नुभएको थियो ।
यसअघि बिहीबार बिहान नेपाल - भारत उद्योग वाणिज्य संघ - निक्की ) का पदाधिकारीले नेपालमा भारतीय लगानीको अवस्था र युनाइटेड टेलिकम - युटिएल ) को बक्यौता रोयल्टीबारे कृष्णालाई अवगत गराएका थिए । उक्त भेटघाटबारे सञ्चारमाध्यमलाई संक्षिप्त जानकारी दिएका भारतीय विदेश मन्त्रालयका प्रवक्ता विष्णु प्रकाशले भारतीय लगानीका लागि उपयुक्त वातावरणबारे छलफल भएको बताएका थिए ।
लगनाशिल र अनुशासित भएर हिंड्नु , बाधा र अफ्ठेरोहरुमा संघर्ष गर्न सधैं ! सफलताको चौथो पाईला टेक्यौ आज , कैयौं अनगिन्ती पाईला टेक्नुछ अझै ! !
बुबा कालो हुनुहन्थ्यो , तर आमा दूधजस्तै गोरी । तर , मेरा लागि कालो - गोरोको कुनै अर्थ थिएन । मेरो दिमागमा एउटै कुरा थियो - मेरा बुबा कतै हराएका छन् । आमाबाट सुनेका कथाले म बुबालाई खोज्न सक्दिनथेँ । र , बुबाले हामीलाई किन छाड्नुभएको थियो , त्यो पनि मलाई राम्ररी बताइएको थिएन । स दिन म न्युयोर्कको आफ्नो सानो अपार्टमेन्टमा बसिरहेको थिएँ । कोठाको भुइँ भिरालो थियो । केही महिनाअघि मात्र म २१ वर्ष पुगेको थिएँ । एउटा अपरिचित फोन आयो । फोन राम्ररी सुनिइरहेको थिएन । कसैले व्यग्र स्वरमा केही भनिरहेजस्तो लाग्थ्यो । ' बेरी ? बेरी , तिमी हौ ? म तिम्री काकी जेन , नैरोबीबाट । के तिमी मलाई सुनिरहेका छौ ? सुन बेरी , कार दुर्घटनामा परेर तिम्रा बुबाको मृत्यु भयो । ' मैले यति मात्र सुन्न भ्याएँ , लाइन काटियो । म सोफामा थचक्क बसेँ । भान्साबाट पmाई अन्डाको बास्ना आइरहेको थियो । मेरो कोठाको भित्ता चर्किएको थियो । मलाई त्यस दिन पर्खाल झन् चर्किएजस्तो लाग्यो । मैले केवल बुबालाई सम्झिएँ । र , आआफैलाई प्रश्न गरेँ - ' मैले के गुमाएँ ? ' अन्तिम अवस्थामा बुबा मेरा लागि ' मिथ ' जस्तो हुनुहुन्थ्यो । १९६३ उहाँले मेरी आमा र मलाई हवाईमा छोड्नुभएको थियो । त्यतिबेला म दुई वर्षको थिएँ । त्यसपछि उहाँ मेरो स्मृतिमा मामाघरको हजुरबुबा हजुरआमा र आमाले सुनाउने कथामा मात्र जीवित हुनुहुन्थ्यो । ती कथा पनि कहिलेकाहीँ मात्र दराजमा थन्काएका तस्बिरजस्तै खोज्दा मात्र सुन्न पाइन्थ्यो । क्रिस्मस गिफ्ट खोज्दा प्रायः बुबाका ब्ल्याक एन्ड ह्वाइट तस्बिर भेटिन्थे । म कुराहरू सम्भिmने उमेरको हुँदा , आमाको अर्का सम्बन्ध सुरु भइसकेको थियो । मेरी आमा आफ्ना प्रेमीलाई दोस्रो श्रीमान् बनाउने तयारीमा हुनुहुन्थ्यो । यसैले बुबाको तस्बिरले भित्तामा नभई दराजमा स्थान पाएको हो भन्ने मैले बुझेको थिएँ । बुबा फोटो हेर्दा म प्रायः आफूमा उहाँको छवि खोज्ने गर्थें । मेरा बुबा अपिmकन लुयो जातिको हुनुहुन्थ्यो । लेक भिक्टोरिया किनारमा उहाँको जन्म भएको थियो । बचपनमा मेरा बाको काम थियो - बाख्रा चराउने । बेलायती उपनिवेशले खोलेको एक स्थानीय स्कुलमा उहाँ पढ्नुहुन्थ्यो । बुबाको पढाइ राम्रो थियो । त्यसै कारण नैरोबीमा पढ्न छात्रवृत्ति पाउनुभयो । त्यसपछि अमेरिकी विश्वविद्यालयमा पढ्नुभयो । २३ वर्षको उमेरमा सन् १९५९ मा उहाँ हवाई विश्वविद्यालयमा आउनुभयो । त्यस विश्वविद्यालयको पहिलो अपिmकी विद्यार्थी उहाँ नै हुनुहुन्थ्यो । स्नातकमा उहाँ प्रथम श्रेणीमा कक्षा प्रथम हनुहुन्थ्यो । रसियन भाषाको कक्षामा बुबाको १८ वर्षकी सुन्दर तर लजालु अमेरिकी युवतीसँग भेट भयो । दुईबीच प्रेम बस्यो । केटीका बाबुआमा पहिले अलि चिन्तित थिए । तर , पछि केटाको बौद्धिकता र आकर्षण देखेर उनीहरू प्रभावित भए । उनीहरूको बिहे भयो र म जन्मिएँ । हवार्ड विश्वविद्यालयमा पिएचडी छात्रवृत्ति पाए पनि उहाँसँग परिवार साथै लाने पैसा थिएन । उहाँ अपिmका नै फर्किनुभयो । र , यहीँबाट मेरो आप \ mनो परिवारको ' एल्बम ' का पाना खाली छन् । बुबा कालो हुनुहन्थ्यो , तर आमा दूधजस्तै गोरी । तर , मेरा लागि कालो - गोरोको कुनै अर्थ थिएन । मेरो दिमागमा एउटै कुरा थियो - मेरा बुबा कतै हराएका छन् । आमाबाट सुनेका कथाले म बुबालाई खोज्न सक्दिनथेँ । र , बुबाले हामीलाई किन छाड्नुभएको थियो , त्यो पनि मलाई राम्ररी बताइएको थिएन । मेरो बुबा - आमाको बिहे सन् १९६० मा भएको थियो । काला र गोराको बिहेलाई त्यसबेलाको आधी अमेरिकामा अपराधै मानिन्थ्यो । मेरा काले बाले गोरी आमालाई प्रेम गरेको थाहा पाएका भए , बालाई रूखमा झुन्डयाइने सम्भावना हुन्थ्यो । यदि मेरी आमाको गर्भमा एउटा कालो पुरुषको बच्चा छ भन्ने थाहा भएको भए , मानिसले उहाँसँग यस्तो व्यवहार गर्ने थिए , कि आमासँग गर्भपतनबाहेक कुनै विकल्प हुने थिएन । ६ देखि १० वर्षको भइन्जेल म आमासँग इन्डोनेसिया बसेँ । उहाँ दोस्रो श्रीमान्सँग इन्डोनेसियामा बस्न थाल्नुभएको थियो । त्यसपछि अध्ययनका लागि म हवाई आएँ । हवाईमा पहिलो दिन म विद्यालयको कक्षा छिरेको मात्र के थिएँ , विद्यार्थीहरूले चर्का स्वरमा बाँदरको जस्तै आवाजमा हुटिङ गरे । एउटा विद्यार्थीले मुखै फोरेर सोध्यो - ' के तिम्रा बुबाले मान्छे खानुहुन्छ ? ' म दस वर्षको हुदा एकपटक बुबा क्रिस्मसमा अमेरिका आउनुभएको थियो । एक सातासम्म बुबालाई प्रत्यक्ष्ा देखे पनि मलाई उहाँको मेरो मनमा रहेको पुरानै छवि बढी प्यारो लाग्यो । यसमा म मन लागेअनुसार परिवर्तन गर्न सक्थेँ । आमाजस्तै बुबाले पनि पुनः बिहे गर्नुभएको थियो । अर्की आमापट्टकि पाँच छोरा र एक छोरी केन्यामा छन् । बुबा र म सँगै भएको जम्मा एउटा तस्बिर मात्र मसँग छ । त्यस फोटामा क्रिस्मस रूखअगाडि बुबाले मलाई सुन्तला रङको बास्केटबल उपहार दिनुभएको छ । दोस्रो श्रीमान् लोलोलाई छोडेपछि आमा हवाई आउनुभयो । म हजुरआमाको घर छोडेर आमासँगै बस्न थाले । मभित्र द्वन्द्व चलिरहेको थियो । म अमेरिकी साम्राज्यमा आफूलाई एउटा कालो जातिको मानिसका रूपमा स्थापित गर्न चाहन्थेँ । तर , मेरा वरपरका कसैले यो कुरा बुभ \ mन सकेका थिएनन् । ' तिम्रो साथी लागूपर्दाथ राखेको आरोपमा पक्राउ परेका छन् । तिम्रो ग्रेड पनि खस्किरहेको छ । कलेज खोज्न तिमीले निवेदन किन दिएनौ ? ' आमा लगातार यस्ता प्रश्न गर्नुहुन्थ्यो । तर , म आमाले चिन्ता गरेजस्तै बदमास थिइनँ । मैले राम्रो ग्रेड ल्याएर नै पास गरेँ , लस एन्जलस विश्वविद्यालयको अक्सिडेन्टल कलेजमा भर्ना भएँ । त्यसपछि मैले हवार्ड विश्वविद्यालयको ल कलेजमा पढेँ । त्यसपछि मात्र आमाले बिस्तारै बुबासँग छुट्टनिुको कारण बताउन थाल्नुभयो । एकदिन आमाले भन्नुभयो - ' तिम्रो बुबाले हामीलाई छाड्नुमा उनको कुनै गल्ती छैन । मैले नै उनलाई डिभोर्स दिएँ । हाम्रो बिहे हँदा नै तिम्रा हजुरबुबा र हजुरआमा खुसी हुनुहुन्नथ्यो । उहाँहरू कालो परिवारमा गोरी बुहारी चाहनुहुन्नथ्यो । पछि मात्र उहाँहरू सकारात्मक हुनुभयो । ' तिम्रा हजुरबुबा हुसेनले तिम्रो बुबालाई केन्याबाट लामो चिढी पठाउनुभयो । त्यसमा लेखिएको थियो - ' म यो बिहे स्विकार्दिनँ । गोरी महिलाको रगतबाट ओवामा परिवारलाई घृणित बनाउन चाहँदिनँ । ' अनि , आमाले मलाई आप \ mनो प्रेमका बारेमा पनि केही बताउनुभयो । ' डेटिङमा तिम्रा बुबा सधैं ढिलो आउँथे । पहिलो डेटिङमै उनी एक घन्टा ढिलो थिए । त्यस दिन असाध्यै राम्रो थियो । उनले मलाई लाइबे्ररीको गेटमा एक बजे आइपुग्न भनेका थिए । तर , कुर्दाकुर्दै म त बेन्चमै निदाएछु । एक घन्टापछि बल्ल उनी आए त्यो पनि साथीभाइसँग गफ गर्दै । ' तिमीहरूले देख्यौ केटा हो , मैले तिमीहरूलाई भनेको थिएँ नि , उनी सुशील केटी हुन् र उनले मलाई कुर्छिन् , ' ढिलो आएकामा क्षमा माग्नुको सट्टा उनी यस्तो भनिरहेका थिए ।
प्रचण्डले जेठ १३ गते दलहरुसँगको वार्ताकोबीचमा कार्यकर्ता सामू गइ भनेका थिए , " रगतसँग साटिएका बन्दूकहरु सजिलै थन्क्याइने छ , बुझाइने भन्ने कुरा तपाईहरुलाई लागेको छ भने त्यो सत्य हुने छैन । "
नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरीले घटनालाई उच्च प्राथमिकताका साथ छानबिन भइरहेको जानकारी दिनुभयो । उहाँले घटनाका पीडित भनिएका पक्षबाट उजुरी नपरेको पनि बताउनु भयो ।
प्रधानमन्त्री खनालले समायोजनको ढाँचा , मापदण्ड , संख्या , समायोजनमा जानेको दर्जा र पुनःस्थापनामा जानेका लागि समायोजन प्याकेज निर्माणमा सहमति हुनुपर्ने आवश्यकता रहेको पनि बताए । ' पटक - पटकका छलफलबाट यी विषयका असहमति पनि साँघुरिंदै गएका छन् ' , प्रधानमन्त्री खनालले भने , ' पाँच बुँदे सहमति कार्यान्वयनका लागि २ / २ जना रहने गरी कार्यदल पनि बनाइएको छ । '
उनले नयाँ व्यवस्थामा व्यक्तिगत श्रम स्वीकृति लिनेले सबै बुझाउनुपर्ने भएकाले यसमा
इन्सेकले जुलुस प्रदर्शनस्थलमा आफ्ना कार्यकर्ता तथा रिलेकका स्वयंसेवीहरू मार्फत् नियमित पर्यवेक्षण गर्दै आइरहेको छ ।
जिल्लाकै पुरानो सहकारीको रुपमा चिनिएको धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई विश्वासका आधारमा यो सेवा दिने गरेको संस्थाले जनाएको छ ।
उपनिर्वाचनमा मतदान गर्न नागरिकताको प्रमाणपत्रलाई आधार बनाउन विगतमा सहभागी राजनीतिक दलको आग्रह बमोजिम नै निर्णय गरिएकाले फेरी नागरिकताको प्रमाणपत्रका सम्बन्धमा शङ्का नगर्न प्रमुख निर्वाचन आयुक्त पोखरेलले आग्रह गर्नुभयो ।
नष्ट हुने चेला एउटै मात्र थियो । उसको नाउँ थियो यहूदा इस्करयोति । यूहन्ना १७ : १२ मा उसलाई " विनाशको पुत्र " भनिएको छ ( अर्थात् ऊ पूरै नष्ट हुने मान्छे हो जो अग्निकुण्डमा नष्ट हुनेछ ) । तर यो नबिर्सौं , यहूदा इस्करयोतिले आफ्नो मुक्ति कहिल्यै गुमाएका होइन किनभने यहूदाले कहिल्यै मुक्ति पाएको थिएन । आफूसित नभएको कुरा गुमाउन सकिन्न ! यूहन्ना १३ : १० - ११ले अध्ययनमा हामीले सिकेका थियौं कि यहूदा नै त्यो एकलो चेला थियो जो अशुद्ध थियो र अमुक्त थियो ( उसले मुक्तिको स्नान कहिल्यै पाएको थिएन ) ।
म्याराथन ४ हजार ५ सय ५० मिटर उचाइको अन्नपूर्ण बेसक्याम्पबाट १ हजार ७ सय ७० मिटरको पोखरासँगैको धम्पुसमा पुगेर सकिनेछ । म्याराथनको दूरी ओलम्पिक मापदण्डअनुसार ४२ दशमलव एक सय ९५ किलोमिटर हुनेछ । म्याराथनमा नेपालबाट अहिलेसम्म ओलम्पिक खेलाडीहरू राजेन्द्र भण्डारी , विमला रानामगर , कृष्ण बस्नेतलगायत १३ महिला र ३३ पुरुषतर्फका अन्तर्राष्ट्रिय खेलाडीले भाग लिने निश्चित भइसकेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत चैत १४ गते व्यारेकमा एक सैनिक जवानलाई मेजर अरुणबहादुर िसंह र पवन बर्राकोटीले कुटपिट गरि मारेको आरोपमा केहि सैनिक जवानहरुले दुबै मेजरलाई हातपात गरेको सैनिक श्रोतले जनाएको थियो ।
घटनामा एकाघरका पक्षघात पीडित ५० वर्षीय खेसरबहादुर मगर , उनकी पत्नी बोल्न नसक्ने ४० वर्षीया हर्कमाया मगर , छोरीहरू १० वर्षीया रन्जु मगर र ५ वर्षीया पे्रमी मगरको हत्या भएको थियो । राईले उनीहरू सुतिरहेका बेला घरमा प्रवेश गरेर खेसरबहादुरको ११ महिनाको छोरा बाहेक पाँच जनामाथि धारिलो हतियार प्रहार गरेका थिए ।
गृहमन्त्री सिटौलाले सरकारले सुरक्षासम्बन्धी चुनौती अहिले व्यापकरुपमा सामना गर्नुपरेको स्वीकार्दै समग्र देशको शान्तिसुरक्षा सुदृढ गर्नका लागि प्रहरीको सङ्ख्या थप गर्नुपर्ने बताउनुभयो ।
जिन्दगीको यात्रामा घुम्दा घुम्दै धेरै घुम्तीहरु घुमिएछ घुमाउरा घुम्तीहरुमा रम्दा रम्दै अन्जान मै धेरैसग झुमिएछ । यात्राको थकाईमा अराम गर्न कतै चौतारी अनि विसउनी मिलेछ ती ठाउँलाई वाढी पहिरोले बगाउदा घायल मुटु झनै जलेछ । जिन्दगी नै यात्रा भनि धेरैले परिभाषित गरे पछि नदी होइन स - साना खोला पनि यात्रामा नतरे पछि यात्राको अर्थ नै के रह्यो र कतै निश्चित विन्दु नै नरहे पछि काँढा र पातको के महत्व हुन्छ फूल सबै ओइलेर झरे पछि मलम् लगाउन किन प - यो हृदय छिया छिया भई चिरिए पछि । जीवन फुल्छ नै भन्ने अब के भरोसा रह्यो र ? पाईलै पिच्छे ठेस लाग्ने यात्रा सफल होला भन्ने आश नै के रह्यो र ? तै पनि अल्मलिएर जीवन अझै यात्रा गरिराछ भौतारिएको बटुवा झै निरन्तर गइराछ , गइराछ ।
एस , हङकङ / एचकेनेपाल डट कम , जनवरी २५ - संखुवासभा समाज हङकङको पांचौ अधिवेशन आइतवार जोर्डनस्थित कंगन रेष्टुरेण्टमा सम्पन्न भयो ।
' कुनै पनि सहरलाई महानगर भन्न न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ , तर हामी त्यसै महानगरबासी भएका छौं , ' सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर प्रमोद कर्माचार्य भन्छन् , ' मेट्रो भनेको रेलसहितको सुविधासम्पन्न सहर हो हामीले रेल त टाढाको कुरा , सार्वजनिक यातायातको सुविधा पनि राम्ररी दिन सकेका छैनौं । '
५ . श्री गुरु अर्जन देव जी ६ . श्री गुरु हरिगोबिंद जी
विकि - शब्दकोष ( एक मुक्त शब्दकोष एवं समानांतर कोष ) विकिताबें ( मुफ़्त क़िताबें और उपयोगी सामग्री ) विकिक्वोट ( विभिन्न सुभाषितों का संकलन ) विकिस्रोत ( मुक्त स्त्रोत सामग्री ) कॉमंस ( विकिमीडिया प्रकल्प का मीडिया फ़ाइल भंडार ) विकिसमाचार ( मुक्त समाचार )
दाई धेरै खुसी लाग्यो लाली गुरास देखेर . अरु पनी राम्रा राम्रा फोटो हरु राख्नु है
परासी , . / नवलपरासीको पहाडी सडक खण्ड अन्तर्गत पर्न अरुणखोलादेखि पाल्पाको झिरुवास जोड्ने कृषि मार्गको निर्माण पुरा भएको छ । यस अघि अरुणखोलाको बाहुनीकुनाबाट वीरुखर्कसम्म २८ किलो मिटर कृषि मोटरबाटो सञ्चालनमा आइसकेको थियो । यसैको पछिल्लो क्रम स्वरुपमा अरुणखोलाबाट पाल्पाको झिरुवास जोडिने कृषि मोटरबाट निर्माण पुरा भएको हो । जपडांपाका ३५ घर स्थानीय बासिन्दाले ५ लाख नगद लगानी र श्रमदानमा सो मोटरबाटो खनेको जपडांडा कृषि मोटरबाटो उपभोक्ता समितिले जनाएको छ । स्थानीय बासिन्दाले ३६ दिन लगाएर ५ किलोमिटर कृषि बाटो खनेका थिए । यस अघि नवलपरासीको महेशपुर नाका हुंदै सुनवलदेखि पाल्पा जोड्न पहाही कृषि मार्ग सञ्चालनमा आइसकेको थियो । नवलपरासीमा यति बेला पाल्पा जोड्ने पहाडी कृषि मार्गहरु निर्माण कार्यहरु धमाधम अगाडि बढेको छ । वीरुखर्कबाट हुप्सेकोटको जपडांडासम्म पांचकिलो मिटर बोटरबाटो निर्माण पछि सो मोटरबाटो पाल्पाको झिरुवाससम्म जोडिएको हो । … Read entire article »
20 / 11 / 2010 10 : 51 : 08 युवा पत्रकार अभिषेक आढ़ा गुरुवार रात को झोटवाड़ा में खिरनी फाटक के पास सड़क दुर्घटना में घायल हो गए । उन्हें इलाज के लिए सवाई मानसिंह अस्पताल में भर्ती कराया गया है । आढ़ा अभी ईटीवी में कार्यरत हैं । इससे पहले वे दैनिक भास्कर में कार्यरत थे । आढ़ा के घायल होने की खबर सुनते ही राजस्थान पत्रकार परिषद के अध्यक्ष एल . एल . शर्मा , कार्यकारिणी सदस्य रोहित सोनी ने अस्पताल जाकर आढा के स्वास्थ्य की जानकारी ली । राजस्थान पत्रकार परिषद आढ़ा के शीघ्र स्वस्थ होने की कामना करती है ।
चन्द्रयान का मुख्य नियंत्रण यान से विच्छेद : २० अप्रैल १९७२ को १८ : ०७ : ३१ बजे चन्द्रयान का मुख्य नियंत्रण यान से पुनः जुड़ना : २४ अप्रैल १९७२ को ०३ : ३५ : १८ बजे
यस्तो बेला इष्टमित्र र गोर्खालीहरुका केही संघसंस्थाहरुले पनि वयोवृद्ध भूपू गोर्खाहरुलाई सघाउने गरेका छन् ।
लोकेश याक्थुङ्बा तल पर्यो काली खोला , माथि पर्यो तारे भिर दुई पट्टिको जोखिमले , मलाइ पार्नु पार्यो पिर पोहोर साल पहिरो गयो , यसपाली बाढि औला सबैको मुहार खुशी देख्छु , मेरो कहिले छाउला यता पर्यो गहिरी घाट , उत्ता हिमचुलिको शिर दुई पट्टिको जोखिमले , मलाइ पार्नु पार्यो पिर बर्षायाम खोला उर्ली आउँदा , माया बग्ने डर यस्तै पिर ब्यथा बोकि , बाच्नु कसरी जीवन भर तल पर्यो काली खोला , माथि पर्यो तारे भिर दुई पट्टिको जोखिमले , मलाइ पार्नु पार्यो पिर फाकुम्बा - १ , ताप्लेजुङ् हाल - मलेशिया
गोविंदचंद्र के पश्चात उसका बेटा विजयचंद्र शासक हुआ । विजयचंद्र वैष्णव था । इसने अपने राज्य में कई विष्णु - मंदिरों को निर्मित कराया । मथुरा में श्रीकृष्ण जन्मस्थान पर सं0 1207 ( 1150 ई ॰ ) में विजयचंद्र ने एक भव्य मंदिर को निर्मित कराया था । [ 1 ] संभवत : उस समय विजयचंद्र युवराज था और अपने पिता की ओर से मथुरा प्रदेश का शासक नियुक्त था । अभिलेख में राजा का नाम ' विजयपालदेव ' है । ' पृथ्वीराजरासो ' में भी विजयचंद्र का नाम ' विजयपाल ' ही मिलता है । रासो के अनुसार विजयपाल ने कटक के सोमवंशी राजा और दिल्ली , पाटन , कर्नाटक आदि राज्यों से युद्ध किया और विजयी हुआ । [ 2 ] इसने अपनी जीवनकाल में ही अपने पुत्र जयचंद्र को राजकाज सौंप दिया था ।
काठमाडौँ / आगामी भदौ १० गतेभित्र एमाओवादी सेनाको समायोजन तथा पुनःस्थापना गर्ने निर्णय भएको छ । प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा एमाओवादी सेनाका लडाकुको समायोजन रेखदेख र पुनःस्थापनासम्बन्धी सचिवालयमा आज अपराह्न सम्पन्न विशेष समितिले उक्त निर्णय गरेको हो । एमाओवादी सेना समायोजनसम्बन्धी कार्य आगामी असार १४ गतेदेखि थालिने छ । विशेषसमितिका सदस्य जयप्रकाशप्रसाद गुप्ताका अनुसार पुनःस्थापना हुन चाहने तथा स्वैच्छिक अवकाश लिने लडाकुको वर्गीकरणलगायत सम्पूर्ण काम उक्त अवधिमा सकिने छ । आगामी भदौ १० गतेभित्र कन्टेनरमा रहेका हतियार पनि सरकारलाई हस्तान्तरण गरिसक्ने निर्णय भएको नेता गुप्ताले जानकारी दिनुभयो । समायोजनको प्रारुप तथा पदनिर्धारणबारे भने निर्णय भइनसकेको जानकारी िदंदै उहाँले बिहीबार बस्ने बैठकमा त्यसबारे विस्तृत छलफल हुने बताउनुभयो ।
काठमाडौं , १२ असार । पाँच बुंदे सहमति कार्यान्वयन गर्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज बिहान परार्मश भएको छ । कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलको निवास बालाजु बोहोराटारमा आज बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल तथा पौडेलबीच भेटवार्ता भएको हो । भेटवार्ता पांच बुँदे सहमति कार्यान्वयन र बजेटका विषयमा केन्द्रीत थियो । कांग्रेस संसदीय दलका नेता पौडेलले भने तीन दलबीचको सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने बताउनुभयो । माओवादीका विभिन्न तह तप्काका नेताहरुबाट आइरहेको अभिव्यक्तिले शान्ति प्रकि्रयालाई अप्ठ्यारोमा पार्ने चिन्ता बढेको पौडेलले बताउनुभयो । पौडेलले सहमति विपरीत सरकारले नयाँ बजेटको तयारी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । प्रमुख तीन दलबीच पांच बुदे सहमति भएको झण्डै एक महिना भइसकेपनि सहमति कार्यान्वयनमा दलहरु उदासिन देखिएका छन् । भदौ १४ भित्रै शान्ति र संविधान पूरा गर्ने अठोट लिएपनि शान्तिप्रकि्या र संविधान लेखनमा दलहरुले प्रतिबद्धता गरे अनुसार प्रगति हुन सकेको छैन ।
लौरा धेरै भाँचे ज्यान्मा केरकार गर्दा पनि घिसि्रएर उठ्न घुंडा धसें खोर भित्र
स्रोतका अनुसार , आफू महानिरीक्षक हुँदा राणाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पहिलो किस्तामा पाँच करोड रुपियाँ बुझाएका रहेछन् । लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनले छ करोड बुझाएछन् ।
भेंट के दौरान श्री गहलोत ने पेट्रोलियम मंत्री श्री रेड्डी को बताया कि राज्य के मरूस्थलीय प्रधान पश्चिमी भू - भाग में पेट्रोल एवं गैस के विशाल भण्डार मिले है । केयर्न इण्डिया द्वारा पूर्व में 3 . 6 बिलियन बैरल्स अर्थात 480 मिलियन टन खनिज तेल के भण्डार का अनुमान लगाया गया था , लेकिन नवीनतम आकलन के अनुसार बाड़मेर - सांचोर बेसिन में 6 . 5 बिलियन बैरल्स यानि 900 मिलियन टन खनिज तेल के भण्डार मौजूद है । उन्होंने बताया कि बाड़मेर जिले में प्रधानमंत्री की उपस्थिति में वर्ष 2009 में खनिज तेल का वाणिज्यिक उत्पादन प्रारम्भ हुआ था । वर्तमान में यहां 1 लाख 25 हजार बैरल प्रतिदिन कच्चे तेल का उत्पादन हो रहा है , जो शीघ्र ही बढ़कर 1 लाख 50 हजार बैरल प्रतिदिन हो जायेगा ।
जे भयेपनि मलाई त पतक्कै मन परेनहै यो के चलन अयो त बा खालि नाईतो देखाउने भयेनभयेको के के धशेर यि फेशन सो गर्नेहरुले त समाजलाईनै खत्तम पार्यो के गर्नेहो ?
' को - को छन् घरमा ? , ' म देश , पेशा र भ्रमणका कुरा भनिसिध्याएर उनको व्यक्तिगत कुरा खोतल्न थाल्छु । ' कोही छैन । ' ' हँ ? ' उनी फेरि चुप लाग्छिन् । ' भन्न मन नलागे ठिक छ । ' ' होइन , तिमीलाई भन्छु , तिमी मलाई भलाद्मी लाग्यो । ' ' थ्यांक गड , तिमीले मेरो कदर त गर्यौ । ' उनी फेरि दुई गालामा खोबिल्टा पार्छिन् । ' मेरो घर स्पेन हो . . . , ' उनी चोर औंलाको लामो नङले विस्तारै अगाडिको सिट कोतर्दै सुरु हुन्छिन् । * * * एडिनबर्ग - स्कटल्यान्डको राजधानी । बोलीचालीमा सबै ' एडिनबरा ' भन्थे । म प्रजयको घरलाई स्टेसन बनाएर स्कटल्यान्ड चहार्दै थिएँ । एडिनबरा पुराना दरबारहरूको निम्ति प्रख्यात छ । युरोपेली सभ्यता हेर्ने भए यहाँ आउनैपर्छ । ' दरबार जाने बाटो कता होला ? , ' बसबाट झर्नेबित्तिकै मैले त्यहाँ उभिरहेका एक प्रहरीलाई सोधेँ । ' कमअन आई विल सो यु , ' ऊ मलाई बाटो देखाउँदै हिँड्न थाल्यो । उसको केही काम थिएन वा यहाँका मान्छेहरू यस्तै हुन्छन् ? उसले मलाई तीन / चार सय मिटर परको एउटा व्यस्त चोकमा पुर्यायो । सडकपारी पार्क थियो । पार्कपारी कञ्चन नदी । ऊ दाहिने हातको चोर औंलाले नदीपारी औंल्याउँदै थियो । मेरा आँखा त्यहीँ टाँसिएझैं भए । दरबारमात्र होइन , नदीपारी पूरै सहरको ढाँचा भिन्नै थियो । उस्ताउस्तै रङ र शैलीका महलहरू । एकमाथि अर्को खप्टिएका । तासका पत्ता एकमाथि अर्को राखेर पूरा सहर बसाएजस्तो । काठमाडौंको कीर्तिपुर बसपार्कबाट माथि बजारतिर हेर्दा जस्तो देखिन्छ , त्यस्तै । म ती प्रहरीलाई ' धन्यवाद ' भन्दै अघि बढेँ । पुल तरेपछि प्राचीन दरबार क्षेत्र सुरु हुँदोरहेछ । त्यहाँका अधिकांश भागमा सवारी निषेध छ । पैदल हिँड्नुपर्ने । बाटोभरि ढुंगा छापिएको , हाम्रो हनुमानढोका दरबार क्षेत्रजस्तो । हरेक घर , हरेक चोक र हरेक मूर्तिलाई सतर्कतासाथ रेखदेख गरिएको । पाइलैपिच्छे राजा - महाराजाका मूर्तिहरू । धेरै त मैले चिन्दै चिनिनँ । एउटा मूर्तिका पात्र भने टाढैबाटे चिनेँ - अर्थशात्रका पिता एडम स्मिथ । दरबारको अवस्थिति संसारभर उस्तै हुँदोरहेछ । अग्लो डाँडोको टुप्पोमा बनेको । चारैतिर किल्ला । एडिनबरा सहर टाढाटाढासम्म देखिने । अनि भर्खरै युद्ध छेडिएलाजस्तो गरी चारैतिर तोप तेर्स्याएर राखिएका । पहिले तोप पड्कँदा यहाँ आगोका ज्वाला चम्कन्थे , अहिले पर्यटकका क्यामराका फ्ल्यास चम्कन्छन् । * * *
खेल्नै पर्ने खेल रै ' छ यो जिन्दगी , हारै हार किन न होस् , हिड्नै पर्ने यात्र रै ' छ यो जिन्दगी , धारै धार किन नहोस् ।
स्याङ्जा , ६ कात्तिक । स्याङ्जाको पिडीखोला गाविसको डुडे बजारबाट गल्याङतर्फ आउँदै गरेको ग१ज २०८० नंको जिप पिडीखोला गाविस - २ सोता भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी पिडीखोला - ४ झिरुवासकी ७० वर्षीया कुन्तीसरा सिँजालीको ज्यान गएको हो । दुर्घटनामा पिडीखोलामा कार्यरत प्रहरी जवान ओमप्रकाश निशाद पेलाकोटका वर्ष ४० का टीकाराम भण्डारी निवुवाखर्क - ७ का ३० वर्षीय जिप चालक श्याम न्यौपाने पेलाकोट - ७ का १९ वर्षीय दिनेश सापकोटाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । दुर्घटनामा परी सामान्य घाइते हुनेहरुमा पेलाकोटकी गोमती दुबे सोही ठाउँकै श्याम दुबे जगत्रादेवि - ८ का वर्ष २८ का तारा पाण्डे पिडीखोलाका वर्ष २५ का प्रेममणि गुरुङ पिडीखोला - २ का ५२ वर्षका धनबहादुर र पेलाकोटका वर्ष ३२ का कला पोख्रेल रहेका छन् । घटनामा गम्भीर घाइते प्रहरी जवानको पोखरामा उपचार भइरहेको छ भने अन्य तीनजनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइतेहरुको गल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । हिजो साँझ पिडीखोलाको सोता भन्ने ठाउँमा जिप ग्रामीण सडकबाट एकसय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दिनेश जी , नेपाली जन - जीवन को वास्तविकता , यथार्थ परक परिबेश , पिडा र जलन लाई प्रतक्ष सम्बोधन गर्नु भयको छ । तपाईं को गजल को व्याख्या गर्ने शब्द छैन म सँग । तपाईं को गजल नपढेको नि धेरै समय भयको थियो । निक्कै तिखारियको पाय । साहित्यिक यात्रा को सफलता को कामना । अनि , अलोक जी , मलाई त सपनिमा बर्बाराउने रोग अझै सम्म लागेको छैन । तपाईं बर्बाराउनु को कारण मलाई थाहा छ । तर पब्लिक लाई भन्न त भयन नि । हा . . . हा . . . हा . . .
देश व्यक्तिको निजी सम्पदा र आर्जन होइन , जनताको रगत - पसिनाको सृष्टि हो । त्यसैले देशको शासन र राज्य संचालनको काम राजा - महाराजाका हुकुमबाट होइन , जनताको सहमति र अभिमत प्राप्त जनप्रतिनिधिबाट मात्र हुन सक्छ भन्ने जनताको सर्वोपरिताको यो उद्घोष नेपाली काँग्रेसले २००६ सालमा क्रान्तिको घोषणा पत्रमा उल्लेख गरेर जनक्रान्तिको आहृवान गरेको हो । संविधानका वास्तविक लेखक जनता मात्र हुन् र राज्य संचालनको सम्पर्ूण्ा अधिकार जनताका प्रतिनिधिको हो भन्ने नेपाली काँग्रेसको पहिलो जनघोषणा यस्तो थियो ः
हिमालय फ्लेवरमा बुक रिडिंग कार्यक्रम - [ विदेशमा नेपाली गतिविधि ]
देवघर : श्रावणी मेले में स्वास्थ्य सेवाओं के सफल संचालन के लिए स्वास्थ्य मेला कोषांग प्रभारी सह एसीएमओ डा दीपक कुमार सिन्हा की अध्यक्षता में एसीएमओ कार्यालय में महत्वपूर्ण बैठक हुई .
News update : संविधानसभा बैठक ११ बजे बस्ने भनिए पनि प्राविधिक कारणले अपरान्ह ३ बजे सारिएको छ । संबिधानसभाको पहिलो बैठकबाट २ सय ४० वर्षीय शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपालको औपचारिक घोषणा गरिने छ । अपडेट , अपरान्ह ४ : ३५ - ३ बजे बस्ने भनिएको बैठक साढे ४ बजि सक्दा पनि बस्न सकेको छैन । संबैधानिक राष्ट्रपति र दरवारसम्बन्धी विषयहरुमा तीन दलहरुबीच सहमति हुन नसकेको बताइन्छ । तर , देशका विभिन्न भागहरुमा गणतन्त्र नेपालको पक्षमा खुसीयाली जुलुसहरु निस्किरहको खबर प्राप्त भएको छ । नागरिकहरु बाहिरबाट दवाब सृजना गर्ने खवरदारी दिने कामहरु भैरहेका छन् । अपडेट , अपरान्ह ४ : ४५ - कान्तिपुर टेलिभिजनका अनुसार बैठक साँझ ६ बजे सारिएको छ । अपडेट , अपरान्ह ५ : ४५ - अब केही बेरमा संबिधानसभाको पहिलो बैठक हुने भएको छ । बालुवाटारमा तीन दलबीच सहमति कायम भएपछि अनेक शंकाहरुबाट पार पाउंदै संबिधानसभाको बैठक हुने निश्चित भएको छ । अपडेट , साँझ ६ : २० - अमिक शेरचनले राष्ट्रपतीय प्रणाली लागु हुने जानकारी पत्रकारहरुलाई भर्खरै दिनुभयो । सभाकक्षमा बैठक बस्ने तयारी । नेकपा एमालेका महासचिव झलनाथ खनालबाट जेठ १५ गते अर्थात आज नै गणतन्त्रको घोषणा गरिने जानकारी । सहमति अनुसार राष्ट्रपति सेनाको परमाधिपति हुने । संकटकालको घोषणालाई मन्त्रीपरिषदले अस्वीकार गर्न सकिने प्रवाधान । अपडेट , साँझ ६ : ३० - राष्ट्रपति को बन्ने निर्णय भै नसकेको तर राष्ट्रपतिय प्रणाली हुने जानकारी रामचन्द्र पौडेलबाट । प्रचण्ड सभास्थलमा उपस्थित भै सक्नु भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आइसक्नु भएको छैन । उहाँ आउनु भएपछि राजतन्त्रको औपचारिक अन्त्य र गणतन्त्रको घोषणा गरिने छ । नारायणीहिटी राजदरवारलाई राष्ट्रिय संग्रहालयको रुपमा रुपान्तरण गरिने छ भने राजालाई १५ दिनभित्र दरवार छोड्न भनिने छ । तोकिएको दिनभित्र दरवार नछाडिएमा बल प्रयोग गरिने । अपडेट , राति ७ : ०० - नयाँ वाणेश्वरस्थित सभास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नारा जुलुश गरिरहेका प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीद्वारा आश्रु ग्याँस प्रहार । विहान ११ बजे बस्ने भनिएको बैठक सात बजिसक्दा पनि नबसेको भन्दै आक्रोशित भीड निषेधित क्षेत्र सम्मेलन केन्द्र पुगेका थिए । अपडेट , राति ७ : १५ - प्रधानमन्त्री कोइराला भर्खरै सभास्थलमा आइपुग्नु भएको छ । उहाँ अस्वस्थ्य भै उभिन नसक्ने कारणले सेनाद्वारा दिइने राष्ट्रिय धुनको सलामी ग्रहण गरिएन । उहाँका साथ नीजि चिकित्सक डा . अर्जुन कार्की पनि साथै छन् । अपडेट , राति ७ : ३० - रत्नपार्कमा बम विस्फोटन भएको हल्ला फैलिए पनि त्यस्तो मानवीय क्षति नभएको बताइन्छ । सर्वसाधारणमा आतंक फैलाउन राजावादीले त्यस्तो षडयन्त्र रचेको हुन सक्ने अनुमान । विस्फोटनमा एक महिला सामान्य घाइते । ठूलै घटना नभै सामान्य सकेट बम या पटका पट्केको हुन सक्ने । अपडेट , राति ८ : ०० - प्रधानमन्त्री कोइराला सभास्थल आइपुग्नु भएपनि आसन ग्रहण भएको छैन । सभाकक्षमा उहाँको प्रतीक्षा भै रहेको छ । भित्र बैठकको लागि कार्य सूचि बन्दै गरेको । फेरी , बम विस्फोटनको खबर । सभास्थल बाहिर सर्वसाधारणको भीडमा दुइवटा बम बिस्फोटन । कस्तो खालको बम विस्फोटन भएको हो र मानवीय क्षति भएका छन् वा छैनन् भन्ने जानकारी प्राप्त भएको छैन । घटनामा प्रहरी एसएसपी घाइते भएको खबर । अपडेट , राति ८ : २० - सभास्थल बाहिर बम पड्काएर आतंक फैल्याउने दुई जना प्रहरीद्वारा पक्राउ । पक्राउ परेको मध्ये एकजनाको नाम फणिन्द्र थापा । पक्राउ परेकाहरुलाई सर्वसाधारणद्वारा कुटपिट प्रयास । प्रहरीद्वारा सुरक्षा प्रदान । पाइप बम विस्फोट गराउनेलाई वाइसीएल ललितपुर इन्चार्ज ' नारायण ' ले पक्राउ गरी प्रहरीलाई बुझाइएको खबर । अपडेट , राति ८ : ५५ - सभासदहरुलाई कार्यसूचि वितरण गरिदै । केही बेरमा राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र कार्यान्वयनको औपचारिक घोषणा गरिने । अपडेट , राति ९ : २० - घण्टी बजाएर बैठक सुरु भएको संकेत । जेष्ठ सदस्य केबी गुरुङद्वारा बैठकको सुरु भएको औपचारिक घोषणा । उहाँ बैठकको अध्यक्षसमेत हुनुहुन्छ । ज्ञात अज्ञात शहीदप्रति २ मि . मौन धारण । प्रधानमन्त्री कोइरालाद्वारा सम्बोधन । ' राष्ट्रको सपना पूरा भएको दिन , मेरो सपना पूरा भएको दिन , भन्दै खुसी व्यक्त । प्रम कोइराला अस्वस्थ्य कारण उहाँको लिखित मन्तव्य रामचन्द्र पौडेलद्वारा वाचन गरिदै । अपडेट , राति ९ : ३५ - भारतीय लोकसभा अध्यक्ष सोमनाथ चटर्जीको लिखित पत्र वाचन गर्दै । अपडेट , राति ९ : ४५ - गृहान्त्री कृष्णप्रसाद सिटौलाद्वारा गणतन्त्र घोषणाको ५ बूंदे प्रस्ताव पेश गर्दै । अपडेट , राति ९ : ५० - हृदयेश त्रिपाठीद्वारा शाव्दिक त्रुटिमा आपत्ति जनाउंदै संघीय शव्द राख्नु पर्ने सुझाव । गणतन्त्रको प्रस्तावमाथि मतविभाजनको क्रम जारी . . । अपडेट , राति १० : ०० - गणतन्त्रको पक्षमा अध्यक्षको आसनबाट दायाँ र गणतन्त्रको विपक्षमा देव्रे तर्फ जाने अध्यक्षद्वारा आग्रह । तर , अहिलेसम्म सम्पूर्ण सभासदहरु गणतन्त्रको पक्षको लबी दायाँतर्फ गएका छन् । अर्थात अहिलेसम्म गणतन्त्रको विपक्षमा कोही गएका देखिएको छैन । सभासदहरुले त्यहाँ राखिएको नामावलीमा दस्तखस्त गरी मतदान गर्ने प्रक्रिया जारी । गणतन्त्रको पक्ष र विपक्षमा दस्तखस्त गरी मतदान गर्नु पर्ने हुनाले केही समय लाग्न सक्नेछ । अपडेट , राति १० : ४५ - मतदान सकिएको छ र दस्तखस्त सूचि संकलन गरिदैछ । अपडेट , राति १० : ४८ - अहिले मत गणना हु्दैछ । अपडेट , राति ११ : ०५ - अध्यक्ष गुरुङद्वारा सभासदहरुलाई मत सच्याउन ३ मिनेट प्रदान । अपडेट , राति ११ : १५ - राप्रपाका चन्द्रबहादुर गुरुङद्वारा फरक मत । राजतन्त्रको पक्षमा पहिलो आवाज । उनले लामो मन्तव्य पढ्न थालेपछि अन्य सभासदहरुद्वारा आपत्ति । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्वारा संघीयताको विपक्षमा अभिव्यक्ति प्रकट । अपडेट , राति ११ : १५ - मतदानको घोषणा । मतदाताको कुल संख्याः ५६४ , प्रस्तावको पक्षमा ५६० र विपक्षमा मात्र ४ मत । अपडेट , राति ११ : २० - गणतन्त्रको प्रस्ताव अत्यधिक मतले पारित । सदाका लागि राजतन्त्रको अन्त्य । लोकतान्त्रिक गणतन्त्र कार्यान्यवनको घोषणा । ज्ञानेन्द्रलाई नारायणहिटी दरवार १५ दिनभित्र छोड्न र सभाद्वारा नारायणहिटी राष्ट्रियकरण गर्दै सुरक्षा प्रदान गर्न सरकारलाई आदेश ।
आइपीएस अफसरों में डा . भीमराव अम्बेडकर पुलिस अकादमी के निदेशक उदयन परमार , रुल्स एण्ड मैनुअल विभाग के महानिदेशक डीपी सिन्हा तथा अभियोजन महकमे के महानिदेशक एनएन चक , पुलिस आवास निगम में अतिरिक्त पुलिस महानिदेशक रमेश सहगल तथा केन्द्रीय प्रतिनियुक्ति पर सीआईएसएफ में तैनात एडीजी डा . कश्मीर सिंह गुरुवार को सेवानिवृत्त होंगे ।
गुवाहाटी ( विनय पत्रिका ब्यूरौ ) । असम की राजधानी गुवाहाटी में विप्र फाउण्डेशन के तत्वावधान में सम्पन्न हुए ब्राह्मणों के विशाल एवं द्वितीय विप्र महाकुंभ - 2010 में राजस्थान के बीकानेर से संचालित हिन्दी न्यूज पोर्टल वेबसाइट ' छोटीकाशी डॉट कॉम ' के निदेशक संजय जोशी को सम्मानित किया गया है । विदित रहे कि श्री जोशी राजस्थान की राजधानी जयपुर से [ . . . ] [ . . . more ]
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अहिलेको मूल्यमा परिवर्तन नआए निगमले अब मासिक झण्डै रु दुई करोड नाफा कमाउने छ ।
' सास अवरोध हुनेहरूले यो मेसिन उपयोग गरेपछि तिनको रक्तचाप सामान्य हुन्छ , मुटुको चाल सामान्य हुन्छ , निद्रा मजाले लाग्न थाल्छ , ' डा . चोखानी भन्छन् , ' यसपछि रोगीहरू आफूलाई युवा र इनर्जेटिक अनुभव गर्छन् , सास रोकिनाले हुने समस्याबाट जोगिन
यसबीच , सात दल समर्थक आठ विद्यार्थी संगठनहरु पनि चर्को रुपमा निर्वाचनविरोधी आन्दोलनमा लागिरहेका छन् । क्याम्पस खुल्दा विद्यार्थी आन्दोलन अझ चर्कनसक्ने भएकोले अकस्मात् सूचना जारी गरी सरकारले विदा लम्ब्याउन लगाएको हुनसक्ने अनुमान गरिएको छ ।
छुट्टा छुट्टै घटनामा बर्दियामा २ बालकको मृत्यु , डुबानको क्रम सुरु - [ मोफसल ]
माओदीद्वारा अघि सारिएको ४० बुँदे मागपत्रको खासै वास्ता नगर्दै प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रम पीभी नरसिंह रावको निमन्त्रणामा २०५२ माघ २८ देखि फागुन ५ सम्मको औपचारिक सद्भावना भ्रमणका निम्ति भारत प्रस्थान गरे । भ्रमण अवधिमा दुवै देशका प्रधानमन्त्रीहरूले सुदूरपश्चिम नेपालको महाकाली नदीको एकीकृत विकासलाई लिएर एक महत्त्वपूर्ण सन्धिमा हस्ताक्षर गरे । सुदूरपश्चिम क्षेत्रका भएकाले पनि यस सन्धिमा हस्ताक्षर गर्नु देउवाका निम्ति भोट ब्याङ्क मजबुत गर्न महत्त्वपूर्ण थियो । तर , उनी काठमाडौँ र्फकनुअघि नै माओवादीले जनयुद्ध सुरु गरिसकेका थिए । फागुन १ गते नाङ्गा खुट्टाका छापामारहरूले आधा दर्जन ठाउँहरूमा सिलसिलाबद्ध आक्रमण गर्दै सरकारलाई चकित तुल्याइदिए । यी हमला उनीहरूले दिएको म्याद सकिन चार दिनअघि नै गरिएको थियो । गोरखाको एउटा ब्याङ्क लुटिएको थियो भने रोल्पा र रुकुममा प्रहरी चौकीहरूको खानतलासी लिइएको थियो । रोल्पा र रुकुमका अतिरिक्त पश्चिमको गोरखा र जाजरकोट तथा पूर्वको सिन्धुलीजस्ता पहाडी जिल्लाहरूमा सशस्त्र आन्दोलन सुरु भएको थियो ।
तत्काल कार्यान्वयन गर्नुपनेर् भनिएको सुझावमा जिल्लाबाट राहदानी वितरण नभइन्जेल केन्द्रीय राहदानी कार्यालयमा हाल रहेका फारम बुझ्ने र राहदानी वितरण गनेर् १२ वटा काउन्टरलाई बढाएर २४ वटा बनाउनुपर्ने उल्लेख छ । काउन्टर थप्दा हालकै संख्यामा कर्मचारी पनि थप गर्नुपर्ने प्रतिवेदनमा जनाइएको छ ।
' जितसँगै शीर्ष आठमा स्थान पक्का भयो , ' आरसीटीका प्रशिक्षक मधु कार्कीले भने , ' लिगको उद्देश्य पूरा भयो । राम्रो खेलाडी ल्याएर राष्ट्रिय लिगमा दाबेदारी पेस गर्नेछौं । ' मोहमद नाभेदको प्रहारमा गोलकिपर सोरेसको ठीक अघि बाउन्स भई अस्वाभाविक रूपमा उचाइ लिएको बललाई योना इलिसले हेडद्वारा पोस्टको दिशा दिंदै सरस्वतीका लागि २५ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरु संग कुरा गर्दै उहाँले राष्ट्रिय सहमती कायम गरी संयुक्त सरकार निर्माणका लागी मार्ग प्रशस्त गर्छु भनेर पाँच बुँदे सहमतीमा सहि गरेपछि प्रधानमन्त्री खनालले त्यसको अपब्याख्या गरेर बसिरहन नमिल्ने जिकिर गर्नुभएको हो ।
कार्यक्रममा विशेष गरी नयाँ बन्ने संविधानमा काङ्ग्रेसले उठाउनुपर्ने विषयवस्तु , सङ्घीय संरचनाको खाका र पार्टी सुदृढीकरणका विषयमा पनि छलफल भएको जानकारी कार्यक्रम संयोजक एवं सभासद् नवराज गुरुङले दिनुभयो ।
स्थायी समिति सदस्य पोखरेलले शान्ति र संविधानको कार्यभार पूरा गर्न नेताहरूसँग छुट्टै छलफल भइरहेको बताउनुभयो । अन्तरसङ्घर्षलाई व्यवस्थित गर्न नेताहरूका बीचमा सहमति हुनु अनिवार्य रहेको बताउँदै उहाँले भन्नुभयो - ' कुनै पनि नेतालाई हस्ताक्षर , मतदान वा कुनै बहानामा निषेध गरेर अगाडि बढे सहमति जुटाउन सकिँदैन । ' अध्यक्ष पार्टीको मुख्य नेता भएकाले उहाँले सबैलाई चित्त बुझाएर सहमतिमा अगाडि बढ्नुपर्ने भएकाले एकताका लागि सबैतिरबाट प्रयास हुनुपर्ने प्रतिक्रिया पोखरेलले दिनुभयो ।
बीकानेर । मेयर भवानी शंकर शर्मा और जिला कलक्टर डॉ . पृथ्वी राज ने मंगलवार को सुबह शहर के विभिन्न क्षेत्रों में चल रहे विकास कार्यों का मौके पर जाकर जायजा लिया व कार्यों को निर्धारित समय अवधि में व गुणवतापूर्ण करने के निर्देश कार्यकारी ऐजेन्सियों को दिये । जैसलमेर मार्ग पर निर्माणाधीन रेलवे ओवर ब्रिज को 31 मई तक पूरा करने तथा कार्य की प्रगति के बारे में प्रतिदिन सांय सात बजे रिपोर्ट प्रस्तुत करने के निर्देश दिये । डॉ . पृथ्वी व महापौर शर्मा ने अतिरिक्त जिला कलक्टर ( नगर ) राजेन्द्र मिश्रा , नगर विकास न्यास के सचिव अशोक यादव सहित विद्युत , पेयजल अभियन्ताओं के साथ शहर में विकास कार्यो का जायजा लिया । उन्होंने मुख्यमंत्री बजट घोषणा - 2011 - 12 में बीकानेर शहर में जनसुविधाओं के मध्यनजर होने वाले कार्यों का मौके पर जाकर स्थानों को चिन्हित करते हुए संबंधित अधिकारियों को कार्य योजना बनाने के निर्देश दिये । गजनेर रोड़ आर . ओ . बी . के निर्माण कार्य का जायजा लेते हुए उन्होंने इस कार्य को 31 मई तक पूरा करने के निर्देश दिये ।
त्यसो त महिलाहरुको विचारलाई महत्व दिइने अमेरिकाको न्यूयोर्क शहरमा डोयलाई पनि प्रेमिकाको इच्छा मार्नु थिएन । त्यसैले उनी पनि राजी भए । जेनिफरले यसपछि आफ्नो विवाह समारोहलाई यादगार बनाउन एउटा ट्वाइलेट पेपर उत्पादक कम्पनीलाई प्रायोजन गर्न लगाइन् र उनको बिहेको गाउन बन्यो , ट्वाइलेट पेपरबाटै ।
मिति २०६७ साल माघ २८ गते तदनुसार ११ फेब्रवरी २०११ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) कुवैत च्याप्टरले बृहद रुपमा साहित्य गोष्टी सम्पन्न गर्यो । अभि जमान स्मृति ट्रस्टको प्रायोजन तथा अनेसास कुवैत च्याप्टरको आयोजनामा सम्पन्न उक्त गोष्टीमा कुवैतका लागि नेपाली महामहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्रीमधुवन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अभि जमान स्मृति ट्रस्टका संचालक , अनेसास कुवैत च्याप्टरका संरक्षक , स्पन्दन मासिक साहित्यिक बुलेटेनका सम्पादक वरिष्ट साहित्यकार कवि होम क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त साहित्य गोष्टीको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष श्रीराजन रिमाल अभिलाषी ज्युले गर्नुभएको थियो । जेष्ट्य अतिथिका रूपमा भारतमा नेपाली राजनीतिका महानायक श्रीचन्द्रबहादुर क्षेत्री हुनुहुन्थ्यो ।
कलाकारखाना गरी बन्द शिक्षालाई पारी मन्द ब्यावसायमा हाली दुर्गन्द देशको अर्थतन्त्रलाई ध्वस्त पार्नुछ धनीलाई गरीब , गरीबलाई झन गरीबको रेखामुनि झार्नु छ किनभने ध्वस्त हो मेरो बिजय ध्वस्त हो मेरो आशय भोकोलाई भोकै राखेर नाङ्गोलाई नाङ्गै पारेर सात साल देखी अहिले सम्म ध्वस्त नै हो मेरो जीत ध्वस्त हो मेरो प्रीत ।
पहिलो काठमाडौ प्रस्थान , त्यो पनि गाडीको हुटमा बसेर । मंसिरको महिना , चुल्ठी परेर बहेको हावा पौंठेजोरी खेल्न आउँछ हामीसँग । हुटमा हाम्रो गाउँका अरू पनि छन् बसेका , प्रायः सबै पाका , परिपक्क भएका भएर हुन सक्छ आ - आफ्नो शरीरको सुरक्षाका खातिर कानेटोपी , सुइटर , मजेत्रो र कम्मल नामका सुरक्षागार्ड तयारी ( more … )
मनोज अधिकारी , पोखरा , असार १६ - प्रहरीले झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्था ठगी काण्डको अनुसन्धानका लागि जिल्ला मालपोत कार्यालय कास्कीका ७ कर्मचारीलाई बिहीबार नियन्त्रणमा लिएको छ । कागजात किर्ते गरी बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिममा पार्ने सन्तोष पौडेलसँग मिलेमतो रहेको आशंकामा प्रहरीले उनीहरुलाई मालपोत कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिउतरको लागी - म सँग त्यस्तो लययात्मक शैली त छैन । तर तपाईको लेखाईको शैली मलाई मनपर्छ । लेख्न नछाडनु होला , आफु भित्र लुकेका प्रतिभा हरुलाई - फस्टाउन दिनु होला ।
- श्रीविक्रम नहुनु मामाभन्दा कानै मामा ठीक ' काग कराउँदै छ , पिना सुक्दै छ ' भन्ने आख्यानलाई खेलकुदमा उतार्दै आएको सरकारको घैैंटोमा बल्ल घाम लागेको छ । ढिलै भए पनि छोरैको रूपमा राष्ट्रिय खेलकुद नीति २०६७ लाई र्सार्वजनिक गरेको छ । ' खेलकुद नीति ' बेगर अस्तव्यस्त बन्दै गएको खेलकुदलाई समेट्न राष्ट्रिय खेलकुद नीतिको आवश्यकता उहिल्यै देखिए पनि सरकारले निभाएको गैरजिम्मेवारी भूमिकाले गर्दा यत्रो समय लागेको हो । लामो समयको अन्तरालपछि मन्त्रिपरिषद्बाट पारित भएर युवा तथा खेलकुद मन्त्रालयले हालै र्सार्वजनिक गरेको खेलकुद नीति आफैंमा अपुरोजस्तो देखिए पनि ' नहुनु मामाभन्दा कानै मामा ' जस्तो भने पक्कै भएको छ । हिजो खेलकुदमा खेलकुद नीतिले केही हदसम्म अङ्कुरन लगाउन सफल भएको छ । राष्ट्रिय खेलकुद नीति २०६७ लाई विभिन्न आठवटा शीर्षकमा समेटिएको छ । जसमा प्रस्तावना दीर्घकालीन सोच र लक्ष्य , उद्देश्य , नीतिहरू , प्रमुख कार्यनीतिहरू , संस्थागत व्यवस्था र प्रक्रियागत सुधार र अनुगमन र मूल्याङ्कन र नीति संशोधन रहेका छन् । नेपालको खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास तथा विस्तार गर्न खेलकुदको साङ्गठनिक ढाँचामा समयसापेक्ष सुधार गर्न , सरकारी गैरसरकारी एवम् निजी क्षेत्रका खेलकुद संस्थाबीच समन्वय , सहकार्य एवम् साझेदारीको वातावरण सिर्जना गरी खेलकुदलाई जनजीवनको अभिन्न अङ्ग बनाउन , शारीरिक , मानसिक , बौद्धिक र नैतिक क्षमतायुक्त मानव संसाधनको विकास गरी खेलकुदलाई रोजगारी मुलुक व्यवसायको रूपमा स्थापित गर्न , अनुशासित र मर्यादित समाज बनाउन तथा खेलकुद कार्यक्रमलाई स्थानीय तहदेखि नै सञ्चालन गरी ' सबैका लागि खेलकुद ' भन्ने अभियानलाई साकार पार्न वाञ्छनीय भएको ठहर गर्दै गत साता राष्ट्रिय खेलकुद नीति जारी गरेकोे थियो । उक्त नीतिमा दर्ीघकालीन सोच र लक्ष्यअनुरूप सबैलाई खेलकुदको माध्यमबाट स्वस्थ र तन्दुरुस्त , अनुशासित जनशक्ति तयार गर्नु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेर मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी खेलकुद क्षेत्रमा नेपाललाई सशक्त राष्ट्रको रूपमा स्थापित गर्ने रहेको छ । त्यस्तै उक्त नीतिमा खेलकुद सञ्चालन तथा विकास कार्यलाई मार्गदर्शन गर्न आवश्यक स्रोतको परिचालन र विभिन्न निकायबीच समन्वय गर्न केन्द्रीय स्तरमा प्रधानमन्त्रीको अध्यक्षतामा एक बहुपक्षीय खेलकुद समन्वय परिषद् गठन गरिने उल्लेख गरिएको छ । युवा तथा खेलकुदमन्त्री सहअध्यक्ष रहने उक्त परिषद्मा अर्थ , गृह , रक्षा , शिक्षा , स्थानीय विकास , पर्यटन , स्वास्थ्य मन्त्रालयका मन्त्रीहरू र ती मन्त्रालयका सचिवहरू रहने छन् । साथै उक्त परिषद्मा राष्ट्रिय खेलकुद परिषद् नेपाल ओलम्पिक कमिटी , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ तथा खेलकुद कर्मचारी सङ्घको पनि प्रतिनिधित्व गराइएको छ । साथै परिषद्लाई चुस्त - दुरुस्त राख्न खेलकुद विज्ञ , प्रशिक्षक तथा खेलकुद प्राविधिकहरूलाई पनि समावेस गराइनेछ । खेलकुद सम्बन्धित क्रियाकलापलाई प्रभावकारी ढङ्गबाट व्यवस्थापन र अनुगमन गर्न खेलकुद निकायबीच समन्वयन गरी अगाडि बढ्ने नीतिमा उल्लेख गरिएको छ । खेलकुद सञ्चालन र सहभागिताको मापदण्ड तथा कार्यविधि तयार गर्न , अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना तथा सहभागिताको आवश्यकताको व्यवस्था युवा तथा खेलकुद मन्त्रालयले गर्ने नीतिले प्रस्ट पारेको छ । मुलुकमा खेलकुद पूर्वाधारको मर्मत - सम्भार सञ्चालन एवम् विकास गर्न बृहत् राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न खेल सङ्घहरूलाई आधिकारिकता प्रदान गरी लोकतान्त्रिक मूल्य र मानयताअनुरूप सञ्चालन गर्न र गराउन , अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने टोलीको तयारी एवम् प्रशिक्षण गर्न खेलकुद मन्त्रालयअर्न्तर्गत राखेप तथा प्रादेशिक र स्थानीयस्तरमा परिषद्अर्न्तर्गतका निकायहरूले गर्ने नीतिमा उल्लेख गरिएको छ । त्यस्तै नीतिमा आ - आफ्नो खेलको विकास गरी खेलाडीहरूको तयारी एवम् छनोट गर्न राखेपमा दर्ता हुने गरी प्रत्येक खेलको स्वतन्त्र तथा स्वायत्त राष्ट्रिय सङ्घ रहने पनि प्रस्ट पारिएको छ । राष्ट्रिय खेलकुद परिषद्अर्न्तर्गतको अर्थात् खेलकुदको अन्तर्राष्ट्रिय गतिविधि हर्ेर्ने नेपाल ओलम्पिक कमिटीप्रति पनि नीतिले स्पष्ट पारेका छ । परिषद्लाई वाइपास गर्दै खेलकुदमा आफ्नो पकड बनाउन बारम्बार विवाद गर्दै आएको एनओसीको नाकमा रस्सी लगाउने नीति सफल भएको छ । एनओसीको बारेमा नीतिमा मुलुकमा ओलम्पिक अभियान सञ्चालन गर्न , मुलुकको खेलकुद विकासमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाजस्ता संस्थाहरूबाट आवश्यक स्रोतको परिचालन गर्न , आईओसीको संरक्षकत्वमा सञ्चालन हुने खेलकुद प्रतियोगितामा मुलुकको सहभागिताको सुनिश्चित गर्न युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा प्रचलित कानुनअनुसार राखेपमा दर्ता हुनेगरी एक स्वतन्त्र तथा स्वायत्त नेपाल ओलम्पिक कमिटीको व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुद नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सर्न्दर्भमा युवा तथा खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा ' राष्ट्रिय अनुगमन समिति ' गठन गरी यो समितिमा राखेप तथा एनओसीका पदाधिकारीहरूलगायत खेलविज्ञहरू , विश्वविद्यालयका प्रतिनिधिहरू र खेल प्राविधिकहरूलाई पनि समावेश गर्ने उल्लेख गरिएको छ । साथै नेपाल सरकारले प्रत्येक दर्ुइ - दर्ुइ वर्षमा नीतिको पुनरावलोकन गर्ने व्यवस्था गरेको छ ।
( अनमोल श्रेष्ठ ) , नेपालको राजनीतिक सामाजिक एवम् आर्थिक परिवर्तनका लागि अब टाढा गइरहनु पर्दैन । हिजो सबैले भन्ने गरेका सबभन्दा बढी बिग्रिएको भत्किएको अति भ्रष्टाचारले डुबेको ठाउँको उदाहरण खोज्दा सबैको मुखमा झुन्डिने ठाउँ छिमेकी मुलुक भारतको बिहारलाई लिने गरिन्थ्यो । तर त्यही बिहारको एउटा नितिस कुमारको इच्छाशक्ति र इमानदारिताले कहाँबाट कहाँ पुर्याउन सकिँदो रहेछ भन्ने उदाहरण अहिले बिहारको विकास र आर्थिक उन्नतिले देखाइदिएको छ । हाल हाम्रो देशले पनि २००७ सालदेखि २०४६ सालसम्मको राजनीतिक परिवर्तन अनि माओवादीको १०वर्षे जनयुद्ध र ०६२ - ०६३ को जनआन्दोलनहरुबाट मुलुकले ठूलो परिवर्तनको आशा गरेका थिए तर हाल देशमा भइरहेको विभिन्न दलहरु र संघसंगठनहरुको नाममा हुने गरेका आन्दोलनहरुबाट देश र जनताले दुःख भोग्नु नियति भएको छ । हिजो मुलुकको हितैको लागि भनी राजा ज्ञानेन्द्रले राज्य शासनभार आफ्नो हातमा लिँदा जनता राजनीतिक दल र नेताहरुसँग वाक्कदिक्क भई थाकिरहेको बेला अब देशमा केही हुने भयो भनेर दीपावली गरेकै हो । यसको अर्थ राजा ज्ञानेन्द्रले गरेको अप्रजातान्त्रिक कार्यको समर्थन नभएर अब देशमा केही परिवर्तन हुने भयो र नेताहरु सच्चिने र कजिने भए भनेर गरेको खुशियालीको अभिव्यक्ति थियो । १०वर्षे माओवादीको जनयुद्धपछि भएको संविधानसभाको निर्वाचनमा माओवादीले पाएको जनलहर र जनसमर्थन पनि मुलुकको राजनीतिक सामाजिक एवम् आर्थिक परिवर्तनको खोजी थियो । मुलुकको बेथितिलाई सही बाटोमा माओवादीले ल्याउने आशा जनताले गरेका थिए । १० वर्षको जनयुद्धमा माओवादीले गरेका र बोलेका केही असाध्य राम्रा कामहरुको निरन्तरता जनताले खोजेका थिए । भौतिक कारवाही नै सबै थोक नभए पनि माओवादीको नाम सुन्दैमा बिग्रिएको बेतिथिहरु थितिमा आएका उदाहरणहरु पनि प्रशस्तै थिए । आफ्नो शासनकालमा कडाभन्दा कडा कानुन र नियमहरु बनाएर देशलाई एउटा राम्रो बाटोमा डोर् याउन राम्रो सामाजिक आर्थिक नियमहरु बनाएर अगाडि बढ्न माओवादी दललाई कसले छेक्यो र चार - पाँच वर्षको माओवादीको क्रियाकलापहरुबाट अब आएर जनता निराश हुनु स्वाभाविकै हो । हाम्रो भन्दा निकै धेरै जनता भएको बिहारलाई एउटा नितिश कुमारको इमानदारिता र इच्छाशक्तिलाई खै कसले रोक्यो र एउटा व्यक्तिले चाह्यो भने जे पनि हुन सक्छ भन्ने उदाहरण हो बिहारका नितिश कुमार । बिहारको फोहोरी राजनीतिक र फोहोरी विचारलाई समेत परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण हो नितिश कुमार । हाम्रो मलुकमा पनि व्यक्तिगत वा संस्थागत रुपमा असाध्य राम्रा काम गर्ने उदाहरणहरु प्रशस्तै छन् । हिजोको बिहारलाई भन्ने गरेझै नेपालमा केही हुनै सत्तैुन यहाँ काम गर्ने वातावरण नै छैन भन्ने अल्छीहरु राजाको काम कहिले जाला घाम भनेर देशलाई ठग्न पल्केकाहरुलाई एउटा राम्रो उदाहरण काठमाडौंबाट धेरै नजिकको धुलिखेल नगरको धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयको विकास र विस्तारलाई हेरे पुग्छ । डा . रामकण्ठ माकजू डा . सुरेशराज शर्मा र उनका सहकर्मी साथीहरुसँग केही नभएको रित्तो हातलाई त्यत्रो महान् कार्य गर्न कसले छेक्यो र काम गर्ने साहस र उनीहरुको इमानदारिताको पाठ नेपाली जनता र यहाँका नेताहरुका लागि ठूलो शिक्षा हुन सक्छ । काम गर्न इमानदारिता र इच्छाशक्ति चाहिन्छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हुन सक्छ । जनताले धेरै नेताहरु हेरिसके तर जोसँग इच्छाशक्ति छ इमानदारिता छ मुलुक बनाउने दृढसंकल्प छ देशको कानुन र नियमलाई कडाइका साथ मुलुकमा लागू गराउन सक्ने हिम्मत छ वास्तविक रुपमा त्यस्तो नेताको खाँचो छ अहिले नेपालमा । साँच्चै भन्ने हो भने कुनै पनि दलभित्रका राम्रा व्यक्तिको विचार र काम गर्ने इच्छाशक्ति र इमानदारिताले नै देश बनाउने हो । संसारको कुनै पनि मुलुकको राजनीतिक सामाजिक एवम् आर्थिक क्रान्तिमा एउटा सक्षम नेतृत्व दिने नेताको योजना र काम गर्ने खूबीको ठूलो भूमिका रहेको हुन्छ । देशको सम्पूर्ण साधन र स्रोतहरुको गहिरो अध्ययन र विश्लेषण गरी त्यसको पूर्ण सदुपयोगबाट देशलाई बनाई छाड्ने देशमा झाँगिरहेको भ्रष्टाचार विसंगति र दण्डहीनतालाई कडाभन्दा कडा कानुन बनाई व्यवस्थित गरी जनतालाई शान्तिसँग बाँच्न दिने नेताको अब नेपालीले खोज्नुपर्ने बेला आएको छ । सोझा नेपालीहरु देशमा हुने गरेका नयाँ घटनाहरुलाई पर्खने र नयाँ मुहार हेरेर अब त केही गर्ला कि भनेर सधैं पर्खने हाम्रो नराम्रो बानीले देश खाडलमा परिसकेको अवस्थासम्म पनि होस पुग्न नसक्नु हामी नेपालीको विडम्बनासिवाय अरु के भन्ने देशको आर्थिक सामाजिक र राजनीतिक अवस्थाको परिवर्तनका लागि राम्रो योजना भएको दृढ इच्छाशक्ति र इमानदारी अनि देश बनाउने संकल्प रहेको नेतालाई मुलुकको जिम्मेवारी दिएर एक पटक हेर्नु जरुरी भएको छ । यस पंक्तिकार कुनै दलसँग संलग्न नभए पनि मुलुक र जनताको सामाजिक आर्थिक एवम् राजनीतिक विकास भएको हेर्न असाध्य लालायित छ खै त्यो दिन कहिले आउला ! stha . anmol @ yahoo . com
मिजास भाइ सबैको प्रतिक्रिया हेरे मान्छेको बुझाइमा फरक त्यसैनै आउछ कलम चलाइ राख्नु , हामी जहा रहे पनि सदा एकताको भाव राख्नु पर्छ । अन्त्यमा स्याबास मिजास भाइ दाजु सुरेन्द्र इङ्नाम डोवर , वेलायत
प्रेमको पहिलो विवाह आफूसित भइसकेको दाबी गर्दै उनले बहु - विवाहको मुद्दासमेत हाल्न लागेको बताइन् । जनयुद्धकालमा आफू जनमुक्ति सेनामा क्रियाशील रहेको र दृष्टि राजनीतिक कमिसार रहेका बेला आफूहरूबीच प्रेमका साथै शारीरिक सम्बन्धसमेत कायम भएको उनको दाबी छ । भूमिगत अवस्थामै धरानस्थित विजयपुर बुढासुब्बा मन्दिरमा आफू र प्रेमले विवाह गरेको स्मृतिको भनाइ छ । तर , आफूलाई श्रीमतीका रूपमा नस्विकारेपछि उनले गत वर्ष ५ असोजमा मोरङ जिल्ला अदालतमा अंश दिलाइपाऊँ भन्दै मुद्दा हालेकी थिइन् । उनको मुद्दामाथि अदालतमा यतिबेला सुनुवाइ भइरहेको छ । माओवादी मोरङ र केन्द्रीय कार्यालयमा समेत स्मृतिले उजुरी गरेकी छन् ।
संघीय लिम्बुवान राज्य परिषदको छाता संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारिणी अध्यक्ष श्री कमल छाराहाङ आज सोमबार दिनको ३ : ०० बजे झापा विर्तामोडको चोकबाट प्रहरीद्वारा गिरफ्तार गरिएका छन् । राज्यसत्ताको यो चरम दमनप्रति संघीय लिम्बुवान राज्य परिषद घोर भर्त्सना र विरोघ गर्दछ । अध्यक्ष कमल छाराहाङज्युको तत्काल विनासर्त रिहाइका लागि यो परिषद जोडदार माग गर्दछ । यदि रिहा नगरिएमा आन्दोलनले अझ उग्र रुप लिन सक्नेछ । अध्यक्षज्युको शारीरिक अवस्था विसञ्चो - रोग भएको हुदा उहाको स्वास्थ्यकोबारेमा मानवअधिकारवादी संघ संस्थाले चासो राखी दिनहुन अनुरोध गर्दछु । २०६४ । ११ । ०६ . . . . . . . . . . . . . . . . . . . . . . . . .
जता जाऊँ , जे गरूँ यी प्रश्नले छोडेनन् । युधिष्ठिरले त यक्षलाई जवाफ दिएथे । तर , मैले त सत्तै्क सकिनँ । म के गरूँ ? कैलेसम्म म यी प्रश्नबाट टाढै भागूँ ? पाँचपाँच वर्ष भइसक्यो चुपचाप भाग्दै हिँडेको । अझै कति वर्ष भागिरहूँ ? एक न एक दिन त जबाफ दिनैपर्ला । मेरो टाउको फनफनी घुमिरहेछ । जमिन आकाशतिर , आकाश जमिनतिर भइरहेछ । आँखा तिर्मिर तिर्मिर भइरहिछन् । आफैंलाई दसोटा देखिरहिछु । श्रवणको बिसे अढाइ सय वर्षपछि बौलाएथ्यो ; म त सात दिनमै ।
उपसभापति गोपालमान श्रेष्ठ पनि कांग्रेसले एमालेको समर्थन पाउनेमा सशंकित छन् । श्रेष्ठले भने , ' सजिलो पनि छ , हिजो हामीले सघाएका थियौँ । अप्ठारो पनि छ , उनीहरू ( एमाले गुट ) मा समस्या छन् । ' श्रेष्ठ नयाँ अध्याय सुरु भएको बताउँछन् । ' दुईतिहाइको सरकार दिन्छु भन्ने एमाले असफलताले घायल भएको छ । तर यसको कारक कांग्रेस होइन । '
अमेरिकामा रहंदै आएका तेक्वान्दो खेलप्रेमी दिवाकर महर्जनले आरम्भ गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिताको यो चौथौ संस्करण हो । प्रतियोगिताको पहिलो संस्करण सन् २००० मा काठमाडौंमा भएको थियो भने दोश्रो सन् २००२ मा पोखरामा भएको थियो । त्यसैगरी तेश्रो संस्करण गत साल अमेरिकाको पोर्टल्याण्डमा भएको थियो । प्रतियोगिताको पांचौ संस्करण आगामी बर्ष अमेरिकाको ओरगनमा हुने भएको छ ।
नयाँ भाषाको अनुवाद त गरियो तर उता भूमिकाकार औडेल सर रिसाउनुभएकोमा आफूलाई ठूलो पछुतो भयो । त्यत्रा बडा मान्छेलाई भूमिका लेखाउने अवसर यो मोबाइलका ठाँडाले गर्दा उम्कियो । अब कुन मुख लिएर फेरि उनीकहाँ जानु । म आफैँले उनलाई भेट्ने आँट गरिनँ । साथीहरूसँग सल्लाह गर्दा औडेल सर कति डिग्रीसम्म रिसाउनुभएको छ पत्ता लगाउने निर्णय भयो । त्यसपछि एक जना साहित्यकार साथीलाई सिआइडीमा नियुक्त गरी मैले पनि त्यो दिनको घटनापछिका सरका गतिवधि र मप्रतिको उहाँको धारणा पत्ता लगाएँ ।
म पौरखी आकाशको ताराभित्र देख्छु आफ्नो भविष्य जूनसँग अधेँरीमा ज्योती छर्ने लक्ष्य भविष्यमा ज्ञानी बनी संसारलाई देखाउनेछु आफ्नै देशमा परिश्रम म गर्नेछु । गरेर म देखाउनेछु आकाश - जमिनको मिलन आफै पौरखी बनेर सार्थक बनाउनेछु जीवन मेहनेत मेरो मामुलि होइन खुन र पसिनाको संगम देशकै लागि लड्छु म वाचा गर्छु हर्दम । साना ठूला सबैलाई ब्यबहार गर्छु समान सबैलाई भन्दै हिँड्छु काम गर्न लाज नमान ताराले पनि शिर निहुराउनेछ एकदिन मेरो अगाडि सारा संसार हिँड्नेछ अनि मेरो पछाडि । साहिल के . सी . कक्षा ७ " क " रोल २९ सदन - पहेँलो
सूर्य नेपाल एनजीए गल्फ टुर - २०११ / १२ को तेस्रो प्रतियोगितामा २४ व्यावसायिकसँगै ११ एमेच्योर गल्फर सहभागी छन् । चारदिने प्रतियोगितामा ३६ होलको खेलपछि शीर्ष २१ प्रो फाइनल चरणमा प्रवेश गर्नेछन् । उनीहरु नगद पुरस्कारको हकदार हुनेछन् । अन्तिम दुई दिन उनीहरु सँगै शीर्ष ३ एमेच्योर पनि खेल्नेछन् ।
काठमाडौं , ( महानगर ) । भारतीय राजधानी नयांदिल्लीमा सात दलको म्यान्डेट लिएर गएका नेताद्वय माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसंग वार्तामार्फत् विभिन्न ११ बुंदाको दल - माओवादी सहमति निर्माण गरेको खुलासा भएको छ ।
थसेस कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ मा सहभागि हुनु भएकी चर्चित गायिका अन्जु पन्तको नयां गीत - मलाई बांसुरीले रुवायो - यस गीत फेशबुकमा अझ चर्चित बनेको छ ।
अगन्धर तिवारी , म्याग्दी १३ भदौ । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोसमोस लागाएत आसापासका गाविसमा गत साउनको अन्तिम साता देखि नियमित विद्युत आपूर्ति हुन सकेको छैन ।
बर्तमान - अहिलेको समय अलि फरक छ । सुचना जगत एती ब्यापक भएको छ कि त्यो सँगै अघि बढनु जरुरी छ । त्यो मैले अत्मसात गरेको छु । अहिले म आफुलाई निकै भाग्यमानि ठान्छु किनकी समकालिन अनलाइन खबर को समयमा त्यो भित्र पनि राम्रो साथ पाएको छु । एच के नेपाल , नेपाल जापान , साहीत्य संसार , प्रबासी नेपाली , आदीमा राम्रो स्थान पाएको छु । जस्मा सबैभन्दा ठुलो जस मैले पशन तमु दाजुलाई दिनुपर्छ । वहाँले मलाई डेथ लाइन सँगै आफ्नो प्रतिनिधी पनि बनाउनुभयो । जुन मेरो लागि महत्वपूर्ण हौसलाको बुटी पनि बन्यो । साहीत्य संसारले बिस्वमा पहिलो पटक आयोजना गरेको वेब क्याम प्रतियोगिता को लागि स्थानीय प्रतिनिधी बनाउनु पनि मेरो लागि ठुलो सम्मान हो । यो बिचमा यहाँबाट मेरो परिचय जन्माउने नेपाल समाचारपत्रको लागि पनि समाचार प्रेसित गर्देछु । अनि यहाँबाट छपिदै आएको राजधानी र भर्खर उदाएको कान्तिपुरका लागि समाचार र फोटो प्रेसित को ईच्छा बोकेर मेरो फोटो पत्रकारिता को बाटो अझ फराकिलो पार्देछु । जुन प्रयासमा मित्रत्वको हात दिने परममित्र दीपक पौडेल र देवेन्द्र भट्रराईलाई बिर्सनुहुन्न मैले ।
सो अबसरमा कार्यक्रमका बारेमा जानकारी गराउदै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्वरबहादुर लामिछानेले नववर्ष २०६८ सँगै लोकतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी दिवसकै अवसरमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न खेल सम्बद्ध खेलाडिहरको सहभागिता शान्ती दौड सम्पन्न भएको छ । लोकतान्त्रिक चोकबाट लोकतन्त्र जिन्दावाद लगायतका नारा लगाउदै निस्केको खेलाडिहरुको शान्ति दौड बजार परिक्रमा पछि जिल्ला विकास समितिमा पुगेर सम्पन्न भएको थियो ।
बाँदरमुढे विष्फोटमै घाइते भएर सामान्य उपचारबाट ठीक भएका माडी , कल्याणपुर - ४ का ईश्वरी पौडेल ६ महिनापछि अचानक बेहोस भए । क्यान्सर अस्पताल भरतपुरमा गरेको टाउकोको सिटी स्क्यानबाट मस्तिष्कमा तीन वटा दाग देखिएपछि उनी काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगे । तर , डरले लुगलुग काम्ने , एक्लै बस्न नसक्ने , काम गर्ने आत्मबल नआउने , केही सोच्यो कि रिङ्गटा लागेर ढल्ने हुन थाल्यो । माडीबाट बस चढेर नारायणगढ जानुपर्यो भने लत्रक्कै परेर भुईंमा ढलिहाल्थे । देखाए जति डाक्टरले त्यस दिनको घटना नसम्झ्न सल्लाह दिँदै नियमित औषधि खान , एक्लै नबस्न , सोच्नुपर्ने काम नगर्न भनेका छन् । अहिले तिनै सल्लाहअनुसार बाँच्न सङ्घर्ष गरिरहेका ईश्वरीको पूर्ण स्वस्थ हुने चाहना सपनै भएको छ ।
बिनापरिचय नै उनले अर्यालसँग ' प्रधामन्त्री कार्यालयले पठाएको वन कर्मचारी - डीएफओ ) हरूलाई कारबाहीसम्बन्धी ' महत्त्वपूर्ण प्रतिवेदन मागे ।
एकचीन नीतिप्रति नेपाल प्रतिबद्ध , सीआरआईले सेतुको काम गर्नेछ : संचारमन्त्री - [ मुख्य समाचार ]
रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो , , , ! बल्दो यो सान हाम्रो , , , !
पुपाल ( रुकुम ) - पुरै चिसो छ । घामको टुंगो छैन । कतिखेर लाग्छ , लागे पनि एकैछिनमा मिलिक्कै हुन्छ । झरी परेको पर्यै । ४८ सय मिटर उचाइको यो चिसो लेकमा रुकुम र आसपासका जिल्लाबाट केही हजार मानिस जम्मा भएका छन् । सबैको उद्देश्य - सकेसम्म धेरै यार्सागुम्बा बटुल्नु । यार्सागुम्बालाई च्याउ , जीवनबुटी , जरा या किरा पनि भन्छन् । गएको शनिबार ( जेठ १४ ) अपराह्न यार्सागुम्बा टिप्न खुला भएपछि ती मानिस नजिकका पाटनहरूतिर दौडिए । सिजन व्यवस्थापन समिति , रुकुमले प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर यार्सागुम्बा टिप्न अनुमति दिएको हो । समितिले भइपरी आउने सुरक्षाका लागि एक महिनाअघि देखि करिब ५० जनाको दस्ता खटाएको छ । यार्सागुम्बा टिप्न दुई महिनाको सिजन तोकिएको हुन्छ । यो सिजनमा परिवारैसहित लेक उक्लने गरिन्छ । भर्खर जन्मेको बच्चासमेत साथै हुन्छन् । उनीहरू अस्थायी बसोबासका लागि टेन्ट / त्रिपाल , खाद्यान्न र दाउरासमेत बोक्छन् । थुप्रैले त खच्चडमा समेत भारी ओसार्छन् । सिजनमा यहाँ खच्चड र घोडाको लामै लस्कर देख्न सकिन्छ । यार्सागुम्बा टिप्ने सिजन सुरु हुने समय आएपछि स्थानीयहरू जुर्मुराउँछन् र पुपाल हिँड्ने तयारी गर्छन् । सूचना संयन्त्रको अभावले कतिपय त थुप्रै दिनअघि यहाँ आइपुग्छन् । ' खुल्ने समय थाहा नपाउँदा घरबाट ४ दिन चाँडो हिँडिएछ , ' कोल गाविसकी पविना तुलाचनले भनिन् । पुपाल एकैदिन वा एकैचाटि पुग्न सकिन्न । सामान्यतया रन्मा मैकोटमा अनुमतिपत्र लिने गरिन्छ । खच्चड / घोडाका लागि पनि बेग्लै शुल्क लाग्छ । त्यहीँबाट सुरु हुने लावालस्कर दुले बेसक्याम्पमा गएर बास बस्छ । त्यतिखेर दुले टेन्टै टेन्टका कारण दुलहीझैं सिँगारिन्छ । यही दुलेबाट चरनक्षेत्र पनि सुरु हुन्छ । व्यापारीलाई लगाउने करका विषयमा छलफल गर्न यसपालि दुलेमा दुई दिन अड्किनुपर्यो । व्यापारीलाई दस हजार रुपैयाँ कर लगाउने निर्णय गरियो । यार्सागुम्बा टिप्नेहरूबाट संकलन गर्ने यस्ता व्यापारीको संख्या ४० नाघ्यो । समितिलाई आउने पैसाले स्थानीय स्कुलमा शिक्षकको व्यवस्था , सिजन व्यवस्थापन , बाटोघाटो निर्माण गर्ने गरिएको समिति अध्यक्ष नन्दजित पुनले बताए । फुटकर व्यापारीमध्ये पनि मुख्य व्यापारी एकजना चुनिन्छन् र तिनले सबै च्याउ काठमाडौं र चीनतिर निर्यात गर्छन् । अहिले रुकुमबाट एक क्विन्टल च्याउ निकासी हुने व्यापारीहरूको भनाइ छ । डोल्पाबाट भने ५ क्विन्टलसम्म च्याउ आपूर्ति हुने बताइन्छ । यो सिजनमा डोल्पा , मुगु , कालिकोट , हुम्ला , मनाङ , मुस्ताङ , दार्चुला , बझाङ , भोजपुरजस्ता हिमाली जिल्लामा पनि च्याउ खोजिन्छ । यसमा औषधीय गुण हुने विश्वास गरिन्छ । दुलेमा आधा दर्जन स्थायी होटल / लज छन् । मंसिरदेखि फागुनसम्म हिउँ पर्ने भएकाले बजार बन्द हुन्छ । ' नत्र विदेशीहरू फाट्टफुट्ट आउँछन् , डोल्पालीहरू यताउता गर्दा पस्छन् , ' व्यवसायी सपना रोका मगरले भनिन् । पर्यटक म्याग्दी - बाग्लुङ हुँदै यही बाटो डोल्पाको फोक्सुन्डोसम्म जान्छन् । यार्सागुम्बाको सिजनमा कपडा , मोबाइलदेखि चिया , रक्सी , जाँडको व्यापार गर्नेहरू प्रशस्त हुन्छन् । सबैजसो टेन्टमा सुकुटी झुन्डेका देखिन्थे । काठमाडौंको स्वयम्भु सानोभर्याङमा व्यापार चलाउने मनकुमारी रोका व्यापारकै लागि दुले पुगेकी रहिछन् । व्यापारसँगै च्याउ टिप्नु पनि उद्देश्य हुन्छ । ' चिया / रक्सी बेच्न आएको , ' रुकुम , पेल्माकी कमला पुन मगरले भनिन् , ' च्याउ पनि टिप्ने हो । ' रोल्पाका जितबहादुर रोका आठजनाको परिवारसहित दुलेमा भेटिए । ' एक महिना बसिन्छ कि ! ' रोकाले भने , ' पहिलोचोटि आएको । ' रोल्पाकै सोगबहादुर घर्ती मगर युद्धका बेला यार्सागुम्बा टिप्न दुःख भएको सम्झन्छन् । ' घरबाट ८ - ९ पाथी अन्न बोक्नुपर्थ्यो , ' उनले भने , ' अहिले यतै पनि पाइन्छ र घरबाट १ - २ पाथी ओसारे पुग्छ । ' अचेल मानिस धेर आउने भएकाले कमाइ घट्ने गरेको मगरको भनाइ छ । ' पहिले छसात सय च्याउ टिपिन्थ्यो , ' उनले भने , ' अहिले सय वटा पाउन पनि मुस्किल । ' दुदसिंह बुढा मगर पनि कुनै दिन आफूले छसय च्याउ टिपेको सम्झन्छन् । १८ वर्षअघि देखि च्याउ टिप्न थालेका मैकोट , सिरुमका बमबहादुर शाही भन्छन् , ' पहिले किलोको नौ सय थियो , अहिले ५ - ६ लाख । ' ' ८ - ९ वर्षअघि १२ - १३ सय च्याउ पाउँथेँ , ' मैकोटका भागीराज पुनले भने , ' अहिले त मान्छे पनि धेर भए । ' पहिले च्याउ २ रुपैयाँको दरले बिक्री हुन्थ्यो । अहिले २ सयदेखि ४ सयसम्ममा बिक्री हुन्छ । ३ - ४ जनाको परिवार आउँदा ३० - ३५ हजार कमाइ हुन्छ । कसैले ३ लाखसम्म कमाएका छन् । एकमहिने छुट्टीमा रहेका चितवन शक्तिखोरका माओवादी लडाकु मघ रसाइली पनि अहिले च्याउ टिप्न सक्रिय छन् । रुकुमबाट बुटवल बसाइ गएकी सरिता पुनसमेत यही सिजन पारेर गाउँ आई च्याउ टिप्न लागेकी छन् । यसरी लेक जानेलाई बुकी जाने पनि भन्छन् । बुकीमा महिनादिन वा दुई महिना रहँदाबस्दा युवायुवतीमा प्रेमसमेत अंकुराउने गरेको पाइएको छ । धर्मराज पुन र कमलमायाको दुई वर्षअघि यही बुकी आउँदा ' लभ ' परेको थियो । अहिले उनीहरू एकवर्षे छोरा च्यापेर बुकी आएका छन् । बुकीमा हरेक साल ८ - १० जोडीको बिहे हुने स्थानीय बताउँछन् । बाग्लुङ , बोबाङका माया पुन , सम्झना बुढा र झरना घर्ती भने दर्किएको पानीलाई वास्तै नगरी टेन्टभित्र प्रेम र विरह झल्काउने गीत गाइरहेका हुन्थे : दुलेमाथि गाई चराउने वन त्यही वनमा जोर न्याउली कराउँदा लाग्दैन घर जाने मन आकास बादलले डम्म भएपनि धेरै च्याउ टिप्ने आसले मानिसको लर्को उकालो लाग्छ । रुकुमका रकमी भीरहरूमा घोडा / खच्चडको लस्कर । मुस्किलले उक्लिए ती । तिनलाई मान्छेले अल्झाउँथे , मान्छेलाई तिनले । घोडा / खच्चडलाई उकालोमा धकेलेर हिँडाएको पनि देखियो । भर्खर जन्मेका घोडा / खच्चरका बच्चा पनि पछि लागेका । मानिसका पिठ्युँमा दाउराको भारी । ओसार्नुको कारण - लेकमा रुखपात हुन्नन् । त्यही लर्कोमा तकका श्याम बुढा र चन्द्र बुढा भेटिए । दुवै जना खादी ( कछाडजस्तो मगर वेश ) मा थिए । श्यामले छोरा लिएर आएका रहेछन् भने चन्द्रले छोरी । श्याम बुढाले भने , ' खानलाउन यसो मेसो हुन्छ कि भनेर आएको । ' छोरीले आफूलाई खाना पकाएर ख्वाउने र आफू च्याउ टिप्नमा केन्द्रित हुन सक्ने चन्द्र बुढाले बताए । भारी बोकेर हिँड्नुको सकसबारे त्यही लस्करमा कसैले भन्यो - मोटरले सरर्र पुर्याएको भए कति जाती हुन्थ्यो ! रोल्पाबाट मात्र यो साल झन्डै एक हजार मानिस आएको अनुमान छ । ' बेरोजगारीग्रस्त ती मानिस पहिले मजदुरी गर्न मनाङ , जोमसोम र पोखरा जान्थे , ' समितिका मानबहादुर पुन मगरले भने , ' अहिले ती यता आउँछन् र एक जोडी बाबुछोराले सिजनमा डेढ लाख रुपैयाँसम्म कमाउँछन् । ' दुलेबाट अर्को चरणमा केही घन्टाको हिँडाइमा स्याङखोला पुगिन्छ र त्यहीँ बास बस्ने गरिन्छ । यो अवधिमा समितिका स्वयंसेवक च्याउ टिप्नेहरूले अनुमति दस्तुर बुझाए / नबुझाएको जाँच गर्छन् । समितिले च्याउ टिपेपछिको अवस्थामा पनि सुरक्षा दिने गर्छ । मूल्यवान वस्तु भएकाले जहीँतहीँ लुटिन सक्ने डर रहन्छ । यो सिजनमै चारवटा लुटेरा समूहलाई समितिका सदस्यले पक्रिसकेका छन् । ' सरकारले सुरक्षा दिन सक्दिनँ भनेपछि आफ्नै संयन्त्र तयार गर्यौं , ' समितिका उपाध्यक्ष वीरमान विश्वकर्माले भने । तिनलाई भरुवा बन्दुक र खुकुरी भिराइएको पनि विश्वकर्माले खुलाए । सोही दस्ताले यही साता बन्दुक र ग्रिनेडसहित छजनालाई पक्रेको छ । एकदिन स्याङखोलामा बास बसेपछि अर्को दिन हिँडेर पुपाल पुगिन्छ । उचाइसँग ' अक्लमटाइज ' हुन यसरी चरण - चरणमा बास बसाइएको समितिको भनाइ छ । पुपालमा सिजन खुलेको घोषणासँगै मानिसहरू कुटो र दाउराको घोचो लिएर पाटनतिर हानिन्छन् । दिउसो परेको पानीले जाडो झन् बढेको छ । वरिपरि डाँडा हुस्सुले ढपक्क ढाकेको छ । रिमझिम पानीको कुनै परवाह छैन । ढाडमा नानी च्यापेर च्याउ खोसि्ररहन्छन् उनीहरू । पुपालमा १ - २ दिनको बसाइपछि एकतिहाइ मान्छे हिउँ कुल्चँदै अर्बिजा लेकतिर लाग्छन् । पुपालबाट डेढ घन्टा पर । र , त्यहाँ पनि टेन्ट हाल्छन् । आगो फुक्छन् । खोसि्रन थाल्छन् च्याउ । हिउँ जमेको ठाउँमा भेटिन्छ भन्ने विश्वास छ कैयौंको । हिउँमा पनि खोसि्रन्छन् । च्याउ हुने धेरै ठाउँमा अहिले हिउँ जमेकाले कम भेटिएको मुरुका गणेश केसीले बताए । ' हिउँ बिलाउँदै गए पाइएला , ' उनले भने । एक महिना बसेर सय वटाजति जम्मा गर्ने उनको योजना छ । यसको आम्दानीले व्यापार र उच्चशिक्षा अघि बढाउने उनको धोको छ । उता , उधारो खाएको मासु र उधारो लगाएको लुगाजुत्ताको पैसा तिर्नु छ डोरबहादुर मल्ललाई । यसैगरी , एक महिना बस्ने योजनासाथ आएका प्रशान्त पुनको यहाँको कमाइले घरव्यवहार धान्ने धोको छ । रोल्पा तालाबाङका व्यापारी भीमसेन डाँगीको भने उधारो खाएकाहरूसँग च्याउ लिएर फच्या गर्नु छ । ' ४ - ५ लाखको चामल उधारो दिएको छु । मोबाइल र घडीको पैसा पनि असुल्नु छ , ' डाँगीले भने । राजकुमारी मल्ललाई भने घरको गहुँमकै बालीको चिन्ता छ । च्याउ पाए बस्ने , नपाए ३ - ४ दिनमा फर्कने उनको विचार छ । यो सिजनमा गाउँ सुनसान हुने भएकाले आफू पनि लेक उक्लने गरेको माला पुन बताउँछिन् । यो सिजनमा यो भेगका अधिकांश स्कुल बन्द हुन्छन् । ' यता आउँदा रमाइलो हुन्छ , ' पुनले भनिन् , ' पहिले असारमा मात्र पानी पर्याथ्यो , अहिले जेठमै पर्दा अलि गाह्रो भयो । ' पूर्णिमा पुनलाई पनि च्याउको संख्या पानीले बिथोल्यो भन्ने लागेको छ । ' पहिले एकै दिन ५० वटा पाउँथेँ , ' पुनले भनिन् , ' अहिले एक दिनमा १३ मात्र । ' ढकाल विश्वकर्माले एकै दिन ३२ वटा पाए रे ! उनी १० - १५ वर्षअघिदेखि आउन थालेका । ' पहिले दिनकै ७ - ८ सय पाउँथेँ , ' उनले भने , ' ४ - ५ सय हुँदै अहिले २ सयमा झरेको छ । ' बोटको २ - ४ रुपैयाँ हुँदा आफूले आमालाई छोराको कमाइ भन्दै २० हजार रुपैयाँ बुझाएको उनी सम्झन्छन् । सिजन दुईमहिने भए पनि एक सातामै मान्छे घट्दै जान्छन् । कि त केही नपाउने फर्कन्छन् , कि त पाउनेहरू थप पाउने आसमा बस्छन् । हाताहाती आम्दानी हुन्छ । त्यसैले उनीहरू चामल , लत्ताकपडा किनेको उधारो तिर्न च्याउ टिप्न आउँछन् । च्याउ पनि खासै नपाइएको र लेक लागेर धेरैजना बिरामी भएकाले केही दिनमै आफ्नो समूहका सबैजना फर्कन लागेको तकसेराकी श्यामकुमारी बुढाले बताइन् । चिसोका कारण सुरक्षा र स्वयंसेवामा खटिएकाहरूसमेत बिरामी भएका छन् । गरिब गाउँलेहरूले पर्याप्त ओढ्ने / ओछ्याउनेको व्यवस्था गर्न नसक्दा चिसोले अप्ठेरो पार्ने त छँदैछ , खानेपानी र शौचालयको प्रबन्ध हुन नसक्दा रोग फैलने सम्भावना त्यत्तिकै रहन्छ । झट्ट हेर्दा च्याउबाट गाउँलेले पैसा कमाएको देखिए पनि यथार्थमा त्यो साँचो नभएको मैकोटका लक्ष्मण घर्ती बताउँछन् । ' यसले उनीहरूलाई ऐयासी बनाएको छ , ' घर्तीले भने , ' च्याउको कमाइको आसमा झन् धेरै उधारो खाने प्रवृत्ति छ । ' घर्तीका अनुसार च्याउको आसमा वैदेशिक रोजगारीमा जानेसमेत रोकिएका छन् ।
यसरी सगरमाथा शिखरमा अहिलेसम्म कतिवटा संस्थाका झण्डा पुगे भन्नेबारे जिज्ञासा राख्दा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता लक्ष्मण भट्टराई अहिलेसम्म सगरमाथा शिखरमा कति संस्थाका झण्डा पुगेभन्ने कुनै यकिन अभिलेख नभएको र पछिल्लो समयमा झण्डा , खादालगायतका चिजहरू थुप्रिन थालेपछि यसबारे छलफल भइरहेको बताउँछन् ।
ऐन अनुसार पारसले कागज गर्न ३५ दिन भित्र जिल्ला प्रशासन उपस्थित हुनुपर्ने छ । किटानी जाहेरी , घटनास्थल मुचुल्का , वकपत्र र बयानका आधारका साथै बयानमा पारसले रुवेल सित भनाभन भएका स्वीकार गरेकाले कसुरविहीन भन्न नमिल्ने फैसलामा उल्लेख छ ।
सेतुरामले आफूले प्रेम गरेका सुन्दरीहरूमध्ये केहीसँग बिहे गरे । उनका औपचारिक लगनगाँठो कस्सिएका चाहिँ चार श्रीमती थिए । तीमध्ये जेठी श्रीमतीबाट रामबहादुर प्रधानको जन्म भएको थियो । रामबहादुर पनि उस्ताद थिए । माइली श्रीमतीबाट केदार प्रधान र साइँला प्रधान जन्मेका थिए । यी दुई भाइ पनि गायनमा रुचि राख्थे । केदार प्रधान र साइँला प्रधान किशोरावस्थामा नै स्वर्गीय भए । सेतुरामकी साहिँली पत्नीबाट सन्तान जन्मेका थिएनन् । सेतुरामले सुकुनानी श्रेष्ठलाई प्रेम गरी चौथी श्रीमतीका रूपमा आफ्नो घर भित्र्याएका थिए । सुकुनानी प्रधानबाट पाँच भाइ छोरा र चार बहिनी छोरीहरू मिठाइदेवी , मेवादेवी , मिश्रीदेवी र नारायणदेवी जन्मे । पाँचभाइ छोराहरूमध्ये चार भाइचाहिँ बालककालमा नै दिवङ्गत भए । उनका छोराहरूमध्ये बद्रीप्रसाद प्रधान मात्रै बाँचे । बद्रीप्रसाद प्रधान र तीन छोरीको चाहिँ घरबार पनि भयो ।
अक्टोबर १५ बिहिबार आश्विन २९ - ५० दिन
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ ले एकै व्यक्ति बैङ्कको अध्यक्ष र कार्यकारी प्रमुख रहन छूट दिएको ज्ञवालीले बताए । ' ऐनले एकै व्यक्ति सञ्चालक समिति तथा व्यवस्थापनमा पनि रहन सक्ने अधिकार दिएको छ , ' उनले भने , ' अध्यक्ष नै कार्यकारी प्रमुख भएका केही वित्तीय संस्थामा समस्या देखिए पनि कानूनी अड्चनका कारण निर्देशिका जारी गर्न मिल्दैन । ' उनका अनुसार , ऐनसँग बाझिने गरी निर्देशिका जारी गरिने सम्भावना हाल छैन ।
एस , काठमाडौँ / एचकेनेपाल डट कम - राजधानीस्थित दरवार हाइस्कुल अगाडि आइतबार विहान करीव ७ बजे विष्फोट भएको छ ।
४ . विधागत वा विषयगत विशेषाङ्कमा तत्तत् विषयसित सम्बन्धित विश्वसाहित्यमा देखा परेका नवीन प्रवृत्ति र तिनका दिशाहरूको निक्र्यौल गर्ने खालका रचनाहरू विद्वान्हरूलाई अनुरोध गरेर भए पनि लेखाउनुपर्छ ।
लन्डन , वैशाख १६ ( एएफपी ) - युरोपेली फुठबलको सर्बोच्च संस्था युइएफएका अध्यक्ष मिसेल प्लाटिनीले ब्राजिल , इङ्ल्यान्ड र स्पेन यसपटक विश्वकप जित्न सक्ने दाबेदार टोलीमा रहेको बताएका छन् । आफ्नो गृह राष्ट्र फ्रान्सको पनि थोरै सम्भावना रहेको प्लाटिनी बताउछन् । ' मेरो नजरमा तीन दाबेदार टोली छन् । सँधै मेरा चार दावेदार टोली हुन्थे , तर यसपटक मैले ब्राजिल , इङ्ल्यान्ड र स्पेनलाई दाबेदारमा राखेको छु ' , १९८२ र १९८६ को सेमिफाइनलमा पराजित फ्रान्सेली टोलीका कप्तान प्लाटिनीले भने , ' दावेदारको अर्थ , तिनिहरुमा स्तर र क्षमता छ , जसले टोलीलाई विश्वकपको दाबेदार बनाएको छ । ' उनले अगाडी भने - ' तर फ्रान्स , इटाली र जर्मनीसँग खेल्दा कुनै टोलीको पनि जित्ने सम्भावना निश्चित हुदैन । ब्राजिल , इङ्ल्यान्ड र स्पेन विश्वकप जित्न सक्ने टोली हुन् भने फ्रान्स , जर्मनी र इटाली पराजित गर्न कठिन टोली हुन् । '
पल्लवी फूल जङ्गलभरि इन्द्रेणी फूलहरुका गुच्छामा सुन्दर र सुगन्धित रत्नजडित हार झैं सजिएको मेरो वदनसँग निश्छल मधुवन झरनासँग गाउन थालेको देख्दा मेरा मृगनयनले क्षितिजका बादल टुक्राहरुमा स्वतनत्रताको बिगुल फुक्दै म नाचिरहेकी रहेछु मेरा गीतहरुमा मेरो जाति छ : नारी मेरो धर्म छ : मानवता मेरो भाषा छ : ज्ञान मेरो रङ्ग छ : प्रेम मेरो रुप छ : सृष्टि अनि एउटा नाम छ : सुम्निमा फेरि सुम्निमा हो म सुम्निमा ।
की करबहक हो भगवान एमरी सभ के यथा मरनाइ तथा जिनाइ रौदी - बुन्नी तथैव च
मन्त्री नै यस्तो भएपछि ! - [ मुख्य समाचार ]
एचकेनेपाल डट कम , अक्टोबर २८ - खोटाङ समाज हङकङले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आइतबार ताइमोशन कन्ट्री पार्कमा वार्षिकोत्सव सम्पन्न गरेको छ ।
न्हुलछचोक - वि . सं . १७९९ मा प्रतापमल्लले निर्माण गराएका ।
ती दुवै पकौडा र अरू केके कुरामा अल्झे । म भने कताकता दृष्टिपात गर्दै मनमा कुरा खेलाउन थालेँ - कस्ताकस्ता व्यर्थका , बेतुकका हास्यास्पद कुरा पनि मान्छेको जीवनसँग जोडिँदै आएका छन् । अचम्म त के भने तिनले मान्छेलाई मृत्युको मुखसम्म धकेलिरहेका छन् । मानौँ ती जीवनका अपरिहार्यता हुन् , तिनका लागि मर्नु मानौँ जीवन र मृत्यु दुवैलाई गौरवान्वित तुल्याउनु हो तर जीवनका जुन साँच्चैका अपरिहार्यता छन् ती कसैसँग कुनै प्रकारको साइनो , सरोकार , चिनजान नभएजस्तो ओझेलमा कतै गौण , उपेक्षित हुन पुगेका छन् । समय बित्दै जाँदा एकदिन जब यस्तो तथ्य खुल्ला त्यति बेला मान्छेहरूलाई त्यसले निश्चय नै दुःखित तुल्याउने छ ।
२७ आसर , इस्लामावाद । पाकिस्तान सरकारले तेल तथा ग्यास उद्योगमा लगानी आकषिर्त गर्न नयाँ नीति ल्याउने तयारीमा रहेको बताइएको छ । पाकिस्तानका पेट्रोलियम मन्त्री असिम हसनले पेट्रोलियम पदार्थको कारोबारका क्षेत्रमा निजी क्षेत्र आकषिर्त नभएपछि त्यस . . .
एचकेनेपाल डट कमको विधिवत समुद्घाटन गरी इन्टरनेटको सञ्जालमा प्रवाहित गरि दिनु हुने त्यही व्यक्तित्वलाई लिएर फेरि मैले नयाँ स्तम्भ च्याट विथ पशन शुरु गरेको छु । उहाँ हुनुहुन्छ संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री माधवप्रसाद घिमिरे । हङकङमा महावाणिज्यदूतको रुपमा कार्यरत रहंदा सन् २००४ अप्रिल १० तारिख उहाँले एचकेनेपाल डट कमको औपचारिक उद्घाटन गर्नुभएको थियो । एचकेनेपाल डट कमको प्रगतिका लागि सही निर्देश र अभिभावकको भूमिका निर्वाह गर्नु हुने श्री घिमिरेको कार्य क्षमता , निपूणता र योग्यताका कारण देशको महत्वपूर्ण मन्त्रालयको सचिव जस्तो गरिमामय पदमा बढुवा हुनु भै थप जिम्मेवारीसहित नेपाल फर्कनु भएको थियो ।
पार्टी केन्द्रित एकदलीय अधिनायकवाद राजनीतिक र आर्थिक दुवै कित्तामा बीसौँ शताब्दीमा असफल भयो । यसमा सबैभन्दा ठूलो परिमार्जन चीनमा गरियो जसलाई आज " देंगवाद " भनिन्छ । यसअर्न्तगत सत्तामा एकदलीयता भए पनि अर्थतन्त्रको स्वामित्व र संरचनामा बजार केन्द्रित विविधता स्विकारिएको छ । माओवाद र देंगबादबीच माओवादी कहाँ छन् भन्नेबारे स्वयं माओवादी अन्योलमा छन् । तर , सत्तामा एकदलीयता र अधिनायकवादको लक्ष्यबारे उनीहरुमा परिवर्तन देखिएको छैन । यही नै आजको समस्याको मूल हो । यस अर्थमा आजको राजनीतिक - वैचारिक संघर्ष नेपालको प्रजातन्त्रको रुप र सार कस्तो हुने भन्ने अहम् मुद्दासँग जोडिएको छ । प्रजातन्त्रको नाममा एकदलीयता नेपालको भविष्य हो वा शति्क सन्तुलन र नियन्त्रणमा आधारित बहुदलीय प्रजातन्त्र ? यस संघर्षको विविध रुप बजेटबारे राष्ट्रलाई बन्धक राख्ने क्रियादेखि सत्ता नेतृत्व कसले गर्ने भन्ने प्रश्नबारे झगडा गरी नेपालीलाई मूर्ख साबित गर्ने अभियानमा देखिन थालेको छ ।
हे नेता भनाउदोहरु हो ! अझै पनि तिमीहरुले यी फोहोरी खेल खेल्न छाडेनौ भाने तिम्रो दिनहरु छोटिदाई जाने छ , तिमी हिड्ने बाटो भरि फुलको गुच्छ होइन अब खाना नपाएका र लाउन नपाएका जनताको तिखा तिखा नांग र दाराहरु काडा बन्ने छन् तिम्रो लागि ! अनि तिम्र नामका ति बगौ बिगा खेतका पाट्टहरु भोका र नांगा र सुकुम्बासी का आशु भेल बनि पहिरोले लानेछन ! तिम्रा ति हाली मुहाली गर्ने बडेमाका घरहरु हावा हुरीले भत्काउनी छन् , , जनताका पसिनाले किनेका तिमी चड्दै गरेका करोडाउका गाडीहरु आत्मघाती बम पटकाउनी अफगानिस्थान र इराकको गाडी बन्ने छन् र तिम्रा ति ज्यीउ धुझा धुझा हुनी छन् . . . किनकि तिमीहरुले सोझा - सिधा नेपाली जनताको पसिनासंग , , बिर सहितहरुको रगत र सपना संग खेलबाट गरेका छौ ! ! दिन दुखी बिर नेपाली सपुतहरुलाई माग्ने भाडो बनाइ बिदेशीको पाउमा राखी तिमले नेपालीको सदा उच्चा रहने शिर नै काटी दिएको छौ ! कर्णालीका जनताका नाममा छुटाएका बजेट बीचैमा तिम्र कर्येकर्तालाई पोषाउनी खर्च बनाएका छौ ! त्यसैले म भन्छु बन्द गर जनताका नाममा र देशका नाममा राजनीतिक फोहोरी खेल खेल्न . . . . . . . . . . सम्झियो हिजो को तिम्रो प्रतिभाद्दत्ता , सम्झियो जनताका सामो गरेका खोक्रो भाषण , , अनि सम्झियो त तिम्रो हिजोको आफ्नै औगात ! गतिलो चप्पल र सुकिलो लुग्गा लगाउन नसकी हात्ती छाप चपल र एक सरो लुग्गामा जन्तासमो आदर्श युक्त र नैतिकता युक्त गफ छाडथियो होइन ? आफ्नु कर्येकर्ता बढाउने नाममा अनि पार्टीलाई सहयोग गरेको नाममा ज्यानमारा , बल्त्कारी , चोर फटाहा अनि देश दृही लाइ सरन दिंने तिमीहरु होइन ? हो त्यसैले तिमीहरुले जनता र देशमाथि कु राजनीति गर्न पाइदैनाउ . . . . हामि हाम्रो चेली बेटी र आफ्नु आमा लाइ अनि देशमाथि बलात्कार भाको हेर्न चाहनौ . . . . . न त सहयोगी र छिमेकीहरु हो भनेर हाम्रो भुमि अतिक्रमण र आफ्नु दाज्यु - भाइलाई बोका झै गेडेकै हेर्न चाहन्छौ . . . त्यसैले तिमीहरुले अति नै gaरिसकेको छौ देश र जनताका नाममा अब पुग्यो . . . . हामीलाई स्वतन्त्र बाच्न देउ , हामीलाई चाहेन तिम्रा ति गफैको मात्र ठुल्ला ठुला बिकाश्हरु . . चाहेन हामीलाई महिनौ बन्द गड्ताल गरेर जनतालाई दुख दिएर ल्याएका अधिकार . . . . . . . भो हामीलाई चाहिन्न विदेशीले चलाएर , खाएर फालेका थोत्र मोत्र सहयोगहरु . . . . हामी जे छु ठिक छु . . हामी आफ्नै पौराख्मा रमाउछौ र आफ्नै पाखुरिले कमाउछौ . . . . . . . राजेश रुम्बा लामा
अस्पतालमा नाक , कान , घाँटी , हडी , छाला रोगको विशेषज्ञा छैनन् । दरबन्दी अनुसारको चिकित्सक छैनन् । एक्सरेलगायतका मेसीहरु बिगि्रएका छन् । २४ घण्टा खानेपानी र विजुलीबत्तीको समस्या छ । चिकित्सक अभावमा विरामीहरु उपचारबाट बञ्चित छन् । अस्पतालसंग आधुनिक उपकरण नभएका कारण विरामीको चेकजाच हुन सकेको छैन ।
अषाढ ६ - राजनीतिको स्वरूप र देशको सम्पूर्ण अवस्थाले चिन्ता लाग्नु स्वाभाविकै हो । तर आतंकित मन र निराशाले मात्र समस्या नसुल्भिने भएकाले केही विचार राख्ने जमर्को गरेको छु । जनताको ज्यादै परिपक्व व्यवहार र दलहरूमा देखिने लचिलोपनले नेपालमा परिवर्तन सहज रूपमा भएको पाइन्छ । जनता असल हुनाले राजनीतिक दलहरूलाई ठूलठूला परिवर्तनका अगुवा हुन बल मिलेको छ । सन् २००६ को क्रान्ति र यसका दूरगामी . . . Full story
प्रकाशन मिती : July 07 , 2011 बाट : धौलाश्री समाचार डेस्क श्रेणी : प्रमुख समाचार
बेलायतस्थित नेपाली राजदूतावासले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा राजदूत चालिसेले यस्तो बताएका हुन् । उनले जनताको उत्कट चाहना रहेको संविधान निर्माणका लागि व्यवस्थापिका संसदको म्याद थपिनु सकारात्मक भएको टिप्पणी समेत गरे ।
म्याग्दी बिधोदय प्रा . विलाइ १२ कक्षासम्म पुर्याउन आर्थिक संकलन - [ मोफसल ]
स्रोतअनुसार आपूर्ति मन्त्रालयले मंगलबार ' पेट्रोलियममा हड्ताल र अवरोध निषेध गर्न ' गृहलाई पत्र पठाएको छ । तर , गृहका उच्चपदस्थ अधिकारी पोखरामा भइरहेको प्रमुख जिल्ला अधिकारीहरूको सम्मेलनमा सामेल हुन गएकाले कुनै कारबाही अघि बढेको छैन । गृहका अधिकारी बुधबार फर्केपछि मात्र ऐन कार्यान्वयनमा आउने स्रोतले बतायो ।
तालावन्दीपछि दातृ निकाय विश्व बैंकले ६० करोड सहयोग रोक्ने चेतावनी दिएको थियो । आयोग देशमा खुलेका र नयाँ विश्वविद्यालय खोल्नका निम्ति नियमन गर्ने एक मात्र निकाय हो ।
त्यसो त महर्जन पनि फुर्सद पाए इन्टरनेटमा घोत्लिन पुग्छन् । उनको खोजी पुस्तक नै हुन्छ । नेट बाटै उनी थाहा पाउँछन् बजारमा के नयाँ पुस्तक आइरहेको छ , बेस्ट सेलर कुन - कुन हुन् अनि तिनलाई नेपालमा बिक्री गर्न ल्याउन सकिन्छ कि सकिदैन । यसरी नै उनले भेटेका पुस्तक हुँन् ' किङ्ग्स अफ द फरेस्ट ' र ' पाराडाइज लस्ट : स्टेट फेलर इन नेपाल ' । नेपालका बारे लेखिएका यि दुवै पुस्तकबारे उनले नेटबाट जानकारी पाए । अहिले उनी यि दुई पुस्तक नेपाल भित्राउन कसरत गर्दैछन् ।
राष्ट्र बैँकका कर्मचारीले पाउने तलब , भत्ता र सुविधा सामाजिक - आर्थिक परिवेशमा . . .
यस मनोवाद यौन कथालाई पढेर कमेन्ट गरि दिनु हुने सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुलाई मेरो नमस्कार | मेरा अरु पनि कथा , कविता अनि लेखहरु यस मझेरी डट कम मा छापिएका छन् | कृपया पढेर कमेन्ट गरिदिन हुन अनुरोध गर्दछु | साथै यस मझेरी डट कम का सम्पादक ज्युलाई पनि धन्यवाद दिन चाहन्छु |
यसअघि पनि माओवादीले खाँ परिवारको २५ विगहा जमीन र ट्र्याक्टर कव्जामा लिई फिर्ता नदिएको हिमाल खबरले जनाएको छ ।
भेटघाट र उपहार आदनप्रदानले निरन्तरता पाईरहेको थियो । तर यसको गलत् बुझाईले बिकासमा सुधा मिस प्रतिको आशक्तिलाई अझ बढि पश्रय दिदैँ गैइरहेको थियो ।
२०६७ - १० - २४ , सोमबार ( गोरखापत्र ) नेकपा ( एमाले ) का नेता केपी ओलीले वर्तमान सरकार नयाँ संविधान नबनेसम्म टिक्ने बताउनुभएको छ । पहिलो फिजम अन्तर विद्यालय फुटबल प्रतियोगिताको आइतबार यहाँ उद्घाटन गर्दै नेता ओलीले वर्तमान सरकारले नै आगामी चुनाव गर्ने र त्यसपछि सरकार परिवर्तन हुने दाबी गर्नुभयो । संविधान लेखन र शान्तिप्रक्रिया टुङ्गो लगाउनु सरकारको मुख्य काम हो , उहाँले भन्नुभयो । नेता ओलीले भन्नुभयो , " हामीले गर्न खोजे नहुने कुरा केही छैन , सङ्क्रमणकाललाई जतिसक्दो चाँडो टुङ्ग्याउनु पर्छ । " लडाकूलाई छुट्टै दस्ता बनाउने भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री खनालबीच भएको सातबँुदे सहमतिबारे आफूले जानकारी नपाएको उहाँले बताउनुभयो । उहाँले सबै दलहरूसँग मिलेर सहमति र सहकार्यका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो भन्नुभयो । रासस
घर अगाडि ठडिएको परेवाको गुँडबाट एउटा बचेराले टाउको बाहिर निकाल्छ । मुक्त आकाशमा फैलिएको रक्तिम आभाको किरणले उसलाई अलिकति चञ्चल बनाउँछ । फुत्त बाहिर मात्र के निस्केको हुन्छ ऊ भुइँमा पछारिन्छ । मूर्ख बबुरो तँलाई के थाहा त्यो अभेद्य आकाशगङ्गामा तेरो मन लोभ्याउने सुनौलो किरण मात्र विचरण गर्दैन । बिहानीको शीतल हावाको प्रदेशमा जिस्किँदै , मस्किँदै कावा खाँदै विचरण गरिरहेको चीलको आँखाको नानीमा ऊ टल्किहाल्छ । कसो बचेराका चलाख आमाबाबुले समयमै उसको उद्धार गरिहाल्छन् । बचेरा डरले थरथर काँपिरहेको हुन्छ । आमाको मौनता वाचाल हुन्छ सायद ऊ भन्छिन् -
आज कतै गएर एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ मनका सबै लगाम फुकाएर आज कतै दौडूँ लागिरहेछ
सुवर्णरेखा , गंडक , यमुना , दामोदर , नर्मदा , ब्राह्मणी , शिप्रा , कावेरी नदियों की खुशबू एक साथ़ !
चार दिनदेखि फैलिएको झाडापखालाबाट पाल्पामा तीन जनाको मृत्यु
सरकारले दर्ता गराएको विधेयकमा संधिवानको धारा ६४ मा संशोधन गरी संविधानसभाको कार्यकाल ' चार वर्षको हुने ' प्रावधान राख्न प्रस्ताव गरिएको छ । संसद्को दुई तिहाइ बहुमतले विधेयक पारित गरे दुई वर्षका लागि निर्वाचित संविधानसभाको कार्यकाल दोस्रोपटक थपिएर चार वर्षको हुनेछ । संविधान संशोधन प्रस्ताव दर्ता गराउन सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधर , कानुनमन्त्री प्रभु साह र स्वास्थ्यमन्त्री शक्ति बस्नेत अपराह्न ५ बजे संसद् सचिवालय पुगेका थिए । नयाँ संविधानका विषयवस्तुमा रहेका विवादित मुद्दा घटाउने काममा महत्त्वपूर्ण उपलब्धि भएको दाबी गर्दै मन्त्री तुलाधरले संविधानसभाको कार्यकाल बढाउन प्रतिपक्षीसहित सबै दलको सहमति जुट्ने विश्वास व्यक्त गरे ।
अन्तरिम संविधानमा राजसंस्थाको कुनै स्थान नभएकाले जुनसुकै उपयुक्त समयमा पनि मुलुकलाई गणतन्त्र घोषणा गर्न सकिने विचार उहाँको थियो ।
छतरपुर में मिले हीरा प्राप्ति के नए क्षेत्र
ए दिदी छिटो गर्नुस् है - मान्छेहरुले के भन्लान् ।
काठमाडौं , ७ भदौ नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइरालाले परराष्ट्रमन्त्री सुजाता कोइराला भारत भ्रमणमा नगएको सम्बन्धमा कुरा नउठाउन कांग्रेस नेताहरुलाई आग्रह गर्नु भएको छ । उहाँले सबै विषयलाई थाती राखेर कांग्रेसको आगामि महाधिवेशनको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ । कोइरालाले आइतबार बिहान आयोजना गर्नुभएको चीयापान कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई सुजाताको भारतभ्रमणको विषय गौण रहेकाले त्यसविषयमा कुरा नउठाउन पनि आग्रह गर्नुभयो । परराष्ट्रमन्त्री सुजाता कोइरालाले संसदीय दलको निर्देशनको अवेज्ञा गरेको भन्दै आलोचना गरेपछि सभापति कोइरालले त्यो विषयमा अहिले कुरा नउठाउन आग्रह गर्नुभएको हो ।
निर्वाचित पदाधिकारीहरुलाई नेपाल स्वास्थ्यकमी संघका केन्द्रिय अध्यक्ष रामजी घिमीरेले शुभकामना दिनुभएको थियो ।
नेवार जातिको परिचय नेवार संस्कृति हो र संस्कार पनि हो । यहा " निर विचार गर्नुपर्ने कुरा भाषा र संस्कार अझ भनू " भने जात समेत फेरिएको अवस्थामा नेवार हो वा होइन भनी पहिल्याउन त्यस्ता विशेषताहरु छन् जुन हराइसकेका छैनन् र हराउने पनि छैनन् । नेवारहरुको आफ्नै किसिमका खानपान , गहना , भा " डाकु " डा , बासस्थान , मानमनितो , चाडपर्व र विधि व्यवहारहरु छन् जुन अन्य जातिहरुमा पाइदैन । यीमध्ये कुनै पनि व्यवहारमा ल्याएका छन् भने भाषा नबोले तापनि अथवा बिर्से तापनि उनीहरु नेवार नै हुन् । ÞÞÞ ( नेवाः पुचः , बाँकेको स्मारिकाबाट )
१० बर्षे नबिन ५ कक्षामा पढदै थियो , घर मा उसको हजुरबा , हजुरआमा , बा , आमा , काका - काकी अनि उसको भाइ थिए । एक सुखी परिवारनै थियो । मान्छेको मननै त हो कता कता के के हुन्छ । एक दिन नबिनले उसको बा र काका झगडा गर्दै गरेको देख्यो , त्यो समयमा उसले केहि पनि बोलेन तर मनमा केहि कुरा खेलायो । बेलुका उसले बा सँग मनको खुल्दुलि मेट्न सोध्यो गाउँमा सबैलाइ थाहा छ हजुर र काका जति मिल्ने यो गाउँ मै कोहि छैन , तर आज किन हजुरहरु झगडा गर्नु भएको ? नबिनको बा आवेगमा थिए उसले रीस ओकल्न थाले छोरा यो भाइ भनेको साँच्चै कु - ठाउँको पिलोनै रहेछ । आज मेरो अंसियार भा छ मेरो बिरुद्धमा नलिस दिन्छ रे । सानैमा घाटि थिचेर मार्दिनु पर्ने रहेछ न हुन्थ्यो भाइ न हुन्थ्यो झमेला । नबिनले बाको सबै कुरा बुझ्यो या बुझेन तर उसको दिमागमा " सानैमा घाटी थिचेर मर्दिनु पर्ने रहेछ " घुमी रहयो । उसको सानो दिमागमा पनि कु - बिचरा पलायो अनि उ जुरुक्क उठ्यो अनि उसको २ वर्षे सानो भाइ जो सुती रहेको थियो उसको घाटी थिच्न थाल्यो । त पनि मेरो अंसियार होइन ? बिचरा २ वर्षे बालकको प्राण फुस्कियो , न बिन भने दंग थियो , उता फेरी काका र बाको झगडा मच्चिदै थियो ।
पारस शाहले सत्यतथ्य सार्वजनिक गरिसकेको र घटनामा वयान गरिए वमोजिम यदि गोली चलाइएको भए वंगालीलाई नलागे पनि कतै त लाग्नु पर्ने हो कंही टुटेको होला वा कोही घाइते भएका होलान् , कथा बाझियला भनी मेलानीलाई वोल्न नदिइएबाट पनि यो षडयन्त्र भएको पुष्टि हुन्छ । विना जाहेरीमा उहाँको स्वतन्त्रता कुण्ठित गर्ने प्रयास राजसंस्थाप्रति बढदै गएको अन्तर्राष्ट्रिय समर्थनलाई भ्रमित तुल्याउने दुष्प्रयास मात्रै हो ।
नेपाली सप्ताह २०१० अन्तर्गतका पूर्ण विवरणः सप्ताहव्यापि कार्यक्रम २५ डिसेम्बरः स्मृतिदिवस स्थानः पीएच केन्द्रीय प्राथमिक विद्यालय समयः दिउँसोको ११ बजेदेखि १ बजेसम्म
छ कालरात्री भीरको छाती हिंड्दैछु म एक्लै टल्केको पात बिहानी पख यो शीत नसम्झ ।
नगदेबालीको उर्बरभुमी दुम्मा गाँउ जहाँ प्राबिधिकहरुको पहुच बाट टाढा रहेको गाँउ हो । यहाँका मानिसहरुको मुख्य आयस्रोत नै कृषि तथा पशुपलनमा हो । यहाँका प्राय मानिसहरु कृषि र पशुपलनमा नै अश्रीत छन । मानौ दुम्मालीहरु नै आजको प्राबिधिकहरु हुन भन्ने भान हुन्छ । यहाँका प्रमुख नगदेबाली मकै , धन् , कोदो , गँहु , अन्य दाल मसेम् , मास , भाटमस , सिमी , बोडी लगयत बिभिन्न थरिथरिका दालहरु प्रशास्त मात्रमा उत्पादन गरिन्छ , पशुपलन : गाई , भैंसी , बाख्रा , सुङ्गुर् , कुखुरा आदी इत्यदि । उसो त दुम्मालीहरु बैदेशिक रोजगारको लागि बिस्व नचाहारेको त हैन । यहाँ का किराँतीहरु प्राय बेलायती सेना लगयत भारतीय सेनामा प्रमुख रोजगार रहेको छ । यहाँ को जानसंख्य कुल २७०६ रहेको छ । जस्मा माहिलाको संख्या १४६९ र पुरुषको संख्या १२३७ रहेको छ । यो गत जनगणनमा को ताथ्यङ्क हो । यहाँका ९५ % राई किराँतीहरुको बासोबास् रहेको छ । यहाँ आफ्नै भाषा , आफ्नै भेष भुषा , रितिरिवाज परम्पार छ भन्दा कसैको दुईमत नहोला । प्राय यहाँ किराँती भाषा नै बोलिन्छ , उनिहरुको भाषा नै दुम्माली भाषा ( दुङमाली बान्तवा राई ) भनेर चिनिन्छ । यो भाषा , ठुलोदुम्मा , सानोदुम्मा , बस्तिम् , जरायोटार् , आम्तेक चाराम्बी , पुर्बी भोजपुर र उत्तरी भोजपुर मा छिट फुट ठाउँ ठाउँ मा बोलिन्ने गरेको पाईन्छ । यो भाषा लाई दुङमाली भाषा भनेर् चिनिन्छ । बान्तवा भाषा सँग मिल्दो जुल्दो हुन्छ । बान्तवाले बोलेको भाषा दुङमालीले सजिलै बुज्दछ । र दुङमाली ले बोलेको भाषा बान्तवा ले बुज्दछ । यो भाषा त्यति कठिन छैन । बान्तवा भाषा र दुङमाली भाषा सबै बान्तवा राईहरुले सजिलै बुज्दछन । जस्तै : " म किराँती हो " , भन्नु पर्दा , बान्तवा ले " आङका किरावाछा " । दुङमाली राईहरुले पनि " आङका किरावाछा " नै भन्दछन । र " किराँती को घर हो " , भन्नु पर्दा , दुङमाली राईहरुले , " किरावा खिम " भन्दछ । बान्तवा राईहरुले पनि " किरावा खिम " नै भन्दछन । प्रस्तुती : राई चन्द्र किराँती
फेरि अर्को कुनामा आमाले हेर्न भन्नुभयो । त्यहाँ त छिन्नभिन्न भएका मृत शरीरलाई पीताम्बरले सजाएर लहरै राखेका रहेछन् । ती लासहरूले विश्वशान्तिको कामना गरिहेजस्ता देखिन्थे । फेरि अर्को कुनामा हेर्दा त एउटा ठूलो खाल्डोमा मरेका थुपै्र मान्छेलाई एकै ठाउँ खाँदेर सिन्की बनाएका रहेछन् । तिनीहरू आफूलाई अमर घोषित गरिरहेजस्ता देखिन्थे । त्यहीँ अर्को कुनामा छटपटाइरहेका अपाङ्ग - अशक्त , घाइतेहरू आँसु र पोखरीमा डुबिरहेका थिए मानौँ तिनीहरूको चीत्कारमा विश्वशान्ति नै गुञ्जिरहेको थियो ।
त्यो आवाजले उनलाई पछाडि फर्केर हेर्न वाध्य बनायो । गहुँगोरो बर्णकी हेर्दा राम्री नारी शृंगारमा सजियकी अन्दाजी दुई बीसको हाराहारीकी महिला उनी सामु उभिएकी थिइन् । नयाँ भविष्यको खोजीमा पाइला लकाएकी उनी भर्खर ग्रामीण भेगको गरिबी परिवेशसँग मात्रै परिचित थिइन् । तर नारीबाटै नारी बेचिनु पर्छ भन्ने कुरामा उनी अनभिज्ञनै थिइन् । उनलाई त बडो खुशी लागेको थियो ती महिलासँग भेटेर आफ्नो दु : खका कुरा बाँड्न पाउदा ।
सबै समस्या घोलिएर थुप्रिएका छन् । कुनैको पनि ' रेडिमेड ' उत्तर नहोला । व्यावहारिक राजनीतिका नाममा वर्गसंघर्ष सञ्चालनमा देखाइएका उदासीनताले यी आन्तरिक र वाह्य समस्या देखिएका र पैदा भएका हुन् । यस अवस्थामा त्यसको सामना र परास्त गर्ने नयाँ पहल , कार्यदिशा र कार्यनीतिले मात्रै कचिंगलको बढारकुडार र सम्भावनाको उद्बोधन गर्न सक्नेछ । राजनीति अभ्यासकै क्रममा बाटो बन्दै , जोखिम उठाउँदै सम्भावना खोज्दै र अवरोध पन्छाउँदै बढने पक्रिया हो । कहिले सुधारवादी देखिने दाइने खुट्ा अगाडि बढाउनु पर्ने हुन्छ त कहिले उग्रता झल्कने देब्रे अगाडि बढाउनुपर्छ । अहिलेको बैठकले त्यो सबैको उपयुक्त उत्तर दिनुपर्छ । ( लेखक माओवादी सल्लाहकार हुन् )
ए भाई तिमी त्यो त गर्नु पर्छ भन्छौ सबै अगी सरे पछी तिमी बेपत्ता हून्छौ त्य्सैले तिमी अरुको प्रगती चाहदैनौ अरुलाई भुङ्रोमा हाली मात्रै रहन्छौ ल !
बाबु पदमबहादुर र आमा बिष्णुमायाका ६ सन्तानमध्यका कान्छो छोरा ईश्वर थापा अहिले जापानका एक प्रतिष्ठित ब्यापारी हुन् । उनका ४ दिदिबहिनी र १ दाजु छन् । अहिले उनको टोकियोको कोयञ्जीमा नेपाल , भारत , थाइल्याण्ड , इन्डोनेसिया , चीन , श्रीलंका लगायतका एशियन मुलुकहरुबाट आयातित तैयारी पोशाकको होलसेल पसल छ । जापानभरि झण्डै ८ सयभन्दा बढि पसलहरुमा उनले सामान सप्लाई गर्दै आईरहेका छन् भने नेपाली तथा इन्डियन परिकार पाईने " खाना " नामको दुइवटा रेष्टुरेन्ट पनि छ । तैयारी पोशाकको ब्यापारमा उनलाई आफ़्नी श्रीमती मनिकाले पूरै सघाउँछिन् । नेपालमा पनि उनको एउटा गार्मेन्ट फ़्याक्ट्री छ , जहाँ उनले १ सय भन्दा बढि नेपालीहरुलाई रोजगारी दिएका छन् र उनीहरुमा झण्डै ४ सय जनाको परिवार आश्रित छन् । यसैगरी स्वीजरलैण्डको घडि ( RSW ) र सेरामिक नाइफको मार्केटिङ एजेन्सीको रुपमा काम गर्ने उनको अर्को एउटा पसल पनि छ । नेपालकै ब्यापारमा राम्रो प्रगति गरिरहेका थापादम्पति एकाएक किन जापान तानिए त ? भन्ने जिज्ञासामा उनी अगाडि भन्छन् -
भाषा र संस्कृति हरेक समुदायको पहिचान हो र समुदाय हामी सबैको पहिचान हो । आफ्नै मौलिक भाषा र संस्कृति बिनाको समुदाय अपूर्ण र अस्तित्व बिहिन हुन्छ । हामी नेपालीहरु वीच जात जाति भाषा भाषी धर्म र संस्कृति विविधता भएतापनि समग्रमा हामी नेपाली हौ । नेपाल चार जात छत्तिस वर्णको फूलबारी भएको कारण भाषा र संस्कृतिमा ब्यापक विविधता पाइन्छ । नेपाली समुदाय भित्र थुपै्र शाखा समुदायहरु छन् र हरेकका आ - आफ्नै विशेषता तथा मौलिकता रहेका छन् । नेपाली भाषा र संस्कृतिले नै हामी सबैलाई एउटै मालाको फूलका थुंगाहरु सरी विभिन्न समुदाय वीच एक सुत्रमा बाँधेको छ । र आफ्नो मुलुक बाहिर विदेशीहरुका माझमा हामीलाई नेपाली समुदायका रुपमा चिनाएको छ । यदि हाम्रो छुट्टै मौलिक भाषा र सस्कृतिको पहिचान नहुँदो हो त हामीलाई कसैले नॆपाली भनेर चिन्ने थिएनन् र अस्तित्वविहीन रहन्थ्यौं । यस परिप्रेक्ष्यमा भाषा र संस्कृतिको संरक्षण र विकास गर्नु भनेको आफ्नो अस्तित्व बचाउनु हो जुन हरेक नेपालीको कर्तब्य हुन आउँछ ।
माइग्रेन से पीड़ित बहुत लोगों को कई वर्षों तक नियमित सिरदर्द कि शिकायत हो सकती है । हालाँकि बहुत से लोग सिरदर्द पर नियंत्रण करना और इसके साथ जीना सीख जाते हैं । इसके साथ - साथ , प्रायः माइग्रेन 50 या 60 वर् . . . .
भोकमरीको हलको निम्ति जाजरकोटका सीडिओसंग हामीले कुरा गर्यौं , उनी भन्छन् - " हामीसंग छत्तिस सय क्विन्टल चामल अहिले पनि विद्यमान छ । " जनता भोकमरीले मरिरहेका छन् , चामल तुरुन्त वितरण गर्नु पर्यो भनेर हामीले अनुरोध गर्दा उनी भन्छन - " प्रक्रिया मिलाएर जानुपर्छ , बैठक बोलाउनुपर्छ , सहमति बनाउनु पर्छ , सहमति भएपश्चात युजर कमिटि बनाएर पठाउनु पर्दछ , फेरि त्यहाँ युजर कमिटि बनाएर पठायो त्यो युजर कमिटिले बीचैमा चामल बेचेर नक्कली बील पेश गर्छन् । " त्यसकारण मूल समस्या हामीसंग साधन - स्रोत नभएर होइन कि सरकारको पुरानो सामन्ती राज्यप्रणाली र नालायकीपनको हो ।
करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् ।
थियो । लामासहित अन्य ५ सदस्यलाई मन्त्री तामाङले खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शपथग्रहण गराए ।
सम थापा , नेपालगंज , बांके / एचकेनेपाल डट कम - रुघा खोकीले महामारीको रुप लिएपछि मुगु जिल्लामा एक दर्जन बढी मानिसहरुको मृत्यु भएको छ ।
यसपटक पनि सिवर्ड यात्राकै केहि ( निक्कै ) तस्विरहरु राखेको छु । निक्कै नै खिचिएछ । कुनै पनि फाल्न मन नलाग्ने र ब्लगमा हाल्न पनि पगितो नै हुने त्यसैले छानछुन पारेर यति राख्दा पनि अझै सकिएको छैन । अर्को एकपल्टलाई पनि यहि यात्राकै फोटोहरु राख्नुपर्ने भयो । अलिपछि राख्ने विचार गरेको छु । अहिलेलाई प्रसान्त महासागरमा हेलिँदै र हल्लिँदै खिचेका तस्विरहरु -
५ जुलाई , ०११ । मुलुककै जेठो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयबाट प्रमाण पत्र तहको अध्ययन खारेजीले त्रि . वि . अन्तर्गतका क्याम्पसहरूमा सुनसान छाएको छ । विकल्प नै नदिई प्रमाण तह गत वर्ष खारेज गरिएपछि नियमित पढ्न नसक्ने विद्यार्थीहरूले पनि प्राइभेटबाट परीक्षा दिने ढोका बन्द भएको छ ।
प ा द ग ि ी ल य ा ा य ा मजदर ु ह को ा स मा आ इ प र े का सम य ा ह को सह प हचा न ग र सा झ ा थलो क ो प म ा न ेप ा ल ी ग ि ी ल य ा ा य ा मजदर ू मा च सा उ द अरे य ा को था प न ा भए क ो छ । य स मा च का का य ह ला ई सहज प म ा संचा ल न क ो ि न य ो धा न ि न मा ण भए क ो छ ।
कर्मचारीहरूले सेवा र सुविधाका लागि विभिन्न नौवटा माग राखेकोमा हरेक मौसमका लागि छुट्टाछुट्टै प्रकारको लुगा भक्ताको माग , फोर्स लिभको माग र स्टक एक्सजेन्ज भत्ता बढाउने माग भने अझै पूरा नभएको बताइएको छ । संस्थागत सुधारका मागका सम्बन्धमा भने त्यस्ता माग पूरा गर्न नीतिगत रूपमा नै अघि बढ्नुपर्ने भएकोले त्यसमा सहमति गर्दै क्रमवद्ध रूपले सुधारको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत नै देखिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा सभापति आचार्यले प्रधानमन्त्री खनालले राजीनामा दिएर सहमतिको सरकार नबनेसम्म शान्ति प्रक्रिया र संविधान निर्माणमा अवरोधहरु आई रहने दावी गरे । उनले भने , ' सत्ता साझेदारमा सहमति भए सबै कुरा मिलेर जान्छ । '
धान दिवसका अवसरमा नेपाल किसान सङ्घद्वारा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै उनले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको विकास गर्नसकेमा मात्र राष्ट्रिय विकासमा टेवा पुग्छ भने ।
सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक सुरेश आचार्यले पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका मुद्दालाई ओझेलमा पारी मालिक पत्रकारको बचावटका लागि आन्दोलन गरेको बताउनुभयो ।
माल्दिभ्सविरुद्ध २ गोल गरेकी जमुना गुरुङले आफ्नो जन्मदिन सोमबार टोलीका अन्य साथीसँग मनाएको टोली नेता सञ्जिव मिश्रले नागरिकलाई जानकारी दिए ।
पृष्ठभूमि : २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा " भारतद्धारा नक्कली ' कपिलबस्तु ' निर्माण " समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती , धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ / न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न , तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक , सामाजिक , आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो । राजनीतिक , आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ , हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १ , २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ । More
अर्थ - " जुन प्रभुको बडा प्रसिद्ध यश ( किर्ती ) छ उसको कुनै प्रतिमा ( फोटो वा मूर्ति ) छैन । "
१२२ . विधेयक फिर्ता लिने विधेयक प्रस्तुतकर्ता सदस्यले सदनको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।
त्यहीबाट अर्को बिहान हिँड्ने बेला संघर्षले मलाई भेट्नु भन्नुभयो । भेट भयो । उहाँले मलाई तपाईँ भावनात्मक रुपमा साह्रै मन पर्यो भन्नुभयो ।
पुनर्गठनका क्रममा वर्तमान मन्त्रीहरुको कार्यभार पनि हेरफेर गरिनेछ । सञ्चार अध्यादेशका कारण आलोचित भइरहेका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री टंक ढकाललाई स्थानीय विकास मन्त्रीको जिम्मा दिएर सञ्चारमन्त्रीमा नयाँलाई ल्याउने तयारी भइरहेको छ । यसबाहेक हाल बदनाम भएका केही मन्त्रीहरु हट्ने छन् ।
२०६७ सालमा समाजसँगै सरकारी निकायहरू पनि अपराध र अपराधीबाट मुक्त रहन सकेनन् । . . .
डेमी मुर अप्रिल १ तारिखमा ड्रागन एयरको जहाजबाट काठमाडौं आएकी थिइन् । मुरसँग विश्वप्रशिद्ध समाचार च्यानल सीएनएनका ९ जना पत्रकारको टोली पनि थियो ।
काठमाडौं , साउन २० ( नागरिक ) - राष्ट्रिय सहमति जुटाउन एमालेले मधेसी मोर्चालाई शुक्रबारको मतदानमा तटस्थ बस्न आग्रह गरेको छ । एमालेले दुवैको उम्मेदवारी फिर्ता गराउने वातावरण बनाउन बिहीबार ३ बजे कांग्रेस , माओवादीबाहेक दलको केन्द्रीय कार्यालयमा संयुक्त बैठक आह्वान गरेको छ । एमालेले बुधबार राष्ट्रपति रामवरण यादव र मधेसी मोर्चासँग बेग्लाबेग्लै छलफल गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे अध्यक्ष खनालले राष्ट्रपति यादवसँग बिहान भेटघाट गरेका थिए । राष्ट्रपति निवास सितलनिवासमा भएको भेटघाटमा व्यवस्थापिका संसदमा तेस्रोपटकसम्म भएको प्रधानमन्त्रीको निर्वाचनबारे राष्ट्रपतिले चासो व्यक्त गरेका थिए । सहमति कायम गरेर सरकार गठन , शान्तिप्रक्रिया र संविधान निर्माणबारे यादव - खनालबीच छलफल भएको थियो । यस्तै , सद्भावना संसदीय दल सिंहदरबारमा भएको मोर्चासँगको भेटघाटमा एमालेले राष्ट्रिय सहमतिको एजेन्डामा जुट्न प्रस्ताव गरेको थियो । मुख्य एजेन्डा सहमतिलाई बनाएर जाँदा मात्रै शान्तिप्रक्रिया र संविधान निर्माण पूरा हुने प्रस्ताव राखेको खनालले बताए । ' बहुमतीय प्रणालीबाट हुँदैन । राष्ट्रिय सहमतिका लागि सबै जुट्नु पर्ने आफ्ना धारणा राखेका छौँ , ' खनालले मोर्चासँगको भेटघाटपछि भने , ' दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिने वातावरण बनाउन बिहीबार संयुक्त बैठक आह्वान गरेका छौँ । ' मोर्चाका लक्ष्मणलाल कर्णले उम्मेदवारहरुले एमालेलाई फिर्ता लिनेबारे दिएको जवाफबारे जानकारी मागिएको बताए । ' उम्मेदवार फिर्ताबारे प्रत्यासीले के भनेका छन् । र , त्यसपछि के गर्ने स्पष्ट धारणा माग्यौं ' , कर्णले भने ।
अन्यथा दलहरुको आपसी अबिश्वास र सत्ताको लुछाचुँडीले बिदेशी दबदबा अपूर्वरुपमा बढ्न गई राष्ट्रिय अस्मिता र अखण्डता नै समाप्त हुने खतराको संघारमा देश पुगेको छ । २०६२ / ६३ मा जनताले फेरि एक पटक जितेका थिए तर त्यसलाई आज जिम्मेवार दलहरुको कृयाकलापले हारमा परिणत गर्न थालेको दुःखद अबस्था छ । '
पोखरा ४ असार । भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले माओवादीले भेला गर्दै हिड्नु पार्टी लागि खतरा नभै पार्टीलाई झनै मजबुद बनाउनका निम्ति भएको दाबी गर्नुभएको छ । पार्टीभित्र प्रचण्ड बैद्य र भट्टराईले विभिन्न ठाउँमा आ आफ्नो ढंगले भेला गर्दै हिडेको अवस्थामा मन्त्री रायमाझीले यस्तो दाबी गर्नुभएको हो । पोखरा विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले ठूलो पार्टी भएका कारण पार्टी फुटाउनका लागि र माओवादी एक भएको देख्न नसक्नेहरुले भेलालाई अनावश्यक टिका टिप्पणी गर्दै हिडेको आरोप लगाउनुभयो । पार्टीका पोलिट्ब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले माओवादी लडाकुको समायोजन तथा पुनस्र्थापना नभएसम्म सरकारलाई हतियारको चावी नबुझाइने भन्दै उहाँले हतियार र सेनालाई अलग गर्न नमिल्ने बताउनुभयो । शान्तिप्रकि्यालाई टुङ्गोमा पुर् याउन नयाँ संविधान जारी गर्न र देशलाई समृद्धितर्फ डोर् याउन राष्ट्रिय सहमति अनिवार्य भएको विचार व्यक्त गर्दै मन्त्री रायमाझीले राष्ट्रिय सहमति भएपछि मात्रै प्रधानमन्त्री खनालको राजीनामा आउने जनाउनुभयो । पाँचबुँदे सहमतिको कार्यान्वयन १५ दिनभित्रै लागू हुने विश्वास ब्यक्त गर्दै उहाँले सहमति पालना भएमा मात्रै देशले निकास पाउने धारणा राख्नुभयो । देश अहिले पनि चुनौती र सङ्कटग्रस्त अवस्थाबाट गुजि्ररहेको हुँदा दलहरु ५ बँुदे सहमतिप्रति लचिलो भएर कार्यान्वयनको दिशामा आउनुपर्ने बताउनुभयो । कास्कीको लेखनाथस्थित साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वार्षिकउत्सव उद्घाटनको मन्त्री रायमाझी पोखरा आउनुभएको हो ।
बीकानेर , 24 जून । यहां अणचाबाई अस्पताल के सामने बने भगवान जगन्नाथ मंदिर के 301 वें सफलतम प्रवेश पर इस बार भी प्रतिवर्ष की भांति भव्य रथयात्रा बुधवार सांय निकाली गई । जिसके तहत भगवान जगन्नाथ जी , बलदेवजी व सुभद्राजी पहले अपनी मौसी के यहां होते हुए जनकपुरी ( ससुराल ) रतनबिहारी पार्क स्थित रसिकबिहारी जी मंदिर में 9 [ . . . ] [ . . . more ]
भुटानमा धेरै कामहरू आफ्नै प्रकारले भइरहेका छन् । भुटान भारतलाई स्वच्छ ऊर्जा अर्थात् जलविद्युत् निर्यात गर्न र त्यसबाट सरकारी ढुकुटीमा प्राप्त हुने वैदेशिक मुद्रा शिक्षा , स्वास्थ्य सेवा र भौतिक संरचनाको विकासमा लगानी गर्न सक्नेछ । साथै भुटानको वृद्धिको प्रतिफल सबै क्षेत्र र वर्गका जनतासम्म पुर्याउने चाहना पनि रहेको छ ।
जुन सरकार आए पनि शहीद घोषणा नगरेर उपेक्षित गरेको वक्ताहरुको गुनासो थियो । सामान्य ज्ञान लगायतका कितावहरुमा प्रथम शहीद लखन थापा भनेर उल्लेख भए पनि राज्यले वेवास्ता गर्नु सूर्यलाई हत्केलाले छेक्नु जस्तै रहेको वक्ताहरुको भनाई थियो ।
क्यारिज्म्याटिक व्यक्तिहरूले प्रायः यो प्रश्न सोध्ने गर्छन् । उनीहरूको यस प्रश्नको तात्पर्य वास्तवमा यो हो - " के तपाईंले आत्माको बप्तिस्मा पाउनुभयो , अन्य भाषा बोल्ने जस्ता क्यारिज्म्याटिक अनुभव पाउनुभयो ? "
नेपालको सबभन्दा शक्तिशाली भाषा भएकैले गर्दा वर्तमान नेपालमा सबभन्दा धेरै राजनीतिक विरोध र विवादको विषय बनाइएको एक मात्र बोलचालको भाषा नेपाली हो । प्रसिद्ध समाज भाषा वैज्ञानिक खुप्छन्दानी ( कुराकानी ) को भनाइ अनुसार राजनीतिक विरोधले सबै भन्दा कमजोर सम्पर्क भाषालाई बनाउने विश्वभरको प्रवृत्ति हुन्छ । नेपालका हकमा पनि खुप्छन्दानीको मान्यता लागु भएको देखिन्छ ।
हामीलाइ लग्दा जेल भरिएको थियो । बनारसका त्यसबखतका सबै नेताहरूथिए जेलमा । श्रीप्रकाश , सम्पुर्णानन्दहरू । बांदरसेनाका ठीटहरू पनि थुप्रै थुनिएका थिए । जेलमा पुग्नासाथ त पहिले डाक्टरी परीक्षण हुंदोरहेछ । वयस्क भनेर ठूल्दाजुलाइ राम्रो ठाउँमा राख्यो , त्यहाँ श्रीप्रकाशहरू थुनिएका थिए । मलाइ त केटाकेटी भनेर नाबालक वार्डमा पठाइदियो । नाबालक वार्डमा पनि ठाउं थिएन , बाँदरसेनाका केटाकेटीहरूले भरीभराउ थियो । मेरो लागि त ठाउँ नै थिएन । अनि मलाइ एकान्त - कारावासको सेलमा राखे । हथकडी ठूल्दाजुलाइ पनि लगायो , मलाइ पनि लगाए । तर उहाँको संगत बाहिरसंग सम्पर्क भएका राम्रा मानीससंग भयो , मलाइ भने एक्लै बस्नुपर्ने भयो । त्यसरि हामीलाइ ३ / ४ महिनासम्म थुन्यो । ठाउं फोहरू छ , मलाइ घाउ भैरहेको छ । एउटा फलामको कराही छ , भात , दाल , परवरको तरकारी हालेर सेलभित्र छिराइदिएको छ । ढोकामा बाहिरबाट हेर्ने प्वाल मात्रै छ । दुइटा कैदीहरू कराएर भन्छन - कोन है उस ३ नं मे ? अनि ठट्टा गरेर हांस्छन ।
शहरमा , चेतना बन्धकी छ तिमीले देखिनौ ? आर्यघाटमा मात्र खरानी हुँदो रहेनछ जीवन । शहरमा , अनौठो छटपटी छ म संसारको सबैभन्दा धेरै पर्यटक हुँ त्यहीं त हो नि - लण्डन हिजै त हो गाडी चढेर गएको सपनाको विश्वास , भ्रम र त्रास हुँदै आज समर्पण सम्म आइपुग्दा सम्झना - बादल चुहिएको यो मन - पहाडको भर्खरै ज्ञात भएको अज्ञात देउरालीको छेउमै भेटेको छु , आत्मविश्वास - दर्शनढुंगा र त्यहीँ आफ्ना आँखाहरुलाई भावनाले खलबल पारेर श्रद्दाको छिनोले तिम्रो नाम खोपिरहेछु ट्वाक् , ट्वाक् , ट्वाक् , ट्वाक् . . . . . . यो संगीत हो - हृदयको जानोस यो पहाडले पनि ; तिम्रो नाम कती प्यारो छ , मेरा लागि अन्जुलीभरी पारीजात थापेर मध्यरातमा बगाएदिएको छु खोलामा समुद्रबाट टिपेर कपालमा सिउरिनू यो हृदयले लेखेको प्रान्जल भावलाई स्वार्थी बजारको बकवास नसम्झनू हो ! , सपनामै त हो नि स्वतन्त्र भएर घुम्ने विपना त यथार्थको अटुट जन्जिरले बाँधिएको छ ; अपार समयको झ्यालखानामा म , बन्धी छु बाध्यताको म खोलाको किनारमा । तिमी समुद्रको किनारमा ।
काठमाडौ , जेष्ठ ७ - दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब फेरि एकपल्ट राष्ट्रिय क्रिकेटको फाइनलमा भिड्दै छन् । यी दुई टिम पेप्सी स्ट्यान्डर्ड चार्टर्ड ट्वान्टी - ट्वान्टी क्रिकेटको फाइनलमा शनिबार भिड्न लागेका हुन् ।
विमोचन समारोहमा खाँडको बहुचर्चित पुस्तक ' सुप्रीम गड ' को विषयमा नेपाली काग्रेस राष्ट्रबादीका रामबाबु प्रसाईले जीवनभरीको अध्ययनबाट आफूले अहिलेसम्म बुझ्न नसकेको कुरा खाँडले सहजै ब्याख्या गरेको भन्दै त्यसबाट संसारले धेरै कुरा पाउन सक्ने बताए ।
बीकानेर , 5 अगस्त । संभाग स्तर पर राजस्थान हाईकोर्ट बैंच की स्थापना की मांग को लेकर किए जा रहे आंदोलन के क्रम में सोमवार को प्रदर्शन किया गया । संभागीय संघर्ष समिति के अध्यक्ष रामकृष्ण दास गुप्ता ने कहा कि मुख्यमंत्री अशोक गहलोत ने इस आंदोलन के बारे में जनता और अधिवक्ताओं को जो गलत संदेश दिया [ . . . ] [ . . . more ]
आपको और आपकी मुवक्किला को बहुत बधाई । कई बार दैनंदिन घटनाओं का ब्योरा मुझे इस उपमहाद्वीप के ख्यात लेखक ए . हमीद की याद दिलाता है । हालांकि वे रूमानी उपन्यासकार थे । मगर मैं ब्यौरा और तफ़सील की जानिब तुलना कर रहा हूं ।
त्यसका लागि आफू हदैसम्म लचकताका साथ प्रस्तुत भइरहेको पनि चर्चा गरेका थिए । बिशेषदूत टोरेङ शान्ति प्रक्रिया सुरु हुने बेला नर्वेको राजदूतको रुपमा नेपालमै कार्यरत थिए ।
सोनु टेक कम्पनीको भिजुअल प्रोडक्शनको सुपरभिजनको जिम्मा पाएका उनले एक महिनाको अवधिमा स्पेशल इफेक्टका लागि काम गर्दै प्राइम फोकश , बिलिफडिजाइन , मेथड स्टुडियो , क्रिएटिभ काउजस्ता विश्वप्रख्यात कम्पनीको वर्कशप लिने अवसर पाएको पनि बताएका छन् ।
जन्म स्थान लोहना , मधुबनी , बिहार । चर्चित कथाकार , कवि ओ सम्पादक । प्रकाशित कृति : चक्रव्यूह ( कविता संग्रह ) त्रिकोण ( सहयोगी कथा संग्रह ) , ओहि रातिक भोर ( कथा - संग्रह ) , मातवर ( कथा संग्रह ) ।
हर्मीमा स्थापना भएको सामुदायिक रेडियो हर्मी १०५ . ४ मेगाहर्जको स्टुडियोमा रेडियो प्रशारण गर्दै प्राविधिकहरु गाँउमा नै तालिम लिएका यी प्राविधिकहरु औपचारिक प्रशारणमा जानु पूर्व आवश्यक अभ्यासमा जुटेका छन् । गत असार ४ गतेबाट परिक्षण प्रशारण शुरु गरेको रेडियो हर्मी आगामि आश्विन अन्तिम साताबाट औपचारिक प्रशारण गर्ने तयारीमा जुटेको छ ।
नेपाली राजदुतावास डेनमार्कको सभाहलमा सम्पन्न अधिवेशनले आगामी कार्यकालको निम्ति कोपनहेगनका पुराना ब्यबशायी एबम् समाजशेवी मोहनराज मिश्रको अध्यक्षतामा आइसिसि सदश्य महेश कंशाकार सहितको कार्यकारिणी समिति आम सहमतिबाट चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा बबि कुमार क्षेत्री र गणेश ढकाल , महासचिव कृष्ण प्रसाद पौडेल , सचिब शिव कार्की , कोषाध्यक्ष हेम प्रसाद अर्याल , सदश्यहरुमा शशी कुमार ढकाल , नरेन्द्र बहादुर बस्नेत , रामशरण भट्ट , डम्मर तिमिल्सिना र सुर्य प्रकाश खनाल , महिला सदश्यहरु अन्जु श्रेष्ठ र बिध्या श्रेष्ठ क्षेत्री तथा आइसिसि महिला प्रतिनिधि देबी कुमारी गौतम एबम् युवा ( बिध्यार्थी ) प्रतिनिधि नबिन पौडेल चयन हुनु भएको छ । साथै बिधानको ब्यबस्था अनुसार समितिको संरक्षकमा संस्थापक अध्यक्ष सोमनाथ सापकोटा रहनु भएको छ ।
सन्तोष पोखरेल , पोखरा , पुस १४ - मासु व्यवसायीले आयातमा लगाएको सिन्डिकेटले पोखरामा कुखुराको मासु अन्तभन्दा महँगो छ । सिन्डिकेटका कारण उपभोक्ताले कुखुरा मासुको बढी मूल्य तिर्नुपरेको छ ।
वर्ष १६ , अंक १३९ , आइतबार , २२ असार २०६५ को कान्तिपुर दैनिकको पेज नं . ३ मा ' गोरखा भर्तीकेन्द्र बन्द नगर्न प्रदर्शन ' भन्ने शर्षिकमा कुलचन्द्र न्यौपानेजीको पोखराबाट प्रेषित समाचारप्रति यो पंक्तिकारको ध्यानाकर्षित भयो । त्यसमा उठेका वा समेटिएका कुराहरू रोजीरोटी र सामान्यजस्ता लागे पनि सोझै राष्ट्रियता र राजनीतिसँग जोडिएकाले थोरै छलफल चलाउने कोसिस गरिन्छ ।
कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद्ध तिमी नेपाली भूमिमा तेह्र बर्षको यति ठुलो युद्धमा पनि भएन देशमा शान्ति किन ? त्यति बेला भन्यौ जनतालाई तिमी नेपाललाई स्विजरलेण्ड बनाउछु नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले किन ? अहिले सरकारबाट बाहिरिएर जनआन्दोलन गर्छौ किन ? दसौ हजार जनताहरु भने तातो गोली खाएरै मरे तिमी भने महलमा देश विदेशको भ्रमण गर्छौ किन ? किन प्रचण्ड तिमी किन ? . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
न्यायपरिषद् नियमावलीले कार्य सम्पादन र कार्यक्षमतालाई माथिल्लो तहमा हुने नियुक्तिसँग आबद्ध गरेको छ । सेवा बाहिरबाट आउन चाहनेहरुको कार्य सम्पादन र कार्यक्षमतालाई मूल्यांकन गर्नु झन् गाह्रो विषय हो । तसर्थ सही सूचना सचिवालयमा पुर्याउने प्रक्रिया र संयन्त्रको संस्थागत विकास नभई कार्य सम्पादन र कार्य क्षमतालाई नियुक्तिसँग आबद्ध गर्दा फेरि पनि मनोगत हुने खतरा रहन्छ । योग्यतामा आधारित तथ्य , तथ्यांक र सूचनालाई क्षेत्रीयता , राजनीति , नाता , जातजाति , पारिवारिक सम्बन्ध र सम्पर्कले थिच्यो भने यस्ता कानुन जलप लगाएका गहना मात्र हुनेछन् । यसतर्फ परिषद्को ध्यान तानिनु आवश्यक छ ।
मझपच्छियूँ सल्यानको त्रिभुवन माविमा ७ कक्षामा ' म जुजुमान ' कथा पढियो । उतिबेलै लाग्याथ्यो - ' यति मज्जाको कथा लेख्ने गोविन्दबहादुर गोठालेलाई काठमाडौं पुगेँ यदि कहिल्यै भने जरुर भेट्नेछु । '
- ०५४ सालमा सिद्धार्थ इंग्लिस मावि काभ्रेबाट एसएलसीमा सर्वोत्कृष्ट भएका मदनकुमार बडाल अहिले अमेरिकामा छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट एमबीबीएस सकेका थिए । एमबीबीएस सकेर चीनमा एक वर्ष अध्यापनसमेत गरेका थिए ।
पोखरा , ३ असार । रक्षामन्त्री विष्णु पौडेलले उपयुक्त उम्मेदवार तयार भए प्रधानमन्त्री खनालले तुरुन्तै राजीनामा दिने बताएका छन् । उनलॆ प्रधानमन्त्रीको उम्मेद्वार खडा नभएसम्म खनालको राजीनामा नआउने प्रष्ट पारे । पश्चिमान्चल क्षेत्रस्तरीय संघियतासम्बन्धी शुक्रबार पोखरामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै एमाले सचिवत समेत रहेका मन्त्री पौडेलले भने - ' प्रधानमन्त्रीको उम्मेद्वार नै अहिलेसम्म निश्चित भएको छैन यस्तो अवस्थामा कसरी राजीनामा दिनु ' । उनले यस्तो अवस्थामा राजीनामा दिदा देश नै जटिल मोडमा पुग्ने बताए । पाँच बुँदे सहमतिप्रति एमाले प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले सहमतिकै आधारमा संविधान निर्माण गर्नुपर्ने हुँदा अहिलेको सरकार पनि राजीनामा दिन तयार रहेको बताए । माओवादी हतियारबाट अलग भए भदौ १४ अघि नै शान्तिप्रकि्या टुङगो पुग्ने थियो भन्दै यसलाई टुँङगोमा पुर्याउने वा नपुर्याउने जिम्मा माओवादीको रहेको बताए । माओवादी हतियार र लडाकूबाट जतिसक्दो छिटो मुक्त हुन्छ त्यत्ति छिट्टै शान्तिप्रकि्रया टुँगिन्छ उनले भने । शान्ती र संविधानका लागि थपिएको तीन महिनाभित्र माओवादी लडाकु समायोजनको संङख्या निर्धारण पुर्नस्थापनालगायतका सबै मुद्धामा राजनीतिक सहमती हुनुपर्नेमा जोड दिए । पाँच बुदे सहमतीप्रति राजनितीक दल निष्ठावान हुनुपर्ने बताउदै राष्ट्रिय सहमतिका लागि सत्तापक्ष र प्रतिपक्षमा बसेर आफ्नो अनुकूलको विश्लेषण गर्न नहुने उनले बताए । कार्यक्रममा बोल्दै एमालेका सचिव तथा संसदीय दलका उपनेता शंकर पोखरेलले जातीय आधारमा देश संघियतामा जान नहुने बताए । राजनीतिक दलले आफ्नो अडानबाट लचिलो हुनुपर्छ उनले भने । शान्ति र संविधानका लागि एमाले हदैसम्मको लचिलो भएर प्रस्तुत हुने उनले बताए । दुईदिनसम्म चल्नॆ कार्यक्रममा पश्चिमान्चल विकास क्षेत्रका अधिकांश जिल्ला अध्यक्ष विभिन्न जातीय विभागका प्रतिनिधिलगायत गरी एकसय जना एमाले नेता तथा कार्यकर्ता सहभागी छन् । संघियताको मोडलमा जाँदा कुन - कुन एजेण्डा लिएर जाने भन्ने बारेमा छलफल हुनेछ । यसैबीच रक्षामन्त्री पौडेलले शुक्रबार नै विजयपुरस्थित पश्चिम पृतना र फूलबारीस्थित नयाँ गोरख गणको अवलोकन गरेका छन् ।
मलार्ई उसको भनाइ करेन्टको झट्का झैँ लाग्छ दिमागमा । ए हो त नि डाक्टर अङ्ककलको कान्छो छोरा प्रलय । तर कसरी हुन सक्छ यो सब । कतै यो मान्छे प्रलयको नाम लिएर मसँग चिटिङ्ग त गर्दै छैन ? उसको अनुहार । म नजिकै बसेर उसको मुहार नियाल्छु । तर पटक्कै मिल्दैन गालाको छाला सोरिएर मुख कच्याक कुचुक्क भएको । साँच्चै एकान्तमा उसलाई मैले एक्लै भेटेकी भए सात्तै जान्थ्यो होला । मलाई मेरो श्रीमानले जाऊँ भनेर इसारा गर्नुहुन्छ तर वास्तविकता थाहा नपाई जानै मन छैन मेरो ।
अदालतले आयोगको निर्णयअनुसार नागरिकता नभएकाले मतदाताका रूपमा नाम लेखाउनसक्ने प्रावधान जारी राख्ने वा नराख्ने सन्दर्भमा अपूरणीय क्षति तथा सुविधा र सन्तुलनको सिद्धान्तको कसीमा हेर्ने बताएको छ । ' नागरिकताबाहेक अन्य विकल्पका आधारमा मतदाता नामावली संकलन गर्नु कानुनसंगत हुने वा नहुने विषय अदालतमा विचाराधीन हुन पुगेको अवस्थामा उल्लिखित सुविधा र सन्तुलन तथा अपूरणीय क्षतिको सिद्धान्तका आधारमा उचित देखिएन , ' आदेशमा उल्लेख छ ।
कपिलवस्तु घटनामा सबैभन्दा बढी मानिसको हत्या विसनपुर गाविसको देवीपुरमा रहेको सुकुम्वासी बस्तीमा भएको पाइयो बताउँदै प्रतिवेदनमा खाँको हत्या भएपछि हिंसा भड्किई अझ उग्ररुप लिनसक्ने प्रशासनलाई जानकारी हुँदाहुँदै तत्कालै सुरक्षा व्यवस्था मिलाउन नसकिएको जनाइएको छ ।
उच्च महलमा बस्दैमा नभ छुन नसक्ने भएपछि झूठ ठगी बेइमानीको पछि के पाउँनलाई साथ दिनु ।
पोखराको सुन्दरता एकातिर छदैछ अर्कोतिर यहाँको थरी थरीका परिकारको स्वादको विविधता झन बेग्लै छ । त्यसमा पनि हरेक लागि पहिलो रोजाई हुने गर्छ लठ्ठ पार्ने थकाली परिकार । विदेशीहरु झन ज्रि्रो फड्कारेर थकाली परिकारमा मग्न हुन्छन् । सुटिङको बखत थकाली परिकारको स्वाद चाखेपछि चलचित्र निर्दैशक नरेश पौडेललाई पोखरा आएपछि अरु परिकार तर्फफिटिक्कै ध्यान जादैन । थकाली परिकारमै उनको लत बसेको छ । थकाली स्वादले मननै बहलाएको छ , पौडेलले स्वादबाट मख्खिदै भन्दै थिए - ' थकाली स्वादले त मोहनी नै लगायो । ' किन यसरी थकाली परिकारले धेरैलाई आकषिर्त गरेको छ त - थकाली परिकारमा धेरै विविद्यता पाईन्छ । थकाली परिकार पहिल्यै पकाएर राखिदैन । अडर आएपछि मात्र पकाइन्छ त्यही भएर पनि ताजगी र स्वादिलो हुन्छ थकाली परिकार । केवल स्थानिय स्तरमा मात्र नरही स्वदेशी देखि विदेशी हरेकलाई स्वादिष्ट परिकार बनेको छ । स्वाद लिएपछि हरेकले एक पटक भनिहाल्छन् - ' वाह पोखरेली स्वाद । अन्य खाना सेट भन्दा थकाली थालीमा भिन्नता पाईन्छ । बाक्लो भाडो र सानो आगोमा ढिलो गरी पकाइएको थकाली खानाको स्वाद ज्रि्रोमै झुन्डिन्छ । अरु सामान्य खानाहरु ठुलो आगोमा क्षणभरमै पकाईन्छ तर थकाली खाना बाक्लो भाडोमा विस्तारै सानो आगो लगाएर पकाइने भएकोले समय बढी लाग्छ । बढी समय लगाएर बनाएको स्वाद नै मिठो हुन्छ , दुई दशक देखि थकाली खानाको स्वाद चखाइरहेकी मोनालिसा होटलकी संचालिका उषा शेरचन भन्छिन् - ' शुद्ध र सफासुग्घरमा पनि हामी उतिकै ध्यान दिन्छौ । ' थकालीहरुले सफा सुग्घर संगै स्वादमा पनि मिठास दिने भएकाले तन्नेरी देखि पाका सम्मलाई थकाली खानाले लोभ्याईरहेको छ । जेठोबुढोको चामाल संगै दालमा मुस्ताङको दाल , कालो बोडी , घ्यु सिमी कात्तिके बोडीको प्रयोग हुन्छ । मुस्ताङकै बारीमा फलेको स्वादिष्ट दाल र बोडीको दाल खानामा खाएपछि तलतल नै मेटिदैन । दाल फलामाको भाडोमा मज्जाले डाडुले घोटेर बनाइने भएकोले अरु दालको तुलनामा जिम्बुले झानेको मुस्ताङे दाल कालो र स्वादिलो हुन्छ । मुस्ताङकै आसपासमा फलेका सागसब्जी , दाल र अन्य घरेलु सामानहरुनै थकाली परिकारमा प्रयोग हुन्छन् । तरकारीमा मुस्ताङमा फलेको आलु , फाफरको साग , सिमी , बोडीहरु हन्छन् । तिम्ज्यु - मुस्ताङे साग ) ले झनै थकाली खानामा स्वाद फेरिदिन्छ । यो साग मुस्ताङमा आलु खेत भित्र रोपिन्छ । अरु साग ताजै टिपेर खाने गरिएपनि यो साग उखेलेर सुकाएर मात्र खाने गरिन्छ । हजारौ साग उखेलेर सुकाएपछि बल्ल तीन चारवटा पोका मात्र बन्छ । नसुकाई खाइयो भने कोक्याएर खानै सकिदैन । टिमुर , छोप र मुस्ताङे जिरा - क्होइने संगै नुन खुसानी र अमिलो हालेपछि ट्वाक्क हुन्छ । त्यस्तै मुस्ताङे जिरा , टिमुर , लसुन र हल्का अमिलो घोलेर बनाइएको थाकखोलाको साग , फापरको साग पनि कम्ति रसिलो हुदैन । शुद्ध सफा र लठ्ठ पार्ने थकाली स्वादको गुण नै हो । खानामा मिसावट नहुनु , र ताजगी दिने हुनाले पनि थकाली परिकार हरेको पहिलो रोजाइ हुन गरेको छ । थकाली खाना एकै प्रकारको हुदैन । भिन्न - भिन्न रंग मिलाएर तयार पारिन्छ । चिल्लो पिरोको सन्तुलन पनि मिलेको हुन्छ । अरु खाना जस्तो कम परिकार हुदैन थकाली खानामा । साधारण खानामा पनि १० भन्दा बढी भेराइटीहरु हुन्छन् । पोखरामा भित्रिने पर्यटकहरुमा सवैभन्दा बढी जापानीहरुले मन पराउछन् थकाली परिकार । जापानीहरु यहाँ आएपछि थकाली स्वाद नफेरी कोही र्फकदैनन् । अहिलेका पुस्ताले थकाली परिकार बनाउन जान्दैनन । तर स्वाद लिन भने उनिहरु कत्ति चुक्दैनन् । थकाली खानाका लागि विदेशी पर्यटक हुरुक्कै हुन्छन् , १० वर्षदेखि थकाली परिकार पकाउदै आएका शम्भु बस्नेत भन्छन् - ' थकाली खाना अरु खानाको तुलनामा विविधता र स्वादिलो पनि उतिकै हुन्छ । ' भिन्न स्वादका लागि सवैले थकाली खाना नै खोज्छन् । त्यसो त २ सय देखि २ सय ५० सम्ममा थाल भरी नअटाउने व्यञ्जनका साथ पेटभरी थकाली खाना पाईन्छ । थकाली खानाका लागि यहाँ मोनालिसा होटल लोकप्रिय छ । थकाली परिकार यो होटलको विशेषता हो । पर्ुव प्रधानमन्त्री शेरबहादुर देउवा देखि बलिउडकी मनिषा कोइराला , कलिउडका राजेश हमाल , भुवन केसी लगायत हरेक क्षेत्रका व्यक्तिहरु मोनालिसा होटलको थकाली खाना चाखिसकेका छन , होटलका संचालक विमल शेरचन सुनाउछन् । त्यसो त पोखरा झरेपछि कुन खाना खाने भनेर कोही दुविधामा पदैनन् । सवैको मुखबाट फ्याट्टै आईहाल्छ - ' स्वादिलो थकाली परिकार । ' सफा सुग्घर र थकाली महिलाहरुले पकाएको खाना उतिकै रसिलो हुन्छ । कहिल्यै नरिसाउने र पाहुनाको सत्कार गर्न पनि उनिहरु सिपालु हुन्छन् । त्यही भएर पनि थकाली परिकार सवैको रोजाइ भएको हो , समुदायका तन्नेरी अरबिन तुलाचन बताउछन् ।
प्रतिवेदनमा कर्मचारी प्रोत्सासाहन भत्ता तलबको २५ प्रतिशत बढाउनुपर्ने , सवै प्रकारका क्षिकका भत्तामा ३० प्रतिशत बढाउनु पर्ने , कर्मचारीको सेवा अवधि गणना गर्नु पर्ने , एमबीबीएस बीडीएस तहमा कर्मचारीका सन्तानका लागि सय मध्ये दुुइ कोटा सुरक्षित राख्नु पर्ने , उनीहरुको क्षमता , सीप र दक्षता वृद्धिका लागि विभिन्न तालिम संचालन गर्नु पर्ने सिफारिस गरेको छ ।
शिशिर ऋतुको प्रारम्भ अगावै जङ्गलमा भएका थरीथरी रुख विरुवाका पात नीला , पहेँला , हरिया , राता हुँदा रहेछन् । मध्यशिशिरमा अस्थिपञ्जरको रूपमा परिवर्तन हुने ती बोटबिरुवा ।
उहाँले पूर्व सहमति र सम्झौता एवं जनआन्दोलनको भावनाविपरीत सरकारले आफूखुसी निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र सुरक्षा निकायका पदाधिकारीहरूको बढुवा गरेको तथा माओवादी अस्थायी शिविरमा आधारभूत आवश्यकतासमेत उपलब्ध नगराएको भनी रोष प्रकट गर्दै वर्तमान सरकार तत्काल विघटन गरी अन्तरिम सरकारको गठन हुनुपर्छ भन्नुभयो ।
नजिक र टाढाको प्रिय के कुरा गरार्इ भो सम्झीनै पर्छ भनेर मैले के अह्रार्इ भो
फिलिम शुरु भयो , शाहरुख खान देखे पछि त्यसै त रुपा उसको फ्यान झन खुशी भईन् | हल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा , यस्तैमा रुपा बिमल कुमारसंग कुम जुधाएर बसिन् | आखिर मानिसको मन न हो , माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि | बिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो , मतलब उसले पनि माया दर्शायो रुपा माथि | रुपा अलि तरंगित भइन् , सायद पुरुषत्वको स्पर्श नै यस्तै हो | बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते | अनि हातमा छोटो किस गरे , रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला | अब बिमल कुमारको आट आयो , रुपाले केहि नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाध्यो | अनि उसले भन्यो " आइ लभ यु रुपा , आइ लभ यु सो मच | " केरे कसलाई आइ लभ यु हरे . . . . . पागल भयौ कि क्या हो भन्दै बिमल कुमारलाई झकझाकाइन् उसकी श्रीमतीले | बिमल कुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निन्द्रामा बर्बाराएका रहेछन् , उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आई पुगेका रहेछन् | धत् ! क्या मिठो सपना भताभुंग भयो , हास्दै बिमल कुमार अफिसको पोशाक फुकाल्न थाले |
एचकेनेपाल डट कम , जनवरी ११ - हंगकंग , मकाउमा पनि त्यहां विभिन्न क्षेत्रमा कार्यरत गुरुंगहरुले तमुहरुको महान पर्व ल्होछार मनाएको समाचार प्राप्त भएकोछ ।
विराटनगरमंसिर ६ । एक महिनाको अवधिमा मोरङ प्रहरीले लागु औषधि ओसारपसारमा संलग्न पाँच्ाजनालाई पक्राउ गरेको छ । सीमावर्ती नाका जोगवनीबाट कात्तिक महिनामा विभिन्न लागुपदार्थ सहित पक्राउ पर्नेमाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ
' मोडालिटी ' बन्न सक्यो भने सेनाले प्रस्ताव राखेजस्तै निर्देशनालय बनाउने कुरामा सहमति हुन सक्छ ?
कामदारहरू घर र्फकंदै गरेका बेला मुम्बईको मध्य र दक्षिणी क्षेत्रका व्यस्त ठाउँमा घरेलु बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । दक्षिणी मुम्बईको ओपेरा हाउस पर्यटन गन्तव्य हो । यो सन् २००८ मा १ सय ६६ जनाको ज्यान जाने गरी आक्रमण भएको ठाउँनजिकै पर्छ । दक्षिण क्षेत्रमा ' डाइमन्ड हब ' भनिने जाभेरी बजारको गहना पसलमा अर्को विस्फोट भएको थियो । यहाँ बस स्टेसननजिक विस्फोट भएको प्रत्यक्षदर्शीले बताए । चहलपहल हुने बेला व्यस्त स्थानमा विस्फोट गराएकाले धेरैको हताहती गराउने उद्देश्य राखेको देखिन्छ । मुम्बई आक्रमणमा संलग्न एक मात्र जीवित मोहम्मद अज्मल अमिर कसाबको जन्म दिन पारेर विस्फोट गराइएको केही सञ्चारमाध्यमले जनाएका छन् ।
राजाराम पौडेल / पोखरा , १२ असार । जन्मथलो दार्जलिङ भए पनि कर्मथलो पोखरालाई बनाई एक दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर अगाडी बढ्दै गरेका संगीतकर्मी दिपराज थापाले यतिबेला नयाँ एल्बमको तयारी गर्दैछन् । यात्रा नामक एल्बमका लागी यतिबेला धमाधम गीत रेकर्ड भइरहेको बताउने उनको यो तेस्रो एल्बम हो । एल्बममा किन किन लाग्छ यात्रा सप्तरङ्गी माया लगायतका आठ गीत समावेश गर्ने जनाउँदै एल्बमका गीतमार्फत दर्शक तथा श्रोताको मन जित्न सफल हुने विश्वास उनको छ । सबैखालका श्रोतालाई भन्दै विभिन्न विधाका गीत यस एल्बममा समावेश गरेको कारण पनि एल्बमबाट चर्चा बढ्ने उनी बताउँछन् । सन् १९७८ मा भारतको दार्जलिङमा बुबा स्व . धर्मराज थापा र मुमा शुभला थापाको कान्छो सन्तानको रुपमा जन्मिएका उनी बाल्यकालमा चकचके स्वभावका थिए । उनका बुबाले पियानो बजाउने अनि मुमाले गीत गाउने गर्नुहुन्थ्यो । यसरी परिवारको वातावरण समेत सँगीतमय भएकोले गर्दा पनि उनलाई अगाडि बढ्न सजिलो बन्न पुग्यो । त्यो समयमा हिन्दी गीत उनले बढी मात्रामा गाउने गर्थे । स्कूलमा हुने विभिन्न कार्यक्रममा प्रायः प्रतिभा सुनाइहाल्ने उनले विभिन्न प्रतियोगीतामा भाग लिई पुरस्कार जितिसकेका छन् । उनी भारतको एबिसि च्यानलमा आयोजित साँगीतिक प्रतिस्पर्धामा दोस्रो भएका थिए । वि . स . २०५४ शिक्षण पेशाका लागी सुन्दर नगरी पोखरा हानीएका उनी पोखराको साँगीतिक माहोलले अगाडि बढ्न उत्साहीत बन्न पुगे उनको उत्साहमा जिवनसंगीनी विद्या मानन्धरको साथ तथा सपोर्ट महत्वपूर्ण रहेको उनले बताए । २०६० मा सफलताले पाइला तिम्रो बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यू गरेका उनलाई यो गीतबाट दर्शक श्रोताको राम्रो साथ मिल्न पुग्यो । २०६१ महृदम अफ लभु नामक एल्बम पहिलो एल्बमको रुपमा श्रोतामाझ पस्किए । विभिन्न १० गीत समावेश गरेको यस एल्बमबाट उनको लोकपि्रयता ह्वातै बढ्यो यस एल्बका गीतको म्यूजिक भिडियोबाट समेत उनी धेरै माझ चिनिन पुगे । २०६३ मा ' सक्सेस ' नामक दोस्रो एल्बम बजारमा निकालेका उनले यस एल्बममा रिमिक्स गीत गरी विभिन्न ९ गीतलाई समेत समावेश गरेका थिए । २०६४ सालमा व्याण्ड मार्फत अगाडि बढ्ने उद्देश्यका साथ तन्त्र नामक व्याण्ड स्थापना गरेको बताउने उनी व्याण्डमार्फत पनि छिट्टै एल्बम निकाल्न लागेको जनाए । रक टाइपका गीत समावेश गर्ने बताउदै व्याण्डले आफ्नै संगीतलाई प्राथमीकता दिई समयको माग अनुसारका गीतसंगीतलाई निरन्तर श्रोतामाझ पस्कने वाचा उनी गर्छन् । व्याण्डमा मेन भोकलीष्ट उनी हुन् । उनका अलावा व्याण्डमा दिनेश सुनार अनिल गुरुङ दिपक लामा विकास पुन व्याण्ड मेम्बरको रुपमा रहेको उनले बताए । हालसम्म लगभग तिन दर्जन गीतमा आवाज भरीसकेका उनले त्यती नै गीतमा संगीत समेत भर्न भ्याएका छन् । हाल आएर गीत रचनामा पनि उत्तिकै सकि्रय उनका तिन दर्जन गीत रेर्कड भइसकेका छन् भने अहिले केहि गीत अरु गायक गायीकाको आवाजमा रेर्कड हुन लागेको उनले बताए । पाप नामक चलचित्रको गीतमा उनले आवाज भरेका थिए । पोखरामा नै बसेर निरन्तर नेपाली सांगीतिक फाँटमा अगाडि बढी दर्शक तथा श्रोतालाई फरकपनको महशुस गराउने उनी बाचा गर्छन् । कार्यक्रमको शिलशिलामा भारतको दार्जलिङ सिक्किम नेपालको जोमसोम स्याङजा बाग्लुङ अनि पोखरामा आयोजना हुने अधिकांश कार्यक्रममा उनले आफ्नो प्रतिभा देखाइसकेका छ्न । ढुकढुकी पप म्युजिक अवार्ड माछापुच्छे्र म्युजिक अवार्ड जितिसकेका उनको प्रतिभाको कदर गर्दै दर्जन भन्दा बढी संघसस्थाले सम्मान समेत गरीसकेका छन् । पोखरा साँगीतिक कलाकार सँघमा आवद्ध समेत रहेका उनी नेशनलवाइज मिडियाले सर्पोट नगर्ने गरेको कारण मोफसलमा बसी अगाडी बढ्न कठीन भएको बताउछन् । पाइरेसि अनि म्यूजिक कम्पनीले सबै ठाउँमा नपुर् याउने गरेकाले संगीतकर्मीले आम्दानी गर्न असमर्थ बनेको उनको धारणा छ । पोखरामा हुने साँगीतिक कार्यक्रममा लोकल संगीतकर्मीलाई प्राथमकिता नदीएकोमा असन्तुष्ट उनी यदि पोखरेली कलाकारलाई प्राथमीकता दिने हो भने काठमाण्डौबाट कलाकार बोलाउन नपर्ने यहिको कलाकारले नै दर्शकको साँगीतिक तृष्णा मेटाउने दावी गर्दै पोखरामा हुने साँगीतिक कार्यक्रममा पोखरेली कलाकारलाईनै स्थान दिन सबैसँग आग्रह उनी गर्छन् । पोखराका मिडियाले पनि लोकल प्रतिभालाई प्राथमीकता दिन नसकेको गुनासो उनी गर्छन् । दुई वर्ष रेडियो अन्नपूर्ण र केहि समय माछापुच्छ्रे एफ एममा रेडियो प्रस्तोताको रुपमा काम गरेका उनले केहि वर्ष प्रतिभा उच्च मा . वि मा म्युजिक टिचरको रुपमा काम समेत गरे । नवोदित कलाकारलाई राम्रोसँग बुझेर संगीतको बारेमा सिकेर मात्र यस क्षेत्रमा आउन आग्रह उनी गर्छन् । उनका गीतमा सफलताले पाइला तिम्रो हृदम अफ लभ जीवनको अधुरो तिम्रो याद आइदिदालगायतका गीत बढी मात्रामा चर्चित छन् ।
४ ) आवरणलेख / मूललेख / विशेषलेखका लागि केही बढी समय दिएर भए पनि सम्बन्धित विषयका विशिष्ट विद्वान्हरूलाई लेख्न लगाउनु उपयुक्त हुन्छ ।
१३ फेब्रुअरी , ०११ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुखलाई आफ्नै सुरक्षागार्डले गोली प्रहार गरेका छन् । महाशाखाका एसएसपी रणबहादुर चन्दलाई उहाँकै सुरक्षागार्ड कर्णबहादुर साउदले दुई राउण्ड गोली प्रहार गरेका थिए तर चन्दलाई गोली लागेन । आफ्नै डेरामा सुरक्षागार्ड साउदले गोली हानेका थिए ।
राजस्व उठ्ने नाममा मौन सरकार र प्रशासनिक निकायहरूले कुन खोलाबाट कतिसम्म ढुङ्गा बालुवा झ्िक्दा त्यहाँको भौगोलिक तथा पर्यावरणीय अवस्थामा खलल पुग्दैन भन्ने समेत हेक्का राख्ने गरेका छैनन् । ठेक्काअनुसारको ढुङ्गा गएको छ , छैन भन्ने पनि अनुगमन हुँदैन । पूर्वसांसद प्रकाश ज्वाला भन्छन् , " बहुमूल्य प्राकृतिक स्रोतको अत्यधिक निकासीका अगाडि यो राजस्व केही होइन , यसमा कमिशनको खेल मात्रै छ । "
एमाले नेतृत्वमा माओवादी , फोरम , फोरम - लोकतान्त्रिक ) , तमलोपा र साना दलहरूको बहुमतीय समीकरण । फोरम - लोकतान्त्रिक ) , तमलोपा र साना दलले अपेक्षा नगरेको यो समीकरण माओवादीको बाध्यता हुन सक्छ भने माधव नेपाल र केपी ओलीले पनि बाध्यतापूर्वक अध्यक्ष खनाललाई प्रधानमन्त्री मान्नुपर्ने हुन सक्छ । किनभने माओवादी अध्यक्ष दाहाल आफू नहुने भएपछि खनाललाई पार्टी निर्णय गराएर प्रस्ताव गर्न सक्छन् । स्रोतका अनुसार दाहालले आफू प्रधानमन्त्री नहुने अवस्थामा खनाललाई सहयोग गर्ने आश्वासन दिएका छन् । त्यसरी आएको प्रस्तावलाई विफल तुल्याउने तहको राजनीति गर्न नेपाल र ओलीलाई अप्ठ्यारो हुन सक्छ । अथवा चाहेर पनि पार्टी निर्णय खनालको विपक्षमा गराउने सामथ्र्य नेपाल - ओलीसँग नहुन सक्छ । त्यसो त पार्टी सञ्चालनको जिम्माको मूल्यमा ओलीले खनाललाई समर्थन गर्न पनि सक्छन् । वामपन्थी सहकार्यको नाममा समेत यो एकतालाई उठाइनेछ । त्यसो गर्दा उपेन्द्र यादव नेतृत्वको फोरम र साना वाम दलमात्र सहभागी हुन सक्छन् भने फोरम ( लोकतान्त्रिक ) , तमलोपा बाहिरिन सक्छन् , जसले खासै फरक पार्दैन । माओवादी उपाध्यक्ष भट्टराईको यो समीकरणमा असहमति हुन सक्ला तर त्यसले पार्टी निर्णयविपरीत जाने हैसियत बनाउँदैन । यो बहुमतीय सरकारको सम्भावना भए पनि फेरि एमालेकै नेतृत्व भन्ने प्रश्नचाहिँ यसबाट उब्जने छ ।
' सामान्य टरेलर बाहेक केही देखेका छैनौ , फिल्म प्रदर्शन हुन बाँकी छ ' चेतावनीपूर्वक भाषामा वहाँले भन्नुभयो । ' कसले के लेख्यो के भन्यो नेपाली जनताले आङ्नो डायरीमा लेख्न नजानेका पनि दिमागको डायरीमा लेखेका छन् । ' ' यसको जवाफ भोली नेपाली जनताले दिनेछन् । '
12 . श्री चन्द्रपाल सिंह , निरीक्षक , जनपद शाहजहांपुर से पुलिस उपाधीक्षक , जनपद बुलन्दशहर ।
राष्ट्रपतिको निर्वाचनमा मधेसी जनअधिकार फोरम , नेपालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा भएको समझदारीका विपरितको सत्ता समिकरणमा फस्यो । यो उपेन्द यादवको एक्लो निर्णय थियो । यसको परिणाम स्वरूप फोरमले ठूलो उपलब्धि गुमाउनु पर्यो । अनि सदैव निराश , क्षुब्ध र कार्यहीन रहने उपराष्ट्रपतिको पद पायो । उपराष्ट्रपतिको उम्मेदवारीमा पनि पहिले वचन दिएर पार्टीका बरिष्ट नेता सीतानन्दन रायलाई धोका दिईयो । यस्ता धोकापूर्ण कार्यले गर्दा फोरमले संविधान सभाको सभामुख जस्तो एक महत्वपूर्ण पदलाई एक्लो उपेन्द यादवको हठका कारणबाट गुमाउनु पर्यो ।
विभागले धारामा आउने पानी र ट्यांकरबाट वितरण गरिने पानीको भने परीक्षण गर्दैन । ट्यांकरबाट वितरित पानी के - कति शुद्ध छ परीक्षण गर्ने जिम्मा काठमाडौं उपत्यका खानेपानी बोर्डको हो । तर , निरीक्षणको जिम्मा पाएको बोर्डसँग पानी परीक्षणका लागि प्रयोगशालासमेत छैन ।
०६५ चैतको कुनै दिन हुनुपर्छ । पूर्वको कुनै ठाउँमा कार्यक्रम सकेर हामी विराटनगर बास बसेका थियौँ । साँझ लोडसेडिङमा बत्ती निभेपछि होटल पुगेकाले कुन होटल र कहाँनेर भन्ने मेसो पाएनौँ । साँझको खाना होटलबाहिरै खाने भनेर बाहिर निस्क्यौँ । अन्धकारमा केहीबेर हिँडेपछि उज्यालो ठाउँ पुगियो । त्यही एउटा होटलमा खाना खाइसक्दा रातिको १० बजिसकेको हुनुपर्छ । बाहिर सडक सुनसान थियो । दिनभरिको थकाइ र सहकर्मीको गफमा समय कति भयो ख्याल भएन । खाना खाएर होटलबाहिर निस्कँदा बत्ती आइसकेको रहेछ । पान पसलमा मीठा पान खाएर रातको खुला सडकमा गपिदै अगाडि बढियो । कहाँबाट निस्क्यौं कसैलाई याद भएन । गफैगफमा करिब ३० मिनेट हिँडेपछि एक्कासि पुलिसको चर्को आवाज सुनियो । सबै एकछिन स्थिर भयौँ । ' कहाँ जान लागेको ? ' पुलिसले सोध्यो । तिनीहरू नेपाली पुलिस थिए । हामी होटल जान लागेको बतायौँ । अगाडि त नेपाल - भारत सीमा जोगबनीको बोर्डर पो रहेछ । रातको वेला सीमा नाघ्न लागेको सुरक्षाकर्मीले हल्ट गरेको रहेछ । होटल भुलेको बताएपछि पुलिसले आफ्नै गाडीमा हालेर हामीलाई होटलसम्म लगिदियो । होटलमा पुगेपछि सम्झेँ - कस्तो सिमाना राति रक्सिएर भुलमा पनि सजिलै पार गर्न सकिने ।
शान्ति प्रक्रियालाई पूर्णत दिन साधन र स्रोतको कमी हुन नदिने प्रतिबद्धता सरकारले गरेको छ । नयाँ संविधान निर्माण गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आवश्यक बजेट छुट्याउने जानकारी सरकारले संसदलाई दिएको छ ।
स्याङ्जा , ( नेस ) , वालिङमा साचालन भइरहेको तेस्रो वालिङ महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाई खुब नचाइरहेका छन् । महोत्सवमा स्थानीय कलाकार र राष्ट्रिय कलाकारसँग गाउने व्यवस्था आयोजकले मिलाएका कारण कलाकारले दर्शकलाई छमछम नचाएका हुन् । लोक संस्कृतिको उर्वर भूमि मानिने स्याङ्जा आफैमा कला र संस्कृतिले चिनिने गरेको जिल्ला हो । लोक संस्कृतिमा रमाइरहने स्याङ्जावासीलाई वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको वालिङ महोत्सवमा दर्शकले धोको पुग्ने गरी नाच्न पाए । महोत्सवमा चर्चित कलाकार दुर्गा रायमाझी कृष्ण देवकोटा नवीन पौडेल अर्जुन गैह्रेलगायतका कलाकारले स्थानीय युवतीहरुसँग दोहोरी गाएर महोत्सव स्थललाई तताएका थिए । महोत्सवको नवौं दिनसम्म कलाकारहरुले तताउन नसकेको महोत्सवमा कलाकारहरुको स्थानीय युवतीहरुसँग दोहोरीमा जम्काभेट भएपछि दर्शकहरु निकै उत्साहपूर्वक नाचेर रमाए । महोत्सवको नवौं दिनमा दर्शकको निक्कै भीडसमेत लागेको थियो । महोत्सव समापननजिक पुग्दा अवलोकन गर्न आउने दर्शकको भीड झनै बढ्दै छ । महोत्सवमा कार्यक्रम चलाइरहेका चर्चित कलाकार दुर्गा रायमाझी र कृष्ण देवकोटालाई दर्शकहरुले पटक - पटक दोहोरी गीत गाउन अनुरोध गरेका थिए । कलाकारद्वय रायमाझी र देवकोटाले गीत गाउन थालेपछि स्टेजअगाडि दर्शक नाच्नका लागि तम्सिएका थिए । नवीनले पनि आफ्नो लोक दोहोरी गाएर दर्शकलाई उस्तै रौसाए ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले जतिसुकै मतान्तर भए पनि अहिले मुलुकमा देखिएको ज्वलन्त समस्याका रूपमा रहेको राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीचको सहमति प्रयासलाई सार्थकता दिनुपर्नेमा जोड दिँदै विगतका वार्ता र सहमतिका प्रयासबाट मुलुकले राष्ट्रिय सहमतिको सरकार पाउनेमा अझैपनि प्रयास रहने बताए ।
उनी नेपाली समयअनुसार साँझ साढे ८ बजे थाइल्यान्डको राजधानी बैंकक पुगेका थिए ।
काठमाडौं , १२ असार । भोजपुरबाट काठमाडौका लागि उडेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । केहिवेर पहिला एनएबिओ ट्युनटर विमान विमानस्थलमा अवतरण गर्नेक्रममा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो । त्रिभुवन विमानस्थलका अनुसार विमानमा रहेका सबै यात्रु सकुसल छन् । विमानमा चालक दलका तीन जना सहित १९ जना रहेका थिए । विमानमा सामान्य क्षती भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
सौरभ श्रेष्ठ काठमाडौ / एचकेनेपाल डट कम - ब्रुनाइमा बबसोबास गर्दै आएका मिलन चाम्सद्वारा निर्देशन गरिएका पांच वटा म्युजिक भिडियोहरुको प्रिमियर बुधबार त्रिपुरेश्वरस्थित पृथ्वी हलमा गरिएको छ ।
सामग्रीः १ किलो आलु - उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने ) , ३ सय ५० ग्राम सानो केराउ - एक रात भिजाएको ) , १ सय मिलिलिटर तोरीको तेल , १ ठूलो चम्चा मेथीको दाना , ५० ग्राम अमिलो - चुक , कागतीको रस वा भिनेगर ) स्वादअनुसार , १ सय ग्राम पिसेको तिल , १ सानो चम्चा बेसार , १ सानो चम्चा जिराको धूलो , १ सानो चम्चा धनियाँको धूलो , १ सानो चम्चा खुर्सानीको धूलो , १ सय ग्राम हरियो खुर्सानी - काटेको ) , ५० ग्राम हरियो धनियाँ - काटेको ) , नुन स्वादअनुसार । विधिः पहिले आलु उमालेर बोक्रा फाली टुक्रा पार्ने र एउटा भाँडामा राख्ने । प | mाइ प्यानमा तेल तताउने । तेलमा मेथी फुराउने । त्यसमा बेसार , जिरा , धनियाँको धूलो हालेर आलुमा झान्नेे । अनि बाँकी सबै सामग्री हाली राम्रोसँग मोल्ने र माथिबाट हरियो धनियाँ छर्कने । राधेश्याम श्रेष्७ सेफ
Download XML • Download text